ललितपुर जिल्ला अदालत परिसरमा एनआईसी एशियाको एक्स्टेन्सन काउण्टर राखिने
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र ललितपुर जिल्ला अदालत लगनखेल, ललितपुरबीच जिल्ला अदालत परिसरमा एक्स्टेन्सन काउण्टर र एटिएम मेसिन संचालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको छ । सो सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र ललितपुर जिल्ला अदालत लगनखेलको तर्फबाट अदालतका श्रेस्तेदार नगेन्द्रकुमार कालाखेतीले हस्ताक्षर गरेका छन् । ललितपुर जिल्ला अदालत परिसरमा एक्स्टेन्सन काउण्टर र एटिएम मेसिन संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने विश्वास बैंकले लिएको छ ।
बेनी-जोमसोम सडक अवरुद्ध, पर्यटक र सर्वसाधारणलाई सास्ती
गलेश्वर । आइतबारदेखि अवरुद्ध हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक मर्मत हुन नसक्दा सवारी साधन सञ्चालन हुनसकेका छैनन् । सडकमा चार दिनदेखि सिधा सवारी अवरुद्ध बनेको छ । सडकखण्डअन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना घोप्टेभिरमा कालिगण्डकी नदीको कटानले सडकमा क्षति पुगेपछि सडक अवरुद्ध भएको हो । पहिराले सडकको करीब १० मिटर आधार नै भत्काएकाले भिरमा विष्फोटक पदार्थको प्रयोग गरी नयाँ ट्र्याक निर्माणको तयारी गरिएको छ । डोजरको सहायताले मात्रै ट्र्याक निर्माण नभएपछि विस्फोटक पदार्थको प्रयोगले भिर फुटाउने तयारी गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रमान शेरचनले जानकारी दिए । उनका अनुसार भत्किएको सडक मर्मतको काम भइरहेको छ । यात्रुले बीच सडकमा सवारी परिवर्तन गर्नुपर्ने बाध्यता छ । मुस्ताङ भ्रमणमा गएका र जाने पर्यटक, तीर्थयात्री र सर्वसाधारणलाई सास्ती भएको छ । रासस
वाणिज्य बैंकको पूँजी वृद्धि योजना ४ वर्षपछि पूरा, २३ संस्थाहरु अझै दौडमा
काठमाडौं । वाणिज्य बैंकहरुको पूँजी वृद्धि योजनाले ४ वर्षपछि पूर्णता पाएको छ । सोमबार नेपाल क्रेडिट एण्ड कमर्श बैंकले प्रस्ताव गरेको १५.५९ प्रतिशत लाभांशलाई साधारणसभाले पारित गरेसँगै राष्ट्र बैंकले लिएको पूँजी वृद्धिसम्बन्धी नीति वाणिज्य बैंकहरुको हकमा पूर्णतः कार्यान्वयनमा आएको छ । साधारणसभा सोमबार अबेरसम्म चलेकोले एनसीसीले उक्त प्रस्ताव पारित भएको बोधार्थ राष्ट्र बैंकमा मंगलबार मात्रै पठाएको हो । एनसीसी ले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को साधारणसभा सोमबार एकैपटक सम्पन्न गरेको थियो । सो दिन काठमाडौंको राष्ट्रिय सभा गृहमा बसेको एनसीसीको साधारणसभाले उक्त प्रस्ताव पारित गरेसँगै हाल ७ अर्ब १ करोड ८५ लाख रुपैया बराबर रहेको चुक्ता पूँजी ८ अर्ब रुपैंया ११ करोड २६ लाख रुपैंया पुगेको छ । आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको न्यूनतम चुक्ता पूँजी तोक्दै वाणिज्य बैंकहरुलाई ८ अर्ब, विकास बैंकहरुलाई २ अर्ब ५० करोड, राष्ट्रिय स्तरका फाइनान्स कम्पनीहरुलाई ४० करोडदेखि ८० करोड रुपैंया चुक्ता पूँजी पुर्याउन भनेको थियो । यो पूँजी तत्कालिन बैंकहरुसँग भएको चुक्तापूँजी भन्दा ४ देखि २५ गुणासम्म बढी हो । उक्त चुक्तापुँजी वृद्धिको लागि २ वर्षको समय दिए पनि वाणिज्य बैंकले ४ वर्षको समय लिएका हुन्, आर्थिक वर्षको आधारमा यो अवधि ५ वर्षको हुनजान्छ । अरुको हकमा कार्यान्वयन बाँकी वाणिज्य बैंकहरुको पूँजी वृद्धि योजनाले पूर्णता पाए पनि सबै विकास बैंक र फाइनान्स कम्पनीहरुको तोकिएको न्यूनतम पुँजी अझै पुगिसकेको छैन । विकास बैंकहरुमध्ये राष्ट्रियस्तरका बैंकहरुको हकमा त्यस्तो योजना कार्यान्वयन भइसकेको छ, तर तात्कालिन अवस्थामा १० जिल्ला, ३ जिल्ला र १ जिल्ला कार्यक्षेत्र भएका बैंकहरुको पूँजीवृद्धि अझै बाँकी नै छ । त्यस्तै, तत्कालिन समयमा समस्याग्रस्त घोषणा भएका केही फाइनान्स कम्पनी र केही विकास बैंकहरु पनि पूँजी वृद्धिको योजनामा असफल हुँदै आएका छन् । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा भई खारेजीको चरणमा गएका संस्थाहरुको हकमा यो नीति आकर्षित गराएको छैन भने समस्याग्रस्तबाट मुक्त भएकाहरुको हकमा फुकुवा भएको २ वर्षभित्र पूँजी पुर्याउनुपर्ने व्यवस्था गरेको थियो । तर केही समय अघिमात्रै बैंकले त्यसअघि रहेको जिल्लागत र क्षेत्रीय स्तरका बैंकको अवधारणा खारेज गरी जिल्लागत रुपमा रुपमा कार्यक्षेत्र तोकिएका बैंकहरुलाई प्रदेशस्तरीय संस्थाको रुपमा स्तरोन्नती गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसरी रुपान्तरित प्रदेशस्तरीय विकास बैंकको चुक्ता पुँजी १ अर्ब ५० करोड र प्रदेशस्तरीय फाइनान्स कम्पनीको चुक्ता पुँजी ५० करोड तोकिएको छ, यसकारण जिल्लागत कार्यक्षेत्र भएका ती बैंकहरु फेरि पूँजीवृद्धिको दौडमा सहभागी हुनुपरेको छ । २३ वित्तीय संस्था अझै दौडमा २८ ओटा वाणिज्य बैंक, ११ ओटा राष्ट्रियस्तर सहित २८ ओटा विकास बैंक र २० ओटा फाइनान्स कम्पनी हाल अस्तित्वमा छन् । त्यसमध्ये वाणिज्य बैंक २८ ओटा, विकास बैंकमध्ये १२ ओटा र फाइनान्स कम्पनीमध्ये १२ ओटाको चुक्तापूँजी पुगेको छ । विकास बैंकमध्ये १६ ओटा र फाइनान्स कम्पनीमध्ये ८ ओटाको चुक्तापूँजी पुग्न बाँकी छ । विकास बैंकमध्ये चुक्तापूँजी पुग्न बाँकी बैंकहरु सबै रुपान्तरित प्रदेशस्तरका बैंक छन् । प्रदेशस्तरका १७ बैंक अस्तित्वमा रहेकोमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक भने एकमात्रै तोकिएको चुक्तापूँजी पुर्याउने बैंकको रुपमा रहेको छ । बाँकी १६ ओटा कम्पनीहरु चुक्तापूँजी पुर्याउने अभियानमा छन्, त्यसका लागि अधिकांशले मर्जरकै विकल्प रोजेका छन् । त्यस्तै, फाइनान्स कम्पनीतर्फका ८ मध्ये क्रिष्टल फाइनान्स खारेजीको क्रममा रहेकोले सो फाइनान्सले पूँजी पुर्याउँदैन । बाँकी ७ फाइनान्समध्ये ४ ओटा समस्याग्रस्तबाट मुक्त भएका कम्पनी छन् भने बाँकी ३ ओटा फाइनान्स प्रदेशस्तरका छन् । प्रदेशस्तरका तीनओटै कम्पनीले गत आर्थिक वर्षको नाफाबाट बोनस दिएर चुक्तापूँजी पुर्याउन सक्षम छन् ।
नबिल बैंकमा ६० जनालाई जागिरको अवसर
काठमाडौँ । नबिल बैंकमा जागिरको अवसर खुलेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनी १० जना र ट्रेनी असिस्टेन्ट ५० जना गरी ६० जना कर्मचारी माग गरेको हो । स्नातकोत्तर उत्तीर्ण र २८ वर्ष भन्दा कम उमेरका म्यानेजमेन्ट ट्रेनीमा तथा स्नातक उत्तीर्ण र २५ वर्ष भन्दा कम उमेरकाले ट्रेनी असिस्टेन्टमा आवेदन दिन सक्ने बैंकले जनाएको छ । इच्छुक र योग्यता पुगेकाहरुले अनलाइन मार्फत असोज ११ गतेसम्म आवेदन दिन सक्ने छन् ।
क्यानकाे बजेट ४६ अर्ब, तीन विमानस्थलका लागि २३ अर्ब विनियाेजन
काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालु आर्थिक वर्ष २०७६/०७७ का लागि ४६ अर्बको बजेट बनाएको छ। प्राधिकरण स्रोतका अनुसार चालु वर्षका लागि ४६ अर्ब ९६ करोड बजेट प्रस्ताव गरिएको हाे। प्राधिकरण सञ्चालक समितिबाट पारित भइसकेको बजेट मन्त्रीको हस्ताक्षर हुनमात्र बाँकी रहेको स्राेतले जनाएकाे छ। यो वर्षको बजेटमा प्राधिकरणले पूरानै आयोजनाका लागि प्रसस्त बजेट विनियोजन गरेको छ। स्रोतका अनुसार चालु वर्षका लागि प्राधिकरणले तीन ठूला आयोजनाका लागि मात्र आधा बजेट विनियोजन गरेको छ। निर्माणाधिकन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि झन्डै २३ अर्ब विनियोजन गरिएको छ। क्यानको अघिल्लो वर्षको बजेट ४५ अर्ब १७ करोड थियो।
सरकार नीजि पर्यटन क्षेत्रकाे प्रतिस्पर्धि होइन, सहयात्री हाे : मन्त्री भट्टराई
काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश कुमार भट्टराईले सरकार नीजि पर्यटन क्षेत्रको प्रतिस्पर्धि नभई सहयात्री भएको बताएका छन् । मंगलबार नेपाल एसोसिएसन अफ ¥याफ्टीङ एजेन्सीज (नारा) को ३१ औं वार्षिक साधारसभा तथा निर्वाचन कार्यक्रममा बोल्दै भट्टराईले सो कुरा बताएका हुन् । ‘¥याफ्टीङ पर्यटनको प्रमुख आधार हो ’ उनले भने, आउनुहोस् सँगै सहकार्य गरौं, मन्त्रालय तपाईहरुलाई सहयोग गर्न तयार छ, तपाईहरुलाई काम गर्न कुनै समस्या तथा अप्ठ्याराहरु भएछन् भनेपनि सँगै बसेर नियमावली संशोधन गर्ने कुरामा पनि म सकरात्मक छु ।’ उनले नेपालका नदिहरु विभिन्न कारणले असुरक्षित रहेको बताउँदै प्राकृतिक सुन्दरतालाई कायम गर्न आजको प्रमुख चुनौती रहेको उल्लेख गरे । सरकारले जलशाययुक्त आयोजनाहरुलाई बढि प्राथमिकता दिएको बताउँदै उनले यसमा नाराको साथ र सहयोगको आवश्यकता रहेको बताए । आइसकेको बताँउदै २० लाख पर्यटक भित्र्याएर यसलाई सफल पार्न भूमिका खेल्न समेत आग्रह गरे । मंगलबार सम्पन्न नाराको ३१औँ साधारणसभा तथा निर्वाचनबाट गङ्गाप्रसाद नेपाल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षका अर्का उम्मेदवार कमलबहादुर ठकुरीलाई हराउँदै नेपाल निर्वाचित भएका हुन् । नेपालले ३७ मत प्राप्त गरे भने भने ठकुरीले २५ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा मेघबहादुर आले, महासचिवमा शिशिर खनाल, सचिवमा इन्द्रबहादुर राना, कोषाध्यक्षमा रीता अधिकारी र सहकोषाध्यक्षमा नारायण श्रेष्ठ निर्वाचित भए , यस्तै सदस्यमा इन्दुदेवी वाग्ले, राजेन्द्र थपलिया र गोपाल राना विजयी भए । नाराका ८५ वटा कम्पनीमध्ये निर्वाचनमा भने ६७ कम्पनीका प्रतिनिधिले मतदान गरेका थिए ।
आरम्भ लघुवित्तको १ लाख १८ हजार लुटियो
सुकुटे, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला सुकुटे स्थित आरम्भ लघुवित्त वित्तीयसंस्था लिमिटेडमा कार्यरत कर्मचारी कनिष्ठ सहायक दीपक गौतम लुटिएका छन् । सुनकोशी गाउँपालिका वडा नं. ४ सिमपानी स्थित सिमपानी कालीदेवी आरम्भ महिला केन्द्र,२७ नं. केन्द्रबाट मासिक किस्ता असुली गरी फर्कने क्रममा सुनकोशी गाउँपालिका वडा नं. ४ सिमपानीको जंगलबाट रु. १ लाख १८ हजार ४२५ लुटिएको हो । चारजना अज्ञात समुहले सुनकोशीगाउँपालिका वडा नं. ४ सिमपानी जंगलबाट उक्त रकम रु. १ लाख १८ हजार ४२५ लुटिएको आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेड सुकुटे शाखाका प्रमुख देवकुमार प्याकुरेलले जानकारी गराए ।
नाराको अध्यक्षमा गङ्गाप्रसाद नेपाल निर्वाचित
काठमाडौँ । साहसिक जलयात्रा पर्यटन व्यवसायीको संस्था नेपाल एसोसिएशन अफ र्याफ्टिङ एजेन्सिज (नारा)को अध्यक्षमा गङ्गाप्रसाद नेपाल निर्वाचित भएका छन् । नाराको आज सम्पन्न ३१औँ साधारणसभा तथा निर्वाचनमा अर्का उम्मेदवार कमलबहादुर ठकुरीलाई हराउँदै नेपाल निर्वाचित भएका हुन् । नेपालले ३७ मत प्राप्त गरे भने भने ठकुरीले २५ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा मेघबहादुर आले, महासचिवमा शिशिर खनाल, सचिवमा इन्द्रबहादुर राना, कोषाध्यक्षमा रीता अधिकारी र सहकोषाध्यक्षमा नारायण श्रेष्ठ निर्वाचित भए , यस्तै सदस्यमा इन्दुदेवी वाग्ले, राजेन्द्र थपलिया र गोपाल राना विजयी भए । नाराका ८५ वटा कम्पनीमध्ये निर्वाचनमा भने ६७ कम्पनीका प्रतिनिधिले मतदान गरेका थिए ।