विकासन्युज

नेपाल स्टारको बैंकिङ्ग पार्टनरमा सिद्धार्थ बैंक

काठमाडौं । नेपालकै पहिलो रियाली शो नेपाल स्टार’ को बैकिङ्ग पार्टनर सिद्धार्थ बैंक बनेको छ । ‘हामी नेपाली हाम्रो आवाज’ नाराका साथ राष्ट्रिय च्यानल नेपाल टेलिभिजनबाट शुरु हुन गइरहेको सांगीतिक प्रतियोगिता नेपाल स्टारको बैकिङ्ग पार्टनरको रुपमा सिद्धार्थ बैंक बनेको हो । बुधबार राजधानीमा एक समारोहकाबीच नेपाल स्टार आयोजक कि एड्भरटाइजिङ्ग र बैकिङ्ग पार्टनर सिद्धार्थ र्बैकबीच साझेदारीपत्रमा हस्ताक्षर भएको छ । साथै, कार्यक्रम प्रस्तोताका रुपमा नेपाल टेलिभिजन(एनटिभी)का महाप्रबन्धक गोविन्द रोक्काले समेत सहमतिमा ऐक्वबद्धता जनाएका छन् । सहमतिपत्रमा हस्ताक्षर गर्दै कार्यक्रम अयोजक कि एड्भरटाइजिङ्गका प्रबन्ध निर्देशक रविन्द्र कुमार रिजालले पछिल्लो समयमा नेपालमा फ्रेन्चचाइज शो चर्चामा रहेकोमा नेपाल टेलिभिजले आफ्नै उत्पादनमा सातै प्रदेशलाई समेटेर नेपालकै पहिलो रियालिटी शो नेपाल स्टार ल्याउन सफल भएको बताए । साथै, यस कार्यक्रमले नेपालको स्टार जन्माउने उनले उल्लेख गरे । नेपाल स्टार नेपालको सातै प्रदेश र काठमाडौंमा समेत गरी ८ स्थानमा अडिसन भएको र अब छिट्टै एनटिभीबाट प्रसारण हुने समेत उनले जानकारी दिएका छन् । टेलिभिजन च्यानलको अत्याधुनिक प्रबिधि प्रयोग गरी उत्पादन र प्रशारण गरिने कार्यक्रम नेपाल स्टारलाई देशकै स्टारको रुपमा स्थापित गराउने प्रयास भएको छ । स्पष्ट र बुलन्द आवाजमा फुल एचडीमा प्रशारण नेपाल टेलिभिजनको यस कार्यक्रममा सिद्धार्थ र्बैकलाई स्वागत गर्न पाउदा नेपाल टेलिभिजन गौरवान्वित भएको र सधै यस्ता कार्यक्रममा यस र्बैकलाई सदैव स्वागत गर्ने नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोक्काले बताए । यो सम्बन्धलाई सदैव अगाडि बढाउन सिद्धार्थ बैंक तयार रहेको र यस किसिमका राष्ट्रिय स्तरको कार्यक्रमबाट देशको कुना कन्दरामा रहेका, तर अवसर नपाएका प्रतिभावानहरुलाई अवसर दिइनुपर्ने उनले बताए । सिद्धार्थ र्बैक सदैव यस्ता राष्ट्रिय स्तरका कार्यक्रमहरुमा साथ दिन तत्पर रहेको प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले जानकारी दिए । गायनबाट उत्कृष्ट गायन छान्ने यस कार्यक्रमले कलाको उच्च कदर गर्ने कुरा नेपाल स्टारको निर्यायक संगीतकार आलोकश्रीले गर्ने बताए । आज कलाले कदर पाउन थालेको छ र कलाको माग दिनानुदिन बढेदै गइरहेको अवस्थामा हामी राष्ट्रिय कलाकारको खोजिमा निस्केका छोै यस महान अभियानमा बरिष्ठ गायक गायिक क्रमश रामकृष्ण ढकाल र अन्जु पन्त सहितको हाम्रो टिमले मुर्धन्य कलाकारको खोजी गर्नेछ । नेपाल टेलिभिजनबाट प्रशारण हुन लागेको यो कार्यक्रमले नव आगन्तुक कलाकारलाई स्वागत गर्ने गायक अन्जु पन्तले बताइन् । यो कार्यक्रमले निश्चय पनि राम्रो कलाकार जन्माउन सफल हुने र यही प्रयासस्वरुप आफु लागि परेको गायक रामकृष्ण ढकालले भने । कार्यक्रममा नेपाल स्टारका निर्णायक मण्डल, बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत, कि इन्टरटेनमेन्टका अध्यक्ष , बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत लगायत अन्यको उपस्थित रहेको थियो सिद्धार्थ बैक सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०४ एटिएम र १ हजार ६ सयभन्दा बढी पिओएस मेसिनमार्फत बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बुधबार देशभरका शैक्षिक संस्था बन्द

काठमाडौं । बुधबार देशभरका शैक्षिक संस्थाहरु बन्द भएको छ । नेत्र विक्रम चन्द (विप्लप) समुहले बुधबार देशभरका शैक्षिक संस्थाहरु बन्द गरेको हो । काठमाडौं जिल्ला अध्यक्ष डि.बि शाहीले मंगलबार विज्ञप्ती जारी गर्दै आफ्ना कार्यकर्ताहरु गिरफ्तार गरेको विरोधमा बन्द घोषणा गरेको हो । यसको असर बुधबार देशभरका शैक्षिक संस्थामा देखिएको छ ।

चीनको कोरोना भाइरसको असर नेपाली उपभोग्य बस्तुमा, कहाँ आइपुगे ३० दिन अगाडि हिडेका कन्टेनर ?

काठमाडौं । चीनमा फैलिएको कोरोना भाइरसले नेपाली बजारमा प्रभाव पारेको छ । लसुनबाट सुरु भएको बस्तु अभाव अन्य उपभोग्य बस्तुमा पनि देखिन थालेको छ । चीनबाट नेपालमा प्रयोग हुने अधिकांश दैनिक उपभाेग्य सामान चीनबाट नै आयत हुने गरेको छ । चीनले उत्पादन गरेको बस्तु नेपालका मात्रै नभएर विश्व बजारमा नै उपभोग हुने गरेको छ । चीनले मोबाइल फोन, इलेक्टोनिक सामान, कपडा लगायतका बस्तुहरु नेपालमा आयात हुने गरेको छ । नेपालबाट हस्तकला लगायतका बस्तु निर्यात हुने गरेको छ । कोरोना भाइरको संक्रमण पछि बस्तु आयात र निर्यात रोकिएको छ । चीनबाट कपडा निर्यात गर्ने प्रशान्त मर्हजनले कोरोनाको संक्रमण सुरु भए पछि नेपाली सामान ल्याउन वा सामान माग गर्न छाडिएको बताए । ‘सामान निर्यातकर्ताहरुले अगाडी नै ल्याएको सामान र कोरोनाको संक्रमण हुनुभन्दा अगाडी नै आएका सामानहरु नै विक्री भैरहेको छ,’ मर्हजनले भने । चीनबाट चप्पल निर्यात गरेर नेपाली बजारमा बिक्री गर्ने आएका राम सुबेदीले पनि गोदामा भएका नै चप्पल बिक्री गरिरहेका छन् । ‘व्यापारमा समस्या आइसकेको छ, चीनमा रोग निको भएर उत्पादन हुन थालेपछि मात्रै चीनको चप्पल उपभोक्ताले उपभोग गर्ने पाउने छन्,’ उनले भने । पहिले चीनमा नै उत्पादन भएको चप्पल खोज्ने व्यापारीहरुले चप्पाल अभाव भएपछि नेपाली चप्पलहरु नै बिक्री गरिरहेको बताए । अर्थविद डा. चन्द्रमणी अधिकारीले चीनमा कोरोनाको संक्रमण पछि १ खर्ब जति अमेरिका डलर व्यापार घाटा भइसकेको र त्यसको असर नेपालमा पनि देखिन थालेको बताए । नेपालले धेरै जस्तो बस्तु चीनबाट नै आयात गरेर प्रयोग गरिरहेकाेले नेपाललाई पनि प्रत्यक्ष प्रभाव पार्ने उनकाे भनाइ छ । नेपालको आयात निर्यात नै चीनसगँ बन्द भएकाले नेपालमा उपभोग्य बस्तुको मूल्य पनि वृद्धि हुन सक्ने डा. अधिकारीले बताए । ‘विश्वभरि नै कोराना फैलिएकोले नेपालमा आउने रेमिट्यान्समा पनि कमी आउन सक्छ, कोरियामा रोजगारीका लागि गएका नेपालीहरु नेपलामा नै ल्याउनु पर्ने अवस्था आएमा देशको अर्थतन्त्रमा प्रभाव पर्ने छ,’ अधिकारीले भने । भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरे चीनसगँ सीमा जोडीएका तातोपानी र रसुवागढी नाका बन्द भएको १ महिना भइसकेको छ । तेस्रो मूलुक भएर आउने बस्तुहरुको पनि निर्यात कमी भइसकेको छ । ‘चीनबाट तेस्रो मुलुक हुदै नेपालमा सामान आइपुग्न ३० देखि ५० दिन लाग्ने भएकाले कति सामान कहाँ आइपुग्यो भनेर यकिन गर्न सकिदैन,’ घिमिरेले भने । समस्या लम्बिदै जादा त्यसको प्रत्यक्ष असर नेपालको व्यापारिक र आर्थिक कारोबारमा पर्ने देखिएको छ । चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार देश हो । नेपालका लागि चीन ठूलो व्यापारिक साझेदार भएकै कारण कोरोनाले नेपालको व्यापार तथा आर्थिक गतिविधिमा संकुचन ल्याउने देखिएको हो । नेपालको कुल वैदेशिक व्यापारमा भारतपछि चीनकै हिस्सा ठूलो छ । गत वर्ष दुई मुलुकबीच २ खर्ब ७ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । यसमध्ये चीनबाट २ खर्ब ५ अर्ब ५१ करोडका सामान आएका थिए भने २ अर्ब १० करोडका सामान चीन निर्यात भएका थिए । यस्तै चालु आवको ६ महिनामा चीनबाट एक खर्ब १८ अर्ब २५ करोड २७ लाखको सामान आएको छ । ठूलो परिमाणको व्यापारिक गतिविधि रोकिएपछि यसको प्रभाव नेपालको व्यापारिक तथा आर्थिक कारोबारमा पर्ने देखिएको हो । सरकारले चालु आर्थिक वर्ष साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । चीनसँगको व्यापारमा आएको समस्याले मुलुकको आर्थिक वृद्धिलाई कसरी असर पार्छ भन्नेबारे अध्ययन भइसकेको छैन । करिब १५ खर्बको वैदेशिक व्यापारमध्ये सबा दुई खर्बको व्यापार समस्यामा आउँदा आर्थिक वृद्धिमा पक्कै पनि असर पर्छ । राजस्व संकलनका प्रमुख क्षेत्रमध्ये एउटा भन्सार हो । व्यापारिक कारोबारमा आउने मन्दीले सरकारको राजस्व असुलीमा पनि प्रभाव पार्नेछ । चीनबाट सामान आउन छाडेपछि नेपाली बजारमा अहिलेदेखि नै असर देखिन थालेको छ ।

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडाैं । पश्चिमी न्यून चापीय वायुको प्रभावका कारण बुधबार देशभर आंशिकदेखि पूर्ण बदली रही देशका केही स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पूर्वी तथा मध्य भूभाग नजिक बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावले बदलीसँगै वर्षा भइरहेको मौसमविद् समीर श्रेष्ठले बताए । “उक्त वायुको प्रभाव भोलिबाट विस्तारै कम हुँदै जाने छ”, उनले भने । उपत्यकामा आज दिउँसो मौसम खुले पनि साँझपख वर्षा हुने बताइएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले हाल देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही देशका मध्य र पूर्वका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ । भोली देशको पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । त्यस्तै शुक्रबार देशको पहाडी भेगमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम छ दशमलव सात र अधिकतम तापक्रम २२ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । रासस

राष्ट्रपति भण्डारी आजदेखि सुदूरपश्चिम भ्रमणमा

बैतडी । राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि सुदूरपश्चिम भ्रमणमा आउने कार्यक्रम छ । तीनदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुने जनाइएको छ । राष्ट्रपतिबाट आज मध्याह्न १२ बजे धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन र आजै २ बजे शिवनगर खानेपानी आयोजनाको निरीक्षण गर्ने कार्यक्रम छ । भोलि १५ गते बिहीबार दिउँसो २ बजे बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा विषेश पूजाआजा र दशरथचन्द नगरपालिकाका तर्फबाट नागरिक अभिनन्दनको कार्यक्रम रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । राष्ट्रपति भण्डारीले बिहीबार नै दिउँसो ३ बजे पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्युच्युटको नवनिर्मित भवन र छात्रावासको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । सोही कार्यक्रममा पाटन नगरपालिका र सम्पूर्ण जिल्लावासीको तर्फबाट राष्ट्रपतिलाई पाटनमै नागरिक अभिनन्दन गरिने जनाइएको छ । त्यसभन्दा अगाडि १५ गते बिहान दार्चुलाको शैल्यशिखर मालिकार्जुनधाममा पनि राष्ट्रपतिले विषेश पूजाआजा गर्ने कार्यक्रम छ । मालिकार्जुन माध्यमिक विद्यालय मड प्रेमनगरको नवनिर्मित भवनको उद्घाटका साथै नागरिक अभिनन्दनको कार्यक्रम रहेको छ । यस्तै १६ गते बिहान १० बजे डडेल्धुरास्थित उग्रताराको दर्शन र १ बजे कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारी १७ गते काठमाडौँ फर्किने कार्यक्रम छ । राष्ट्रपतिको स्वागतमा सार्वजनिक बिदा बैतडीको पाटन नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण हुने भएकाले नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरकार्यपालिकाको बैठकले राष्ट्रपतिको भ्रमणमा नगरपालिकाले बिहीबार एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए । उनले भने, “राष्ट्रपति भण्डारीको स्वागतमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।” राष्ट्रपति भण्डारी आजदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा आउँदै छन्। रासस

रकम निकासामा बैंकको ढिलासुस्ती, उखु किसानले समयमै पाएनन् भुक्तानी

सर्लाही । सर्लाहीको हरिवनमा रहेको इन्दु शङ्कर चिनी उद्योग लिमिटेडले किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन थालेको छ । उद्योगले चालू क्रसिङ ‘सिजन’को उखुको भुक्तानी दिन शुरु गरेको हो । गत पुस ११ गतेबाट सञ्चालन भएको उद्योगले हालसम्म रु ३५ करोड भुक्तानी गरिसकेको छ । उद्योगले हरेक १५/१५ दिनको फरकमा किसानलाई भुक्तानी दिने गरेको छ । पहिलो चरणमा रु २३ करोड र दोस्रोमा रु ३५ करोड गरी कूल ५८ करोड भुक्तानी दिनुपर्नेमा हालसम्म कूल रु ३५ करोड मात्र भुक्तानी गरेको उखु प्रबन्धक योगनारायण रजकले बताए । उनका अनुसार नेपालमा रहेका अरु चिनी उद्योगको तुलनामा सबैभन्दा राम्रो भुक्तानी दिने एक मात्र उद्योग इन्दुशङ्कर चिनी उद्योग हो । गत सिजनको नेपाल सरकारबाट पाउनुपर्ने अनुदानवापतको रकम रु ६५.२८ का दरले हुनआउने रु २२ करोड ८३ लाख ७१ हजार ८६१.६ अहिलेसम्म पनि नपठाएका कारण इन्दुशङ्कर चिनी उद्योग लिमिटेड बदनाम भएको रकजको भनाइ छ । सरकारले दिने अनुदानवापतको रकम नदिएको भन्दै जिल्लाका धेरै किसानले उखुखेती गर्न छाडेको उद्योगले बताएको छ । आफूहरुले किसानलाई समयमै चेक दिएको भए पनि बैंकले समयममै भुक्तानी नदिँदा किसान मारमा परेको रजकले बताए । एनआइसी एशिया बैंकले किसानलाई रकम निकासा दिन ढिलासुस्ती गर्दा उखु किसान मारमा परेको उनको भनाइ छ । आफूहरुले माथिल्लो निकायसम्म छलफल गरिरहेको एनआइसी एशिया बैंक हरिवनका शाखा प्रबन्धक सुमन सिंहले बताए । खाता नम्बर यकिन गरी काम गर्न २/३ दिन लाग्ने भएका कारण ढिला भएको उनले बताए । छुट्टै काउन्टर बनाएर उखु किसानलाई सेवा दिने कामसमेत शुरु गरिएको जानकारी गराए । कूल ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्यका साथ सञ्चालन शुरु गरेको उद्योगले ब्लक बनाएर उखु क्रसिङ गरिरहेकामा हालसम्म २३ लाख क्विन्टल उखु क्रसिङ गरी सकिएको रजकले बताए । अघिल्लो वर्षको बक्यौता नरहेका चिनी उद्योगले चालू सिजनमा किसानबाट खरिद गरेको उखुको भुक्तानी धमाधम दिन शुरु गरेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनाली बताउँछन् । उद्योगले उखु किसानलाई भुक्तानी दिन शुरु गरे पनि सरकारबाट पाउने रकममा आलटाल भइरहेको उनले बताए । सर्लाहीमा तीन चिनी उद्योग रहेको भए पनि हाल दुई मात्र सञ्चालनमा छन् । इन्दु शङ्कर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदह सञ्चालनमा छन् भने किसानको भुक्तानी बाँकी राखेको अन्नपूर्ण चिनी उद्योग धनकौल अहिले बन्द छ । किसानलाई एकातिर उखुको भुक्तानी नपाउने चिन्ता रहिरहेको समयमा खेतमा रहेको उखु क्रसिङ गर्न कृषि मजदुर नपाउने समस्या त्यत्तिकै छ । जसका कारण उखु उत्पादक किसानले समयमै उखु काटेर चिनी उद्योगसम्म पुर्याउन नसक्दा उखु खेतमै सुक्न थालिसकेको छ । वर्षदिनभरि मेहनत गरेर उत्पादन गरेको बाली मुखमा आएर खेतमै सुक्ने अवस्थामा पुग्दा किसान थप मारमा परेका छन् । गाउँघरमा रहेका युवाशक्ति स्वदेशमा रोजगारीको सिर्जना नभएको भन्दै विदेश गएपछि अहिले गाउँमा युवा मजदुरको अभाव छ । खेतबारीमा काम गर्ने कृषि मजदुरको अभावपछि अहिले आफ्नो परिवारमा रहेका सबै सदस्य नै खेतबारीमा खटिन बाध्य छन् । कतिपयका आफ्ना जवान छोरा पनि वैदेशिक रोजगारीका लागि विदेश जाँदा अहिले वृद्धवृद्धा मात्र घरमा रहेका र खेतबारीमा काम गर्न बाध्य भएका छन् । गाउँमा कृषि मजदुरको अभाव भएपछि काम लगाउने ठेकेदारले आफ्नो मनोमानीमा ठेक्का लिने गरेका कारण आफूहरु थप मारमा परेको किसानको गुनासो छ । मजदुरको ज्यालामा आफुहरुको खर्च बढिरहेको किसानले बताएका छन् । सामान्य तरकारीदेखि उखुखेतीसम्म कृषि मजदुरको अभाव प्रत्यक्ष परेको किसानले बताएका छन् । रासस

भूकम्पपीडित नागरिकलाई पुनःनिर्माणमा ऋण दिन बैंक तयार

मेलम्ची । सिन्धुपाल्चोकमा क्रियाशील बैंकहरु पुनःनिर्माणअन्तर्गत रु तीन लाख ऋण भूकम्पपीडित नागरिकलाई दिनका लागि तयार भएका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वारा सञ्चालित भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रमअन्तर्गत भएको बैंक तथा सरोकारवालासँगको छलफलमा उपस्थित बैंकहरुले कार्यविधिमा उल्लेख गरेका छन् । उल्लेख भएबमोजिम पहिलो किस्ता लिएका तर दोस्रो किस्ता नलिएका लाभग्राहीलाई बैंकमार्फत रु तीन लाख ऋण उपलब्ध गराउन सकिने नेपाल बैंक चौतारा शाखाका प्रबन्धक समिक दाहालले बताए । यसैगरी कृषि विकास बैंक चौताराका प्रमुख भूमिराज न्यौपानेले पुनःनिर्माण मात्रै होइन, सरकारले सहुलियत कर्जाको शीर्षकमा समेटेका सबै ऋण मापदण्ड पुर्याएर आएमा दिन सकिने भन्दै बैंकमा सम्पर्क राख्न अनुरोध गरेका थिए । कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार प्रमुख लक्ष्मणकुमार सेठले विगतमा एउटा पनि भूकम्पपीडित नागरिकले ऋण नपाउनु दुःखद् भएको भन्दै लाभग्राहीलाई यो सेवा उपयोग गर्न आग्रह गरेका थिए । उनले यस्तो ऋण हालसम्म प्रदान गर्न नसक्नुमा बैंकहरु जिम्मेवार रहेकाले आगामी दिनमा सच्चिन आग्रहसमेत गरे । कार्यक्रममा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत कूल मुनाफाको एक प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गर्ने प्रावधानबारे पनि छलफल भएको थियो । छलफलमा यसरी गरिने खर्चलाई कसरी भूकम्पपीडित नागरिकसम्म पुर्याउन सकिन्छ भनेर छलफल गरिएको थियो । सोही क्रममा नेपाल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत सिपातीनघरे संस्कृत माध्यामिक विद्यालयमा रु ५२ लाखको चारकोठे विद्यालय भवन निर्माण गरेको प्रबन्धक दाहालले बताए । त्यस्तै कृषि विकास बैंकले भने चौतारा साँगाचोकगढी नगरपालिका–१० मा रहेको भीमसेन माविमा सहयोग गरेको, रामेश्वरी आधारभूत विद्यालयमा कम्प्युटर, प्रिन्टरजस्ता सामग्री वितरण गरेको र बैंकिङ सचेतना अभिवृद्धि गर्ने उद्देश्यअनुरुप एक हजार जनाको खाता खोली बैंकको तर्फबाट रु १०० खातामा जम्मा गरिएको शाखा प्रमुख भूमिराज न्यौपानेले बताएका छन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले पुनःनिर्माण कर्जा कार्यविधिले तोकेबमोजिम गर्नका लागि बैंकले भूकम्पपीडितलाई प्रदान गर्नुको विकल्प नरहेकाले आलटाल नगर्न सम्पूर्ण बैंकहरुलाई आग्रह गरे । । त्यस्तै सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले गर्ने खर्च तथा कार्यलाई एकीकृत तथा समन्वयात्मक ढङ्गले अगाडि बढाउन आवश्यक रहेको बताए । रासस

हिमपातका कारण उच्च पहाडी क्षेत्रका विकास योजना प्रभावित

म्याग्दी । म्याग्दीको उच्च पहाडी बस्तीहरुमा मङ्गलबार सातौँ पटक हिमपात भएको छ । सोमबार रातिदेखि भएको वर्षा र हिमपातका कारण जनजीवनका साथै विकास निर्माणका योजनाहरु प्रभावित भएका छन् । धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मङ्गलाको टोड्के, झाँक्रीपानी, रघुगङ्गा गाउँपालिकाको रुइसे, भगवती, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, चित्रे, टिकोट, राम्चे लगायतका बस्तीमा हिउँ परेको छ । गुर्जामा एक फिट हिउँ जमेको स्थानीय जनकल्याण माविका शिक्षक अशोक छन्त्यालले जानकारी दिए । यसअघि यही फागुन ९ गते हिमपात भएको थियो । सो हिउँ पग्लिनसक्दै थपिएको हिउँले चिसो बढेको छ । विगतका भन्दा यो वर्ष धेरै पटक लगातार जसो हिउँ परेको छ । हिमपातका कारण विकास निर्माणका योजना कार्यान्वयन प्रभावित भएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । गुर्जामा यो वर्ष गाउँपालिकाको नौ वटा, सङ्घीय सरकारको एउटा र प्रदेशको एउटा योजना छन् । योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन भएको, सर्वेक्षण र डिजाइन गरिएको तर लगातारको हिउँले काम शुरु गर्न नसकिएको उपभोक्ता समितिका पदाधिकारीले बताएका छन् । शुरु गरिएका योजनामा पनि निरन्तर काम हुन नसकेको वडाध्यक्ष छन्त्याल बताउँछन् । करिब साढे दुई सय घरधुरीको बसोबास रहेको गुर्जा गाउँ जाने बाटोमा हिउँ जमेपछि आवतजावत र ढुवानी ठप्प भएको छ । रघुगङ्गा गाउँपालिकाको बेग–चिमखोला सडकमा हिउँ जमेर यातायातका साधन रोकिएका छन् । अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा निर्माणाधीन नीलगिरि र नीलगिरि क्यासकेड जलविद्युत आयोजना प्रभावित भएका छन् । मङ्सिर अन्तिम सातादेखि अहिलेसम्म म्याग्दीमा सात पटक हिमपात भएको छ । नियमित वर्षा र हिमपातले हिउँदे बालीलाई भने राम्रो गरेको कृषकले बताएका छन् । हिउँ र वर्षाले जमिन चिसो बनाएर सिँचाइ हुने र खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने कृषि प्राविधिकको भनाइ छ । रासस