विकासन्युज

दरबार हाइस्कूल पुनःनिर्माणका ८० प्रतिशत, आगामी माघसम्ममा काम सकिने लक्ष्य

काठमाडौं । निर्धारित समयमै काम सक्ने गरी रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय)को पुनःनिर्माण काम ८० प्रतिशत सकिएको छ । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको यस भवनको ठेक्का चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले लिएको छ । तोकिएको समयमै सक्ने गरी चीन र नेपालका गरी दैनिक एक सय कामदारले काम गरिरहेका छन् । निर्माणको कामअन्तर्गत अहिले रङ्गरोगनको कम भइरहेको छ । आगामी माघ महिनासम्ममा निर्माणको सबै काम सकिने जनाइएको छ । ८५ करोड रुपैयाँको लागतमा नौ रोपनी जमीनमा निर्माण गर्न लागिएको यो विद्यालयको भवन चारतले र ४० कक्षाकोठे हुने भएको छ । यस भवनको नमूना ‘चाइना एभिएसन प्लानिङ एण्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको हो । निर्माण व्यवस्थापक राजेन्द्र केसीले निर्माण शुरु भएको १९ महीनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम अघि बढिरहेको बताए । वि.सं २०७२ बैशाख १२ गते गएको भूकम्पले क्षति पु¥याएको उक्त हाइस्कूल को पुनःनिर्माणको शिलान्यास गत साउन १८ गते भएको थियो । विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा सो विद्यालय स्थापना गरिएको थियो । विसं १९६४ मा संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई पनि खुला गरिएको सो विद्यालयमा विसं २०४८ देखि अन्य विषय पनि पाउने भएका थिए । वि.सं २०३० मा राष्ट्रिय शिक्षा पद्धति ऐन लागू भएपछि उक्त विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हुँदै आएको छ । अहिले विद्यालय निर्माण गर्दा बाहिरी आवरण यसअघिको जस्तै देखिए पनि भित्र आधुनिक सामग्री प्रयोग गरिने बताइएको छ । निर्माण गर्दा माटो, इँटा र सुर्खी, माटो र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो । भूकम्प अघि उक्त भवनमा भानु मावि र संस्कृत मावि पनि सञ्चालित थियो । हाल ती दुवै विद्यालयमा गरी ३०० विद्यार्थी अध्ययनरत छन् भने ३५ शिक्षक कार्यरत छन् । ती विद्यार्थीलाई अहिले वाल्मिकी विद्यापीठको खाली स्थानमा टहरा बनाएर पठनपाठन गराइएको छ । लामो समय काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबीच नक्सापासको विषयमा कुरा नमिलेकाले भूकम्प गएको तीन वर्षपछि मात्रै यस विद्यालयको पुनःनिर्माणको काम शुरु भएको हो । चिनियाँ सरकारसँग भूकम्पका कारण अतिप्रभावित १४ जिल्लाका एक–एक र अन्य तीन जिल्लामा गरी १७ विद्यालय निर्माण गर्ने सहमति भएको थियो । गोरखा भूकम्पका कारण सात हजार ५ सय विद्यालयमा क्षति पुगेको र हालसम्म तीन हजार ६ सय विद्यालय भवन निर्माण भइसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएकोे छ । एउटा मावि विद्यालय सञ्चालन हुनका लागि ग्रामीण क्षेत्रको प्रत्येक कक्षामा ४० र शहरमा ५५ विद्यार्थी रहनुपर्ने कानूनी व्यवस्था रहको छ । रासस

पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्यो

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली भई चिसो बढेको छ । उक्त वायुको प्रभावले देशका उच्च पहाडी भू–भागका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन बाहिरिएसँगै निरन्तर न्यूनतम तापक्रम घट्नेक्रम शुरु भएकाले चिसो महसुस भएको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । राति देशका पूर्वी भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही मध्य तथा पश्चिमी भू–भागमा आङ्शिक बदली भई मध्यपहाडी भू–भागका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आइतबार देशभर आङ्शिकदेखि सामान्य बदली रही देशका पूर्वी र पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । त्यस्तै सोमबार देशका मध्य तथा पूर्वी भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही पहाडका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५.५ डिग्री र अधिकतम तापक्रम २५.२ डिग्री सेल्सियस रहेको छ । पोखराको न्यूनतम तापक्रम १८.२ र अधिकमत तापक्रम २८.० डिग्री रहेको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस छ । रासस

शेयर बजारका ८१ ओटा कम्पनी नेप्सेको कारबाहीमा, अब के हुन्छ ?

काठमाडौं । दोस्रो बजारमा सूचीकृत ८१ कम्पनीहरु नेपाल स्टक एक्सचेञ्जको कारबाहीमा परेका छन् । नियमानुसार समयभित्र वार्षिक नबीकरण शुल्क नबुझाएसछि उनीहरु कारबाहीमा परेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । सबै कम्पनीहरुको सूचीकरण स्थगित गरिएको छ । कारबाहीमा पर्ने कम्पनीहरुमा १९ ओटा माइक्रोफाइनान्स कम्पनी, १८ ओटा विकास बैंक, १३ ओटा हाइड्रोपावर कम्पनी, १२ ओटा फाइनान्स कम्पनी, ११ ओटा उत्पादनमूलक कम्पनी, २/२ ओटा इन्स्योरेन्स, ट्रेडिङ, होटल र अन्य समूहका कम्पनी छन् । कारबाहीमा पर्नेमा नेपालकै सबैभन्दा धेरै बजार पुँजीकरणभएको नेपाल टेलिकमदेखि चर्चित विकास बैंकहरु, बीमा कम्पनीहरु समेत छन् । नेप्सेले सूचीकरण स्थगित गरेसँगै ८१ ओटै कम्पनीका कारोबारहरु स्वतः रोक्का हुनेछन् । नेप्सेलाई आवश्यक शुल्क बुझाएर सूचीकरण स्थगित फुकुवा गरेपछि मात्रै ती कम्पनीहरुका कारोबार सूचारु हुनेछन् । यसो हुँदा धेरैजसो कम्पनीहरुको कारोबार आइतबार हुनेछैन । नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ को विनियम (१) (क) बमोजिम सूचीकरण स्थगन गरेको जनाएको छ । उक्त विनियममा प्रत्येक आर्थिक वर्ष सकिएको ३ महिनाभित्र सूचीकृत कम्पनीहरुले वार्षिक नवीकरण नबुझाएमा त्यस्तो कम्पनीहरुको धितोपत्र बजारको सूचीकरण स्थगित गर्न सकिने उल्लेख गरिएको छ । [pdf id=176078]

बजार पुँजीकरणमा एनआईशी फेरि आठाै‌ं स्थानमा, १२००% बढ्दा पनि कारोबार अर्ब पुगेन

काठमाडौं । गत साता शेयर बजारको कारोबार करिब १२०० प्रतिशत अर्थात् १२ गुणाले बढ्यो । अघिल्लो साता ६ करोड ३८ लाखमा सीमित भएको बजारको कारोबार ११.८५ गुणाले बढेर ८२ करोड पुगेको हो । यद्यपि ४ दिनको कारोबार पनि १ अर्ब पुग्न भने सकेन । दशैं सकिएपछि खुलेको बजारमा अझै लगानीकर्ताहरु सक्रिय नुहँदा कारोबार बढ्न नसककाे हो । बजारमा यो साता एनआईशी एशिया बैंकले अघिल्लो साता कृषि विकास बैंकले लिएको आठौं सर्वाधिक बजार पुँजीकरण भएको कम्पनीको स्थान फेरि हात पारेको छ । अघिल्लो साता एनआईशी एशिया बैंक नवौं स्थानमा थियो । अरु स्थानमा भने कुनै परिवर्तन भएकाे छैन ।

एनआरएनएका नवनिर्वाचित पदाधिकारीद्वारा सपथ ग्रहण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण सम्पन्न भएको छ । शुक्रबार संघले केन्द्रीय कार्यालय बालुवाटारमा अायोजना गरेको कार्यक्रममा प्रमुख निर्वाचन अायुक्त शिवप्रसाद रिजालले  सयुंक्त रुपमा पदभार तथा गोपनियताको सपथ गराए । कार्यक्रममा निर्वाचित सम्पूर्ण पदाधिकारीलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । कार्यक्रममा पूर्व अध्यक्षहरुको समेत सहभागिता रहेको थियो । पूर्व अध्ययक्ष शेष घलेले नयाँँ कार्यसमितिलाई बधाइका साथै अझ शसक्त र सामाजिक संस्थाका रुपले काम गर्न अाग्रह गरे । संघको अध्ययक्षमा  कुल आचार्यलाई हराउँदै कुमार पन्त विजयी भएका हुन् । पन्तले १२१७ मत ल्याउँदा आचार्यले १०७० मत ल्याए । यस्तै उपाध्यक्षमा डा‍. बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनाम लामा, मन केसी र रविना थापा विजयी भएका छन् । यसैगरी महासचिवमा हेमराज शर्मा र कोषाध्यक्षमा पन्त महेशकुमार श्रेष्ठ विजयी भएका छन् भने सचिवमा गौरी जोशी र आरके शर्मा विजयी भएका छन्  । यस्तै, सह–कोषाध्यक्षमा लोक दाहाल विजयी भएका छन् । यसैगरी युराेप संयाेजकमा नारायण प्रसाद आचार्य विजयी हुँदा उपसंयोजकमा कृष्ण प्रसाद तिमल्सिना, शुक्रराज न्याैपाने र मुक्त बहादुर गुरुङ विजयी भए । यसैगरी महिला संयोजकमा भोमादेवी लिम्बू, युवा संयोजकमा हिमाल गुरुङ,  मध्यपूर्व क्षेत्रको संयोजकमा प्रविन गुरुङ, उपसंयोजकमा मनोजकुमार श्रेष्ठ र राजेन्द्र अर्याल, महिला संयोजकमा सुमित्रादेवी पौडेर र युवा संयोजकमा राजु रेग्मी चयन भए । अफ्रिका क्षेत्रको संयोजकमा रोशन थापा र महिला संयोजकमा मनकला थापा निर्वाचित भएका छन्  । एसिया प्रशान्त क्षेत्रको संयोजकमा गोविन्द श्रेष्ठ, उपक्षेत्रीय संयोजकमा खगेन्द्र न्यौपाने र पारसमणि पोखरेल, महिला संयोजकमा अमृता थापा र युवा संयोजकमा दीपकप्रसाद कँडेल चयन भएका छन् । अमेरिका क्षेत्रको संयोजकमा राजन त्रिपाठी, उपसंयोजकमा रामसी पोखरेल विजयी भएका छन् । त्यस्तै महिला संयोजकमा उमा कार्की थापा र युवा संयोजकमा विमला सापकोटा चयन भएका छन् । ओसिएन क्षेत्रको संयोजकमा होमनाथ पाण्डे, उपसंयोजकमा नवीन कँडेल विजयी भएका छन्। त्यस्तै महिला संयोजकमा जानकी पौडेल र युवा संयोजकमा राजकुमार थपलिया विजयी भएका छन् । बिहीबार राति ११ बजेदेखि सुरु मतगणनाकाे नतिजा शुक्रबार मध्यान्ह आएको हो  ।

एनआरएनएलाई राजनितिकरहित संंस्था बनाउने नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता

काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले संघलाई राजनीतिकरहित संस्थाका रुपमा स्थापित गर्ने बताएका छन् । शुक्रबार नयाँ कार्य समितिको सपथ ग्रहण कार्यक्रममा बोल्दै उनले संघको महाधिवेशन र चुनावतामा केही राजनितीक क्रियाकलाप तथा चलखेल बढि देखिएकोले यसको अन्त्यका लागि अाफु लागि पर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै उनले आफ्नो कार्यकालयमा १० अर्ब रुपैयाँ लगानी भित्र्याउन पहल गर्ने, सम्पूर्ण गैर अावासीय नेपालीलाई निशुल्क सदस्यता वितरण गर्ने, घरमै बसेर अनलाइनका माध्यमबाट मतदान गर्न सक्ने व्यवस्था गर्ने लगायतका मुद्दाहरुलाई बिशेष प्राथमिकताका साथ लागू गर्ने बताए ।

सरकारले लाइसेन्स बन्द गरेका क्षेत्रमा लगानी गर्ने एनआरएनकाे घाेषणा; बैंकिङ र शिक्षामा ढाेका बन्द

काठमाडाैं । सरकारले लगानीकाे ढाेका बन्द गरेकाे क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)ले  आह्रवान गरेकाे छ । बैकिङ क्षेत्रमा लगानी गर्न राष्ट बैंकले ढाेका बन्द गरेकाे झण्डै एक दशक भइसकेकाे छ । वाणिज्य बैंक, विकास बैंक, लघुवित्त लगायत सबै प्रकारका बैंक तथा वित्तीय संस्था खाेल्न राष्ट्र बैंकले लाइसेन्स बन्द गरेकाे छ । म मेरो एनआरएनए र मेरो नेपाल भन्ने मूल नारा सहित सम्पन्न गैरआवासीय नेपाली विश्व सम्मेलनकाे घाेषणा पत्रकाे पहिलाे बुँदामा नै सरकारले लाइसेन्स बन्द गरेकाे क्षेत्रमा लगानी गर्न एनआरएनले जाेड दिएकाे छ । यसका अर्थ एनआरएनहरूलाइ नेपालका कुन क्षेत्रमा लगानी गर्नु सरकारले राेकेकाे छ र कुन क्षेत्रमा लगानी गर्न प्राेत्साहित गरेकाे छ भन्ने विषयकाे पनि जानकारी नै नभएकाे पुष्टि भएकाे छ । एनआरएनले शिक्षा क्षेत्रमा पनि लगानी गर्न आह्रवान गरेकाे छ ।  शिक्षाकाे क्षेत्रमा पनि सहरी क्षेत्रमा समेत नयाँ स्कूल, कलेज तथा मेडिकल कलेज खाेल्न सरकारले राेकेकाे छ । ‘संविधान कार्यान्वयन भई मुलुक राजनीतिक स्थायित्व प्राप्त गर्दै आर्थिक विकासको दिशातर्फ उन्मुख भएकोले सामूहिक तथा व्यक्तिगत लगानी गर्नका लागि उपयुक्त वातावरण सिर्जना भएको अवस्थामा नेपालको जलविद्युत, पर्यटन, बैंकिङ्, स्वास्थ्य, शिक्षा, आधुनिक कृषि र सूचना तथा सञ्चार प्रविधि लगायतका क्षेत्रहरूमा लगानी गर्न यो सम्मेलन सबै गैरआवासीय नेपालीहरूमा हार्दिक आव्हान गर्दछ’ एनआरएनले जारी गरेकाे घाेषणा पत्रकाे पहिलाे बुँदामा उल्लेख गरिएकाे छ । सम्मेलनले गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा हालसम्म भएको प्रगति समेतलाई मनन् गरी यथाशीघ्र कार्यान्वयनको लागि ऐन निर्माणमा तदारूकताका साथ लागि पर्न सरकारसँग माग गरेका छन् । नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिएका पूर्व नेपालीहरूले निरन्तर सरकारसँग दाेहाेराे नागरिकताकाे माग गर्दै आएका छन् । वैदेशिक रोजगारलाई सुरक्षित, न्यायपूर्ण, मर्यादित र व्यवस्थित पार्न लागत खर्चमा पारदर्शिता, नियम कानुनको पूर्ण पालना, समस्यामा पर्ने कामदारहरूलाई न्याय, उद्दार र क्षतिपूर्तिका लागि स्वदेश र विदेशमा सेवा दिने न्यायिक संयन्त्र स्थापना तथा परिचालन गर्न  पनि सरकारसँग माग गरिएकाे छ ।  संघले विदेशमा काम गर्ने कामदारहरूको भावी सामाजिक सुरक्षाका कर्मचारी सञ्चय कोषकाे व्यवस्थासहित विभिन्न १२ बुँदे मागसहितकाे घाेषणापत्र जारी गरेकाे छ ।

नेपाली बजारमा टोयोटाको सबैभन्दा सस्तो कार ‘इटिओस लिवा’, के छन् विशेषता?

काठमाडाैं । जापनिज अटोमेकर कम्पनी टोयोटाको नेपालका लागि आधिकारीक विक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रा.लि.ले टोयोटाका विभिन्न मोडेलहरु नेपाली बजारमा विक्री वितरण गर्दै आइरहेको छ । नेपालमा पाइने टोयोटाका कारहरुमध्ये‘इटिओस लिवा’ सबैभन्दा सस्तो मोडेलको रुपमा रहेको छ जसको नेपाली बजार मूल्य रु. ३६ लाख ७० हजार तोकिएको छ । यस कारमा प्रयोग भएको ११९७ सीसी ४ सिलिण्डर डिओएचसि पेट्रोल इञ्जिनले ७९ बिएचपिको पावर र १०४ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस कारमा ५ गियरहरु रहेका छन् भने कारले १८.२ केएमपीएलको माइलेज दिन्छ । ५ सिटर यस कारको डाइमेन्सनको कुरा गर्नुपर्दा यसको लम्वाई ३८८४ मिलिमिटर, चौडाई १६९५ मिलिमिटर र उचाई १५१० मिलिमिटर रहेको छ भने ग्राउण्ड क्लियरेन्स चाहिँ १७० मिलिमिटर रहेको छ । त्यसैगरी ४५ लिटरको फ्यूल ट्याङ्क क्यापासिटी रहेको यस कारको अगाडिको चक्काहरुमा डिस्क ब्रेक दिइएको छ भने पछाडिका चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिइएको छ । यस कारका सेफ्टि फिचरहरुको रुपमा दुईओटा एयरब्याग्स्, एबीएस सिस्टम, ईबीडी सिस्टम, सेन्ट्रल लकिङ्ग, चाइल्ड सिट लक, रिभर्स पार्किङ्ग सेन्सरजस्ता विशेषताहरु रहेका छन् भने कम्फर्ट फिचर्सका रुपमा एयर कण्डिसन, फोल्डिङ्ग सिट, हाइट एडजस्ट गर्नमिल्ने ड्राइवर सिट, हेड रेस्ट, कार कुसन जस्ता विशेषताहरु रहेका छन् । त्यसैगरी अन्य फिचरहरुको रुपमा यस कारमा आउटसाइड रियर भ्यू मिरर्स, नयाँ अप्टिट्रन कम्बिमिटर,१२ भोल्टको ब्याट्री, ठूलो क्याविन स्पेस र बुट स्पेसजस्ता विशेषताहरु रहेका छन् । कम्पनीले जनाए अनुसार अहिलेको विशेष अफर अनुसार यस कारको खरिदमा रु. दुई लाख नगद छुटको व्यवस्था गरिएको छ । टोयोटाको नेपालमा विक्री भइरहेको सवैभन्दा महँगो मोडेल चाहिँ ल्याण्ड क्रुजर एसयूभी हो जसको नेपाली बजार मूल्य भने रु. चार करोड ५२ लाख रहेको छ।