विकासन्युज

अर्थमन्त्री खतिवडाद्वारा सञ्चार मन्त्रालयको पदभार ग्रहण

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समेत पदभार ग्रहण गरेका छन् । यससँगै उनले आइतबार(आज)देखि उक्त पदको कार्यभार सम्हाल्ने छन् । पदभार ग्रहणको अवसरमा उनले मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्। राष्ट्रपति कार्यालयले खतिवडालाई गत बिहीबार अपरान्ह सञ्चार मन्त्रालयको जिम्मेवारी दिइको थियाे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दिएको राजीनामा स्वीकृत भएसँगै खतिवडालाई सञ्चार मन्त्रालयकाे जिम्मेवारी दिइएकाे हाे ।

एनआईसी एशियाको चमत्कारिक मुद्धती निक्षेप योजनाः उच्च ब्याजदरसँगै २१ लाखसम्मको बीमा

काठमाडौं । एनआईसी एशिया बैंकले न्यू सुपर चमत्कारिक मुद्धती निक्षेप योजनामा उच्च ब्याजको साथै २१ लाख रुपैयाँसम्मको अतुलनीय बीमा सुविधा प्रदान गर्दै आइरहेको छ । मुद्धती निक्षेप खाता खोलेकै आधारमा बैंकले दिएको यो सर्वाधिक तथा अद्धितीय सुविधा चमत्कारिक छ । सामान्यतया मुद्धती खाता भन्नाले ग्राहकले निक्षेप गरेको रकममा आकर्षक ब्याजदर पाइन्छ भन्ने बुझाई छ । तर यस बैंकको न्यू सुपर चमत्कारिक मुद्धती निक्षेप खातामा सर्वाधिक उच्च ब्याजमात्रै उपलब्ध नभई बीमा सुविधा समेत दिएर मुद्धती खाताको दायरा नै फराकिलो बनाइदिएको छ । यो मुद्धती खातामा ग्राहकहरुले उच्च ब्याजदर सँगै तीन विभिन्न बीमा सुविधा पनि पाउन सक्नेछन् । यस योजनाअन्तर्गत खाता खोलेका ग्राहकले जीवनमा आईपर्न सक्ने अकल्पनीय घटनाको लागि २१ लाख रुपैयाँसम्मको तीन चमत्कारिक बीमा सुविधा पाउने छन् । यो बीमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रु १० लाखसम्मको बीमा सुविधा छ भने १८ घातक रोगहरुको लागि रु १० लाखसम्म र १ लाखसम्मको औषधी उपचार बीमा सुविधा समेत उपलब्ध छ । यसैगरी, औषधी उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग (ओपिडी) उपचारमा रु. २० हजारसम्म र अस्पताल भर्ना वापत रु. ८० हजार सम्मको बीमा सुविधा प्रदान गर्नेछ । उक्त ओपिडी बीमा सेवाले ग्राहकवर्गलाई अस्पतालमा भएका सामान्य खर्च जस्तै डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि खर्च लगायतका खर्चहरु वापत रु. २० हजार सम्मको भरपाई गर्नेछ । यदि ग्राहकले २१ लाख रुपैयाँसम्मको बीमा आफैले गर्न परेमा करिब १४ हजार रुपैयाँ बराबरको बीमा शुल्क बुझाउन पर्ने हुन्छ । तर यस न्यू सुपर चमत्कारिक योजना अन्तर्गत बैंक स्वयंले उक्त बीमा सुविधा बापत लाग्ने बीमा शुल्क सम्झौता गरेको एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई बैंकले सम्झौता गरे अनुरुप बीमा शुल्क भुक्तानी गर्ने हुँदा ग्राहकलाई करिब रु. १४ हजारको फाइदा पुग्नेछ । यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४४५ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

राष्ट्रिय बीमा संस्थानको ५३औं वार्षिकाेत्सव सम्पन्न, बीमा पहुँच वृद्धि गर्न सघाउने

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले आइतबार ५३ औँ वार्षिकाेत्सव सम्पन्न गरेको छ । वार्षिक उत्सव कार्यक्रममा अर्थमन्त्री एवम् सूचना तथा प्रविधि मन्त्री डा. युवराज खतिवडा प्रमुख अतिथिको रुपमा उपस्थित थिए । यस्तै, बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाई विषेश अतिथि, जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डे, संस्थानका प्रकाशक कवि प्रसाद पाठक उपस्थित थिए । कार्यक्रमलाई बीमा संस्थानका अध्यक्ष गंगाराम कडेंलले सभापतित्व गरे । ‘बीमा क्षेत्रको जेठो संस्थाको नाताले बीमा संस्थानले काम गर्न सक्छ भन्नेमा म विश्वस्त छु, नेपालमा एक मात्र पूनर्बीमा छ त्यसले पुग्ने कि नपुग्ने भन्नेमा तपाईहरुको धारणा हामी सुन्न तयार छौँ तर पूनर्बीमाले काम गरेको छैन भन्ने मेरो धारणा होइन’, अर्थमन्त्री एवम् सूचना तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले भने । ‘सरकारी स्वामीत्वको एक मात्र संस्थान भएकाले बीमा संस्थानले गति लिने ठाउँ छ, ४ वर्षको कार्यकाल अवधिमा केही कुरा मलाई सुधार भएको महशुस भएपनि गर्न बाँकीपनि धेरै छन्, नेपालको आफ्नै बीमांकी नहुनुले भारतिय बींमाकीको भर पर्नु परेको छ’, बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाइले भने । ‘२२ प्रतिशत जनतामा बीमाको पहुँच पुगिसेको छ, हरेक स्थानिय तहमा पुग्ने हामीले लक्ष्य लिएका छौं र विद्यार्थी लक्षित बीमा कार्यक्रममा हामी अघि बढ्छौ,’ बीमा संस्थानका प्रशासक कविप्रसाद पाठकले भने । बीमा संस्थानले वर्ष भरी सबै भन्दा धेरै बीमा शुल्क संकलन गर्ने सफल अभिकर्तालाई सम्मान तथा प्रमाण पत्र समेत वितरण गरेको थियो ।

एफएनसीसीआईको साधारणसभा चैत २८ र २९ गते हुने निश्चित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधरणसभा चैत २८ र २९ गते हुने निश्चित भएको छ।  साधरणसभाकाे निश्चित समय ताेक्नका लागि  आइतबार समितिको बैठक बस्ने महासंघकी अद्यक्ष भवानी राणाले बताइन् । उनले साधरणसभा कुनै पनि हालतमा पछाडि नधकेलिने बताइन् । उनले आइतबार समितिकाे बैठक बसेर साधरणसभाकाे एकिन समय ताेक्ने बताइन् । महासंघको ५४ औं साधरणसभाबाट अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतस् अध्यक्ष हुनेछन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वत अध्यक्ष हुने व्यवस्था छ। सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुदैछन् । तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो र सरोकार हुनु स्वभाविकै हो । सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कार्यान्वयन गर्ने अधिकांश काममा महासंघको संलग्नता हुने भएकोले पनि यसको महत्व धेरै छ । सम्बन्धित समाचार: कर्णालीका व्यवसायीको दुखेसोः महासंघले हाम्रो समस्या कहिल्यै बुझ्दैन, अपेक्षा याे छ भनेर के गरौं सुदूर-कर्णालीका व्यवसायी भन्छन्- हामी सँधै थिचियौं, अब हामीलाई माथि उठाउने नेतृत्व चाहिँन्छ किशोर प्रधानको उम्मेदवारी घोषणा सभामा शेखर गोल्छा गए, सौरभ ज्योति गएनन् चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले व्यवसायीका समस्या सुनिदिए पुग्छ निर्वाचन नजिकिँदै गर्दा महासंघमा ध्रुवीकरण तीव्र पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः राजनीतिक दललाई गुहार्नुपर्ने प्रवृतिको अन्त्य गरोस् पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबकाे नेतृत्वले साना व्यवसायीका पनि पिरमर्का बुझोस् चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः महासंघ ठूला घरानाको मात्र नहाेस् चार प्रदेश महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले शक्ति विकेन्द्रित गर्न सकोस् तीन प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले एसएमईको प्रबर्द्धन सोचोस्

राष्ट्रिय वाणिज्य बैंक र सामाजिक सुरक्षा कोषबीच खाता संचालन सम्बन्धी सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र सामाजिक सुरक्षा कोषबीच खाता संचालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी र कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार सामाजिक सुरक्षा कोषको विभिन्न सुरक्षा योजनामा आवद्ध भएका रोजगारदाताहरुले आफ्नो श्रमिकको योगदानबाट कट्टा हुने आधारभुत पारिश्रमिकको ११ प्रतिशत र रोजगारदाताहरुले आफ्नो तर्फबाट योगदान गर्ने रकम २० प्रतिशत समेत गरी जम्मा ३१ प्रतिशत रकम मध्ये विभिन्न योजना अन्तर्गत कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा जम्मा गर्नेछन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दुई सरकारी संस्था बिच भएको सम्झौताले सामाजिक सुरक्षाको कार्यान्वयनको लागि थप सघाउ पुग्ने बताए । कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सामाजिक सुरक्षा कोषको उद्देश्य तथा महत्वको बारेमा प्रकाश पारेका थिए भने सो बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले बैंकले सामाजिक सुरक्षा कोषलाई आधुनिक प्रविधि सहितको बैंकिङ्ग सेवा दिने बताए ।

सिटिजन्स बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच छुटसम्बन्धी सम्झौता

काठमाडौं । सिटिजन्स इन्टरनेशनल बैंक र र सिद्धार्थ बिजनेस ग्रुप एण्ड हस्पिटालिटीबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई बिभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । यस सम्झौता अनुसार सिटिजन्स बैंकका डेबिट/क्रेडिट/प्रिभिलेज कार्डवाहक ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप एण्ड हस्पिटालिटीको देशैभरी रहेका होटेल, क्याफे तथा रिसाेर्टमा सेवा लिंदा विशेष छुट पाउँनेछन् । अन्तर्रा्ष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरिद गर्दा २०% सम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ । सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा एटिएम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सुनको मूल्य बढ्दो क्रममा, प्रतितोला ७८ हजार ८ सय रुपैयाँमा कारोबार

काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ बढेर ७८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार प्रतितोला ७८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम बढेसँग खरिद विक्रीमा समस्या भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै गत शुक्रबार प्रतितोला ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन ७ सय रुपैयाँ बढेर प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै गत शुक्रबारको तुलनामा ५ रुपैयाँ साताको पहिलो दिन आइतबार प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कोरिया जान नाम निकालेका नेपालीलाई रोक्यो कोरोना भाइरसले, अब के होला ?

काठमाडौं । राेजगारीका लागि दक्षिण कोरिया जाने तयारीमा भएका नेपाली कामदार राेकिएका छन् । चीनबाट शुरू भएको र अहिले धेरै देशमा फैलिएको कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कोरियाले नेपाली कामदार लिन समय सारेकाे हाे । इपिएस शाखाका निर्देशक कृष्णप्रसाद खनालले ७ दिन अगाडी नै हुनुपर्ने फ्लाइट राेकिएकाे र अब कहिले हुन्छ भन्ने जानकारी नआएको बताए । सन् २०१७ र २०१८ इपिएसमा नाम निकालेका ४५ जना नेपाली सबै प्रक्रिया पुरा गरेर बसेका छन् । ‘कोरियाले फ्लाइट दियो भने आगमी १८ र १९ गते सबै प्रक्रिया पुरा गरेर बसेका ४५ जना नेपाली कामदार जाने छन, अरु बाँकी इपिएसमा नाम निकालेका कामदारहरुको भने नेपाल सरकार र कोरिया सरकारले छलफल गरेर निर्णय गर्ने छ,’ खनालले भने । दक्षिण कोरियामा कोरोना संक्रमणदर केही दिनदेखि बढिरहेका बेला त्यहाँस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर सतर्क र सजग रहन नेपालीहरूलाई अपिल पनि गरेको छ । विज्ञप्तिमा कोरोना संक्रमण तीव्र गतिमा बढेकाले यसबाट सुरक्षित रहन सबै नेपालीलाई आग्रह गरिएको छ । कोरियामा संक्रमितमध्ये अधिकांश दक्षिण कोरियाको थुगु तथा आसपासका क्षेत्रको रहेका छन् । दूतावासले यो क्षेत्रमा नेपाली विद्यार्थीदेखि श्रमिकसम्म रहेको उल्लेख गर्दै विशेष सावधानी अपनाउन आग्रह गरेको छ । दूतावासले कोरोना संक्रमणको शंका लागेमा सार्वजनिक स्वास्थ्य संस्थामा गई जाँच गर्न पनि नेपालीलाई सुझाएको छ । अवैध रूपमा रहेका कामदारलाई पनि कोरिया सरकारले केही नगर्ने सहमति गरेकाले उपचारका लागि अस्पताल जान दूतावासले आग्रह गरेको छ । इपिएस कार्यालयको तथ्याङ्क अनुसार प्रत्येक वर्ष झण्डै ५० हजार नेपाली युवाले आवेदन भर्ने गरेका छन् । तर कोरिया जान पाउनेको संख्या कम रहेको छ । सन् २००७ मा नेपाल सरकार र कोरिया सरकारबीच भएको द्वीपक्षीय सम्झौताका आधारमा सन् २००८ देखि इपिएस प्रणालीमार्फत नेपाली युवा कामका लागि कोरिया जान थालेका हुन्न ।