मानव स्वास्थ्य र पर्यावरणीय सन्तुलनलाई ध्यानमा राख्दै प्राङ्गारीक कृषि प्रवद्र्धन ईकाई स्थापना

<p>काठमाडौं । कृषि मन्त्रालयले पर्यावरणीय कृषि प्रवद्र्धन ईकाई स्थापना गरी कार्यान्वयनमा ल्याएको छ । मानव स्वास्थ्य र पर्यावरणीय सन्तुलनलाई मध्येनजर गर्दै सरकारी तथा गैरसरकारी संस्था, स्थानिय तह, प्रदेशस्तरबीच समन्वय सिर्जना गरी कृषिमन्त्रालयले साे ईकाई स्थापना गरेको हो । प्राङ्गारीक कृषि व्यवसायको स्थापनामार्फत मानव स्वास्थ्य तथा पर्यावरणीय सन्तुलन कायम राख्न आवश्यक कार्य गर्ने काम यस ईकाईले [&hellip;]</p>

काठमाडौं । कृषि मन्त्रालयले पर्यावरणीय कृषि प्रवद्र्धन ईकाई स्थापना गरी कार्यान्वयनमा ल्याएको छ ।

मानव स्वास्थ्य र पर्यावरणीय सन्तुलनलाई मध्येनजर गर्दै सरकारी तथा गैरसरकारी संस्था, स्थानिय तह, प्रदेशस्तरबीच समन्वय सिर्जना गरी कृषिमन्त्रालयले साे ईकाई स्थापना गरेको हो ।

प्राङ्गारीक कृषि व्यवसायको स्थापनामार्फत मानव स्वास्थ्य तथा पर्यावरणीय सन्तुलन कायम राख्न आवश्यक कार्य गर्ने काम यस ईकाईले गर्ने बताइएकाे छ ।

प्राङ्गारीक कृषि थप व्यवसायिक भएसँगै नियम, कानुन तथा मापदण्डहरुमा आवश्यक परिमार्जन गरी समयानुकूल संशोधन तथा नविन र व्यवसायिक कार्यक्रमहरुको तर्जुमा गर्नुका साथै तीनै तहमा अनुगमन हुन्छ ।

कृषि मन्त्री घनश्याम भूसालको निर्देशनमा उक्त ईकाई गठन भएको हाे ।

Share News