विकासन्युज

काेराेना भाइरसकाे असर कच्चा तेलमा, चीनमा मात्रै २० प्रतिशतले माग घट्यो

काठमाडाैं । कोरोना भाइरसको प्रकोप बढेसँगै त्यसकाे असर  कच्चा तेलको व्यापारमा परेको छ ।  यसकाे प्रकाेपले कच्चा तेलकाे  मागमा गिरावटका आएको जनाइएको छ । तेलकाे माग घटेसँगै यसको मूल्यमा पनि गिरावट आएको छ । कोरोना भाइरसको विश्वब्यापी संक्रमणमा आएको बिस्तारसँगै पछिल्लो समयमा विश्व पर्यटनमा सबैभन्दा बढी टेवा पुर्याइरहेका चीनियाँ नागरिकहरुको यात्राविश्वभरी प्रतिबन्धीत जस्तै बनेको छ । यसैगरी चीनमा शैक्षिक संस्थाहरु, कार्यालय, कर्पोरेट संस्था तथा कलकारखना बन्द हुँदा प्रतिदिन १४ करोड ब्यारल पेट्रोलियम पदार्थ खपत गर्ने चीनको दैनिक खपत दरमा ठूलो मात्राले कमी आएको छ । चीन संसारमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको खपत गर्ने दोश्रो राष्ट्र हो । कोरोना भाइसरको प्रकोपसँगै विभिन्न देशहरुले चीनसँगको हवाइ सम्पर्कलाई स्थगित गरेका र चीन भित्रकै विभिन्न प्रान्तहरुबीच कायम गरिएको यात्रा प्रतिबन्धका कारण सबैभन्दा ठूलो नकारात्मक असर हवाइ इन्धनको बिक्रीमा देखिएको छ । जुन अझै बढ्दै जाने सम्भावना रहेको छ । ब्लुम्बर्गको एक रिपोर्टअनुसार हाल चीनमा कच्चा तेलको माग २० प्रतिशतले घटेको छु जुन बेलायत र इटालीले संयुक्त रुपमा एक दिनमा खपतगर्ने कच्चा तेलको जम्मा परिमाण बराबर हो । कच्चा तेलमा आएको गिरावटले विश्व अर्थतन्त्रमा कस्तो असर गर्ला ? कच्चा तेलमा आएको भारी गिरावटले चीनको ब्यापार गतिविधीमा मन्दी ल्याउने छ । जसको कारण पछिल्लो तीन दशकयता सुस्त भएको चिनिया आर्थिक बृद्धिलाई थप निस्तेज पार्नेछ ।  कोरोना भाइरसको प्रकोपको कारण चीनको आर्थिक वृद्धि सुरुका तीन महिनासम्म ५ प्रतिशतभन्दाकम रहने जनाएका छन् । चीन हाल विश्वको सबैभन्दा दोश्रो ठूलो अर्थतन्त्र हुनुका साथसाथै विश्व ब्यापी आर्थिक बृद्धिको प्रमुख बाहक हो । यस राष्ट्रको अर्थतन्त्रमा पर्ने कुनै पनि नकारात्मक प्रभावका कारण विश्वको कुनै पनि अर्थतन्त्र अछुतो नरहने विश्लेषकहरुले बताएका छन् । ठूला तेल उत्पादक राष्ट्र सदस्यहरुले थप उत्पादन कटौतीगर्नका लागि गृहकार्य गरिरहेको जनाइएको छ । त्यसो त अन्तर्राष्ट्रिय बजारमा तेलका मूल्यमा आएको गिरावटका कारण उनीहरुले सन् २०१६ देखि नै पेट्रोलियम पदार्थको उत्पादनलाई कम गर्दै आइरहेका छन् ।    

ज्योति लाईफ इन्स्योरेन्सले बीमितलाई दियो २० लाख रुपैयाँ

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले घातक रोग उपचार गर्न बीमित सलिम श्रेष्ठलाई २० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । इन्स्योरेन्सले दोलखा घर भई बनेपा, काभ्रे बस्ने कम्पनीका बीमित श्रेष्ठलाई बीमा सम्झौता अनुसार घातक रोगको उपचार सुविधा बीमाङ्क वापत सो मात्राको रकम प्रदान गरेको हो । नीज बीमितले २०७६ साल आषाढमा बीस लाख रुपैयाँ बिमाङ्कको घातक रोग सुविधा सहितको “ज्योति सुरक्षित भविष्य योजना” बीमालेख खरिद गरेका थिए । सोही बमोजिम उनले बीमा सुविधा वापत उपचारको लागि उक्त रकम पाएका हुन् । कम्पनीले सर्वाधिक ३५ वटा घातक रोगहरुको लागि ५० लाख रुपैयाँसम्मको घातक रोग उपचार सुविधा सहित जीवन बीमा योजना जारी गरिसकेको छ । रकम हस्तान्तरणको क्रममा कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले कम्पनीले संयोगबस विश्व क्यान्सर दिवसकै दिन यसरी घातक रोग लागेका बिमितलाई उपचार खर्च दिन पाउँदा खुसी लागेको बताएका छन् । साथै, आगामी दिनहरुमा बीमितहरुलाई अझ स्तरिय सेवा दिने प्रतिबद्धता व्यक्त गर्ने उनले बताएका छन् ।

ललिता निवासको जग्गा धितोमा साढे २ अर्ब कर्जा, ऋण दिने बैंकलाई कारबाही गर्न अख्तियारको पत्र

काठमाडौं । सरकारी स्वामित्वमा हुनुपर्ने बालुवाटारको ललिता निवासको जग्गा धितोमा २ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । सो जग्गा प्रकरणमा छानविन गरेको अख्तियारले आज (२२ माघ) विशेष अदालतमा मुद्दा दायर गर्दै दोषीमाथि कारबाही, विगो तथा जरिबाना र जग्गा फिर्ताको माग गरेको छ । यस्तै, अख्तियारले सो जग्गा धितोमा विभिन्न बैंक वा वित्तीय संस्थाले कर्जा प्रवाह गरेकोले त्यस्ता बैंक वित्तीय संस्थालाई पनि कारबाही गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्ने निर्णय गरेको छ । ‘प्रस्तुत मुद्दासँग सम्बन्धित ललिता निवास क्याम्पभित्रका सरकारी, सार्वजनिक जग्गाहरु व्यक्तिविशेषको नामबाट २ अर्ब ४१ करोड ६९ लाख ३६ हजार १ सय २५ रुपैयाँभन्दा बढीको धितो पारित भई विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट अरबौंको कर्जा प्रवाह भएको देखिएको अवस्थामा सम्बन्धित बैंक तथा वित्तीय संस्थामा रहेको सर्वसाधारणको अरबौंको निक्षेप सुरक्षण गर्ने समेतको प्रयोजनका लागि कानून बमोजिम आवश्यक कारबाही गर्नको लागि नेपाल राष्ट्र बैंकलाई लेखी पठाउने,’ अख्तियारको निर्णयमा उल्लेख छ । सो जग्गा धितो राखेर कुन कुन बैंकले कति रकम कसकसलाई ऋण प्रवाह गरेका छन् भन्ने विषयमा अख्तियारले केही खुलाएको छैन । सम्बन्धित सामग्री अख्तियारले यसकारण विष्णु पौडेल विरुद्ध मुद्दा दायर गरेन ललिता निवास जग्गा प्रकरणः पूर्वमन्त्रीसहित १७५ जना विरुद्ध मुद्दा

ह्याण्ड्स अन नेपालले मलेसियाको उप-प्रधानमन्त्रीबाट पायाे प्रशंसा पत्र

काठमाडौं । ह्याण्ड्स अन नेपालले मलेसियाको उप-प्रधानमन्त्रीबाट प्रशंसा पत्र पाएको छ । ह्याण्ड्स अन नेपालले इन्साफ मलेसियासँगको सहकार्यकाे लागि उप प्रधानमन्त्रीबाट प्रशंसा पत्र पाएको हो । ईन्साफ मलेसियाको कोलालम्पुर स्थित सांग्रिला होटलमा भएको १० औं वार्षिकउत्सवको अवसरमा ह्याण्ड्स अन नेपालका निर्देशक काल बहादुर तामाङलाई उक्त पत्र प्रदान गरिएको थियो । ईन्साफ मलेसिया गरिबी र प्रकोपमा चपेटामा परेका समुदायलाई प्राविधिक रुपमा सहयोग गर्न गैर नाफा मुलक मलेसियन संस्था हो । ह्याण्ड्स अन नेपाल र ईन्साफ मलेसियाले सन् २०१८ देखि नेपालको ग्रामिण क्षेत्रमा विद्यालय निमार्ण र शिक्षालाई समर्थन गर्दै काम गर्दै आईरहेको छ । हालसम्म उनीहरुले मिलेर ३ वटा ग्रामीण विद्यालय बनाईसकेका छन् । यस्तै नुवाकोट, काभ्रेपलान्चोक र रामेछापका गरिब विद्यार्थीहरुलाई लुगा, जुत्ता, स्टेसनरी, फर्निचरहरु वितरण गरेका छन् । यस्तै यी संस्थाहरुले विद्यार्थीहरुलाई खाजा प्रदान गर्न फुड प्रोग्राम पनि संचालन गर्दै आएका छन् ।

अख्तियारले यसकारण विष्णु पौडेल विरुद्ध मुद्दा दायर गरेन

काठमाडौं । ललिता निवासको जग्गा अनियमितता प्रकरणमा नेकपा महासचिव विष्णु पौडेलले उन्मुक्ति पाएका छन् । पौडेलका छोरा नविनको नाममा दर्ता भएको सो जग्गा सरकारलाई फिर्ता गर्ने प्रतिबद्धता नविनले गरेका छन् । पौडेलका छोरा नविन पौडेलको नाममा रहेको ललिता निवासको ३०९ र ३१५ कित्ता नम्बरको जग्गा फिर्ता गर्ने बयान दिएकोले जफत गर्ने प्रक्रियामा नगइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भनाइ छ । यस्तै, कुमार रेग्मीको नाममा पनि ललिता निवासको जग्गा छ । उनले पनि सरकारलाई जग्गा फिर्ता दिने प्रतिबद्धता जनाएका अख्तियारले जानकारी दिएको छ । अख्तियारले आज (२२ माघमा) ललिता निवास जग्गा प्रकरणमा संलग्न १७५ जना विरुद्ध मुद्दा दर्ता गरेपनि पौडेल र रेग्मी विरुद्ध मुद्दा परेको छैन । ‘ललिता निवास क्याम्पभित्र पर्ने सरकारी जग्गा आफ्नो नाममा कायम रहेका हालका जग्गाधनीहरु मध्येका कुमार रेग्मी र नवीन पौडेलउपर समेत जग्गा जफतको मागदाबी गर्नुपर्नेमा निजहरुले आयोगका अनुसन्धान अधिकृत समक्ष गरेको बयान तथा आयोग समक्ष पेश गरेको निवेदनमा काठमाडौं बालुवाटारस्थित ललिता निवास क्याम्पभित्र आफ्नो नाममा कायम रहेका जग्गाहरु नेपाल सरकारलाई छाडिदिन मञ्जुर गरेकोले जग्गा जफतको मागदावी लिनको लागि प्रतिवादी बनाउन आवश्यक नदेखिदा हाल निज कुमार रेग्मी र नवीन पौडेलको हकमा जग्गा जफतको मागदावी नलिने,’ अख्तियारले मुद्दा दायर गरेपछि सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । अख्तियारले रेग्मी र पौडेलका नाममा दर्ता भएको जग्गा नेपाल सरकारको नाममा कामय गर्न गराउनका लागि यथाशीघ्र आवश्यक कारबाही गर्न र सोको जानकारी आयोगलाई गराउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सुझाव लेखी पठाउने भएको छ ।

डिशहोमले गर्यो विश्वकप क्रिकेट लिग दुईको मुख्य प्रायोजन

काठमाडौं । डिशहोमले विश्वकप क्रिकेट लिग २ को मुख्य प्रायोजन गरेको छ । आगामी माघ २९ गतेसम्म किर्तिपुरमा चल्ने त्रिकोणात्मक क्रिकेट सिरिजको प्रायोजक डिशहोमले गरेको हो । नेपाल सहित ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन् जसमा जम्मा ६ खेल हुनेछन् । हरेक टोलीले समान दुई–दुई खेल खेल्नेछन् । नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते खेल्नेछ भने तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ खेल्नेछ । त्यसैगरी नेपाले आफ्नो अन्तिम खेल अमेरिकासँग माघ २९ गते हुने भएको छ ।

देशभरका ५४ विमानस्थलः कुन विमानस्थल कस्तो अवस्थामा ?

काठमाडौं । सरकारले पर्यटन प्रवद्र्धनका लागि विमानस्थलको स्तरोन्नतीमा तिव्रता दिएको छ । पछिल्लो समय सरकारले देशभरका ५४ विमानस्थलको विस्तार तथा स्तरोन्नतीमा तिव्रता दिएको हो । देशभर रहेका ५४ विमानस्थलहरुमध्ये कुनै निर्माणको प्रक्रियामा छन् भने कुनै निर्माण भइसकेका छन् । निर्माण भइसकेका कतिपय विमानस्थलहरु भौगलिक कठिनाई, मौसमी अवस्था र पूर्वाधार विस्तार प्रभावकारी नहुँदा नियमित रुपमा सञ्चालनमा आउन सकेका छैनन्। अहिले देशका सातवटै प्रदेशमा हवाई सुविधा  छ । मुलुकको हवाई सेवाको पहुँच देशव्यापी भएपनि यसका चुनौती भने यथावथ छन् । अधिकाशं जिल्लामा विमानस्थल निर्माण भएका छन् तर ति विमानस्थलहरु प्रभावकारी रुपमा सञ्चालनमा आउन नसक्नु समस्याका रुपमा रहदैं आएको छ । विमानस्थल निर्माण भएका ठाउँहरुको भौगलिक कठिनाई, जनसंख्याको चापको कमि, मौसमी अवस्था र पूर्वाधार विस्तार प्रभावकारी नहुँदा विमानस्थल प्रभावकारी र नियमित बन्न नसेको नियामक निकाय बताउँछन् । नेपाल नागरिक उडड्यन प्राधिकरणले बुधबार देशभरका विमानस्थलहरुको बारेमा जानकारी गराउँदै सरकारले विमानस्थल स्तरोन्नतीमा बढी प्राथमिकता दिएको बताएको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले प्राधिकरणले पछिल्लो साढे दुई वर्षमा हवाई पूर्वाधारमा मात्र ८९ अर्ब रुपैयाँ र जग्गा प्राप्तीमा ३३ अर्ब रुपैयाँ खर्च भएको बताए । अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार निर्माणमा भने ४९ अर्ब रुपैयाँ खर्च भइसकेको छ । आन्तरिक विमानस्थलतर्फ साढे दुई वर्षमा जग्गा प्राप्तीमा १ अर्ब र पूर्वाधार निर्माणमा ६ अर्ब रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ । ५ वर्षमा ३ खर्ब ३५ अर्ब लगानी गर्ने सरकारले आगामी ५ वर्षभित्र विमानस्थलको स्तरोन्नतीका लागि ३ खर्ब ३५ अर्ब रुपैयाँ लगानी गर्ने बताएको छ । नेपाल उड्डयन प्राधिकरणले देशको देशको हवाई पूर्वाधार र त्यसको निर्माणका लागि सो रकम खर्च हुने बताएको हो । प्राधिकरणले गर्दै आएको काम र आगामी गर्ने कामको बारेमा जानकारी गराउँदै प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले आगामी ५ वर्षभित्र अन्तराष्ट्रिय हवाई पूर्वाधारतर्फ २ खर्ब ५० अर्ब रुपैयाँ खर्च गर्ने योजना भएको बताए । । त्यसमा १ खर्ब ५० अर्ब रुपैयाँ निजगढ विमानस्थलको पहिलो चरणको काम सम्पन्न गर्नमा हुनेछ । यस्तै, आन्तरिकतर्फ हवाई पूर्वाधार निर्माणमा ४६ अर्ब रुपैयाँ खर्च हुने भएको छ । जग्गा अधिग्रहणका लागि भने आगामी ५ वर्षभित्र आन्तरिक विमानस्थलका लागि ३४ अर्ब ६० करोड रुपैयाँ लागत लाग्ने भएको छ । यो रकम विराटनगर, नेपालगन्ज, धनगढी र महेन्द्रनगर विमानस्थललाई क्षेत्रिय अन्तर्राष्ट्रिय स्तरको विमानस्थलमा रुपान्तरण गर्न खर्च हुने प्राधिकरणले जनाएको छ । यस्तै अन्तर्राष्ट्रियतर्फ जग्गा प्राप्तीमा ५ अर्ब रुपैयाँ खर्च हुने अधिकारीले बताए । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले तराईका विमानस्थल विस्तार, दुर्गमका विमानस्थलमा रनवेलाई नियमित मर्मत गर्ने गरी काम भइरहेको बताए । विभिन्न विमानस्थलमा टर्मिनल बिल्डिङ निर्माण गर्ने काम पनि भइरहेको उनले बताए । नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार हाल देशभर ५४ विमानस्थल मध्ये ३३ वटा सञ्चालनमा छन् भने १६ वटा विमानस्थल बन्द अवस्थामा छन् । हाल देशमा एक अन्तराष्ट्रिय विमानस्थल, चार डोमेस्टिक हब विमानस्थल र ४४ घरेलु विमानस्थलहरु रहेका छन् । जसमा ६ वटा डोमेस्टिक र तीन वटा अन्तर्राष्ट्रिय विमानस्थलहरु निर्माणाधीन अवस्थामा छन् । तीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन सरकारले तीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेकाे छ । सरकारले अहिले  त्रिभुवन, नीजगढ र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण गरिरहेकाे छ । यस सँगै पोखरा क्षेत्रिय विमानस्थल पनि निर्माण भइरहेकाे छ । हाल गौतमबुद्धकाे भाैतिक प्रगति ८५ प्रतिशत र ५५ प्रतिशत वित्तीय प्रगति भएकाे जनाइएकाे छ । यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तराेन्नती गर्ने विभिन्न कार्य सकिएकाे  छ भने केही काम गर्न बाँकी रहेकाे बताइएकाे  छ । नीजगढ विमानस्थलकाे भने जग्गा अधिग्रहणको र मुआब्जा दिने काम भइरहेको प्राधिकरणले जनाएको छ । यस्तै, पाेखरा क्षेत्रिय विमानस्थलकाे पनि निर्माण कार्य भइरहेकाे छ । याे विमानस्थल पनि समायावधि भित्रै सकिने बताइएकाे छ । देशभरका विमानस्थलहरु मध्ये ३३ विमानस्थल मात्र कालोपत्रे भएका छन् । हाल बैतडी, बझाङ, डोल्पा, मसिनेचौर, डोटी, कलिकोट र लामिडाँडा विमानस्थल कालोपत्रे भइरहेका छन् । यस्तै,  रात्री उडान सुविधा रहेका विमानस्थलहरु मध्ये त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, बिराटनगर, चन्द्रगढी, धनगढी, गौतमबुद्ध भैरहवा, नेपालगञ्ज र सिमरा रहेका छन् भने अन्यमा रात्री उडान गर्न सक्ने प्रविधी छैन । १६ विमानस्थल बन्द अवस्थामा हाल देशभर १६ वटा विमानस्थलहरु बन्द अवस्थामा छन् । बन्द अवस्थामा रहेका विमानस्थलहरुमा बैतडी विमानस्थल, बझाङको चैनपुर विमानस्थल, दार्चुला विमानस्थल, ढोरपाटन विमानस्थल, डोल्पा मासिनेचौर विमानस्थल र डोटी विमानस्थल रहेका छन् । यस्तै जीरी विमानस्थल,कंगेलडाँडाँ, लाङटाङ विमानस्थल, मनाङ विमानस्थल, मेघौली विमानस्थल, कञ्चनपुरको महेन्द्रनगर विमानस्थल र पालुङटार विमानस्थल बन्द अवस्थामा रहेका छन् । रोल्पा विमानस्थल, स्याङबोचे विमानस्थल र टीकापुर विमानस्थल पनि हाल बन्द अवस्थामा छन् । जुन विमानस्थलहरुमा हवाई सुविधा नियमित भए पर्यटकहरु बढ्नेसँगै त्यहाँको आर्थिक तथा भौतिक अवस्थामा सुधार हुने अवस्था छ । महानिर्देशक पाेखरेलले  अब तिनीहरुको निर्माण प्रक्रिया सकेर छिट्टै नै सञ्चालनमा ल्याउने बताए । बन्द भएका कतिपय विमानस्थलमा परिक्षण उडान गरेर पनि निर्माणको कार्य सुरु भइसकेको उनले बताए । कुन प्रदेशमा कति विमानस्थल ? हाल देशका सबै प्रदेशमा विमानस्थलको पहुँच छ । विमानस्थलहरु हुँदाहुँदै पनि नियमित हवाई सुविधा नहुँदा स्थानिय नागरिकहरुलेसँगै पर्यटकहरुले पनि सास्ती खेप्नु पर्ने अवस्था छ । प्रदेश एकमा १२ विमानस्थल, प्रदेश दुईमा तीन विमानस्थल , प्रदेश तीनमा ६ विमानस्थल, गण्डकी प्रदेशमा पाँच विमानस्थल, प्रदेश पाँचमा पाँच विमानस्थल, कर्णाली प्रदेशमा नौ विमानस्थल र सुदूरपश्चिम प्रदेशमा नौ वटा विमानस्थलहरु रहेका छन् । भौगलिक र अतिरिक्त सुविधाका रुपले विकट मानिने कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि जिल्लापिच्छे विमानस्थल भएपनि तिनीहरु सञ्चालनमा भने आउन सकेका छैनन् । कर्णाली प्रदेशका सबै जिल्लाहरुमा मोटरबाटो पुग्न सकेको छैन । ती विमानस्थलहरु विमानस्थलमा मात्रै सिमित छन् । कर्णालीका ९ वटा विमानस्थलहरुमा अहिले पनि नियमित उडान नहुँदा त्यहाँका स्थानियहरु समस्यामा छन् । सर्वसाधरणका लागि सहुलियत दरमा हवाई भाडा र भरपर्दो सेवा भने अझै पुगिसकेको छैन । कर्णाली प्रदेशका विमानस्थलहरु हुम्लाको सिमिकोट,जुम्ला विमानस्थल,सुर्खेत विमानस्थल, रुकुमको सल्ले विमानस्थल, रुकुमको चौरजहारी विमानस्थल, डोल्पा विमानस्थल, मुगुको रारा विमानस्थल अहिले सञ्चालनमा भएपनि नियमित उडान भने भर्न सकेको छैनन् । यस्तै, सुदूरपञ्चिमका विमानस्थलको हालत पनि त्यस्तै छ । सुदूरपश्चिमका विमानस्थलहरु मध्ये कैलालीको धनगढी, अछामको साँफेबगर र बाजुराको कोल्टी विमानस्थल सञ्चालनमा छन् । जसमा धनगढी विमानस्थल नियमित रुपमा उडान भर्दै आएको छ भने साँफेबगर र बाजुरको कोल्टी विमानस्थलले नियमित रुपमा उडान भर्न सकेका छैनन् । दार्चुलाको गोकुलेश्वर, डोटीको दिपायल,अछामको कमल बजार, बझाङको चैनपुर, बैतडीको पाटन, कञ्चनपुरको महेन्द्रनगर र कैलालीको टिकापुर विमानस्थल बन्द अवस्थामा छन् । सुदूरपश्चिमा नेपालकै सुन्दर ठाउँ खप्तड, बडिमालिका, अपि, साइपाल, मानसरोवर लगायतका पर्यटकिय स्थलहरु भएपनि त्यहाँ पुग्न हवाई सुविधा नहुँदा विदेशी पर्यटकहरुलाई गन्तव्यमा पुग्न समस्या हुने गरेको छ । वार्षिक एक करोड विदेशी पर्यटक ल्याउने गरी पूर्वाधार निर्माण भइरहेको छ: मन्त्री भट्टराई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले वार्षिक एक करोड विदेशी पर्यटक ल्याउने गरी सरकारले पूर्वाधार निर्माणमा काम गरिरहेको बताएका छन्। प्राधिकरणकाे उक्त कार्यक्रममा बाेल्दै  उनले सरकारले विमानस्थलाई प्राथमिकताका साथ हरेर पूर्वाधारमा काम गरिरहेको बताएका हुन्। आउने पाँच वर्षमा नागरिक उड्यनमा ठूलो क्रान्ति गर्छौं,अहिले हामी चीनको उदाहरण दिन्छौँ, हामीले पनि १८ महिनामा गर्ने काम ५ महिनामा गरेका छौँ,’ उनले भने । मन्त्री भट्टराईले अबको पाँच वर्षभित्र निजगढ विमानस्थल सञ्चालनमा ल्याउने गरी काम गर्ने बताए । निजगढ विमानस्थल अबको पाँच वर्षभित्र सञ्चालन गर्ने योजना छ। यो गेमचेन्जर आयोजना होु, उनले भने । हवाई सुविधाको कमिले पनि आन्तरिक र बाह्य पर्यटकहरुको आगमन को संख्या न्युन छ । देशभर ५४ वटा विमानस्थलहरु भएपनि तिनीहरु सञ्चालनमा नआउँदा देशको भौतिक पक्षमा प्रभाव परेको छ । देशका सुन्दर पर्यटकीय स्थलहरुसम्म हवाई सुविधा नपुग्दा पर्यटन क्षेत्रमा धेरै प्रभाव परेको छ । विदेशी पर्यटकहरुको आगमन तथा यात्रा गर्ने महत्वपूर्ण साधन हवाई भएपनि देशका सुन्दर तथा पर्यटकीय स्थलहरुमा हवाई सेवा नहुँदा पर्यटकहरुलाई समेत समस्या हुने गरेको छ । नेपाल सरकारले यतखेर भ्रमण वर्ष २०२० काे सुरुवात गरेकाे छ । मुलुका सुन्दर पर्यटकीय स्थलहरुसम्म हवाई सेवा नपुगेकाेले पनि भ्रमण वर्षलाई नकरात्मक प्रभाव पार्न सक्ने अवस्था छ ।

गुणस्तरीय र प्रतिस्पर्धी प्लाइउड उत्पादन गर्न आवश्यकः अर्थमन्त्री डा. खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले गुणस्तरीय र प्रतिस्पर्धी प्लाइउड उत्पादन गर्न जोड दिनुपर्ने बताएका छन् । बुधबार अर्थ मन्त्रालयमा नेपाल प्लाइउड उत्पादन संघका पदाधिकारीहरुसंगको भेटघाटमा अर्थमन्त्री डा. खतिवडाले नेपाली बजारमा प्लाइउडको माग उच्च भएकोले उत्पादनको गुणस्तरियतामा ध्यान दिनुपर्ने बताएका हुन् । प्लाइउडमा नेपाल आत्मनिर्भर भएकोमा खुशी व्यक्त गर्दै अर्थमन्त्री डा. खतिवडाले कु-काठजन्य वनस्पतिलाई नगदे बालीको रुपमा विकास गरी वैज्ञानिक वन व्यवस्थापनमा सरकारले गृहकार्य गरिरहेकोे बताए । अर्थमन्त्री डा. खतिवडाले स्वदेशी उद्योगलाई संरक्षण र सहयोग गरी मुलुकमा रोजगारी सृजना गर्ने, व्यापार घाटा कम गर्ने सरकारको नीति भएको उल्लेख गरेका छन् । साथै, प्लाइउड उत्पादक संघले राखेका समस्याहरुका बारेमा छलफल गरी समाधान गरिने उनले बताए । हाल नेपालमा प्लाइउड सम्बन्धी ६७ वटा उद्योगहरु चालु अवस्थामा रहेका छन् । यसमा करिब ३० हजार जनाले प्रत्यक्ष रोजगारी पाएको तथा प्लाइउडमा नेपाल आत्मनिर्भर रहेको नेपाल प्लाइउड उत्पादन संघका अध्यक्ष प्रदिप कुमार चौधरीले बताए ।