
काठमाडौं । सिद्धार्थ बैंकले बुधबार दाङ अवस्थित लमही शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । उक्त शाखाको उद्घाटन लमही नगरपालिकाका मेयर कुल बहादुर के।सीले गरेका हुन् ।
बैंकले उक्त शाखा २०७५ असार २५ गतेदेखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो ।
बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०३ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।