अब सफ्टवेरबाटै सवारी दुर्घटना न्यूनीकरण गरिने, एकैसाथ ३३ वटा प्रहरी कार्यालयमा संचालन हुने
काठमाडाैं । काठमाडौं उपत्यका हुने सवारी दुर्घटनाको अभिलेखीकारण तथा न्यूनीकरणका लागि महानगरिय ट्राफिक प्रहरी महाशाखाले राेड एक्सिडेन्ट इन्फरमेसन म्यानेजमेन्ट सिष्टम(आएआईएमएस) सफ्टवेर प्रयोगमा ल्याएको छ । यस महाशाखा तथा यातायत व्यवस्था विभागको सहकार्यमा महाशाखा लगायत मातहतका ३३ वटा प्रहरी कार्यालयहरुमा एकैसाथ उक्त सफ्टवेर संचालनमा ल्याएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालका अनुसार उक्त सफ्टवेर संचालनसंगै सम्पूर्ण सवारी दुर्घटनाहरू रेकर्ड राखिन्छ र अभिलेखीकरण गरिएका तथ्याङ्कहरुलाई विज्ञ सहितको टीमले तथ्याङ्क विश्लेषण गरेर दुर्घटनाका कारण, बढी दुर्घटना हुने स्थान, सवारीको अवस्था लगायत अन्य कारणहरुको समेत निक्यौल गरि सोको व्यवस्थापनका लागि अल्पकालीन तथा दीर्घकालीन योजनाहरु तर्जुमा गरि लागू गर्न टेवा पुग्ने छ । दुर्घटना अभिलेख व्यवस्थापनमा ट्राफिक प्रहरीले यस पूर्व पनि विभागबाट उपलब्ध गराईएको ट्याबलेट प्रयोग गरिदै आएको जानकारी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले दिए । ‘हालै मात्र सो कार्यलाई अझ बढी प्रभावकारी बनाई कार्यसम्पादनमा सरलता एवं सहजताको लागि यातायात व्यवस्था विभागबाट दुर्घटना अभिलेखीकरणका लागि महाशाखालाई ३४ थान मोबाईल सेट उपलब्ध गराईएको छ ।’- उनले भने ।
कार धनीलाई लक्षित गर्दै नेपाल भित्रियाे निप्पोन पेन्ट, २० प्रतिशत बजार हिस्सा ओगट्ने
काठमाडौं । नेपालको सवारी साधन खरिद पछिको बजारमा निप्पोन पेन्टले प्रवेश गरेको छ । कारोबारको आधारमा एसियामा अग्रणी रंग उत्पादक निप्पोन पेन्टले आफ्ना रंगहरू उपलब्ध गराउने योजना सहित नेपाली बजारमा प्रवेश गरेको हो । नेपाली बजारमा प्रवेशसँगै निप्पोन पेन्टले विश्वका नव-आविष्कार तथा वर्गका उत्कृष्ट (वेस्ट इन क्लास) उत्पादनहरू नेपालमा प्रस्तुत गर्नेछ । निप्पोन पेन्टले वर्षको अन्त्यसम्म ६०० बडी र पेन्ट पसलहरूमा आफ्ना उत्पादन उपलब्ध गराएर कम्तिमा २० प्रतिशत बजार हिस्सा ओगट्ने लक्ष्य राखेको छ । यसका साथै ५० नयाँ डिलरहरू नियुक्त गर्ने योजना गरेको छ । जसमध्ये १ वर्ष भित्र कम्तिमा १० डिलरहरु निप्पोनको विशिष्ट रंग मिश्रण प्रविधि (कोर सुपेरियो कलर मिक्सिङ सिस्टम)मा केन्द्रीकृत हुने कम्पनीले जनाएको छ । बजार प्रवेश शुभारम्भका अवसरमा कम्पनीको ग्रुप अटोमेटिभ रिफिनिसेसका व्यावसायिक प्रमुख तथा भारतीय सञ्चालनका अध्यक्ष शरद मल्होत्राले भने- ‘निप्पोन पेन्टले सवारी साधनहरूको बाह्य सतहलाई परिपूर्ण तुल्याउनका लागि जापानबाट नेपालमा नवीतम पेन्ट प्रविधि ल्याएको छ । आउँदो केही महिनाभित्रमा हामी कोटिङका अलावा कारको हेरचाह तथा काठको बाहिरिसतहको लागि उत्पादनहरू ल्याउने छौं । हाम्रो उद्देश्य नेपालमा दिर्घकालीन उपस्थिति जनाउनु हो र हामी नेपालमा उद्योग र उपभोक्ताहरूसँग सबल र सुनिश्चित ढंगको सम्बन्धलाई गहिरो तुल्याउने छौं ।’ भारतीय सञ्चालनका उपाध्यक्ष एलके घोले भने- ‘यो कार धनीहरूका लागि राम्रो हो । किनकी उनीहरूले आफ्नै घरदैलोमा उचित मूल्यमा उच्च प्रविधिको कार पेन्टको पहुँच पाउने छन् । यसका अलावा नेपालका उत्कृष्ट पेन्टरहरूलाई अन्य देशका समकक्षीहरूसँग मिलेर क्षेत्रीय र विश्वस्तरका सीप तालिममा सहभागी हुनका लागि प्रशिक्षित गर्ने र सहजीकरण गर्ने पनि योजना रहेको छ ।’ नेपाल बजारका लागि व्यावसायिक निर्देशक दिवाकर मेहरोत्राले भने- ‘नेपालले आफ्नो सबल ग्राहक मामिला तथा बडी निर्माता पसल तथा ग्यारेजहरूका कारण सम्भाव्य सबल वृद्धिको सम्भाव्यता प्रस्तुत गर्छ । हामी नेपालको अटोमोबाइल उद्योगका लागि एक सबल र जीवन्त पर्यावरण प्रणाली (इको सिस्टम) निर्माण सुनिश्चित गर्न उद्योगका संगठनहरू र सम्बद्ध सरोकारवालाहरूसँग साझेदारी गर्नेछौं ।’ निप्पोन पेन्टका अटोमेटिभ उत्पादनहरू यसका प्रमुख आयातकर्ता रुची ट्रेडिङमार्फत काठमाडौं, ललितपुर, भक्तपुरसहित उपत्यकाभर उपलब्ध हुनेछ । निप्पोन पेन्टले यस वर्षको अर्ध-वार्षिक अवधिमा पोखरा, नारायणघाट, बुटबल, विराटनगर, इटहरी र अन्य क्षेत्रमा विस्तार गर्ने योजना बनाएको छ । हालका लागि अटोमेटिभ रिफिनिसिङ पेन्ट्स र एन्सिलरीहरू सुपेरिओ तथा एन-पावर ब्रान्डमा, गैर-पेन्टजन्य उपभोग्य वस्तु तथा समाधानका लागि एन-फोर्स ब्रान्डमा तथा वानके र एरोसोल उत्पादनहरू पाय्ल्याक् ब्रान्डमा तत्कालै बिक्री तथा प्रयोगका लागि उपलब्ध हुनेछ । निप्पोन पेन्ट इन्डिया, अटोमेटिभ रिफिनिस, औद्योगिक तथा साजसज्जा क्षेत्रका लागि उच्च गुणस्तरको पेन्ट्स तथा कोटिङको अग्रणी उत्पादक हो । निप्पोन पेन्ट इन्डिया निप्सिया समूहको एक हिस्सा हो, जसले जापानको निप्पोन पेन्ट्ससहित एसिया-प्रशान्त क्षेत्रमा कोटिङ्गमा यसको सर्वाधिक ठूलो हिस्सा ओगट्छ तथा कारोबार रकमका आधारमा विश्वकै चौथो ठूलो हो ।
भातृत्व विकासको नाफा १९ लाख, सेयरधनीलाई ९.३५ प्रतिशत नगद लाभांश
काठमाडौं । भातृत्व विकास बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्षमा १९ लाख १८ हजार रुपैयाँ खुद नाफा गरेको छ । संस्थाको १०औं वार्षिक साधारणसभा दिइएको जानकारी अनुसार सो नाफाबाट संस्थाले सेयरधनीलाई ९.३५ प्रतिशत नगद लाभांश दिने दिने भएको छ । संस्थाका अध्यक्ष कृष्णबहादुर सुनुवारले आर्थिक प्रतिवेदन पेश गर्दै गत आवसम्ममा संस्थाको सेयर पुँजी ६८ लाख ७६ हजार रुपैयाँ रहेको जानकारी दिए । यस्तै, संस्थाले गत आर्थिक वर्षसम्ममा ७ करोड ५७ लाख रुपैयाँ बचत संकलन गरेको छ । संस्थाले वित्तीय तथा गैरवित्तीय कृयाकलापहरुमा सदस्यहरुलाई सहभागी गराउँदै सुखी र समृद्घ जीवन व्यतित गर्नको लागि विभिन्न समाधानहरु दिई आफ्ना सदस्यहरुलाई खुशी र सन्तुष्ट बनाउदै आईरहेको दाबी गरेको छ । साधारणसभाले सेयर सदस्यहरुलाई ९.३५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो । उक्त कार्यक्रममा संस्थाका संस्थापक कार्यकारी अध्यक्ष जीतनारायण डंगोल, संचालक समितिका संस्थापक सचिव अनिल शाही, ऋण तथा व्यवस्थापन प्रमुख शम्भुकुमार कपालीलाई प्रमुख अतिथि काठमाडौं महानगरको २२ नम्बर वडाका अध्यक्ष चिनीकाजी महर्जनले कदर पत्रसहित सम्मान गरेका थिए । गत आर्थिक बर्षको उत्कृष्ट बचतकर्ता जमुना कपाली, उत्कृष्ट ऋणी सरोज कुमार खड्गी र संस्था स्थापनाकाल देखि सदस्य बनेका सदस्यहरुलाई पनि प्रमुख अतिथिबाट सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष सागर शाक्यको स्वागत मन्तव्यबाट सभा सुरु भएको थियो भने संस्थाका लेखा संयोजक सदा क्षेत्रीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कोरोनाको जोखिम न्यूनिकरणमा तीव्रताः मास्क संकलनदेखि नाका-नाकामा चिकित्सक
काठमाडौं । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिमको राष्ट्रमा राखिसकेपछि सबैतर्फ सर्तकता अपनाउन सुरु गरिएको छ । अहिले सरकारको ध्यान देशभित्र कोरोना छिर्न नदिन केन्द्रित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता विकास देवकोटाले यो भाइरस बाहिरबाट आउने भएकोले विदेशबाटबाट आएका यात्रुहरुमा केन्द्रित गरेर काम गरिरहेका बताए । उनले हवाई यात्रामार्फत धेरै यात्रु नेपाल भित्रिने भएकोले त्रिभुवन अन्तार्रष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क राखेर काम स्वास्थ्य चेकजाँच गरिरहेका बताए । माघ १ गते देखि त्रिभुव हेल्थ डेस्क हवाई यात्रुहरुलाई चेकजाँच गर्नको लागि मन्त्रालयले विमानस्थलमा माघ १ गतेदेखि हेल्थ डेस्क संचालन गरेको छ । सुरुमा हेल्थ डेस्कमा १ जना डाक्टर राखिएको थियो । अहिले मन्त्रालयले १९ जना कर्मचारी खटाइएको छ । यात्रुहरुलाई चेकजाँच गर्नको लागि विमानस्थालमा दुइटा थर्मल स्क्यानर र ६ वटा ईन्फ्रारेड थर्मामिटर राखिएको छ । यात्रुको शरीरको १०० डिग्री फरनहाइटभन्दा माथिको तापक्रम थर्मल स्क्यानरले आफै नाप्ने हुनाले एयरपोर्ट हेल्थडेस्कले यसअघि स्कयानरबाट यात्रु पास हुँदा शरीरको तापक्रम बढी भएको अवस्थामा मात्र यात्रुहरुलाई छुट्टै बोलाएर परिक्षण गर्न गरेको थियो । तर, मानिसमा एयरपोर्टमा हेल्थ डेस्कले केही पनि जाँच गरेन भन्ने कुरा बाहिर आईसकेपछि मन्त्रलायले आइतबारदेखि यात्रुलाई विश्वास दिलाउन एक एक यात्रुलाई ह्याण्ड जाँच गरेर पठाउन सुरु गरेको छ । नाका–नाकामा चिकित्सक देवकोटाले मन्त्रालयले देशभरका ३७ नाकामा चिकित्सक पठाएको बताए । यसअघि स्वास्थ्यकर्मीहरुले मात्र नाकाहरुमा चेकजाँच गरिरहेका थिए । त्यससँगै हरेक प्रदेशमा मन्त्रलायले स्वास्थ्य सेवा विभागको टोलीहरु सम्बन्धित सामाग्री सहित गइसकेका छन् । उनीहरुले प्रादेशिक सामाजिक विकास मन्त्रालयसँग सहकार्य गरेर भारत छुने नाकाहरुमा निगरानी बढाइएको देवकोटाले जानकारी दिए । परीक्षणका लागि अस्पताल तयार कोरोना देखि हालेको अवस्थामा मन्त्रालयले विभिन्न अस्पताहरुमा आइसोलेसन बेडको व्यवस्था गरेको छ । मन्त्रालयले शुक्रराज ट्रपिकल अस्पताललाई ४० बेडसहित पहिलो सुचीमा राखेको छ । यसबाहेक नेपालका सबै ठूला अस्पतालहरुलाई मन्त्रालयले हब अस्पतालको रुपमा राखेको छ । मन्त्रलायले ५ वटा हब र ३६ वटा स्याटेलाइट अस्पताल तोकेको छ । विरेन्द्र सैनिक अस्पताल,पाटन अस्पताल, सिभिल अस्पताल, भक्तपुर अस्पताल तथा त्रिवि शिक्षण अस्पताल गरी ५ वटा हब अस्पतालका रुपमा तोकिएका छन् । स्याटलाइट अस्पतालका रुपमा कीर्तिपुर अस्पताल, नेपाल मेडिकल कलेज, नर्भिक हस्पिटल, स्टार हस्पिटल, नेपाल मेडिसिटी हस्पिटल आदि गरी ३६ वटा अस्पताल रहेका छन् । भक्तपुरमा क्वारेन्टाईन भक्तपुरको खरिपाटीमा सरकारले चीनको वुहानबाट ल्याइएका १ सय ७५ विद्यार्थीहरुलाई हालै बिदाई गरेको छ । उक्त स्थानलाई क्वारेन्टाईनकै रुपमा राख्ने सरकारले निर्णय गरेको छ । टेकुमा मात्र परीक्षण गर्ने ल्याब हाल कोरोनाको परीक्षण गर्ने ल्याब टेकुमा मात्र रहेको छ । टेकुको राष्ट्रिय स्वास्थ्य जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोनाको परीक्षण गरिन्छ । हालको लागि परिक्षण शुल्क निः शुल्क रहेको छ । २४ घण्टा देखि ४८ घण्टाको अवधीमा यसको नतिजा आउने प्रयोगशालाकी निर्देशक डा. रुणा झाले बताइन् । बजारबाट मास्क संकलन शुरु बजारमा मास्क पाउन छाडेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजारबाट मास्क संकलन गरी मास्कको भण्डारण सुरु गरेको छ । औषधी व्यवस्था विभागसँगको समन्वयमा मन्त्रालयले मास्क संकलन गरी भण्डारण सुरु गरेको हो । मन्त्रलायले पहिलो दिन २५ हजार मास्क संकलन गरेको प्रवक्ता विकास देवकोटाले बताए । नेपालमा मास्क उत्पादन गर्ने ३ वटा कम्पनी रहेका छन् । नेपाल आफ्नै भने मास्क उत्पादन गर्न क्षमता एकदमै न्यून छ अझ त्यसमाथि मास्क बन्ने कच्चा पदार्थ पनि बाहिरबाट आउने भएकोले मास्क उत्पादन झनै कम भएको र बजारमा नदेखिएको देवकोटाको भनाइ छ । चीनबाट नेपालले सबैभन्दा धेरै मास्क आयात गर्छ । भारतबाट पनि नेपालले मास्क आयत गर्दछ । तर, त्यहाँ पनि चीनबाट नै आयत हुने भएकोले सबैतर्फ मास्कको समस्या देखिएको हो । पोखरामा ६० आईसोलेसन बेड निर्माण सम्भावित जोखिम नियन्त्रणको लागि गण्डकी सरकारले पोखराको विभिन्न अस्पतालको समन्वयमा ४ दर्जनभन्दा बढी बेड तयारी अवस्थामा राखेको छ । पोखराको चिवेक अस्पतालमा २७, गण्डकी मेडिकल कलेजमा १५, मनिपाल अस्पतालमा १५ र पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान अन्तगर्त पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा ३ बेड तयारी अवस्थामा राखेको छ । यस्तै, चिकित्सकहरुलाई तालिम दिने तयारी गण्डकी प्रदेशले गरिरहेको छ । ं
साग्रिला डेभलपमेन्ट बैंकले गर्यो कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम
काठमाडौं । साग्रिला डेभलपमेन्ट बैंकको गल्छी शाखाले कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । विकास बैंकले शुक्रबार धादिङको जनजागरण मा.वि.को प्राङ्गणमा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थी तथा विद्यार्थीका अभिभावकहरुलाई सो सम्बन्धी जानकारी दिएको हो । संस्थाले गल्छी स्वास्थ्य चौकीको प्राविधीक सहयोगमा कोरोना फाइरसको सङक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा सचेतना कार्यक्रम गरेको हो । कार्यक्रममा सहजीकरण गरेका साग्रिला डेभलपमेन्ट बैंक गल्छी शाखाको प्रमुख गौरब काफ्ले कोरोना भाइरसबाट आफु पनि बचौँ र अरुलाई नी बचाऔँ भन्दै जसका लागि सरसफाई मा विशेष ध्यान दिने,मास्क लगाउने, हातलाई सावुन पानीले धुने, हात नमिलाउने, भिडभाडमा नजाने, नियमीत शारिरीक ब्याम गर्ने, मधपान मासहारीको प्रयोग नगरि भिटामीन सी पाउने अमला, कागती खाने, प्रत्येक आधि घन्टाको अन्तरमा पानि पिउने, बिहान बेलुका घीउको सेवन गर्ने रुघा खोकी ज्यरो आएमा मनोबल नघटाइ तुरुन्त नजिकैको स्वास्थ्य चौकामा जानुपर्ने बताए । स्वास्थ्यकर्मी रेखा अधिकारी र रन्जना रिमालले कोरेना भाइरसको सङक्रमणबाट बच्ने उपायहरु बताउदै घरमा आफनो परिवार छरमिेकीलाई समेत सिकेका कुराहरु जानकारी दिन र सामाजिक सन्जालको पछि परेर सबै त्यसैको भरमा नलाग्न अनुरोध गरेका छन् । साथै, सामाजिक सन्जालमा त्रास फैलाउने काम नगर्न समेत अनुरोध गरे र गर्ने त्यस्तालाई सरकारले कडा भन्दा कडा कारबाही गर्न समेत अनुरोध गरेका छन् ।
टेलिकमले अपग्रेड गर्यो नयाँ सिष्टम, डाटा सेवा उच्च गतिमा चल्ने
काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवाको नयाँ सिष्टम अपग्रेड गरी सम्पन्न गरेको छ । कम्पनीले नयाँ पिसिआरएफ सिस्टम जडान गरी पुराना ग्राहकहरुलाई स्तरोन्नति गरिएको सिस्टममा माइग्रेट गर्ने कार्य सम्पन्न गरेको हो । कम्पनीले डाटा सेवाका लागि विगतदेखि सञ्चालन गरिरहेको पीसीआरएफ (पीसीआरएफ-पोलिसी एण्ड चार्जिङ रुल्स फङ्सन) सिष्टमबाट जिएसएम प्रविधि अन्तर्गतको वायरलेस डाटा सेवाका लागि क्षमता पर्याप्त नभएकाले पीसीआरएफ सिस्टमलाई स्तरोन्नति गरे पश्चात् सेवाग्राहीले उच्च गतिमा डाटा सेवा सहजरुपमा प्रयोग गर्न सक्नेछन् । यसबाट डाटाको स्पिड बढ्नुका साथै डाटा चलाउँदै गर्दा प्याकेजको रकम ८० प्रतिशत सकिएमा र सबै प्याकेज सकिनै लागेमा सेवाग्राहीले अलर्ट मेसेज पनि प्राप्त गर्नेछन् । यस स्तरोन्नतिबाट कम्पनीको जीएसएम टुजी/थ्रीजी/फोरजी अन्तर्गतका डाटा सेवा ग्राहकवर्गका लागि थप प्रभावकारी र आकर्षक हुने कम्पनीको विश्वास रहेको छ ।
महिला ग्राहकलाई एनआईसी एशिया बैंककाे विशेष योजना
काठमाडौं । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय नारी दिवसलाई लक्षित गरी बैंकका महिला ग्राहकहरुलाई विशेष योजना सार्वजनिक गरेको छ । जस अन्तर्गत बैंकका महिला ग्राहकले १० हजारसम्म नगद फिर्ता पाउने छन् । बैंकले नारी दिवसका दिन अर्थात २०७६ फागुन २५ गते यस बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गरी कारोबार गर्ने १०० जना भाग्यशाली महिलाहरूले सय प्रतिशत वा १० हजारसम्म नगद फिर्ता दिने भएकाे हाे । बैंकका महिला ग्राहकहरूले मो-बैकिङ्ग एपबाट मोबाइल रिचार्ज गर्दा, बिजुलीको महसुल तिर्दा, हवाई टिकट खरिद गर्दा, क्यु आर पेमेन्ट लगायतका भुक्तानीहरूमा यो योजना लागू हुनेछ । तर वालेट लोड तथा फन्ड ट्रान्सफरलाई यस योजनामा समावेश नगरिएको बैंकले जनाएकाे छ ।
महिला सशक्तिकरण अभियान गर्दै दराज
काठमाडौं । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नेपालको सबैभन्दा ठूलो अनलाइन बजार, दराजले महिला सशक्तिकरणमा केन्द्रित विशेष “जागृति” अभियान सञ्चानल गर्ने भएको छ । अभियानको प्राथमिक उद्देश्य महिला विक्रेता तथा उद्यमीहरुको उत्पादनहरूको प्रचार गरी दराजको हजारौं ग्राहकहरुको बीच पुर्याउनु रहेको दराजले बताएको छ । अभियानको माध्यमबाट उठेको सम्पूर्ण आम्दानीको १०% हिस्सा “विमेन एक्ट” नामक एक महिला सशक्तिकरणमा आधारित गैरसरकारी संस्थालाई दिने दराजले बताएको छ । अभियान यहि मार्च ८ देखि मार्च १६ सम्म चल्नेछ । यस्तै दराजसँग एकता देखाउँदै सनराइज बैंकले अन्तराष्ट्रिय महिला दिवसमा १५% वा रु १,५०० सम्मको छूट दिने भएको छ । छूटको लाभ लिनका लागि ग्राहकहरूले उनीहरूको सनराइज बैंकको क्रेडीट÷डेबीट कार्ड मार्फत पूर्व भुक्तानी वा “प्रीपेमेन्ट्” गर्नुपर्नेछ । यसबाहेक, दराजमा महिला फेशन, स्वास्थ्य र सौन्दर्य, र जीवनशैली उत्पादनहरूमा पनि अतिरिक्त छूट र अफरहरु रहेका छन् । साथै ग्राहकहरूले भाउचर मार्फत रु १५० देखि रु ३५० सम्मको छूट पनि पाउन सक्नेछन् । दराजले आफ्ना महिला विक्रेता र उद्यमीहरूका धेरै कथाहरू भीडीयोमा रेकर्ड पनि गर्दै आएका छ। उक्त भीडीयोहरुमा उनीहरूले आफ्नो संघर्ष, सफलता, उनीहरूको व्यवसाय मार्फत अन्य महिलाहरूलाई सशक्तिकरण गर्दै आएको र दराजले दिएको साथको बारे व्याख्या गरेको छन्। दराजको यूट्यूब च्यानलमा उनीहरूका कथाहरू हेर्न सकिन्छ ।