घट्दो रेमिटान्स र भारतीय अर्थतन्त्रको संकुचनले नेपालमा असर पुर्याउन सक्छः आईएमएफ
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले भारतीय अर्थतन्त्तमा आएको संकुचन र नेपालको घट्दो रेमिटान्सलसे नेपाली अर्थतन्त्रलाई नकारात्मक असर पुर्याउन सक्ने औल्याएको छ । नेपाल आएको आईएमएफको आर्टिकल फोर मिसनले अर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ सचिव, राजस्व सचिव तथा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकका उच्च पदाधिकारीहरुको समेत सहभागिता भएको समापन बैठकमा यस्तो धारणा राखेको हो । मिसन प्रमुख लाउरा जरमिलोले भारतको अर्थतन्त्रमा आएको संकुचन तथा विप्रेषण (रेमिटान्स) मा हुनसक्ने सम्भावित कमीले चालु आर्थिक वर्षमा अपेक्षा गरेअनुसारको आर्थिक बृद्धिमा कमी आउन सक्ने धारणा राखेका हुन् । यस्तै, प्रतिकूल मौसमका कारण कृषि उत्पादनमा आउने सक्ने कमीका कारण पनि चालु आर्थिक वर्षमा नेपालले अनुमान गरे अनुसारको आर्थिक वृद्धिमा केही कमी आउन सक्ने आईएमएफको आँकलन छ । तर, नेपाल सरकारले गरेको सुधारका प्रयास सही दिशातर्फ उन्मुख भएकोले मध्यम तथा दीर्घकालमा यसको सकारात्मक प्रभाव अर्थतन्त्रमा देखिने आईएमएफको भनाइ छ । वित्तीय पहुँच तथा समावेशितामा भएको प्रगति, मौद्रिक तथा वित्तीय क्षेत्रमा भएका सुधार प्रयासलाई निरन्तरता दिदै मध्यम आय भएको देशमा रुपान्तरण हुन नेपालले पूर्वाधार लगानीमा अझबढी जोड दिनुपर्ने मिसन प्रमुखले बताए । मिसन प्रमुख जरमिलोले नेपालले पछिल्लो समयमा समग्र आर्थिक स्वास्थ्यमा गरेको सुधारको प्रशंशा गर्दै २०७२ सालमा गएको विनाशकारी भूुकम्पबाट भएको क्षतिको बाबजुद बढ्दो राजनीतिक स्थिरता, नीतिगत सुधार, विद्युत आपूर्तिमा भएको सुधार र पुनर्निर्माण क्रियाकलापले गर्दा नेपालको अर्थतन्त्र विगत केही वर्षहरुमा पूर्वअनुमान गरेभन्दा बढी विस्तार भएको बताए । चालूपूँजी खातातर्फको घाटा सुधार हुँदैगएको, कर्जा प्रवाहमा सुधार देखिएको, विदेशी मुद्राको सञ्चिती बढ्दै स्थायित्वतर्फ अग्रसर भएको तथा व्यापार घाटा क्रमशः कम हुँदै गएको आईएमएफको भनाय छ । पछिल्लो समय नेपालमा गरिएको सुधारको प्रयासले व्यावसायिक वातावरण अनुकूल बन्दै गएको भन्दै आईएमएफले सुधार कार्यक्रमलाई संस्थागत, दिगो र थप प्रभावकारी बनाउन जोड दिनुपर्ने उल्लेख गरेको छ । गरिबी निवारणमा नेपालले हासिल गरेको प्रगति तथा संविधानले मार्गनिर्देश गरेअनुसार वित्तीय संघीयता कार्यान्वयनमा छोटो समयमा नेपालले प्राप्त गरेको उपलब्धिको आईएमएफले सह्राहना गरेको छ । कसिलो समष्टिगत आर्थिक नीतिसहित वित्तीय स्थायित्व हासिल गर्नुपर्ने मिसन प्रमुख जरमिलोले जोड दिए । भन्सार र राजस्व प्रशासनमा पछिल्ला समयमा गरिएका सुधारका प्रभाव क्रमशः देखिन थालेको र सो तथ्य आयातमुखी राजस्व परिचालन क्रमशः आन्तरिक श्रोततर्फ स्थानान्तरण हुन गएको घटनाले पुष्टि गरेको आईएमएफको भनाइ छ । अर्थमन्त्री डा. खतिवडाले नेपालमा हाल अर्थतन्त्रका अधिकांश परिसूचकहरु सकारात्मक रहेका, करिब १ अर्ब अमेरिकी डलर बराबर वैदेशिक लगानीको सम्झौता भैसकेको तथा सहमति भैसकेका आयोजनाहरु तुरुन्त कार्यान्वयन गर्न सकिने अवस्थामा रहेको बताए । केही ठूला आयोजनाहरु यसै वर्ष सम्पन्न हुने र केही आगामी वर्षमा सम्पन्न हुने अवस्थामा रहेको, रेलमार्ग निर्माण तथा सडक मार्गको स्तरोन्नतिका ठूला आयोजना तयारी अवस्थामा रहेका तथा पर्यटन क्षेत्रमा सुधारका संकेत देखिन थालेको मन्त्री खतिवडाको भनाइ छ । आगामी वर्षदेखि विद्युत उत्पादनमा वृद्धि भई निर्यात वृद्धि र आयात प्रतिस्थापनमा सहयोगी भूमिका निर्वाह गर्ने कारण आर्थिक विस्तारका संभावना प्रचुर रहेको मन्त्री खतिवडाले बताए । अर्थमन्त्री खतिवडाले दक्षिण एशियाली मुलुकलगायत अन्य मुलुकहरुमा समेत आर्थिक क्षेत्रमा आएको संकुचनको समीक्षा गर्दै त्यसबाट नेपाललाई पर्नसक्ने नकारात्मक प्रभावलाई रोक्न सजक रहेको तथा सम्भावित जोखिमहरुलाई व्यवस्थापन गर्न नेपाल सक्षम रहेको धारणा राखे । नेपालको विशिष्ठ अवस्थाको बारेमा समग्र मूल्याङ्कन गरी सही निष्कर्षमा पुग्न उपयुक्त मन्त्री खतिवडाले बताए । कोषको दक्षिणपूर्वी एशियाली मतदान समूहका कार्यकारी निर्देशक अलिसारा महासन्दनासमेत सहभागी थिए । समापन बैठकअघि उनले अर्थमन्त्रीसँग शिष्टाचार भेट गरी नेपाल र कोषबीच वित्तीय र प्राविधिक सहयोगका क्षेत्रहरु बारे परामर्श गरेका थिए । मिसनले ९ पुसदेखि २ माघसम्म विभिन्न सार्वजनिक तथा निजी क्षेत्रका निकाय तथा पदाधिकारीहरु लगायत नेपालमा अवस्थित विकास साझेदारका प्रतिनिधिहरुसँग छलफल तथा प्राप्त सूचनाको अध्ययन र विश्लेषण गरी आफ्नो धारणा प्रस्तुत गरेको थियो ।
बालबालिकालाई मध्येनजर गर्दै डिस होमद्वारा राईम्स च्यानलको शुरुवात
काठमाडाैं । डिटिएच सेवा प्रदायक कम्पनी डिसहोमले राईम्स च्यानलको शुरुवात गरेको छ । बालबालिकाहरुलाई मध्येनजर गर्दै डिस हामले राईम्स च्यानलको प्रसारण शुरु गरेको हो । आफ्नो विभिन्न च्यानलहरुमार्फत दर्शकलाई सुूचना सन्देश तथा मनोरञ्जन प्रदान गर्दै आएको डिस होमले यस च्यानलबाट पनि बालबालिकाहरुले धेरै कुराहरु प्राप्त गर्न सक्ने विश्वास लिएको छ । कम्पनीले च्यानल ८०९ नम्बरमा हेर्न सकिने बताएको छ । बालबालिकाहरुक लागि घरमै बसेर सिक्न सक्ने एउटा उत्कृष्ट मञ्च प्रदान गर्ने उद्धेश्यका साथ यो च्यानल ल्याइएको कम्पनीले बताएको छ । आफ्ना दर्शकहरुद्वारा पहिले नै उत्कृष्ट प्रतिक्रिया प्राप्त गरिसकेको डिस होमले यो च्यानलबाट पनि आफ्नो उद्देश्य पुरा गर्दै उत्कृष्ट हुने विश्वास लिएकाे छ ।
हावाबाट प्रोटिन बनाउँदै फिनल्याण्डका वैज्ञानिक
काठमाडाैं । काठमाडौं । फिनल्याण्डका वैज्ञानिकले हावाबाट प्रोटिन बनाइरहेका छन् । उनीहरुले यो प्रोटिनले एक दशकमा यसको मुल्य सोयाबिनको मुल्यसँग प्रतिस्पर्धा गर्ने बताएका छन् । प्रोटिनको उत्पादन माटोको ब्याक्टेरियाबाट हुने गर्छ जुन बिजुलीको मार्फत पानीबाट अलग भएको हाईड्रोजनबाट बन्दछ । घाम वा हावाबाट बिजुली उत्पादन भयो भने यस्ता खाना बनाउँदा निस्कने ग्रिन हाउस ग्यास शुन्यमा झर्ने अनुसन्धानकर्ताहरु बताउँछन् । उनीहरुले गरेको काम पुरा भए कृषिसँग सम्बन्धित धेरै समस्याहरु समाधान हुने बताइएको छ । गत वर्ष अनुसन्धानकर्ताहरुले यसको लागि सहयोग रकम पनि संकलन गरेका थिए । यसको लागि साँढे ५ मिलियन युरो लगानी ल्याउनको लागि उनीहरुले उपाय लगाईसकेको बताएका छन् । सन् २०२५ को अन्त्यसम्म बिजुली उतपादनमा लाग्ने खर्च सोयाबिन उत्पादन गर्नु बराबर हुने उनीहरुको अनुमान छ । यो महंगो प्रोटिनबाट बनेको सोलोन भन्ने पिठोको केही पनि स्वाद नहुने उनीहरुको भनाइ छ । आइसक्रिम, बिस्कुट पास्टा, नुडल्स, सस, बे्रड जस्ता खानेकुराहरुलाई केही थपेर पाम तेल जस्तो बनाउन सकिने उनीहरुको भनाइ छ । फर्मका सिईवो पासी भाईनिक्का बेलायतको क्रानफिल्ड विश्वविद्यालयमा अध्ययन गरेका हुन् । उनले फिनल्याण्डको लप्पीरन्ता विश्वविद्यालयमासमेत पढाउँछन् । यो विचार सबैभन्दा पहिला स्पेस ईन्डस्ट्रीमा १९६० मा आएको उनले बताए । आफ्नो प्लान्टको काम अहिले केही ढिलो भईरहेको तर २०२२ सम्ममा यो तयार भईसक्ले उनले बताए । सम्पूर्ण लगानीको फैसला २०२३ सम्म आउने र सबै योजना अनुसार भए २०२५ सम्म यसको पहिलो फ्याक्ट्री बन्नेछ । हावा र सौर्य उर्जा जस्तो टेक्नोलोजीको सुधारमा पनि ध्यानमा राख्ने उनको भनाइ छ । २०२५ सम्म सोयाको उत्पादनलाई टक्कर दिने उनको योजना छ । सालेन बनाउनको लागि पानीमा ईलोक्ट्रोलाईसिसको माध्यमबाट हाईड्रोजनलाई छुट्टाइन्छ, हावाबाट लिईएको कार्बानमोनोअक्साईड र अन्य मिनिरल्सका तत्व ब्याक्टेरीयालाई खुवाइन्छ जसले प्रोटिन बनाउँदछ । यसको लागि उर्जा आवश्यक छ ।
रिचार्जरले बिगसेल २०२० ल्याउँदै, विभिन्न अफर पाइने
काठमाडाैं । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै जनवरी २० का दिन मोबाइल एप रिचार्जरमा बिगसेल २०२० सञ्चालन हुँदैछ । उक्त दिन रिचार्जरले नेपाली बजारमा अहिले सम्मकै सस्तो मूल्यमा विभिन्न वस्तु तथा सेवा उपलब्ध गराउँदैछ । भ्रमण वर्ष सचिवालयको आधिकारिक ई कमर्श प्लेटफर्म समेत रहेको रिचार्जरमा जनवरी २० का दिन राती १२ बजेदेखि बिगसेल चल्नेछ । ह्याप्पीआवर अन्तरगत प्रत्येक घण्टाको अन्तरमा २०२० रुपैंयामा एक्स्क्लुसिभ अफरहरु उपलब्ध हुने रिचार्जरका अध्यक्ष अलाइभ ग्लाइडरले बताए । उनले भने, ‘रिचार्जरको सञ्जाल बढाउने अभियानमा प्रयोगकर्ताहरुलाई हामी बजारको तुलनामा सस्तोमा वस्तु तथा सेवाहरु उपलब्ध गराउँदै छौं । रिचार्जरको मोबाइलएप डाउनलोड गरी खाता सञ्चालन गरी अफरबाट लाभान्वित हुन अनुरोध गर्दछु ।’ बिगसेलमामेगा डिल अन्तरगत ६० प्रतिशत सम्मको छुटमा वस्तु तथा सेवाहरु पाइनुका साथै क्यास भौचर, एक्स्ट्रा बैंक डिस्काउण्ट पनिपाउन सकिन्छ । विश्वभरी रहेका स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण वर्षको अफर अन्तर्गत रिचार्जर बिग सेल २०२० मा सहभागिता जनाउन सक्ने छन् । भ्रमण वर्ष २०२० सचिवालयसँगको सहकार्यमा रिचार्जरले तीन वटा नयाँ प्रोडक्ट तथा सर्भिस पनि ल्याउँदैछ । जसमा डोमेस्टिक टूर प्याकेज, सोभिनियर्ज आइटम (नेपाली हस्तकलाका उत्पादन) र २४ सेभेन फूड सर्भिसमा एक्साइटिङ अफरहरु उपलब्ध हुनेछन् । जसमा२४ सेभेन फूड सर्भिस भने जनवरी २५ देखि मात्र सुरु हुनेछ ।
माघे झरीले यस्ताे बनायाे काठमाडाैं (फाेटाेफिचर)
काठमाडाैं । बिहिबारदेखिकाे निरन्तर वर्षाले काठमाडाैं हिलाम्य बनेकाे छ । दुई दिनकाे वर्षाले नै संघिय राजधानी काठमाडाैं हिलाम्य बनेकाे हाे । निरन्तरकाे झरीले जनजीवनसमेत प्रभावित भएको छ । बिहीबार दिउँसोदेखि निरन्तर पानी पर्दा राजधानीलगायत देशभरको जनजीवन प्रभावित भएको हो । शुक्रबार देशका पूर्वी, मध्य र पश्चिमी क्षेत्रमा वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडाैंमा परेकाे दिनभरकाे वर्षाले सर्वसाधारणलाई सास्ती भएकाे छ । यिनै दृश्यलाई विकासन्यूजकर्मी प्रकाश वाग्लेले क्यामेरामा यसरी कैद गरेका छन् ।
नयाँ नियम कानुन बनाउँदा सरोकारवालाको परामर्श लिइयोस्- उपाध्यक्ष ढकाल
भक्तपुर । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँग सम्बन्धित कुनै नयाँ नियम तथा कानुन निर्माण गर्दा निजी क्षेत्रसँग सल्लाह र परामर्श गरेर निर्माण गर्नुपर्ने बताएका छन् । परामर्श गरेर निर्माण गर्न सकियो भने यस्ता नियम कानुनहरुको कार्यान्वयन गर्न सजिलो हुने र यसले देशमा व्यावसायिक विकासका लागि पनि ठूलो सहयोग पुर्याउने उनले बताए । नेपालमा पछिल्लो राजनीतिक परिवर्तनपछि तीन तहको सरकार विद्यमान रहेको उल्लेख गर्दै ढकालले भने- ‘यी तीनै तहका सरकारहरुले निजी क्षेत्रसँग सम्बन्धित नयाँ नीति नियम तथा कानुन निर्माण गर्दा निजी क्षेत्रसँग समन्वय गर्न सकिएमा यसले सरकार र निजी क्षेत्रबीचको साझेदारिता थप बलियो हुनेछ, राष्ट्रिय समृद्धिमा पनि सहयोग पुग्ने छ ।’ उनले भने- ‘सरोकारवालाहरुको सामान्य परामर्श मात्र लिने काम भयो भने पनि यसले उनीहरुका व्यावसायिक अप्ठेराहरु सुल्झाउन सहयोग नै गर्नेछ र आफ्नो परामर्शमा निर्माण भएका यस्ता नियमहरुको कार्यान्वयन गर्न वास्तवमा व्यावसायीहरु आफै पनि लाग्नेछन् ।’ ‘नेपाल निर्माण व्यावसायी महासंघको २१ औँ साधारण सभालाई आज भक्तपुरमा सम्बोधन गर्दै उपाध्यक्ष ढकालले नेपालमा राजनीतिक परिवर्तनपछिको हालको समयमा सबै नेपालीले चाहेको विषय भनेको आर्थिक समृद्धि नै हो र त्यसका लागि आवश्यक पहिलो खुड्किलो भनेको पूर्वाधार निर्माण हो’- ढकालले भने । पूर्वाधार निर्माणका लागि महत्वपूर्ण पक्ष भनेको देशका निर्माण व्यवसायीहरु हुन् भन्दै उनले देश निर्माणका निमित्त निर्माण व्यावसायीहरुको महत्वपूर्ण भूमिका रहेको चर्चा गरेका छन् । सरकारी निकायहरु तथा विगतदेखि कार्यान्वयनमा रहेका नियमहरुका कारण कतिपय अवस्थामा निर्माण व्यावसायीहरुलाई पनि असहज बनाएको अवस्था पनि विद्यमान रहेकोतर्फ सरोकारवाला निकायले सोच्नुपर्नेमा उनले जोड दिए । उनको भनाई थियो- ‘जस्तै भनौँ न निर्माण क्षेत्रमा रुख काट्ने काम होस् या इआइएकै होस् अथवा सामान्य रुपमा भन्दा एउटा विजुलीका पोल सार्ने जस्तो सानो काम नै किन नहोस् यसले पनि उहाँहरुलाई अप्ठेरो पारेको देखिन्छ र यस्ता सानातिना झमेलाहरुले पछि गएर समयमा काम नसक्ने अवस्थाको सिर्जना गरेको हुन्छ ।’ ‘यसरी निर्माण व्यावसायीहरुले मात्र समयमा काम नसकेको दोष उहाँहरुलाई लाग्ने गरेको छ तर पनि यस्ता प्रक्रियागत कारणहरुले उहाँहरुलाई ढिला गराइरहेको गुनासाहरु सुन्ने गरिएकोले यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्छ’- उनले भने । उपाध्यक्ष ढकालले कार्यक्रमका प्रमुख अतिथि रहेका उपप्रधानमन्त्री इश्वर पोखरेलको ध्यानाकर्षण गराउँदै भने- ‘यस संघ नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत संघको एक सक्रिय सदस्यका हैसियतले म उपप्रधानमन्त्रीज्यूलाई यो आग्रह गर्न चाहन्छु कि काम थाल्नुअघिका जतिपनि प्रक्रियागत कुराहरु छन् ती सबै निर्माणमैत्री बनाउन राज्यको ध्यान पुगोस् ।’ उपाध्यक्ष ढकालले नेपालका निर्माण व्यावसायीहरुको व्यावसायिक हक हितको संरक्षण र सम्बद्र्धनका लागि नेपाल उद्योग वाणिज्य महासंघ सदा नेपाल निर्माण व्यावसायी महासंघको साथमा रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
अब देशैभरिको खानेपानीको अवस्था सजिलै थाहा पाइने, मन्त्रालयले बनायो नयाँ सफ्टवेयर
काठमाडौं । खानेपानी मन्त्रालयले देशैभरिका खानेपानी आयोजनाहरुको अवस्था, आयोजनाको सूचारुपना, दिगोपना र पहुँच बाहिर रहेका उपभोक्ताहरुका बारेमा डिजिटल तथ्यांक, जानकारी र सूचना दिने उद्देश्यले वेभमा आधारित सफ्टवेयर तयार गरेको छ । विश्व बैंकको सहयोगमा तयार भएको उक्त सफ्टवेयरको बारेमा शुक्रबार मन्त्रालयको सभाहलमा खानेपानी मन्त्री बिना मगर समक्ष जानकारी गराईयो । एनवास (NWASH) नाम दिईएको उक्त सफ्टवेयर प्रणाली मार्फत देशैभरिका आयोजनाहरुको डिजिटल तथ्यांक, सर्भे गर्ने व्यक्ति, सम्बन्धित खानेपानी योजनाको मुहान, रिजर्भवायर ट्याङ्की र पाइप लाइनहरुको अवस्था साथै उपभोक्ता समितिहरुका बारेमा विस्तृत जानकारी लगायतका सूचनाहरु दिईने मन्त्रालयका सिनियर डिभिजनल ईन्जिनियर डा. रजित ओझाले जानकारी गराए । सफ्टवेयर बारे जानकारी गराउँदै डा. ओझाले भने, “कुनै आयोजनाको संरचना खोलाले बगाएको छ कि छैन ? रिजर्भवायर ट्याङ्की, पाइप लाइनहरुको अवस्था कस्तो छ ? कति उपभोक्ताले खानेपानी खाईरहेका छन् ? कति ठाउँमा खानेपानी पुगेको छैन ? सबै कुराको यथार्थ वस्तुस्थिति जानकारी यो सफ्टवेयरबाट थाहा हुन्छ ।” उनले जोड दिंदै भने, “त्यसैगरी खानेपानी सुविधा नपुगेको वा पहुँच बाहिरका उपभोक्ताहरुका लागि पनि सफ्टवेयरमा अनरिच पपुलेसन भनेर राखेका छौं । सफ्टवेयरको माध्यमबाट खानेपानीमा पहुँच नभएका जनसंख्याको तथ्यांक आएपछि खानेपानीको पहुँच नभएका क्षेत्रको पहिचान हुनेछ । जसका कारण भोलिका दिनमा योजना छनौट गर्न सजिलो हुनेछ । जहाँ खानेपानीको पहुँच छैन, त्यो ठाउँमा योजना छनौट गर्न सजिलो हुनेछ । यसरी खानेपानीको पहुँच बाहिरका जनतालाई खानेपानी सेवा उपलब्ध गराउन सफल हुनेछौं ।” सफ्टवेयरको प्रस्तुति कार्यक्रममा सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले नयाँ प्रविधिको माध्यमबाट देशैभरिको खानेपानीको अवस्थाका बारे थाहा हुने भएपछि यसले खानेपानीका योजना बनाउन सहयोग गर्ने बताए । ‘अधिकांश जनप्रतिनिधिहरुले योजना माग्न आईरहेछन् । कुन ठाउँमा खानेपानी आयोजनाको आवश्यकता छ कुन ठाउँमा छैन भन्ने कुरा यसबाट थाहा हुने भएकाले अब मन्त्रालयलाई काम गर्न सजिलो हुन्छ ।’ उनले भने, ‘खानेपानी र सरसफाईको क्षेत्रमा नयाँ टेक्नोलोजीका माध्यमबाट काम गर्न सहज हुने भएकाले अब योजना छनौट गर्न सजिलो हुने भएको छ ।’ खानेपानीको अवस्थाको डाटा लिईसकेपछि ७ सय ५३ वटै स्थानीय तहमा वास प्लान (सरसफाई योजना) बनाउने गरी यो सफ्टवेयर एकदम उपयोगी हुने खानेपानी मन्त्री मगरले बताए । खानेपानी मन्त्रालयले तयार गरेको वेभ सफ्टवेयर डब्लुडब्लुडब्लु डट एनवास डट एमओडब्लुएसएस डट जिओभी डट एनपी (www.nwash.mowss.gov.np) रहेको छ ।
सेन्टर माईक्रोफाइनान्सको कार्यकारी अध्यक्षमा रेवत कार्की
काठमाडौं । डा. रेवतबहादुर कार्की सेन्टर फर माईक्रोफाइनान्स नेपाल (सीएमएफ)को कार्यकारी अध्यक्षमा नियुक्त भएका छन् । यससँगै उनले एक कार्यकालसम्म संस्थाको कार्यकारी अध्यक्ष पदको कार्यभार सम्हाल्ने छन् । नवनियुक्त कार्यकारी अध्यक्ष डा. कार्की यसअघि नेपाल धितोपत्र बोर्डको अध्यक्ष थिए । बोर्डको अध्यक्ष हुनुभन्दा पहिला उनले साेही संस्थामा प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका थिए । बोर्डमा ४ वर्षे कार्यकाल सकेर बिदा भएका कार्कीले त्यसअघि बाेर्डकै सञ्चालकको रुपमा जिम्मेवार सम्हालेका थिए । साथै, उनले वाणिज्य बैंककाे अध्यक्ष, मध्यपश्चिममाञ्चल ग्रामीण विकास बैंकको कार्यकारी निर्देशक र नेपाल स्टक एक्स्चेञ्जको महाप्रबन्धक भई काम गरेका थिए । यससँगै उनले अन्तराष्ट्रिय मुद्रा कोषमा सल्लाकार भएर करिब तीन वर्ष काम गरेका थिए । डा. नेपाल राष्ट्र बैंकबाट अवकाश पाएका व्यक्ति हुन् । डा. कार्कीले भारतको मगधा विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका थिए ।