महालक्ष्मी लाइफ इन्स्योरेन्सले गर्यो रक्तदान कार्यक्रम, सीईओसहित ४० जनाले गरे रक्तदान
काठमाडौं । महालक्ष्मी लाइफ इस्योरेन्स कम्पनीको पहिलो वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रमकाे आयोजना गरेको छ । रक्तदान कार्यक्रममा कम्पनीका सीईओ रमेश कुमार भट्टराईसहित ४० जनाले रक्तदान गरेकाे इस्योरेन्सले बताएकाे छ। रक्तदानको सुरुवात महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गरेका थिए । महालक्ष्मी लाइफले अभिकर्ता पप्पु गोत्तामेलाई सम्मान पत्र प्रदान गरेको छ । अभिकर्ता गोत्तामेले पहिलो वर्ष मै महालक्ष्मी लाइफमा ५० लाख रुपैयाँ भन्दा माथिको व्यवसाय भित्र्याउन सफल भएकाले उनलाई सम्मानित गरेको इन्सोरेन्सले बताएको छ । उनलाई मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) अवार्ड प्रदान गरिएको हो । अन्तर्राष्ट्रिय बजारमा रहेको अभिकर्ताहरुको क्लबको रुपमा एमडीआरटीलाई बुझ्न सकिन्छ । बीमा व्यवसायमा ५० लाख रुपैयाँ भन्दा बढीको व्यवसाय भित्र्याउने अभिकर्ता मात्र एमडीआरटीको सदस्य हुन पाउँछन् ।
सप्तकोशी क्याम्पसलाई ग्लोबल आइएमई बैंकको पाँच लाख सहयोग
काठमाडौं । ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सप्तकोशी बहुमुखी क्याम्पसको भवन निर्माणको लागी ५ लाख रुपैयाँ सहयोग गरेको छ । ग्लोबल आइएमई बैंक ईटहरी शाखा प्रबन्धक मुकेश कुमार शाहले सोमबार आयोजित एक कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल र सप्तकोशी बहुमुखी क्याम्पसका प्रमुख खगेन्द्र निरौलालाई सो मात्राको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख निरौलाले क्याम्पसमा विद्यार्थीलाई संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी अध्यापन गराउने गरेको र ग्लोबल आइएमई बैंकले क्याम्पस भवन निर्माणको लागि आर्थिक सहयोग गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा हर्षित भएको विचार व्यक्त गरेका छन् । बराहक्षेत्र नगरपालिकाका मेयर खनालले बैंकले क्याम्पस भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेकोमा ग्लोबल आइएमई बैंकलाई धन्यवाद दिए । उनले ग्लोबल आइएमई बैंक, क्याम्पसलाई भवन निर्माणका लागी आर्थिक सहयोग प्रदान गर्ने निजी क्षेत्रको प्रथम संस्था भएको समेत जानकारी गरेका छन् । बैंकले स्थापनाकाल देखिनै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।
श्रममन्त्री र कोरियाका राजदूतबीच भेटवार्ता, ईपिएस कोटा बढाउन मन्त्रीकाे आग्रह
काठमाडौं । नेपाली श्रमिकमा लागि ईपिएस कोटा वृद्धि गर्न आग्रह गरेका छन् । सोमबार श्रममन्त्री रामेश्वर राय यादव र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत एच ई पार्क यंग्सिकबीच भएको भेटमा ईपिएस भाषा परीक्षालाई थप मर्यादित एवं व्यवस्थित गरी काेटा बढाएमा लिखित परीक्षा तथा सीप परीक्षा पास गरेका श्रमिक प्रतिक्षामा बस्न नपर्ने मन्त्री रायकाे भनाइ थियाे । कोरिया रहेका नेपाली कामदारहरुको आत्महत्याको बारे राजदूत एच ई पार्क यंग्सिकले चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय कोरियामा नेपालीको बढ्दो आत्महत्या प्रति सरकारले व्यवस्थापनका गर्ने उनकाे भनाइ छ । नेपाली श्रमिकले गरेका कामका विषय प्रशंसा गर्दै ईपिएस भाषा परीक्षालाई थप मर्यादित एवं व्यवस्थित गर्न कम्प्यूटरमा आधारित परीक्षा (सिबीटी) संचालन गर्न आवश्यक पूर्वाधार निर्माण कार्य छिटो सम्पन्न हुने राजदूत यंग्सिकले जानकारी दिए । श्रममन्त्री राय यादवले आगामी दिनमा नेपाली श्रमिकहरुलाई कोरियाको पेन्सन प्रणालीमा समेट्न आग्रह गर्नुका साथै ईपिएस भाषा परीक्षालाई थप मर्यादित र व्यवस्थित गर्न नेपाल सरकार प्रतिवद्ध रहेको भन्दै तालिम प्रदायक संस्थाको क्षमता विकासका लागि कोरिया सरकारसँग सहयोगको लागि आग्रह गरेका छन् ।
अब कुनै आयोजना शून्यमा रहन सक्दैन: मन्त्री नेम्बाङ्ग
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङ्गले सार्वजनिक खरिद नियमावली नवौँ संशोधन आइसकेपछि कुनै पनि आयोजनाहरु शुन्यमा बस्न नसक्ने बताएका छन् । सोमबार सडक बोर्ड नेपालले आयोजना गरेको रणनीतिक सडक मर्मत सम्ंभार सम्बन्धी वार्षिक समिक्षा एवंम प्रगति गोष्ठिलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ‘‘सार्वजनिक खरिद नियमावली नवौँ संशोधनले साथीहरुलाई निक्कै गम्भीर बनाएको हुन सक्छ, हामीले कामका सबै क्षेत्रलाई हेर्नु पर्दछ, सार्वजनिक खरिद प्रक्रियालाई पछ्याउनै पर्छ,’ उनले भने । राज्यले कानुन बनाएरै निर्माण व्यवसायीहरुलाई मौका दिएकाले अब कुनै पनि ठेक्काहरु म्याद थप नभएको अवस्था नहुने उनको भनाइ छ । रणनीतिक सडकहरुको मर्मत सम्ंभार गर्ने कार्य सानो भएपनि त्यसको असर र प्रभाव व्यापक रहेको उनले बताए । मुलुकभरीका सबै उपभोक्तादेखि नीति निर्माण तहमा रहेका सबैले सडकको अवस्थालाई गम्भिर रुपमा नियाली रहेकाले सडकको निर्माण, मर्मत संभारसंग सम्बन्धित जिम्मेवारी बहन गर्नेले यसलाई सानो कामको रुपमा नलिन आग्रह गरे । उनले सडक मर्मत सम्ंभार सेकेण्डरी काम हुन नसक्ने उल्लेख गरे । उनले जिम्मेवार तहमा रहेकाले आत्मसमिक्षा गर्नु पर्ने बताउँदै उनले यसको आत्मसमिक्षा गर्न जरुरी रहेको बताए ।
दराजले सामसङ ग्यालक्सी नोट १० लाइट लन्च गर्दै, मूल्य ६० हजार रुपैयाँ
काठमाडौं । नेपालको अग्रणी अनलाइन् शपिङ्ग गन्तव्य, दराजले सामसङ नेपालसँग मिली फेब्रुअरी १२ मा सामसङ ग्यालक्सी नोट १० लाइटको “लन्च”गर्ने भएको छ । दराजले सामसङ नेपालसँगको साझेदारीमा ५९ हजार ९९९ रुपैयाँमा उक्त फोन लन्च गर्न लागेको हो । जुन विश्वको सबैभन्दा राम्रो मूल्य रहेको दराजले जनाएको छ । यस प्रीमियम फीचर फोनको मूल्य यूरोपियन बजारमा ६२७ यूरो (रु७८,३००)रहेको छ । उक्त फोन “औरा ब्ल्याक” र “और ग्ला” गरि दुइ “कलर भेरीएसन”मा उपलब्ध हुनेछ । ग्राहकहरूले ग्यालक्सी नोट १० लाइटमा नेपालभर निःशुल्क शिपिंग पाउनेछन् तथा ग्राहकहरूले ३ हजार ५ सय रुपैयाँ पर्ने “सामसङ स्मार्ट फ्लिप कभर” केवल एक हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् । त्यतिमात्र नभई, पहिलो ५०ग्राहकहरुले “एक्युरेटको वायरलेस ब्लुटुथ नेप इयरडट्स्” निःशुल्क पाउनेछन् । यसबाहेक, ग्राहकहरूले शांग्रीला होटलमा खाना र पेय पदार्थहरूमा २० प्रतिशत छुट पाउने दराजले जनाएको छ । ग्यालक्सी नोट १० लाइटको विशेषता सामसङ ग्यालक्सी नोट १० लाइट इन्फिनिटी ओ डिस्प्ले, ट्रिपल रियर क्यामेरा र एस पेन स्टाइलसको साथ आउँदछ । यस फोनमा २५ वाटको सुपर फास्ट चार्जिंगको साथ ४५०० एमएएचको विशाल ब्याट्री रहेको छ । यो एक्सीनेक्स् ९८१०द्वारा संचालित छ र यसमा ८ जीबी र्याम र १२८ जीबी रोम छ । माइक्रो एसडी कार्ड मार्फत रोम १ टिबी सम्म थप्न सकिन्छ। यस डुअल सिम (न्यानो) स्मार्टफोेनमा १०८०x२४०० पिक्सलको ६.७ इन्च फुलएचडी इन्फिनिटी ओ सुपर आमोलेड डिस्प्ले रहेको छ। फोनमा एन्ड्रोइड १० को “अपरेटिङ सीस्टमको” साथ सामसङ वान “युजर इन्टर्फेस” रहेको छ । फोटो र भिडियोहरूको लागि, ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ जसमा “डुअल पिक्सेल अटोफोकस, एफ/१.७ लेन्स, र अप्टिकल इमेज स्टेबलाइजेसन” भएको “फ्ल्यागशिप” स्तरको १२ मेगापिक्सल सेन्सर रहेको छ । साथै “एफ/२.२वाइड एंगल लेन्स, एफ/२.४ टेलिफोटो लेन्स,अप्टिकल इमेज स्टेबलाइजेसन र २ह्म्याग्निफिकेशनको अप्टिकल जूम”रहेकोअर्को १२ मेगापिक्सल सेन्सर पनि रहेको छ । साथै एफ/२.२लेन्स भएको “३२ मेगा पिक्सलको सेल्फी क्यामेरा”पनि छ। उक्त साझेदारीको बारेमा बोल्दै दाराज नेपालका प्रबन्ध निर्देशक लिनो अहलरिंगले भने, “नेपालमा सामसङ ग्यालेक्सी नोट १० लाइटको लन्चमा विशेष अनलाईन साझेदार हुन पाउँदा हामीलाई ठूलो खुशी छ। एक प्रमुख ईकमर्स कम्पनीको रूपमा, यो जस्तै धेरै भन्दा धेरै राम्रा अफर, सेवा, तथा उत्पादनहरु प्रदान गर्ने लक्ष्य राख्छौं । यस्तो साझेदारीहरुले नेपालको ईकमर्स उद्योगको विकासलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्छ, त्यसैले हामी आगामी दिनमा अझ बढी रणनीतिक साझेदारी स्थापना गर्न जारी राख्नेछौं ।”
वैदेशिक रोजगार विभागभित्रका स्वार्थ समूहको चिरफार गर्छुः महानिर्देशक दाहाल
विभागभित्रका समस्या नेपाली श्रमिक जो वैदेशिक रोजगारमा जाने क्रममा कहीँ गएर पनि नठगिउन भन्नकै लागि अनुगमन गर्ने काम वैदेशिक रोजगार विभागले गर्दै आएको छ । म्यानपावर कम्पनीहरु तथा एजेन्टलाई बढी उत्तरदायी बनाउने तथा वैदेशिक रोजगारमा जाने नेपाली युवालाई सहज ढंगबाट कसरी विदेश पठाउने, असल गन्तव्यको खोजी कसरी गर्ने भन्ने कुरो नै सबैभन्दा ठूलो चुनौतिको विषय हो । समाधानको उपाय हरेक काममा चुनौति हुन्छ । त्यसैले वैदेशिक रोजगारसँग सम्बन्धित संघ संस्थाहरुलाई बढी उत्तरदायी बनाउने, फास्ट्रयाकबाट पोलिसी निर्माण गरी त्यसको सहजिकरण गर्ने र श्रमिक तथा सम्बन्धित निकायका गुनासाहरु सुन्ने काममा ध्यान दिएर अगाडी बढेमा विभागले लक्ष्य अनुसारको उपलब्धी हासिल गर्छ । ५ प्रथामिकता सर्वप्रथम त विभागका काम कारबाहीहरुलाई छिटोछरितो ढंगबाट निर्णय तथा भरसक गुनासो कम गर्ने कोसिस गर्छु । म्यानपावर तथा वैदेशिक रोजगारीमा जाने मानिसले तोकिएको देशहरुमा शून्य लागतमा कसरी विदेशमा कामदार पठाउने भन्ने विषय पनि गम्भीर रुपमा उठेको छ । सो विषयलाई ध्यान दिई अनुगम गरी सम्बन्धित संघ संस्था तथा म्यानपावर कम्पनीहरुलाई शून्य लागत (जिरो कस्ट) को नियमभित्र कसरी ल्याउने भन्ने विषय हामी सोचिरहेका छौं । जागरुतामूलक कार्यक्रम गर्ने, पछिल्लो समय हेर्दा स्माट पढेलेखेका मानिस नै विभागमा ठगिए भन्दै आउने गरेको भेटिएकोले वैदेशिक रोजगारीका विषयमा थप तालिम तथा परामर्श दिनु आवश्यक छ भन्ने पुष्टी हुन्छ । यो विषयमा पनि मैले प्राथमिकतमा राखेको छु । अनलाइन प्रणालीको प्रयोगलाई निरन्तर अगाडी बढाउने छौं । अनलाइनको प्रयोगले श्रमिक र वैदेशिक रोजगारीसँग सम्बन्धित कार्यालयमा सहजता भएपनि यो प्रविधिको प्रयोगका बारेमा जानकारी गराई सही प्रयोगको गर्नका लागि विगतका दिनमा पूर्व महानिर्देशकज्यूले यसमा धेरै काम गरेर जानु भएको छ । त्यही कार्यविधिलाई पछ्याउँदै हामी कसरी काम गर्ने र पूरै फेसलेस सर्भिसलाई स्थापना गर्ने भन्ने विषयमा ध्यान दिनुपर्छ । मेरो प्राथमिकता यो विषयमा पनि छ । म्यानपावर कम्पनीहरुलाई हामीले कसरी बढी नियमन गर्ने भन्ने विषयदेखि वैदेशिक रोजगारमा हेर्दा कामदार पठाउने भनिए तापनि कतिपय उजुरी हेर्दा मानव तस्करी भइरहेका देखियो । म्यानपावर कम्पनीको नाममा गरिएको मानव तस्करीलाई अपराधको श्रेणीमा राखेर त्यस्ता घटनाहरुलाई पहिचान गरी दण्ड दिनुपर्छ । विभागले जति दण्ड गर्न सक्यो, त्यति नै यस्ता घटनाहरु न्यून हुन्छ् जस्तो मलाई लाग्छ । बैदेशिक रोजगार विभाग भनेको अर्धन्यायिक निकाय पनि हो । यहाँ आउने सबै केसमा ठगिएका हुदैनन् । यसकारणले यहाँ वास्तवमा ठगिएर आएका हुन् वा नाटक गरिरहेका छन् सो पहिचान गरेर पिडितलाई न्याय दिलाउनु विभागको दायित्व हो । विकसित देशमा रोजगारी श्रम गन्तव्य विस्तार गर्नका लागि शुरुमा त ट्रयाङ्गल रिलेशनसीप विस्तार हुनु जरुरी छ । नेपाल सरकारको मातहतमा रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय एउटा हो भने परराष्ट्र मन्त्रालय र सम्बन्धित देशबीच संवाद गरेर कहाँ के समस्या भइरहेका छन् ती समस्या फुकाउनु पर्नेछ । शास्त्रीय कुटनीतिका विषयमा कति प्रभावकारी छौं भन्ने अर्काे विषय हो । श्रम सम्बन्ध स्थापित हुन दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापित गर्नु पर्ने हुन्छ । श्रमिकका लागि वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका नियोगकोबीच सम्बन्ध स्थापित गर्नु पर्छ । आगामी दिनमा जापानको रोजगारीको राम्रो अवसर मैले देखेको छु । कोरियोको जस्तै गरी सरकार सरकारबीच सम्बन्ध स्थापित गरेर नेपाली कामदार जापान पठाउन सकिन्छ । यस्तै, युरोपका विभिन्न देशको समन्वयमा रोजगारीको गन्तव्य खोज्न तथा त्यस्तै अन्य खाडी देशमा केकस्तो अवस्था छ भनेर बुझ्न सकिन्छ । खास कुरा कहाँ कहाँ नेपाली कामदारको माग भइरहेको छ, कहाँ कहाँ राम्रो अवसर छ, त्यसको खोजी गरी कतिपय देशमा दुई सरकारबीचको सम्बन्ध स्थापित गरेर कामदार पठाउनु पर्छ । नेपाल सरकारले वैदेशिक रोजगारमा जाने कामदारमा रहेका क्षमता, योग्यतालाई कदर गरेर आगामी दिनमा तालिम प्रदान गर्ने हो भने नेपाली कामदारको माग संसारभर रहन्छ । पछिल्लो समय रोमनियामा वैदेशिक रोजगारीको माग रहेको सुनेको छु । कतिपय त्यस्तै यूरोपेली मुलुकमा हामी त्यहाँ पुग्नै सकेका छैनौं । त्यहाँको नियोग र सरकारसँग हामीले सम्बन्ध स्थापित गर्नु पर्नेछ । कामदारलाई दक्ष्य बनाउने अहिलेसम्म नाम मात्रका तालिम केन्द्र पनि छन् । यस्ता तालिम केन्द्र रहेसँगै समस्या बढ्दै जाने सम्भावना रहन्छ । अवका दिनमा वास्तवमा श्रमिकलाई लक्षित गरी तालिम प्रशिक्षण केन्द्र बनाउनु पर्छ । देशमा रहेका श्रमिकलाई उनको क्षमता अनुसारको शीप प्रदान गर्ने तथा गन्तव्य मूलुकका रहेका क्रियाकलापप्रति चेतना जगाउने काम गर्नुपर्नेछ । वैदेशिक रोजगारमा जाँदा शीप नसिकी जाँदा नेपाली युवाले पाएका दुःखलाई ध्यानमा राखी प्रशिक्षण केन्द्र खोल्नु पर्ने आवश्यकता छ । प्रविधि तथा आईटीसँग घुलमिल हुन सक्ने क्षमता श्रमिकमा स्थापित गराउनु पर्छ । पूरै कार्यकाल रहेँ भने… वैदेशिक रोजगार विभागमा पूरै कार्यकाल रहेँ भने यहाँका सबै समस्याको समाधान गरिसक्छु । यहाँ जे जस्ता समस्या छन्, ती समाधान गर्न नसकिने तहका छैनन् । बाहिरबाट हेर्दा र यहाँ आएपछिको भिन्नता बाहिरबाट हेर्दा यो विभागप्रति मेरो बेग्लै प्रकारको धारणा थियो । यहाँ आएपछि फरक अनुभूति गरिरहेको छु । यहाँ समस्या तथा चुनौति धेरै छन् । तर, समाधानै गर्न नसकिने भने होइन । यो विभागलाई सुधार गर्नु जरुरी छ र सकिन्छ पनि । यहाँ केही त्यस्ता स्वार्थ समुहहरुको गतिविधिलाई सहेर अगाडी बढ्नुभन्दा पनि त्यसलाई चिरफर गरेर काम गर्नुपर्छ । यहाँ आएका उजुरी तथा मुद्दाका विषयमा वादी र प्रतिवादीलाई जोडेपछि के हो सत्य भन्ने कुरा थाहा हुन्छ । वैदेशिक रोजगार विभागमा आएपछि न्याय पाउछु भन्नेभन्दा पनि विभागमा आएर उजुरी गरेपछि त्यसलाई सजाय गराउँछु भन्ने मनोविज्ञान पनि पाएको छु । नेपालमा महिलाका विषयमा र वैदेशिक रोजगारका विषयमा कडा कानुन बनेको छ । त्यसकारण पनि नबुझी रोजगारी जाने र केही समय काम गरेर वा झैझगडा तथा अन्य कारण नेपाल फर्किएर विभाग धाउनेहरु पनि भेटिन्छन् । त्यसकारण वैदेशिक रोजगारमा ठगी, चेकबाउन्सका विषय जनतामा केन्द्रित छ । यी सबै कुरामा ध्यान दिएर विभागले आफ्नो कामको गति बढाएमा असम्भव भन्ने कुरा केही छैनन् । जुन मैले विभागमा आएसँगै सोचेका कुरा हुन् । आगामी दिनमा विभागले उक्त कामलाई निरन्तर रुपमा अगाडी बढाउँदै जान्छ । योग्यता र क्षमता अनुसारका विषयमा श्रम गन्तव्यमा पुगेर कसरी सरल ढंगले काम गर्न सक्छन् भन्ने विषयमा केन्द्रित हुनु विभागको मुख्य उद्देश्य हो । (बैदेशिक रोजगार विभागका नवनियुक्त महानिर्देशक कुमार दाहालसँग विकासन्युजका लागि सुनिता पुडासैनीले गरेको कुराकानीमा आधारित)
भान्सामा पाईने यी पाँच खाना खाँदा धेरै ताैल घटाउन सकिन्छ
काठमाडौं ।शरिरको माटो वा तौल बढी भएर धेरै मानिसहरु चिन्तित हुन्छन् । धेरैले शरिरको तौल घटाउन खोज्दा पनि तौल घट्दैन । यही पीर धेरैमा हुन्छ । तौल घटाउन सोच्दा जति सजिलो लाग्छ तर यो साचे भन्दा निकै नैै गाह्रो काम हो । तपाईको तौल घट्नुमा धेरै कुराहरुले प्रभाव पार्ने गर्दछ । त्यसमध्ये तपाईको पाचन शक्क्ति (मेटाबोलिजम) पनि एक हो ।मेटाबोलिजम एउटा विधी हो । जसले तपाईले खाएको खानालाई उर्जामा रुपान्तरण गर्दछ । धेरै मेटाबोलिजम हुँदा शरीरमा बोसो जम्मा हुँदैन । जसले तपाईलाई चाँडो तौल घटाउन मद्धत गर्दछ । कुनै पनि प्रकारको शारीरिक गतिवधिमा संलग्न भएर मेटाबोलिजमको गति बढाउन सकिन्छ । अधिक मात्रामा शारीरिक अभ्यास गर्दा यसले शरीरमा क्यालोरी र बोसो घटाउन मद्धत गर्दछ । तर, सहि खाना खाएर पनि हामीले शरीरमा भएको क्यालोरीलाई छिटो घटाउन सक्छौं । हामीले ताैल घटाउनका लागि निम्नलिखित खानाहरु खान सक्छौं । १. क्यापसाईसिन क्यापसाईसिन भेडे खुसार्नी, रातो खुसार्नीहरुमा पाईने एक तत्व हो।जसले मसालेदार स्वाद दिन मद्धत गर्दछ । क्यापसाईसिनलाई तपाईको खानामा समावेश गराउँदा यसले तपाईको शरीरको क्यालोरी पगाल्ने दर बढाएर पाचन शक्(मेटाबोलिजम) बढाउन मद्धत गर्दछ । २० भन्दा बढि अनुसन्धानकर्ताहरुले क्यापसाईसिनको प्रयोगले तपाईको शरीरको ५० क्यालेरी पगाल्न मद्धत गर्छ । २. कालो कफी कफीलाई त्यति स्वस्थ पेय पदार्थको रुपमा लिईदैन तर ताैल घटाउने कुरामा यो एकदमै राम्रो पेय पदार्थ हो । केही अध्ययनले कफिमा भएको क्याफिनले शरीरको मेटाबोलिजम ११ प्रतिशत बढाउने देखाएको छ । दिनहुँ २७० मिलिग्राम क्याफिन सेवन गर्दा दैनिक सय क्यालोरी पगाल्न मद्धत गर्दछ । ३. एप्पल साईडर भिनेगर दिनहुँ एप्पल साईडर भिनेगर सेवन गर्नाले तपाईको शरीरको बोसो घटाउन मद्धत गर्दछ । विभिन्न जनावरमा गरिएको अध्यनले एप्पल साईडर भिनेगरले शरीरको उर्जाको रुपमा परिणत हुने बोसोको मात्रा बढाउँदछ । दिनहुँ १ चम्चा एप्पल समईडर भिनेगर आधा गिलास पानिमा राखेर पिउनुहोस् । ४. नरिवलको तेल नरिवलको तेलमा मिडियम चेन ट्राईग्लाईसेरिड हुन्छ जसलाई तौल घटाउनको लागि निकै महत्वपुर्ण तत्वको रुपमा लिईन्छ । केही अनुसन्धानकर्ताहरुके अनुसार दिनहुँ ३० मिलिलिटर नरिवलको तेलको सेवनले अत्याधिक मोटो व्यक्तिहरुको कम्मरको साईज घटाउन मद्धत गर्दछ । ५ . प्रोटिन युक्त खानेकुरा प्रोटिनले शरीरको मांसपेशिहरुको निमार्णको लागि मात्र नभएर क्यालोरी पगाल्नको लागि पनि काम लाग्दछ । माछा, अण्डा, दुग्ध जन्य पदार्थ, काजु जस्ता प्रोटिन युक्त खानेकुराहरु खाँदा त्यसले केही घण्टाको लागि तपाईको पाचन शक्क्ति बढाउन मद्धत गर्दछ । प्रोटिन युक्त खानेकुराहरुले तपाईलाई लामो समयसम्म पेट भरि राख्न मद्धत गर्दछ जसले तपाईलाई बढि खानबाट बचाउँछ ।
मानव स्वास्थ्य र पर्यावरणीय सन्तुलनलाई ध्यानमा राख्दै प्राङ्गारीक कृषि प्रवद्र्धन ईकाई स्थापना
काठमाडौं । कृषि मन्त्रालयले पर्यावरणीय कृषि प्रवद्र्धन ईकाई स्थापना गरी कार्यान्वयनमा ल्याएको छ । मानव स्वास्थ्य र पर्यावरणीय सन्तुलनलाई मध्येनजर गर्दै सरकारी तथा गैरसरकारी संस्था, स्थानिय तह, प्रदेशस्तरबीच समन्वय सिर्जना गरी कृषिमन्त्रालयले साे ईकाई स्थापना गरेको हो । प्राङ्गारीक कृषि व्यवसायको स्थापनामार्फत मानव स्वास्थ्य तथा पर्यावरणीय सन्तुलन कायम राख्न आवश्यक कार्य गर्ने काम यस ईकाईले गर्ने बताइएकाे छ । प्राङ्गारीक कृषि थप व्यवसायिक भएसँगै नियम, कानुन तथा मापदण्डहरुमा आवश्यक परिमार्जन गरी समयानुकूल संशोधन तथा नविन र व्यवसायिक कार्यक्रमहरुको तर्जुमा गर्नुका साथै तीनै तहमा अनुगमन हुन्छ । कृषि मन्त्री घनश्याम भूसालको निर्देशनमा उक्त ईकाई गठन भएको हाे ।