विकासन्युज

नयाँ वर्षको शुरुवातसँगै कोका–कोला मोः मोः उत्सव

काठमाडौं । नयाँ वर्ष लागेसँगै कोका–कोला मोःमोःउत्सवको पाचौंँ संस्करणको लागि जुटेको छ । हरेक वर्षको शुरुवातमा आयोजना हुने कोका–कोला मोःमोःउत्सव विगत ४ वर्षदेखि पर्वको रुपमा स्थापित भएको थियो । उक्त अभियानको ट्याग लाइन “खाना जे होला स्वाद बढाउन कोका–कोला” रहेको छ, जसको अर्थ खाना जे भएपनि कोका–कोलाले त्यसको स्वाद बढाएर कुनै पनि क्षणहरुलाई उत्सवमा परिवर्तन गर्दछ । कोका–कोलासँग विभिन्न परिकारका खानाहरुको उत्सव मनाउँदै, आफ्ना उपभोक्ताहरुलाई हृदयमा राखेर, खाना र नेपाली संस्कृतिको महत्वमा केन्द्रित रहेर कोका–कोलाको नयाँ अभियान उपभोक्ता केन्द्रित रहेको छ । नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, “कोका–कोला र खानाको संयोजन विश्वव्यापी परम्परा हो । नेपालमा पनि हामीले “खाना जे होला स्वाद बढाउन कोका–कोला” नाराका साथ दिर्घकालन रुपमा कोका–कोला र खानाको अभियान सार्वजनिक गरेका छौं । यस अभियानको दौरान हामीले कोकलाई लोकप्रिय नेपाली खानाहरुसँग जोडेर धेरै कार्यक्रमहरु संचालन गर्नेछौं ।” बोटलर्स नेपाल प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, “हामी कोका–कोला मोःमोःउत्सवको पाचौं संस्करणमा पुग्दा निकै खुसी छौं, जहाँ हामीले कोक र नेपालीहरुको लोकप्रिय खाना मःमः को संयोजनको उत्सव मनाउछौं । यो वर्षको नारा “खाना जे होला स्वाद बढाउन कोका–कोला” ले हाम्रा उपभोक्ताहरुलाई कोकको स्वाद र विभिन्न परिकारको स्वादिष्ट खानाहरुसँग जोड्दछ ।” अभियानमा विभिन्न लोकप्रिय अभिनेत्री सम्रागी आर.एल. शाह र अलिशा राई र गायिका केन्जल श्रेष्ठ, जेय अथर र आइजेन सामेल छन् ।मोःमोःउत्सव अभियाको हिस्सा अन्तर्गत विभिन्न रेष्टुरेन्टहरुले कोक र मःमःको कम्बोमा आकर्षक अफरहरु प्रदान गरिरहेको छ ।

सिद्धार्थ बैंकको लमही शाखाको उद्घाटन

काठमाडौं । सिद्धार्थ बैंकले बुधबार दाङ अवस्थित लमही शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । उक्त शाखाको उद्घाटन लमही नगरपालिकाका मेयर कुल बहादुर के।सीले गरेका हुन् । बैंकले उक्त शाखा २०७५ असार २५ गतेदेखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो । बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०३ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रभु बैंकले एकैदिन खोल्यो ३ नयाँ शाखा, संख्या २०८ पुग्यो

काठमाडौं । प्रभु बैंकले एकैदिन थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो बैंकिङ्ग सेवा विस्तार गर्ने क्रममा कास्कीको पोखरा महानगरपालिका वडा नं. २, १३ र २६ मा एकैसाथ ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । बुधबार पोखरा महानगरपालिकाको वडा नं. २ स्थित हरिचोक शाखा कार्यालयको बैंकका गण्डकी प्रदेश प्रमुख व्यवसाय अधिकृत शान्ती शेरचनले उद्घाटन गरेका हुन् । पोखरा महानगरपालिकाको वडा नं. १३ स्थित बाँझापाटन शाखा कार्यालयको पोखरा महानगरपालिका वडा नं. १३ का वडाध्यक्ष लेख बहादुर तामाङ्गले उद्घाटन गरेका हुन् । त्यसैगरी, पोखरा महानगरपालिका वडा नं. २६ स्थित अर्घौंचोक शाखा कार्यालयको लेखनाथ उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष बलराम ढकालले उद्घाटन गरेका हुन् । आजैदेखि सञ्चालनमा आएका प्रभु बैंक पोखरा महानगरपालिकास्थित हरिचोक, अर्घौँचोक र बाँझापाटन शाखा कार्यालयबाट स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् । साथै, समग्र पोखरा महानगरपालिकको आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ । पोखरा महानगरपालिकाकामा सञ्चालनमा ल्याएका थप ३ वटा शाखा कार्यालयहरु पश्चात् अब प्रभु बैंकको शाखा कार्यालय संख्या २०८ पुगेको छ । हालसम्म बैंकले १५७ वटा एटीएम, ४३ वटा एक्स्टेन्सन काउण्टरहरुको सञ्जाल सहित देशका विभिन्न १७ स्थानमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याई सर्वसाधारणहरुलई अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

ज्योति विकास बैंकले आँखा सम्बन्धि अनुसन्धानमा तिलगंगालाई गर्याे सहयाेग

काठमाडौं ज्योति विकास बैंकले तिलगंगा आँखा अस्पताललाई आँखा सम्बन्धि अनुसन्धानमा सहयोग गरेको छ । तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको “जीरि आई स्टडि” को लागि ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वको लागि स्थापित विकास प्रवर्द्धन कोषमार्फत १०लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको हो । ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट सिओओ यमबहादुर महतले उक्त सहकार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको जिरेल समुदायको आँखा अनुसन्धानमार्फत गरिएको तिलगंगाको आनुवंशिक अनुसन्धानमा ज्योति विकास बैंकले सहयोग गरेको हो। सन् २०१४बाट शुरुवात भएको यस अध्ययनमा आँखा सम्बन्धि रोगहरुको समयसँग बद्लिंदो ढाँचाको पनि अध्ययन हुँदै आएको छ। समाजमा प्रभावकारी योगदान पुर्याउने हेतुले स्थापित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक कार्यमा सहकार्य गर्दै आएको छ । आगामी दिनहरुमा पनि समाजमा योगदान पुर्याउने कार्यक्रमहरुमा सहयोग गर्ने प्रतिबद्धता गरेको छ। हालसम्म बैंककाे १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४८ वटा मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म २ लाख ६० हजारभन्दा बढि खाताबाट ३४ अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई २८अर्व रुपैयाँभन्दा बढि लगानी गरेको बैंकले जानकारी दिएको छ ।

ललिता निवास जग्गा प्रकरणः पूर्वमन्त्रीसहित १७५ जना विरुद्ध मुद्दा

काठमाडौं । बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री सहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरु विरुद्द आयोगले बुधबार मुद्दा दर्ता गरेकाे हाे । नेपाली कांग्रेसका उप-सभापति तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, डम्बर श्रेष्ठऽ चन्द्रदेव जोशी र आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसहित १७५ जना विरुद्ध विशेष अदालतमा मुद्गदा दर्रता गरेकाे हाे । विशेष अदालतका उप-रजिष्ट्रार एवं सूचना अधिकारी इन्दु कुमार खड्का ले तीन जना पूर्व मन्त्रीसहित १ सय ७५ भ्रष्टाचार मुद्दा दायर भएको बताए । पूर्वसचिवहरू दीप बस्न्यात, दिनेशहरि अधिकारी र छबिराज पन्तविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । गच्छदार भौतिक पूर्वाधारमन्त्री र बस्न्यात मन्त्रालयका सचिव भएकाे समयमा ललितानिवासको करीब ११४ रोपनी सरकारी जग्गा नक्कली मोही हुँदै व्यक्तिका नाममा पुगेको थियो । सरकारले २८ फागुन २०७५ मा मन्त्रिपरिषद्बाट निर्णय गरेर यो प्रकरणमा अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई जिम्मा दिएको थियो । सीआईबीले १७ माघमा सरकारलाई प्रतिवेदन बुझाएको थियो । कोसँग कति बिगो दाबी ? प्रतिवादी संख्याः १ सय ७५ जना बिगो दाबी माग गरिएको संख्याः ६५ जना तीन पूर्वमन्त्रीहरू विजयकुमार गच्छदारः ९ करोड ७५ लाख ७५ हजार रुपैयाँ डम्बर श्रेष्ठः ९ करोड ७५ लाख ७५ हजार रुपैयाँ चन्द्रदेव जोशीः ७ करोड ८ लाख ४८ हजार रुपैयाँ पूर्वसचिवहरू दीप बस्न्यातः ९ करोड ६५ लाख ७६ हजार (बस्न्यात अख्तियारकै पूर्व प्रमुख आयुक्त पनि हुन्) दिनेशराज अधिकारीः ७ करोड ८ लाख ४८ हजार रुपैयाँ छविराज पन्तः ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ भाटभटेनी संचालक मीनबहादुर गुरुङः ११ करोड २० लाख रुपैयाँ शोभाकान्त ढकालः ३९ करोड २७ लाख ६८ हजार रुपैयाँ अख्तियारले पूर्वप्रधानमन्त्रीहरू डा. बाबुराम भट्टराई र माधव नेपाल एवं पूर्वमुख्यसचिव लिलामणि पौडेलविरुद्ध भने मुद्दा नचलाउने निर्णय गरेको छ । मन्त्रिपरिषदकाे निर्णय अख्तियारकाे कार्यक्षेत्रमा नपर्ने भएकाेले उनीहरू दुबै विरूद्ध मुद्दा नचलेकाे हाे ।

सिटिजन्स बैंकले ल्यायो स्मार्ट बचत खाता योजना, दैनिक मौज्दातमा ६ प्रतिशत ब्याज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले युवावर्ग तथा प्रविधिमैत्री व्यक्तिहरूलाई लक्षित गर्दै ‘सिटिजन्स स्मार्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ । यस निक्षेप योजना अन्तर्गत व्यक्तिगत ग्राहकहरुले यो खाता बैंकको कुनै पनि शाखा मार्फत शुन्य मौज्दातमा खोल्न पाउने छन् । यस खाता अन्तर्गत ग्राहकहरुले निःशुल्क अन्तर शाखा कारोबार(एबीबीएस), अनलाइन कारोबार गर्न सुरक्षित थ्रीडी सेक्योर प्रविधिमा निःशुल्क दर्ता तथा निःशुल्क डिम्याट खाता खोल्न पाउने जस्ता अनेकन आकर्षक सुविधाहरु उपलब्ध छन् । यस योजना अन्तर्गत ग्राहकहरूले डेबिट कार्ड, ई–बैकिङ्ग र मोबाइल बैकिङ्गमा प्रत्येक वर्षको वार्षिक शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् । यस खाता बाहकहरुले जुनसुकै एटिएमबाट पैसा निकाल्दा शुल्क लाग्ने छैन । दैनिक मौज्दातमा ६ प्रतिशत ब्याज गणना गरी त्रैमासिक रूपमा भुक्तानी गर्नु यस योजनाको प्रमुख विशेषता रहेको बैंकले जानकारी दिएको छ । यो खाता पूर्ण रुपमा डिजिटल प्रविधि तथा कागज रहित (वातावरणमैत्री) हुने भएकोले यस खातामा बैकले चेक बुक तथा बैक स्टेटमेन्ट भने उपलब्ध गराउने छैन । यस निक्षेप योजनाबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकले हाल ८९ वटा शाखा, ९० वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

एनआईसी एशिया बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच डिजिटल भुक्तानी सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच डिजिटल भुक्तानी सम्बन्धी समझदारी भएको छ । बैंकको विभिन्न डिजिटल भु्क्तानी सेवाहरुको प्रयोग गरि सूर्या लाइफ इन्स्योरेन्सको बीमा शुल्क, पोलिसी लोनको ब्याज, किस्ता लगायत विभिन्न शुल्क बुझाउन सकिने गरि दुई कम्पनीबीच बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका हुन् । बैंकले डिजिटल भुक्तानीलाई व्यापकता दिदै आइरहेकामा पछिल्लो पटक सूर्या लाइफ इन्स्योरेन्ससँगको समझ्दारीले ग्राहकहरु थप लाभान्वित हुने भएका छन् । उक्त समझ्दारी अनुसार सूर्या लाइफका ग्राहकहरुले यस बैंकका क्विआर कोड, कार्ड पीओएस, इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ लगायत विभिन्न डिजिटल भुक्तानी माध्यमहरुको प्रयोग गरि रकम भुक्तानी गर्न सक्नेछन् । यससँगै सेवाग्राहीले ठूलो नगद रकम बोक्ने झन्झटबाट मुक्ति पाउने छन् भने भीडरहित र सरल सेवा पनि प्राप्त गर्न सक्नेछन् । साथै, आगामी दिनहरुमा बैंकले संचालनमा ल्याउने इन्टरनेट भुक्तानी गेटवे लगायत अन्य डिजिटल सेवा समेत सूर्या लाइफ इन्स्योरेन्सका ग्राहकहरुलाई उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।

माघ दोस्रो सातादेखि तरलतामा कमि, दैनिक औसत ३० अर्बको हारहारीमा मात्रै

काठमाडौं । माघ दोस्रो सातादेखि बैंकिङ क्षेत्रमा तरलताको कम देखिएको छ । चालु आर्थिक वर्षको सबैभन्दा कम तरलता १५ माघमा नै देखिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समीक्षाअघि सरोकारवालासँग गरेको छलफलमा दिइएको तथ्यांकले यस्तो देखाएको हो । माघ १५ गते बैंकिङ क्षेत्रमा १६ अर्ब ६० करोड रुपैयाँ तरलता थियो । राष्ट्र बैंकको अनुसान्धान विभागका प्रमुख डा. गुणाकर भट्टका अनुसार १६ माघमा ३१ अर्ब ६० करोड रुपैयाँ तरलता थियो । यस्तै, १७ माघमा ३० अर्ब २० करोड, १८ माघमा ३० अर्ब २० करोड, १९ माघमा ३० अर्ब ७० करोड, २० माघमा ३१ अर्ब र २० माघमा ३२ अर्ब ८० करोड रुपैयाँ तरलता छ । बैंकहरुले सर्वसाधारणबाट लिएको निक्षेप रकमको ८० प्रतिशतसम्म ऋण दिन पाउँछन् । २० प्रतिशत रकमबाट ऋण दिन पाइदैन । बैंकले ऋण दिन पाउने रकम ऋण लगानी नभई बैंकसँग बसेको मात्रा नै तरलता हो । अर्थात, २० माघमा नेपालका बैंक वित्तीय संस्थाले बढीमा ३२ अर्ब ८० करोड रुपैयाँ ऋण दिन सक्थे ।