टेलिकमको नयाँ अफर : १० रुपैंयामा १०० मिनेट कल, ८० एमबी डाटा
काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक अटम अफर ल्याएको छ । उक्त अफर अन्तर्गतको सेवा बिहीबारदेखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिएको छ । यस अघि उपलब्ध समर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित अटम अफर ल्याइएको छ । पहिले उपलब्ध भएका डे डाटा प्याक, डे भ्वाइस प्याक र एफटीटीएच कम्बो प्याकलाई परिमार्जन गरी अझै ग्राहकमैत्री बनाइएको छ । डे डाटा प्याक अन्तर्गत अब १० रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ८० एमबी डाटा चलाउन सकिने छ । डे भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म गरी १०० मिनेट कम्पनीकै नेटवर्कमा भ्वाइस कल गर्न सकिने छ । एफटीटीएच कम्बो प्याक अन्तर्गत अन्य कम्बो प्याकको मूल्य उही भए पनि १५ एमबीपीएसको कम्बो प्याकको मूल्य भने घटाइएको छ । पहिलेको १ हजार २ सयको प्याकलाई १ हजार, ३ हजार ४ सयको प्याकलाई ३ हजार, ६ हजार ४ सयको प्याकलाई ५ हजार ५ सय र १२ हजार ३ सयको प्याकलाई अब १० हजार ५ सय रुपैयाँ मात्र पर्ने भएको छ । साथै, पहिले देखि नै समर अफरका रुपमा उपलब्ध एक घण्टा अनलिमिटेड प्याक, अल टाइम डाटा प्याक, १ जीबी पर डे डाटा प्याक, नाइट डाटा प्याक, अनलिमिटेड नाइट डाटा प्याक, सोसल मिडिया प्याक, डाटा स्ट्रिमिङ प्याक, अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट भ्वाइस प्याक, पोष्टपेड प्याक, एसएमएस प्याक, सीयूजी प्याक, एफटीटीएच प्याकेज, विद्यार्थी अफर, चाइना कल अफर, इन्डिया कल अफर, एडीएसएल भोलुम बेस्ड प्याकेज, एडीएसएल अनलिमिटेड प्याकेज र मिस्ड कल अलर्ट सुविधालाई निरन्तरता दिइएको छ । त्यसैगरी फोरजी/एलटीई अफरको रुपमा हाल दिइरहेका विभिन्न सुविधाहरुलाई पनि निरन्तरता दिइएको छ ।
एनआईशी एशियाबाट वर्ल्डलिंकबीच सम्झौता: इन्टरनेटको बिल तिर्दा १० प्रतिशत छुट पाइने
काठमाडौं । एनआईशी एशियाबाट बैंकबाट वल्र्डलिंकको इन्टरनेट तिर्दा १० प्रतिशतसम्म सस्तो गर्ने भएको छ । एनआईशी एशिया बैंक र वल्र्डलिंक कम्युनिकेसनबीच भएको सहमति अनुसार एनआईशी एशिया बैंकको डेबिटकार्ड, क्रेडिटकार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोग गरी त्यस्तो भुक्तानी गर्दा त्यस्तो छुट प्राप्त गर्नेछन् । यो योजना असोन ३० गते सुरु भई कात्तिक १६ गते छठ पर्वसम्म कायम रहेने समेत जनाइएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठी र वल्र्ड लिङ्क लि.को तर्फबाट वल्र्डलिङ्कका प्रमुख वित्त अधिकृत श्री संजय कुमार साहले हस्ताक्षर गरेका थिए ।
काठमाडौंको सानो गौचरनमा केटिएमले खोल्यो नयाँ सर्भिस सेन्टर
काठमाडौं । काठमाडौंको सानो गौचरनमा केटीएमले नयाँ सर्भिस सेन्टर खोलेको छ । हन्सराज हुलास चन्द एण्ड कम्पनी, केटीएमले काठमाडौंको सानो गौचरनमा नयाँ सर्भिस सेन्टर असोज ३० गते खोलेका हो । उक्त सर्भिस सेन्टरको उद्घाटन हन्सराज हुलास चन्द एण्ड कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले गरेका हुन् । यस सर्भिस सेन्टरमा एकै चोटि २० वटा बाइकहरु सर्भिसिङ्ग गर्ने क्षमता छ, जुन केटिएमको नेपालमा रहेको सर्भिस सेन्टरहरु मध्येकै अहिले सम्मको सबैभन्दा ठूलो सर्भिस सेन्टर रहेको दाबी गरेका छन् । नयाँ सर्भिस सेन्टरले केटिएमका ग्राहकहरुलाई प्रिमियम सर्भिसको अनुभूतिको साथै अत्याधुनिक उपकरण र दक्ष प्राविधिकहरुद्वारा उत्कृष्ट सेवा प्रदान गर्नेछ । सर्भिस सेन्टरको मुख्य लक्ष्य भनेको नेपालमा बढिरहेका रेसिङ्ग उत्साहीहरुलाई अतुलनीय अनुभूति प्रदान गरेको जनाएका छन् । अफ–रोड बाइकिङ्ग सेग्मेन्टमा सबैभन्दा अग्रणी स्थानमा रहेको छ । हालको दशकमा कुनै अन्य ब्राण्ड अफ–रोड मोटरसाइकल रेसिङ्गमा यत्तिको सफल भएको छैन । अहिलेको दिन सम्ममा केटिएम बाइकले २ सय ९१ वटा विश्व च्याम्पियन सिप उपाधिहरु जितिसकेका छन् । जसमा सबैभन्दा गाह्रो र सबैभन्दा प्रख्यात डकर ¥याली पनि समावेश छन् ।
सोमर तामाङ्ग र विशाल नगरकोटीले आईएमईबाट पाए ‘डबलको डबल’
काठमाडौं । सेवाग्राही विशाल तामाङ र विशाल नगरकोटीले आईएमईले सञ्चालन गरेको डबलको डबलको डबल अफर अन्तर्गत असोज महिनाको बिजेता घोषित भएका छन् । आईएमईले सञ्चालन गरेको उक्त अफरअन्तर्गत दशैंमा मलेसियाबाट पैसा पठाउने तामाङ र जापानबाट पैसा पठाउने नगरकोटीले डबलको डबल अर्थात् आफूले पठाएको पैसाको ४ गुणा बढी रकम प्राप्त गरेका हुन् । त्यस्तै आइएमईका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संजाल मार्फत अफर अवधिमा नेपालमा पैसा पठाउने आइएमई सेवाग्राहीहरू कृष्ण मुखिया, महेश आले मगर, विजय नेपाली, लक्ष्मी गुरुङ, राम बहादुर काफ्ले, भुवन अधिकारी, जीत बहादुर सार्की, चुणामणी काफ्ले, कृष्ण थापा, आइतराम गुरुङ, डबल प्रसाद चापागाईं र राजेश शाह सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत् डबल अर्थात् विभिन्न हप्ताको साप्ताहिक पुरस्कार जित्दै आफुले पठाएको रकमको दुई गुणाबढी रकम प्राप्त गरेका छन् । आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । उक्त अफर २०७६ साल भदौ १५ गतेदेखि कार्तिक मसान्त (तद्नुसार सेप्टेम्बर १ देखि नोभेम्बर १६, २०१९) कूल ७७ दिनसम्म कायम रहनेछ । अफर अनुसार हरेक दिन आइएमई पे मार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार प्रदान गरिनेछ । आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १९औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १० हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःु ख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ । त्यस्तै, आईएमई ग्रुपअन्तर्गतकै डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी ‘आइएमई पे’ झन्डै २१ हजार एजेण्ट आउटलेट सञ्जाल भएको भुक्तानी सेवा प्रदायक कम्पनी हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो र आईएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको छ । आइएमई डिजिटलले ‘ आइएमई पे ’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्दछ । आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ ।
‘भीभो भी १७प्रो’ मोबाइल नेपाली बजारमा, मूल्य ५२ हजार रुपैयाँ
काठमाडौं । भीभो, विश्वव्यापी इनोभेटिभ स्मार्टफोन ब्राण्ड, भी सिरिजको पोर्टफोलियोमा नयाँ मोबाइल भी १७प्रो नेपाली बजारमा लन्च भएको छ । असोज ३० गतेदेखि बजारमा सार्वजनिक भएको उक्त मोबाइलको मूल्य ५२ हजार ४९० रुपैयाँ तोकिएको छ । यो डिभाइसमा क्वाड रियर क्यामरा सेटअपका साथमा विश्वको पहिलो ३२ मेगापिक्सेल ड्यूल पप-अप सेल्फी क्यामरा राखिएको छ । यो डिभाइस ८ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज अप्सनका साथमा क्रिस्टल ब्ल्याक, क्रिस्टल ह्वाइट कलर अप्सनमा उपलब्ध हुनेछ । भी १७प्रो लन्चको अवसरमा भीभो नेपालका ब्राण्ड म्यानेजर पेङ्दाले भने, “भी सिरिज पोर्टफोलियोमा भी १७प्रोमा ३२ मेगापिक्सेल ड्यूल पप अप फ्रन्ट क्यामरा रहेको छ । जसले गर्दा ग्राहकहरुले निकै कम उज्यालोमा पनि बिना कुनै समस्या उत्कृष्ट सेल्फी लिन सक्नेछन् ।” यस्ता छन् विशेषताः ३२ मेगापिक्सेल ड्यूल पप अप सेल्फी क्यामराः शुट बियोण्ड लिमिट्स ड्यूल ३२ मेगापिक्सेल र सूपर वाइड एंगल क्यामराहरुले सेल्फीका लागि नयाँ सोच कायम गरेको छ । सूपर वाइड एंगल क्यामराले १०५ डिग्रीसम्मको दृश्य हेर्न सकिन्छ । सूपर नाइट सेल्फीले विभिन्न फ्रेमहरुलाई संयुक्तरुपमा पिक्चर ब्राइटनेस कायम गर्दै स्पष्ट र अधिक सटिकरुपमा फोटो खिच्न सहयोग गर्दछ । यसैबिचमा फ्रन्ट मुनलाइट ग्लो लाइटले अंध्यारोलाई हटाउँछ र लो लाइट भएको अवस्थामा पनि सब्जेक्टलाई हाइलाइट गर्दछ । ४८ मेगापिक्सेल एआई क्वाड मुख्य क्यामराः क्याप्चर इन डिटेल ४८ मेगापिक्सेल एआई चारवटा क्यामराले सबै वस्तु खिच्न सकिन्छ । शक्तिशाली क्यामरा सेटअपका साथमा ४८ मेगापिक्सेल एचडी मुख्य क्यामरा, १३ मेगापिक्सेलको टेलिफोटो, ८ मेगापिक्सेल एआई सुपर वाइड एंगल प्लस सुपर म्याक्रो (२.५ सिएम) तथा २ मेगापिक्सेलको बोकेह क्यामरा रहेको छ । ४८ मेगापिक्सेल र सुपर लाइट सेन्सिटिभिटीका साथमा, मुख्य रियर क्यामराले हरेक अवस्थामा उज्यालो र भिभिद पिक्चर खिच्ने सुनिश्चितता प्रदान गर्दछ । तपाईँको नाइट फोटोग्राफी सिपलाई उत्कृष्ट बनाउन यसमा एचडिआरका साथ अपग्रेड गरिएको छ । यसमा तीव्रगतिको प्रकृया, मल्टिफ्रेम नोइन रिडक्सन टेक्नोलोजीका साथ ग्राहकहरुले रातीको समयमा सजिलै तस्विरहरु खिच्न सक्दछन् । ब्रिङ्ग दि वल्र्ड क्लोजर यसको सुपर म्याक्रो मोडले गर्दा तपाईँले अब्जेक्टमा सजिलोसँग २.५ सेन्टिमिटर नजिकसम्म फोकस गर्न सकिनेछ र साना साना वस्तुहरुको पनि तस्विर खिच्न सकिन्छ । भी १७प्रोका साथमा भिडियो मोडमा पनि म्याक्रो मोड प्रयोग गर्न सकिन्छ । यसको लागि २ एक्स अप्टिकल जुम र १० एक्स डिजिटल जुमलाई धन्यवाद छ । त्यसैगरि यसमा भएको १३ मेगापिक्सेलको टेलिफोटो क्यामराले गर्दा शानदार शट लिनको लागि अझ नजिक बनाएको छ । एआई सुपर वाइड एंगल क्यामरा १२० डिग्रीका साथमा फोटोलाई फैलाउन सकिन्छ। श्रृजनाका लागि र प्रभाव पार्नका लागि अधिक अवसर आएको छ, जतिबेला क्यानभासलाई फैलाइन्छ, कल्पनापनि त्यसका साथै फैलिनेछ । २०ः९ अल्ट्रा फूलभ्यू डिस्प्लेः ट्रूली अनइन्टरप्टेड भी १७प्रोमा सुपर एमोलेड डिस्प्ले १६.३६ सिएम(६.४४)इन्चको फूल भ्यू डिस्प्ले ९१.६५ प्रतिशतको स्क्रीन टू बडि रेसियोका साथमा राखिएको छ । यसको ई३ ओएलईडी ले १०० प्रतिशत डिसीआई पी ३ कलरहरु प्रदान गर्दछ, जसले जीवन्त र आधिकारीक रंगहरु जीवनमा प्रदान गर्दछ । यसको २०ः९ एस्पेक्ट रेसियोले, भी १७प्रोले सुपर स्लीम बेजेलका साथमा तपाईँको सिमितता भन्दा अगाडि लैजानेछ । एलसिडी डिस्प्लेको तुलनामा भी १७प्रोले ६१ प्रतिशत ब्लू लाइटलाई फिल्टर गर्दछ भने यसमा बोट्स टीयूभी रेइनल्याण्ड सर्टि्फिकेसन प्राप्त गरेको छ । भीभो इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिंङ्ग टेक्नोलोजीमा नेतृत्वदायी कम्पनी हो, जसले भिजिबल फिंगरप्रिनट प्याडलाई हटाएको छ र सेक्यूरिटी अप्सनमा सम्झौता नगरिकन नै सिमलेस डिजाइन कायम गरेको छ । भी १७प्रो भविश्यको प्रविधिसहितको तेस्रो पुस्ताको भी सिरिजको स्मार्टफोन हो । भीभो भी १७प्रोमा सुधार गरिएको फिंगरप्रिन्ट टेक्नोलोजीसहित आउँछ र अनलकिंग एक्सपेरिएन्स दिनका लागि सुधारित अल्गोरिदमका साथमा आएको छ । भी १७प्रोलाई तपाईँले केबल ०.३९ सेकेण्डभित्रै अनलक गर्न सकिन्छ । सहज परफरमेन्स भी १७प्रोलाई क्वालकमको स्न्यापड्रागन ६७५ एआईई प्रोसेसरद्धारा पावर प्रदान गरिएको छ जसमा ८ जीबी र्याम र १२८ जीबीको रोम रहेकोछ । यसमा फनटच ओएस ९.१(एन्ड्रोयड ९ मा आधारित) छ भने भीभोको जोभी एआई ईन्जिनले गर्दा भी १७प्रोले सीपीयू र मेमोरी रिसोर्सलाई दक्षरुपमा बहुउद्धेश्य र जटिल कार्यहरु गर्नको लागि उपलब्धता प्रदान गर्दछ । ड्यूल इन्जिन फास्ट चार्जिंङ्ग र ठूलो ब्याट्री भीभो भी १७प्रो बृहत ४,१०० एमएएच ब्याट्री प्याकका साथमा पावरहाउन प्याक हो, जसमा टाइप सी, ड्यूल इन्जिन फास्ट चार्जिङ्ग टेक्नोलोजी(१८वाट) राखिएको छ । अल्टिमेट गेमिंग एक्सपेरिएन्सको लागि स्तरीकरण गरिएको गेम मोड भीभोको मल्टि टर्बो एक्सिलरेसन टेक्नोलोजीले ओएसको बटम लेयर अप्टिमाइजेसनलाई लक्षित गर्दछ, जसले गर्दा ग्राहकले उत्कृष्ट गेम परफरमेन्सको आनन्द उठाउन सक्छन्। एआई टको, सेन्टर टर्बो, गेम टर्बो, नेट टर्बो, र कुलिंग टर्बोका साथमा आधारभूत कार्यदक्षतामा सुधार गर्न सकिन्छ । कुल स्टार्ट स्पीडले २५ प्रतिशत र वार्म स्टार्ट स्पीडले ९ प्रतिशत सुधार गर्दछ ।
तिहारको अवसरमा शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार
काठमाडौं । गुणस्तरीय सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्सले हिन्दुहरुकोे महानपर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई चाँदी उपहार प्रदान गर्ने भएको छ । दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवम्को साथमा, चाँदीको उपहार सबैको हातमा” नामक विक्री योजना बजारमा ल्याएको हो । यस योजना अन्तर्गत प्रत्येक २५ बोरा शिवम् सिमेन्टको खरिदमा १० ग्राम चाँदीको सिक्का, ५० बोरा शिवम् सिमेन्टको खरिदमा २२ ग्राम चाँदीको दियो र १ सय बोरा शिवम् सिमेन्टको खरिदमा ५० ग्राम चाँदीको दियो उपहार प्रदान गर्ने नयाँ उपभोक्ता मुखी स्कीम शुरु गरेको हो । यो योजना सिमित अवधिको लागि नेपाल अधिराज्यभर लागू गरिएको छ । शिवम् सिमेन्टले चाँडपर्व लक्षित गरी आफ्ना ग्राहकहरुलाई विभिन्न योजनाहरु मार्फत थप उत्साह प्रदान गर्दै आइरहेको छ । सोहि अनुरुप, कम्पनीले आउँदो तिहारलाई लक्षित गर्दै चाँदीको सिक्कार चाँदीको दियो उपहार स्वरुप प्रदान गर्ने योजना ल्याएको हो । दिपावलीको शुभकामनासँगै यो तिहार सबैका लागि विशेष तिहार होस् भनी सम्पूर्ण ग्राहकवर्गमा खुशीयाली बाँड्ने कम्पनीको लक्ष्य रहेको छ । शिवम् सिमेन्टस्ले गुणस्तरमा कहिल्यै सम्झौता नगरौं नारा सहितविभिन्न क्षेत्रहरु जस्तै स्वास्थ्य, शिक्षा, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जन जस्ता क्षेत्रहरुमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सन् २००९ मा नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लाण्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, विक्री पछिको निःशुल्क प्राविधिक परामर्श, निरन्तर सेवा र विश्वसनियताको कारणले गर्दा नै शिवम् सिमेन्ट राष्ट्रिय गौरवका प्रमुख योजनाहरुमा आफ्नो योगदान दिइरहेको जनाएको छ ।
सिभिल बैंकको नयाँ शाखा मोरङको पुष्पलालचोकमा
काठमाडाैं । सिभिल बैंकले मोरङको जिल्लाको पुष्पलालचोकमा नयाँ शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर महानगरपालिकाका नगर प्रमुख भिम पराजुलीले गरेका हुन् । सोही समारोहमा सिभिल बैंकका क्षेत्र नं १ का प्रदेश प्रमुख सन्तोष कुमार बुढाथोकीद्वारा महिला जागृति तथा वृद्घ आश्रमलाई रु २५,००० को चेक पनि हस्तान्तरण गरिएको थिए । नेपालमै पहिलो पटक उक्त बैंकले बचतकर्ताहको समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको छ । साथै, बैंकको शाखा संख्या १०० र एटियम संख्या ६५ पुगेको छ ।
भारतको गोवामा चेम्बरको डेक्स स्थापना हुने, पहाड र समुन्द्रलाई व्यापारले जोड्ने घोषणा
काठमाडौं । भारतको गोवामा नेपाल चेम्बर अफ कमर्शको वपारिक डेक्स स्थापना हुने भएको छ । नेपाली व्यापारीहरुको समस्या समाधान गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स र भारतको भाइब्रेण्ट गोवा फाउण्डेशनबीच व्यापार, लगानी, पर्यटन प्रवर्द्धन एवं आर्थिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले द्धिपक्षीय समझदारी भएको छ । भारतको गोवामा आयोजित भाइब्रेण्ट गोवा ग्लोबल एक्स्पो एण्ड समिट २०१९ कार्यक्रममा सहभागी नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र भाइब्रेण्ट गोवा फाउण्डेशनका सभापति राजकुमार कामतबीच उक्त समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएको हो । दुई संस्थाबीच काठमाडौंमा भाइब्रेण्ट गोवा फाउण्डेशन र गोवामा एक आपसका नेपाल चेम्बर अफ कमर्शको डेक्स स्थापना गर्नेगरी समझदारी भएको हो । उक्त एक्सपोको उद्घाटन सत्रमा प्रमुख अतिथी गोवाका मुख्यमन्त्री डा. प्रमोद सावन्तले यो समझदारीले काठमाडौं र गोवाबीचको द्धिपक्षीय व्यापार, लगानी, पर्यटन प्रवद्र्धन एवं आर्थिक सम्बन्ध विस्तार हुने अपेक्षा लिएको बताएका छन् । समझदारीपत्रमा दुई मुलुकबीच हुने अन्तरक्रिया, रोड शो, एक्स्पोमा सहभागिता लगायत पर्यटन प्रवर्द्धनमा जोड दिइएको छ । सो अवसरमा बोल्दै चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल चेम्बरले २०२० को फेब्रुअरीमा आयोजना गर्ने नेपाल चेम्बर एक्स्पोमा सहभागिताको लागि अनुरोध गर्नुका साथै पहाडी मुलुक नेपाल र समुन्द्री सतहसँग जोडिएको गोवा “फ्रम ग्रीन टू ब्लू”बीच पर्यटन प्रवर्द्धन र कनेक्टिभिटीमा जोड दिएकाले नेपाल भ्रमण वर्ष २०२० मा गोवाबाट पर्याप्त पर्यटन भित्राउन सकिने संभावनामा जोड दिए । सो अवसरमा बोल्दै भाइब्रेन्ट गोवा फाउण्डेशनका सभापति राजकुमार कामतले यो समझदारीपत्रको कार्यान्वयनले अहिले चेम्बरको सहभागिता उल्लेख्य रहेकोले आगामी वर्षहरुमा यसमा अझ बढोत्तरी हुने र आगामी वर्ष नेपालमा हुने एक्स्पो र पर्यटन वर्षमा आफ्नो संस्थाको तर्फबाट सहभागिता र प्रवर्द्धनको लागि महत्वपूर्ण कार्य गरिने विश्वास व्यक्त गरे । ३८ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डलमा चेम्बर सदस्य, जिल्ला चेम्बर अफ कमर्सका पदाधिकारीहरु, उद्यमी, व्यवशायीहरु, प्रदेश ५ का संसद सदस्य माननीय भोज प्रसाद श्रेष्ठ, ५ नम्बर प्रदेशका विभिन्न नगरपालिकाका उपमेयरहरुको समेत सहभागिता रहेको थियाे ।