सिजीले रिलन्च गर्याे जमलको शोरुम, सामान खरिदमा विशेष छुट पाइने
काठमाडौं । सोमबार सिजीले राजधानीको जमलस्थित कान्तीपथ मार्गमा रहेको आफ्नो शाेरुमको ‘रि-लन्च’ गरेको छ । कम्पनीले सोही लन्चको अवसर पारेर आफूले बेच्ने सामाग्रीहरुमा माघ २६ गते देखी फागुन २ गतेसम्मका डिस्काउन्टका अफरहरु समेत ल्याएको छ । सोही अवसरमा सिजीको जमलस्थित कान्तीपथ स्वरुमको म्यानेजिङ्ग डिरेक्टर रिना झासँग विकासन्यूजले गरेको कुराकानीमा आधारितः यस शाेरुममा के-के सामानहरु उपलब्ध छन् ? हाम्रो शाेेरुममा नयाँमा वासिङ्गमेसिन, इन्टाव्यु, वालेट सि-नाईन, रेफ्रिजरेटर, तथा अन्य नेपाली बजारमा चल्तीमा रहेका नयाँ उत्पादनहरु यहाँ उपलब्ध छन् । सामानहरु सस्तो कतिदेखी तथा महङ्गोमा कति रुपैयाँ सम्ममा उपलब्ध रहेका छन् ? हाम्रोमा सबैभन्दा सस्तो समानको रुपमा एलजीको भ्याकुम क्लिनर पाइन्ट । उक्त भ्याकुम क्लिनरको मूल्य १९ सय रुपैयाँ पर्छ भने महङ्गोमा १८ लाख रुपैयाँसम्म पर्ने सामानहरु हामी कहाँ उपलब्ध छन् । सोरुम लन्च गरेको उपलक्ष्यमा ग्राहकले कस्तो किसिमका छुट पाउँछन्? हामीले स्वरुम लन्च गरेको अवसरमा ग्राकलाई विभिन्न गिफ्टहरु दिएका छाैं । वासिङ्ग मेसीन किन्ने ग्राहकले कित्ली सित्तैमा पाउँन सक्नुहुनेछ । यसरी नै सामान अनुसार हामीले ग्राहकलाई अन्य किसिमका उपहारको व्यवस्था गरेका छाैं । छुटको अफर कहिलेसम्म लागु हुनेछ ? माघ २६ गते देखी आगामी फागुन २ गतेसम्म ग्राहकहरुले छुट पाउँन सक्ने छन् । नयाँ वर्षकोलागि कम्पनीले नै स्किमहरु ल्याउँदै आएको छ । साथै, आगामी नयाँ बर्षमापनि कम्पनीले ग्राहक वर्गलाई लक्षित गरेर विभिन्न छुटका प्याकेज ल्याउँने छ । अन्य शाेरुम भन्दा यस स्वरुममा फरकपन के-के छन् ? हाम्रो शाेरुम जमल स्थित कान्तीपथमा रहेको छ । एलजी ब्राण्डको समान किन्दा डिस्प्ले पिसहरुमा ग्राहकको लागि फ्रि स्पेशहरु प्रदान गर्दै आएका छौं । हामीले ग्राहकलाई दिने सेवालाई प्राथमिकतामा राख्दै आएका छाैं । सोही कारण ग्राकहरुको सन्तुष्टि नै हाम्रो चाहना बन्दैै आएको छ । कतिपय अवस्थामा विश्व बजारमा आएका नयाँ सामानका बारेमा ग्राहकहरुले जानकारी नपाएको पनि हुन्छ । त्यस्तो अवस्थामा हामीले ग्राहकहरुलाई सामानको विषेशताको बारेमा जानकारी दिन्छौं । ग्राहकहरुलाई जानकारी दिने तथा उहाँहरुको आवाज सुन्नु नै सफलताको आधार हो भन्ने हाम्रो बुझाई हो । नयाँ मोडलका टि.भी. किन्दा हुने फाइदाहरु, फोर के भनेको के हो भन्ने लगायतका जानकारीहरु तथा वासिङ्ग मेशिनमा पाइने १० वर्षसम्मको वारेन्टी लगायतका कुरामा हामीले फोकस गर्दै आएका छौं। शाेरुममा कस्तो वर्ग लक्षित हुने यहाँहरुको अनुमान छ ? काठमाडौंको हरेक स्थानबाट पायक पर्ने स्थानमा हाम्रो शाेरूम छ । त्यस्तै, विभिन्न वर्गका ग्राहकहरुले हाम्रो शाेरुमबाट समान खरिद गरेर लाभ उठाउन सक्नु हुन्छ भन्ने हाम्रो अनुमान छ । कान्तिपथ आफैमा प्रिमियम ठाउँ मानिन्छ । सोही कारण यहाँ हाम्रो स्वरुम हुनुले ग्राहकहरुलाई निकै सहज हुन्छ भन्ने हाम्रो बुझाई हो । आनन्दसँग ग्राहकहरुले आफ्नो समान खरिद गर्न सकुन् भनेर हामीले स्वरुमलाई थ्री पोइन्ट जेरोमा अपग्रेड गरेका छाैं । थ्री पोइन्ट जेरो भनेको ग्रेभर्सनमा हुने गर्छ । सोही कारण ग्राहकले आफ्ना सामान राम्रोसँग छनोट गर्न सक्नु हुनेछ । अन्तिममा आफ्ना ग्राहकहरुलाई के भन्न चाहानुहुन्छ ? आफ्ना ग्राहकहरुको सन्तुष्टीकालेलागि मैले स्टाफबाट मात्रै नभएर आफै गएर समेत सेवा दिँदै आएको छु । हामीले व्यापारमा ढाँटने-छल्ने काम कहिल्यै गर्दैनौं । एक पटक हाम्रोबाट समान किनेका ग्राहकहरु अर्को पटक हाम्रोमै सामान किन्न आउँन भन्ने हामीलाई लागि रहन्छ । ग्राहकहरु भनेको हाम्रोलागि भगवान समान हुनुहुन्छ । मैले कम्पनीमा काम गर्न थालेको करिब ७ वर्ष भयो । शाेरूमको रि-लन्च गर्दा हामीले ग्राहक मार्फत नै रिवन काट्ने काम गरेका छौँ । आगामी दिनमा हामीले ग्राहकलाई दिँदै आएको सेवालाई बढ्वा गर्ने हाम्रो लक्ष्य छ ।
नेपाल लाइफ इन्स्योरेन्सको ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’ सम्पन्न
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’ सम्पन्न गरेको छ । अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने तथा उत्प्रेरणा जगाउने उद्देश्यले कम्पनीले सो कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रमको उद्घाटन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक झाले गरेका हुन् । कार्यक्रममा सीईओ झाले नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेस्डर भनेकै देशका कुनाकुनामा पुगेर जीवन बीमाका बारेमा सचेतना फैलाउने सम्पूर्ण अभिकर्ता भएको बताए । त्यसैले कम्पनीले सक्रिय अभिकर्ताहरु अझ बढाएर चालू आवमा दोब्बर गर्ने लक्ष्य राखेको उनले जानकारी दिए । बीमाबाटै देशको समृद्धि, नागरिकको भविष्यमा आइपर्ने जोखिम न्यूनीकरण र अभिकर्ताको पनि भविष्य निर्माण गर्न सकिने उनले बताए । सो अवसरमा सीईओ झाले बीमा गराउनुभन्दा पहिले बीमा गर्ने व्यक्तिको आर्थिक स्थिति बुझेर, जीवन बीमाको आवश्यकता महसुस गराएर मात्र बीमा गराउन सुझाव दिए । उनले सस्तो लोकप्रियताभन्दा गुणस्तरीय सेवा प्रवाह तथा दीर्घकालिन लाभमा नेपाल लाइफले ध्यान दिने बताए । सीईओ झाले भने, ‘बीमा विश्वासमा हुन्छ, अभिकर्ताको बोलीमा हुन्छ, त्यसैले सबै अभिकर्ताले बीमा के हो र किन आवश्यक छ भन्ने चेतना आम नागरिकमा जगाउनुपर्छ । साथै बीमितको विश्वासमा आँच आउने काम गर्नु हुँदैन । त्यसपछि मात्र आम नागरिकमा बीमा गर्नुपर्छ भन्ने चेतनाको विकास हुन्छ, हरेक व्यक्ति बीमामा आवद्ध हुन चाहन्छन् र आफैं अभिकर्ताको खोजी गर्दै आउँनेछन् ।’ कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले कम्पनीलाई यो अवस्थासम्म ल्याइ पुर्याउने श्रेय सम्पूर्ण अभिकर्ताहरुको रहेको बताए । सम्पूर्ण अभिकर्ताहरुले आम नागरिकलाई बीमाका बारेमा बुझाएर मात्र बीमा गराउन उनको सुझाव थियो । पेशागत बीमा अभिकर्ता संघ केन्द्रीय समितिका अध्यक्ष नन्दप्रसाद तिवारीले अभिकर्ताहरु र कम्पनी दुवै पक्षको सहकार्यले नै कम्पनीले यो सफलता हात पारेको उनको दावी छ । कार्यक्रममा सगरमाथाको आरोहण गर्ने पहिलो नेपाली फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई सम्मान गरिएको छ । । मिसन २०२० अन्तर्गत अन्नपूर्ण–१ चढ्ने तयारीमा रहेकी श्रेष्ठले आमादाब्लम, मनास्लु हिमालको सफल आरोहण गरिसकेकी छिन् । हाल कम्पनीको चुक्तापुँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने लगानी ८२ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७२ अर्ब ३३ करोड रुपैयाँ र सेयरधनी कोष ८ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी रहेको छ । कम्पनीले यस आर्थिक वर्षको मध्य सम्ममा जम्मा १४ अर्ब ७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । हालसम्म कम्पनीले २ सय शाखा तथा उप शाखा कार्यालयहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।
अब १८ वर्ष पुगेपछि मात्रै लाइसेन्स, १० वर्ष नपुगी नवीकरण गर्नु नपर्ने
काठमाडाैं । सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको हो । ‘सवारी तथा यातायात व्यवस्था ऐन-२०७६’ को मस्यौदामा सवारी चालक अनुमतिपत्र लिने उमेर हद १८ वर्ष कायम गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । अहिले सवारी चालक अनुमतिपत्र लिनका लागि १६ वर्ष उमेर पुग्नुपर्ने व्यवस्था छ । विभागले लाइसेन्सको समय सीमासमेत बढाएर १० वर्ष कायम गर्ने तयारी गरेको छ । हाल पाँच वर्षमा गर्नुपर्ने नवीकरणलाई सेवाग्राहीले झन्झटिलो मान्दै आएका छन् । कम उमेरका चालकले सवारीसाधन चलाउँदा बढी दुर्घटना भइरहेको विभिन्न अध्ययनका क्रममा पाइएको छ । त्यसैले पनि निजी र सार्वजनिक सबै प्रकारको सवारीसाधनका लागि उमेर बढाउन लागिएको हो । सो विधेयकमाथि अहिले मन्त्रालयले विभिन्न पक्षसँग छलफल गरिरहेको छ । उनले भने, “मन्त्रालयमा छलफल सकिएपछि मन्त्रिपरिषद् हुँदै संसद्सम्म पुग्नेछ ।” चालकका लागि कक्षा १० पास गरेको हुनुपर्ने गरी व्यवस्था गरिएको विभागका महानिर्देशक हमालले बताए । टुटल र पठाओलाई भने ऐनले समेट्ने वा नसमेट्ने भन्ने अहिले नै यकिन भइसकेको छैन । सकेसम्म टुटल पठाओलाई कानूनीरुपमा नै नियममा ल्याउने गरी मन्त्रालयमा पनि छलफल भइरहेको छ । सङ्घीय सवारी तथा यातायात व्यवस्था ऐन अघि नबने पनि प्रदेशहरुले ऐन बनाइरहेका छन् । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशले सङ्घीय ऐनभन्दा पहिले नै नयाँ संविधानुसार ऐन बनाइसकेका छन् । वाग्मती प्रदेशले यातायात व्यवस्थासम्बन्धी नियमावली बनाउने तयारी गरिरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । रासस
किङ्स–वे किनमेलः ब्राण्डेड कपडा र जुत्तामा ५० प्रतिशतसम्म छुट
काठमाडौं । गर्मियाम सुरु भएसँगै बजारका विभिन्न समानहरुमा छुटसहितको व्यापार हुन थालेको छ । ग्राहकहरुको मागलाई मध्येनजर गर्दै व्यापारीले विभिन्न सामानहरुमा छुटको व्यवस्था गरेका छन् । विशेष गरेर दरबारमार्गमा गर्मी मौसमा आवश्यक पर्ने सामानहरुमा भारी छुटको व्यवस्था गरिएको छ । व्यपारीहरुले ग्राहकलाई विभिन्न लुगा–कपडा, जुतालगायतका सामनमा ५० प्रतिशतको छुटसहित व्यापार गर्न थालेका छन् । एडिडास, पुमा, रिबक, फिला, न्यु ब्यालेन्स जस्ता विश्वका ब्राण्डेड कम्पनीको सामानहरुमा ५० प्रतिशतसम्मको छुट छ । दरबारमार्गको एडिडासले लुगा र जुत्तामा २० देखि ५० प्रतिशतको छुटको व्यवस्था गरेको छ । ब्यागहरुमा भने कुनै पनि प्रकारको छुट रहेको छैन । जर्मनीमा स्थापना गरिएको एडिडसा एक बहुराष्ट्रिय कम्पनी हो । यो विशेष गरेर जुत्ता र स्पोर्टस वेयरको लागि प्रचलित छ । नेपालमा दरबारमार्ग, सिभिल मल, जावलाखेल, बानेश्वर र पुतलीसडकमा यसको विक्री केन्द्र छ । पुतलीसडकमा यसको फ्याक्ट्री आउटलेट छ । उक्त आउटलेटमा अझैँ बढी छुटको व्यवस्था गरेको बताइएको छ । हङकङ ब्राण्ड मिटरर्स बोनवेले पनि जाडोे मौसमका कपडामा १० देखि ५० प्रतिशतसम्म छुट राखेको छ । नेपालमा यसको डाईरेक्ट आउटलेट छ । जाडो मौसमाका कपडाहरु प्याक गरेर राख्ने हुनाले पनि छुट दिएर बेच्ने गरेका स्टोर प्रबन्धक रौनक शर्मा बताउँछन् । पुरानो स्टकहरु र एक पीस मात्र बाँकी सामानमा ५० प्रतिशतसम्मको छुटको व्यवस्था रहेको उनले बताए । यस ब्राण्डको डाउन ज्याकेट सबैभन्दा बढि चर्चित छ । डाउन ज्याकेटको मूल्य छुट बिना ७ हजार माथिको रहेको छ । यस्तै, स्विटरको मूल्य छुटपछि २१ सय माथि रहेको छ । यस बाहेक स्टोरमा जुत्ता, पाईन्टमा पनि छुटको व्यवस्था छ । मिटरर्स बोनवेका संसारभर ५ हजारभन्दा बढी स्टोरहरु छन् । नेपालमा भने सिभिल मल र सिटी सेन्टरमा यसको विक्री केन्द्र छन् । यस्तै, जर्मनीको ब्राण्ड पुमाले पनि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । यसको पनि नेपालमा डाईरेक्ट आउटलेट छ । यस्तै, भ्यानहुसेन, बोसिनी, रिबक, पुलिस, फिला, न्यु ब्यालेन्समा पनि छुटको व्यवस्था छ ।
एनआरएनए भन्छः ललिता निवासको जग्गा किन्दा हामी ठगियौं, क्षतिपूर्ति दिलाई पाउँ
काठमाडौं । गैरआवाशीय नेपाली संघ (एनआरएनए) ले ललिता निवासको जग्गा किन्दा आफू ठगिएको बताएको छ । मन्त्रिपरिषदले राजस्व मिनाहा दिएर किनेको सो जग्गामा सरकारी निकायको स्वीकृति लिएर भवनसमते बनाइसकेको अवस्थामा अहिले सो जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेपछि संघको सम्पत्ति नै नरहने खतरा देखेपछि संघले सरकार गुहारेको हो । संघले सो जग्गा प्रकरणमा प्रेस विज्ञप्ति मार्फत आफ्नो धारणा सार्वजनिक गरेको छ । संघका प्रवक्ता डीबी क्षेत्रले जारी गरेको विज्ञप्तिमा संघ पीडित भएको हुन सक्ने तर पिडक नभएको जिकिर गरिएको छ । यस्तो छ संघले जारी गरेको विज्ञप्ति संघको भवन रहेको जग्गालगायत ललिता निवास परिसरको जग्गा सरकारी भएको र बिभिन्न ब्यक्तिले बिभिन्न समयमा सरकारी कर्मचारी एवं पदाधिकारी संग मिलोमतो गरि निजी बनाएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघलाई समेत विपक्षी बनाई मुद्दा दायर गरेको खवरप्रति यस संघलगायत संसार भर फैलिएका गैरआवासीय नेपालीहरुको ध्यान आकर्षित भएको छ । गैरआवासीय नेपाली संघले मिति १४ जेठ २०७२ मा १२ करोड ७२ लाख रुपैयाँ वैधानिक रुपमा बैंक मार्फत भुक्तानी गरेर बालुवटारको ३ रोपनि जग्गा किनेको हो । संसारभर फैलिएका नेपालीहरुले नेपालमा आफ्नो संस्थाको आफ्नै भवन होस भनेर प्रदान गरेको स–सानो रकम जम्मा गरेर जग्गा खरिद गरिएको र त्यसमा भवन निर्माण गरिएको हो । यसर्थ यो जग्गा र भवनसँग लाखौं गैरआवासीय नेपालीहरुको सरोकार, भावना र संवन्ध गांसिएको छ । संघले जग्गा खरिद गर्दा खरिद गर्न लागेको जग्गाको विवरणसहित राजश्व मिनाहाका लागि नेपाल सरकारमा निवेदन दिएको र भूमीसुधार तथा व्यवस्थाको प्रस्ताव अनुसार ३१ बैशाख २०७२ मा मन्त्रीपरिषद्को निर्णय बाट ५० लाख ८८ हजार रुपैयाँ बराबरको राजश्वसमेत मिनाहा भएको थियो । विधिवत रुपमा संघको नाममा जग्गा पास भएपछि संबन्धित नियकायबाट अनुमति लिएर भवन निर्माण प्रक्रिया थालिएको र सो निर्माण हाल प्राय सम्पन्न भईसकेको छ र संघ यसै भवनबाट कार्य गर्दै आएको छ । संघको भवन निर्माण हुन थालेपछि ललिता निवास परिसरको जग्गा सरकारी हो भनी संघलाई समेत बिपक्षी बनाई दिपकराज जोशीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेपछी संघले आफ्नो संपत्तिको रक्षाका लागि मुद्दा लडेको हो र सो मुद्दा जिल्ला अदालतले मुद्दा दायर गर्ने जोशीको फिराद दाबीको विपक्षमा १९ बैशाख २०७५ मा फैसला गरिदिएको अवस्था छ । जिल्ला आदालतको ऊक्त फैसला पश्चात पुन पनि संघलाई समेत विपक्षी बनाई जोशीले उच्च अदालत पाटनमा पुनः मुद्दा दायर गरेको र हाल सो मुद्दा संम्मानित उच्च अदालतमा विचाराधिन रहेको अवस्था छ । संघ मुलुकको कानुनको अक्षरस पालना गर्नुपर्छ भन्ने कुरामा प्रतिबद्ध छ । राज्यको संपत्तिको हिनामिना हुनुहुँदैन र हिनामिनामा संलग्न व्यक्तिमाथि कडा कारवाही हुनु पर्छ भन्ने कुरामा आम नेपाली नागरिक सरह हाम्रो पनि चासो र सहमति छ । हामी कुनै पनि अवस्थामा सरकारी संपत्तिलाई कानुन बिपरित निजी बनाउन दिनु हुदैन भन्ने पक्षमा छौं । संघ विशुद्ध समाजिक संस्था हो र यसले नाफा आर्जन गर्दैन र सदस्य तथा पदाधिकारीलाई कुनै नाफा बितरण पनि गर्दैन । बरु उहाँहरुबाट सदस्यता शुल्क, चन्दा उठाई बिभिन्न परोपकारी कार्यमा खर्च गर्दछ । यसको संपत्ति कुनै व्यक्ति बिशेषमा हस्तान्तरण वा निजी हुन सक्तैन । संघ बिघटन भएमा यसको संपत्ति सरकारमै जाने हो । बालुवाटार स्थित जग्गा सरकारी रहेछ र त्यसलाई कसैले नियम कानुन विपरित व्यक्तिगत बनाएको हो भने त्यस्तो गर्ने व्यक्ति र तिनका मतियार निश्चय नै सजायको भागीदार हुनुपर्दछ । त्यस्तो जग्गा सरकारी प्रक्रिया पूरा गरी संघलाई विक्री गरेको पाईएमा संघ ठगीमा परेको पिडित पक्ष भएको प्रष्ट हुन्छ । हामी पिडित हुन सक्छौं तर ठगी गर्ने पिडक कदापी होइनौं । हामीले हाम्रो संपत्तिको रक्षा र हामी ठगिएका भए पिडकको तर्फबाट क्षतिपूर्ति दिलाउन राज्यले सहयोग गर्ने आशा र विश्वास समेत लिएका छौं ।
सामान्य अंकले बढेको बजारमा शिवमको मात्रै साढे १३ करोडको कारोबार
काठमाडौं । सोमबारको नेप्से परिसूचक ४.२८ अंकले बढेर १३२४.२६ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.३२ प्रतिशत बढी हो । त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सिेटिभ इन्डेक्स पनि बढेर २८१.६२ अंकमा पुगेको छ । सामान्य अंकले बढेको बजारमा १७५ कम्पनीको ९३ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २ करोड रुपैयाँ घटी हो । अघिल्लो दिन आईतबारको बजारमा ९५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन १३ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५४४ रुपैयाँ रहेको छ । त्यस्तै, नागरिक लगानी कोषको ४ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार सबैभन्दा बढी सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.१० प्रतिशतले बढेको छ । जसको सेयर मूल्य प्रतिकित्ता एक हजार ८१ रुपैयाँ पुगेको छ । कारोबारमा आएका १२ समूह मध्ये ४ वटा समूह राताम्मे भएका छन् भने बाँकी समूह उकालो लागेका छन् । निर्जीवन बीमा समूह सबैभन्दा बढी ७२ अंकले उकालो लागेको छ भने हाइड्रोपावर समूह सबैभन्दा बढी अर्थात ५.२१ अंकले घटेको छ ।
डिपिएस स्कुलमा स्वास्थ्य तथा पोषण सम्बन्धी कार्यक्रम सम्पन्न
काठमाडौं । कुलेश्वरस्थित डिपिएस स्कुलमा स्वास्थ तथा पोषण सम्बन्धि कार्यक्रक्रम सम्पन्न भएको छ । कीर्तिपुर अस्पतालमा कार्यरत पोषण विज्ञ मिरा शाहले पोषणको महत्व, स्वस्थ रहने तरिका, रोगबाट बच्न सकिने र स्वस्थ खानेकुराको बारेमा जानकारी दिएकी थिइन् । कार्यक्रममा अभिभावकसँग अन्तरक्रिया गर्नुका साथै विद्यार्थीको समेत क्यूज मार्फत खानेकुराको उपयोगिताको बारेमा जानकारी प्रस्तुत गरिएको थियो । अहिलेको परिवेशमा बाहिरको खानेकुरा , जन्कफुड, प्याकेटको खानेकुरा नखान, घरमा पकाएको पोषिलो खाना मात्रै राम्रो हुने बुझाएकी छन्। अहिलेका व्यस्त जीवनशैली , घर भित्रै बस्नु पर्ने, मोबाइल ल्याप्टोप, टयाब,टिभि, आदिको प्रयोगले बालबालिकाको शारिरीक तथा मानसिक विकासमा नराम्रो असर पारेको , तथा आफ्नो संस्कार पनि बिर्सन थालेको समेत बताइन्। जति व्यस्त भएपनि आफ्नो सन्तान , परिवारका सदस्यसँगै खाना खानु पर्ने, अहिले आफ्ना सन्तान, परिवारलाई समय दिएन भने भविष्यमा उनीहरूसँग आस गर्नु उचित होइन भन्ने कुरामा पनि छलफल भएको थियो । सुक्ष्म पोषक तत्वको कमीबाट कसरी दैनिक खानेकुरामा ध्यान दिने, मोटोपना, थाइरोइड, मधुमेह , उच्च रक्तचाप ,भिन्न रोगहरु कसरी नियन्त्रण गर्ने, योगा अभ्यास आदिको बारेमा शाहले बताइन् । खानपानबाट नै कसरी स्वस्थ , निरोगी , लामो आयू बाँच्ने समेत जानकारी मूलक प्रस्तुती देखाएको थियो। रोग भएर उपचारको प्रतिक्षा गर्नुभन्दा बरु पहिला नै निरोगी रह्ने उपाय गर्नु जाति भने । खानेकुरा नखाएर होइन, नजानेर हामी बिरामी भएका हौं। उमेर समूह, क्रियाकलाप , काम गर्ने तरिका, रोगी वा निरोगी कस्ता व्यक्ति हो सोहीअनुसारको आहार तालिका दिनु पर्ने बताए। मधुमेह , उच्च रक्तचाप , दम, आदि बिरामीको लागि भिन्न खालको आहार तालिका दिनुपार्ने समेत कार्यक्रमा छलफल भएको थियो ।
वाइड बडी जहाजमार्फत वुहानका नेपाली ल्याइँदै
काठमाडौं । सरकारले कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए-३३० जहाज चीन पठाउने तयारी गरेको छ । चीनमा कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि स्वदेश फर्कने नेपालीलाई जहाजमार्फत ल्याउने सम्बन्धमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका पदाधिकारीबीच छलफल भएको थियो । निगमले अबको एक/दुई दिनभित्रै आफ्नो वाइड बडी जहाज चीन पठाउने तयारीमा रहेको जनाएको छ । चीनमा रहेका नेपालीको उद्धारका लागि जहाज पठाउने आन्तरिक तयारी गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । “हामी (निगम) आन्तरिक तयारीमै छौँ, सरकारले निर्णय गर्नासाथ वाइड बडी जहाज चीन पठाउने गरी आवश्यक प्रक्रिया मिलाएका छौँ”, उनले भने । मन्त्रालय र निगमका पदाधिकारी एवं प्रतिनिधिबीच भएको छलफलमा मन्त्रालयले वाइड बडी जहाज लैजानका लागि निगमलाई आग्रह गरेको छ । निगमले पनि नियमित ‘विजिनेस’मा असर नपर्ने गरी वाइड बडी जहाज पठाउने वचन दिइसकेको छ । निगमको वाणिज्य विभागका अनुसार वाइड बडी जहाज पठाउँदा नियमित व्यवसायमा केही असर पर्नेछ । त्यसैले जहाज पठाउनुपूर्व यात्रु तथा एयरलाइन्सलाई पूर्वसूचना गर्नुपर्ने हुन्छ । वाइड बडी जहाज पठाउँदा करीब दुई दिनको उडान व्यवस्थापन गर्नुपर्ने भएकाले सोको व्यवस्थापकीय काम थालिएको विभागले जनाएको छ । कोरोना प्रभावित नेपालीलाई लिनका लागि निगमको जहाज लैजाने तयारीकोे जिज्ञासामा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले निगमको वाइड बडी जहाज लैजाने विषयमा छलफल भएको तर यस विषयलाई मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि मात्रै अधिकारिक हुने बताए । उनले भने, “चीनमा रहेका नेपालीको उद्धारका लागि निगमको जहाज पठाउने विषयमा छलफल भएको छ, हाम्रोतर्फबाट तयारी भएकै छ, शहरी विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयले पनि आफ्नो तयारी गरिरहेकै छ, अब यो विषयलाई मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ, त्यसपछि सबै काम सहज, सुलभ र व्यवस्थित ढङ्गले अघि बढ्छ ।” यसअघि नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको नेपालको निजी क्षेत्र र चीन सरकारको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सको जहाजलाई पनि नेपालीको उद्धारका लागि चीन पठाउने बताइएको थियो तर, चीनबाट नेपाली ल्याउनका लागि हिमालयको जहाज प्रयोग गर्नेबारे औपचारिक छलफल नभएको कम्पनीका सेवा सुधार शाखाका प्रमुख उज्ज्वला दलीले बताए । यद्यपि, हिमालय एयरलाइन्सका अध्यक्ष सोमबार काठमाडौं आएकाले तद विषयमा छलफल हुने उनले बताए । हिमालयले चीनमा उडान गर्ने सबै गन्तव्यका उडान स्थगित गरिसकेको छ । पछिल्लो पटक गत माघ २४ गते बेइजिङको पूर्वनिर्धारित अन्तिम उडान गरेको थियो । यात्रुको अवस्था र व्यावसायिक बजारलाई मध्यनजर गरी ‘सेडुअल उडान’ गर्न सकिने कम्पनीले जनाएको छ । पर्यटनमन्त्री योगेशकुमार भट्टराईले चीनमा फैलिएको कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभावका सम्बन्धमा हालै पर्यटन क्षेत्रसँग सरोकार भएका निकायसँगको छलफलका क्रममा चीनमा रहेका नेपाली ल्याउन निगम र हिमालय एयरलाइन्सको जहाज तयारी अवस्थामा रहेको बताएका थिए। चीनको हुवेइ प्रान्तको वुहान प्रान्तबाट १८० नेपालीले स्वदेश र्फकन लागि त्यहाँस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् । नेपालको मित्रराष्ट्र चीनको वुहान प्रान्तबाट सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक फैलिएको कोरोना भाइरस अहिले चीनको २२ प्रान्तमा फैलिसकेको छ भने विश्वका २३ मुलुकमा फैलिएको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा अहिले १७ हजार ३५१ मा सो भाइरस देखिएको छ । त्यसमध्ये १७ हजार भाइरस चीनकै नागरिकमा देखिएको छ । सो भाइरसका कारण चीनमा ८०० भन्दा बढीको मृत्यु भइसकेको छ । पछिल्लो तथ्याङ्कअनुसार कोरोना भाइरसको सङ्क्रमणका कारण चीनमा ३० हजारभन्दा बढी व्यक्तिले उपचार गराइरहेका छन् । चिनियाँ मुख्य भूमि बाहिर विभिन्न ३० स्थानमा करीब २४० व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएको बताइएको छ । अहिलेसम्म हङकङ र फिलिपिन्समा दुई व्यक्तिको मृत्यु भएको छ । प्रतिनिधिसभाको हालैको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सांसदले उठाएको प्रश्नको जिज्ञासामा सरकारले चीनबाट नेपाल आउन चाहने नेपालीलाई ल्याउने तयारी गरेको बताएका थिए । उनले कोरोना भाइरसको सङ्क्रमण देखिएकाबाहेक आउन चाहने नेपालीलाई सरकारले विलम्ब नगरी ल्याउने तयारी गरेको बताए । चीनबाट ल्याइएका नेपालीलाई यहाँ १४ दिनसम्म परीक्षणमा राखिनेछ । कोरोना भाइरस नदेखिएपछि सार्वजनिक भेटघाटका लागि जान दिइनेछ । सरकारले उक्त भाइरस सङ्क्रमणका लागि तीन अस्पतालमा ४३ श्ययाको व्यवस्था गरेको छ । पोखरा, चितवन र भैरहवामा ‘हेल्थ डेक्स’को व्यवस्था गरेको छ । रसुवा र तातोपानी नाकालाई सम्भावित जोखिममा राखेर काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपाली छन् । उनीहरुले आफूहरुको छिटो उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् । अभिभावकले समेत आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन सरकारसँग माग गर्दै आएका छन् । रासस