नाै बुँदे घोषणापत्र पारितसँगै खानेपानी उपभोक्ता महासंघको पाँचौ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल सरकार खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्य र महासंघका अध्यक्ष टोरुप प्रसाईको अध्यक्षतामा आइतबार काठमाण्डौमा सम्पन्न भएको हो । सभामा प्रतिनिधी सभाका सांसद माननीय खगराज अधिकारी, खानेपानी मन्त्रालयका सचिव माधब बेल्बासे, खानेपानी बिभागका महानिर्देशक सुनिल कुमार दास, साना शहरी खानेपानी आयोजनाका आयोजना निर्देशक बिद्यानाथ भट्टराई, ईसाउका प्रमुख डा. रजित ओझा, टिम लिडर रामदिप साह, श्री हर्क क्षेत्री, नगर बिकास कोषका सुबास पन्त लगायत बिभिन्न ब्यक्तित्वको उपस्थिति थियो । खुला सत्र र बन्द सत्र गरी दुई सत्रमा संचालन भएको सभामा हाल खानेपानी आयोजनालाई परिरहेको समस्या र त्यसको समाधानको लागि उपभोक्ता संस्था स्वयं र राज्यको तर्फबाट गर्नुपर्ने नीतिका बिषयमा बृहत छलफल भई तपसिलका ९ बुंदे घोषणपत्र उक्त सभाले पारित गरेको हो । १. संघियता कार्यान्वयन संगै मुलकभर बितरण भएका खानेपानी गुणस्तरीय हुनु पर्ने भएकोले , प्राबिधी मैत्री गुणस्तरिय खानेपानी बितरण गर्न संम्बन्ध पक्षसंग आवह्वान गर्ने । २. मुलुकमा तिब्र गतिमा भएको पूर्वाधार बिकासले खानेपानीका संरचना र बितरण प्रणलिमा साथै बाताबरणीय असन्तुलन हुने गरी खानेपानीका संरचनाहरुमा प्रत्यक्ष क्षति पुग्ने गरेको हुंदा यसले खानेपानी उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरेको कारण बाताबरणिय सन्तुलन हुने गरी बिकासका गति अघी बढाउन आह्वान गर्ने । ३. राजमार्ग, सडक तथा भित्री सडक बिस्तारले खानेपानीको मूल एवं संरचना एक पछी अर्को क्षति भएकोले समयमै क्षति मुल्याङ्कन गरी म्एच् मा राखी द्यइत्त बनाउन नेपाल सरकार, सडक बिभाग, प्रदेश सरकार स्थानियतहको गम्भिर ध्यानाकर्षण गराउने । ४. खानेपानी आयोजनाको म्एच् बनाउदा सरसफाईलाई महत्वराखी सरसफाईको पक्षमा जोड दिन आह्वान गर्ने । ५. आन्तरिक राजश्वमा एब्ल् वा ख्ब्त् मा समाबेस हुनु पर्ने भएबाट अत्यावश्यक दैनिक जिवनमा नभैनहुने खानेपानी उत्पादन गर्ने मुनाफारहित संस्थालाई असर पर्ने भएकोले सहज बाटो बनाउन सरकारलाई अनुरोध गर्ने । ६. खानेपानी उत्पादनमा बिधुत महसुलको कारण लागत बढी भई खानेपानी महसुल शुल्क समेत बढी हुन गएकोले बिधुत महसुल न्यूनतम सिचाई सरहको सुबिधा प्राप्त गर्न सरकारलाई जोडदार माग गर्ने । ७. सेवामुलक खानेपानी उपभोक्ता संस्थाहरुलाई नगर बिकास कोषबाट लिई आएको क्रण समायोजन गरी शुलभ सेवा प्रबाह हुन संम्बन्ध पक्ष संग अनुरोध गर्ने ८. साना सहरी÷शहरी खानेपानी महासंघ कुनै पनि प्रकारका संघ संस्था र निकायसंग सम्बन्वय गरी सहयोगी संस्थाको रुपमा अगाडी बढने । ९. खानेपानीलाई शुद्ध र मापदण्ड अनुरुप गुणस्तरिय कायम राख्ने प्रतिबद्धता सहित पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको थियो ।
वासिङ्ग मेसिनको खरिदमा अब सिजिको हिटर उपहार
काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सिजिले जाडोलाई लक्षित गरी फ्रन्ट लोड वासिङ्ग मेसिनको खरिदमा सिजिको आकर्षक इलेक्ट्रीक हिटर उपहार स्वरुप फ्रिमा उपलब्ध गराएको छ । छिटो छरितो धुलाइको साथै अत्याधुनिक प्रविधि सहितको ३६० डिग्री डाइमेन्सनल क्लिन केयरको सुविधा सहित फ्रन्ट लोड वासिङ्ग मेसिनहरुमा दश वर्ष सम्मको वारेन्टी रहेको छ । सिजि वासिङ्ग मेसिनले चिसोको समयमा कपडा धुने कामलाई सहज बनाउनुका साथै हिटरले न्यानो गराउने उद्देश्यले यस योजना ल्याइएको हो ।
नेपाल टोस्टमास्टर्सकाे वार्षिक सम्मेलन ‘साइटेसन २०१९’ सम्पन्न
काठमाडौं । नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन सम्पन्न भएकाे छ । नेपालभरका ३५० जना सदस्यहरुले ३० वटा क्लबको प्रतिनिधित्व गर्दै सम्मेलनमा सहभागी भएका थिए । यी सहभागीहरुले विभिन्न समुदायको क्लबहरु, कम्पनीहरु, व्यवसायिक संगठन, र शिक्षक संस्थाहरुको प्रतिनिधित्व गरेका थिए । सम्मेलनमा प्रमुख वक्ता टोस्टमास्टर्स इन्टरनेशनलका अन्तर्राष्ट्रिय प्रेसिडेन्ट दीपक मेनन रहेका थिए । नेपाल टोस्टमास्टर्सले कृष्णा ताम्राकारलाई कम्यूनिकेटर अवार्ड २०१९ द्वारा सम्मानित गरेको छ । ८२ वर्षिया ताम्राकार अझै पनि दुईवटा एफएम कार्यक्रम चलाउँछिन् । उनी एक क्यान्सर सर्भाइभर हुन् र क्यान्सरसम्बन्धी जनचेतनाका लागि “आशा” भन्ने रेडियो कार्यक्रम चलाउाछिन् । उनी ३१ वर्षसम्म रेडियो नेपालमा समाचार वाचिका रहेकी थिइन । इभ्यालुयशन एण्ड ह्युमरसका प्रतिस्पर्धीहरुले फाइनल राउण्डका लागि प्रतिस्पर्धा गरेका थिए र सम्बन्धित विजेताहरु पनि घोषित भइसकेका छन् । इभ्यालुयशन प्रतियोगिताको विजेता कुशुम टोस्टमास्टर्स क्लबबाट प्रिया चापागाँइ भएकी छिन् भने ह्युमरस स्पीच कन्टेस्टीकी विजेता लक्ष्मी बैंक टोस्टमास्टर्स क्लबकी कुष्मा केसी भएकी छिन् । यी दुवै एरिया ए ५ का टोस्टमास्टर्स हुन् । यी दुवै विजेता भारतको नयाँ दिल्लीमा मेई २०२० मा आयोजना हुन् डिस्ट्रीक लेबल कन्टेस्टमा सहभागी हुनेछन् । कार्यक्रममा “सञ्चारको माध्यमबाट नेतृत्व” भन्ने विषयमा प्यानल छलफल पनि राखिएको थियो जसमा प्यानलिस्ट सुमन शाक्य डीटीएम, रञ्जीत आचार्य डीटीएम, जेनिफर घोष डीटीएम र इन्टरनेशनल प्रेसिडेन्ट दीपक मेनन डीटीएम थिए । कार्यक्रममा इन्कस्पायरको दोस्रो अंक, नेपाल टोस्टमासटर्स, डिभिजना ए, डिस्ट्रिक ४१ को न्यूजलेटर पनि सार्वजनिक गरिएको थियो ।
राष्ट्र बैंकले आज १० अर्ब २३ करोडको ट्रेजरी बिल निष्कासन गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब २३ करोड रुपैयाँ ट्रेजरी बिल बिक्री गर्ने भएको छ । मंसिर १६ गते ३ अर्ब १३ करोड रुपैयाँ बराबरको बिल बिक्री गरेको बैंकले आज मंसिर ३० गते फेरि उक्त मूल्य बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले आज निष्कासन गर्ने ट्रेजरी बिलमध्ये आठ अर्ब २३ करोड चैत ४ गते र वाँकी दुई अर्ब २०७७ मंसिर ३० गते परिपक्क हुनेछ । ट्रेजरी बिल अनलाइन बोलकबोलका आधारमा यही मंसिर ३० गते सोमवार दिउँसो २ बजे विक्री गरिने छ भने बिलको निष्कासन पुस १ गते मंगलवार हुनेछ । यस अघि राष्ट्र बैंकले मंसिर २३ गते २ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल निष्कासन गरेको थियो । राष्ट्र बैंकको ऋण व्यवस्थापन विभागले सरकारका लागि आन्तरिक ऋण जुटाउनका निम्ति यसपटक ९१ दिनकोे ट्रेजरी बिल विक्री गर्न लागेकोे हो ।
१० प्रतिशत ब्याजमा २० करोडको वैदेशिक रोजगार बचतपत्र निष्कासन, ६/६ महिनामा ब्याज पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ । बैंकले ५ वर्षका लागि उक्त वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्न लागेको हो । पुस १ गतेदेखि २१ गतेसम्म खुला हुने बचतपत्र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा गैर आवासीय नेपालीहरुले खरिद गर्न पाउने छन् । मुलुक बाहिर रोजगारीमा रहेको वा नेपाल फर्केको ४ महिना नपुगेको व्यक्तिले यो बचतपत्र किन्न पाउँछन् । विदेश बस्दै आएका गैर–आवसीय नेपालीका बुबा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरीको नाममा समेत उक्त बचतपत्र खरिद गर्न पाउने छन् । १० प्रतिशत ब्याजदर रहेको बचतपत्रको व्याज हरेक छ महिनामा भुक्तानी हुनेछ । बचतपत्र खरिदकर्ताले चाहेको समयमा बिक्री गर्न वा धितो खारी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन समेत सकिने सुविधा छ । पाँच वर्षमा साँवा पनि फिर्ता पाइन्छ । बचतपत्र किन्न कहाँ दिने आवेदन ? सिटिजन्स बैंक कमलादी, नबिल बैंक तिनधारा दरबारमार्ग, माछापुच्छे« बैंक लाजिम्पाट, प्रभु बैंक अनामनगर, सन्राइज बैंक गैह्रीधारा, सिद्धार्थ बैंक हात्तीसार, सानिमा बैंक नक्साल, सेञ्चुरी बैंक पुतलीसडक, प्रभु मनि ट्रान्सफर लैनचौर र सेवा रेमिट कुलेश्वरबाट आवेदन दिन सक्ने व्यवस्था राष्ट्र बैंकले मिलाएको छ ।
पर्यटन विकासमा सरकारका आठ लक्ष्य, जीडीपीमा उल्लेख्य सुधार हुने संकेत
काठमाडौं । यतिखेर नेपाल भ्रमण वर्ष २०२० को चर्चा परिचर्चा छ । सरकार र पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाहरु भ्रमण वर्षको तयारीमा जुटेका छन् । भ्रमण वर्ष २०२० मा २० लाख पर्यटकहरु भित्र्याउनका लागि सरकारले विभिन्न गृहकार्य पनि गरिरहेको छ । पर्यटकीय दृष्ट्रिकोणले धेरै सम्भावना भएको नेपालमा पर्यटकीय स्थलहरु अनुसार पर्यटकको आगमन नहुँदा सरकारले विभिन्न समयमा भ्रमण वर्ष घोषणा गर्ने गरेको छ । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन र नेपालको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नका लागि सरकारले विभिन्न योजना तथा लक्ष्यहरु लिएको छ । राष्ट्रिय योजना आयोगले पर्यटन विकासका लागि विभिन्न लक्ष्यहरु लिएको छ । सरकारले १५ औं आद्यवधिक योजनामा पञ्चवर्षीय लक्ष्यहरुमा पर्यटनलाई पनि महत्वपूर्ण क्षेत्रका रुपमा समेट्दै आठ महत्वपूर्ण लक्ष्य लिएको छ । सरकारले पर्यटक आगामी पाँच वर्षभित्र प्रत्येक पर्यटकको दैनिक खर्च बढाएर एक सय डलर पुर्याउने, पर्यटकले कम्तिमा १५ दिन नेपालमा बस्ने खालको वातावरण सिर्जना गर्ने, पर्यटकमा रोजगारहरु बढाएर ६ लाख सम्म पुर्याउने, कुल ग्रार्हस्थ उत्पादनमा पर्यटनको योगदान १० प्रतिशत गर्ने लक्ष्यहरु रहेका छन् । यस्तै डोमेस्टिक एयरलाइन्सहरुको संख्या बढाएर ३० वटा बनाउने, अन्तर्राष्ट्रिय जहाजहरु बढाएर ३५ सम्म पुर्याउने र पाँच वर्षको अवधिमा विदेशी पर्यटकहरु बढाएर ३५ लाखसम्म पुर्याउने लक्ष्य लिएको राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फयालले बताए । राष्ट्रिय योजना आयोगका अनुसार प्रत्येक पर्यटकले दैनिक ५४ रुपैयाँ डलर खर्च गर्दै आएका छन् भने पर्यटकले कम्तिमा १२/१३ दिन नेपालमा बस्दै आएका छन् । यस्तै हाल नेपालमा ५ लाखले पर्यटनमा रोजगार पाएका छन् । नेपालको कुल ग्रार्हस्थ उत्पादनमा पर्यटनले ४/०१ प्रतिशत योगदान गरेको छ । हाल नेपालमा २० वटा डोमेस्टिक एयरलाइन्स रहेका छन् भने २६ वटा अन्तर्राष्ट्रिय एियरलाइन्स कम्पनीले नेपालमा हवाई सेवा दिँदै आएका छन् । चालू आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान साढे २७ प्रतिशत कृषि क्षेत्रको योगदान २७ दशमलव ५९ प्रतिशत रहने भएको हो । अनुसार निर्माण, उद्योग र विद्युत्, ग्यास तथा पानी क्षेत्रको योगदान ८ दशमलव १० प्रतिशत रहने छ । विभागका अनुसार कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान ५७ दशलमव ८१ प्रतिशत रहने भएको छ ।
गुणस्तरहीन खाद्यपदार्थ उत्पादन गर्ने उद्योग बढ्दै, २२ उद्याेगमा सिलबन्दी
काठमाडाैं । पछिल्लो गुणस्तरहीन खाद्यपदार्थ उत्पादन गर्ने उद्योगहरु बढ्दै गएका छन् । आइतबार खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले सार्वजनिक गरेको तथ्याकं अनसार गुणस्तरहीन खाद्यपदार्थ उत्पादन गर्ने उद्योग बढ्दै गएको देखिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आबको पहिलो चौमासमा गुणस्तरहीन उत्पादन गर्ने यस्ता कम्पनीमा छापा मारी सिल गरिएकाे छ । विभागले २२ वटा उद्योग एवं खाद्य व्यवसायीलाई गुणस्तरहीन उत्पादन गर्दै उपभोक्ताको हीत विपरित काम गरेको भन्दै उत्पादनमा रोक लगाएको । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २२ वटा उद्योग एवं खाद्य व्यवसायीलाई गुणस्तरहीन उत्पादन गर्दै उपभोक्ताको हीत विपरित काम गरेको भन्दै उत्पादनमा रोक लगाएको विभागकी महानिर्देशक डा.मतिना जोशीले बताइन् । उनले विषादयुक्त खाद्य सामाग्रीलाई न्यूनिकरण गर्न विभाग लागि परेको बताईन । पछिल्लो समयमा निर्यातमा समस्यादेखिए सँगै त्यसका बारे गम्भिर भई छिमेकी मुलुकसँग सहकार्य गरेर अगाडि बढ्ने उनले बताइन् । विभागमा विभागको गैर कानुनी ढंगबाट उत्पादन तथा वितरण भएको खाद्यन्नको मुद्दा प्रक्रियालाई जिल्ला कार्यलयको मातहतमा रहेर फैसला गर्ने र अयोग्य खाद्यन्न न्यूनिकरणका लागि विभाग लागि परको बताइन् । विभाग तथा मातहतका कार्यालयहरुबाट बजार निरीक्षण तथा अनुगमनका क्रममा ९ सय २५ नमूना संकलन गरेको विभागले जनाएको छ । जसअन्तर्गत ४ सय ६४ वटा नमूनाहरुको विश्लेषण परीक्षण प्रतिवेदनअनुसार ६१ नमूनाहरु मापदण्ड विपरीत रहेको पाइएको विभागले जनाएको छ ।
ह्वावेद्धारा ६ नयाँ उत्पादन सार्वजनिक, मूल्य रेञ्ज तीन हजारदेखि डेढ लाख रूपैयाँ
काठमाडाैं । ह्वावे नेपालले ६ वटा नयाँ उत्पादनहरू सार्वजनिक गरेको छ । ह्वावेको आफ्नै इन्टेलिजेन्ट इकोसिस्टम वावे मोबाइल सर्भिसेसयुक्त (एचएमएस) ह्वावेको पछिल्लो फ्ल्यागशिप ह्वावे मेट ३० प्रो, वाइ नाइन एस स्मार्टफोनसहित वाच जीटी टु, ब्यान्ड फोर, ब्यान्ड फोर ई, फ्रि बड्स श्री तथा फ्रिल्यान्सजस्ता बेयरेबलहरू आइतबार सार्वजनिक गरेको हो । ह्वावेका प्रयोगकर्ताहरूका लागि सम्पूर्ण मोबाइल अनुभव प्रदान गर्ने लक्ष्य लिएको ह्वावे कन्ज्युमर बिजनेस रुपको एक हिस्सा ह्वावे नेक्स्ट अर्थात ह्वावे मोबाइल सर्भिसेस (एचएमएस) को बारेमा प्रकाश पारिएको थियो । ह्वावे नेक्स्टमा स्मार्ट, छिटो तथा समस्यारहित अनुभव प्रदान गर्नका लागि ह्वावेद्धारा बनाइएको एप्लिकेशनहरू तथा सर्भिसहरू राखिएको छ । ह्वावे मोबाइल सर्भिसेसमा ह्वावे एप ग्यालरी, ह्वावे ब्राउजर ह्वावे मोबाइल क्लाउड, बावे थिमहरू, ह्वावे म्युजिक, बावे भिडियो, ह्वावे असिसटेन्ट तथा अन्य एचएमएस एपहरू ह्वावे आइडी, ह्वावे हेल्थ, ह्वावे थिम, ह्वावे म्युजिक तथा अन्य धेरै रहेका छन् । ह्वावेले एचएमएस इकोसिस्टमका लागि एक वर्षभित्र तीन अर्ब अमेरिकी डलर र तीन हजार रिसर्च एण्ड डिभलेपमेन्ट कर्मचारी परिचालन गर्ने जनाएको छ । अब दुई वर्षभित्र उक्त लगानी रकम बढाएर पाँच अर्ब अमेरिकी डलर पुर्याउने योजना रहेको छ । अहिलेसम्म १ सय ७० भन्दा बढी देशमा यसले ५७० मिलियनभन्दा बढी विश्वव्यापी प्रयोगकर्ताहरूलाई सेवा प्रदान गरिरहेको बताइएको छ । प्रयोगकर्ताहरूका लागि टिकाउ ब्याट्री, उच्च स्तरको फोटो र भिडियो खिच्ने, ४० एमपी सुपर सेन्सिङ क्यामरा, एमपीको टेलिफोटो क्यामरा तथा श्रीडी डेप्य सेन्सिङ क्यामरा जडित छ। मूल्य कति पर्छ ? ह्वावे मेट ३० प्रोको एक लाख २९ हजार ९ सय, हाइवे वाच जीटी टु ४६ एमएमको २९ हजार ९ सय, ह्वावे ब्याण्ड फोरको ४ हजार ४ सय, ह्वावे ब्याण्ड फोर ईको ३ हजार ४ सय, ह्वाई फ्रि बड्स थ्रीको २० हजार ९ सय, ह्वावे फ्री लेसको ९ हजार ९ सय मूल्य रहेको छ । हवावे विश्व बजारमा दोस्रो ठलो स्मार्टफोन सप्लायर हो । अक्टोबरसम्म २०० मिलियन यनिटहरू निर्यात गरिसकेको छ। यो आँकडा अघिल्ला वर्षको तुलनामा २६ प्रतिशतले वद्धि भएको हो ।