कार धनीलाई लक्षित गर्दै नेपाल भित्रियाे निप्पोन पेन्ट, २० प्रतिशत बजार हिस्सा ओगट्ने

<p>काठमाडौं । नेपालको सवारी साधन खरिद पछिको बजारमा निप्पोन पेन्टले प्रवेश गरेको छ । कारोबारको आधारमा एसियामा अग्रणी रंग उत्पादक निप्पोन पेन्टले आफ्ना रंगहरू उपलब्ध गराउने योजना सहित नेपाली बजारमा प्रवेश गरेको हो । नेपाली बजारमा प्रवेशसँगै निप्पोन पेन्टले विश्वका नव-आविष्कार तथा वर्गका उत्कृष्ट (वेस्ट इन क्लास) उत्पादनहरू नेपालमा प्रस्तुत गर्नेछ । निप्पोन पेन्टले वर्षको [&hellip;]</p>

काठमाडौं । नेपालको सवारी साधन खरिद पछिको बजारमा निप्पोन पेन्टले प्रवेश गरेको छ । कारोबारको आधारमा एसियामा अग्रणी रंग उत्पादक निप्पोन पेन्टले आफ्ना रंगहरू उपलब्ध गराउने योजना सहित नेपाली बजारमा प्रवेश गरेको हो ।

नेपाली बजारमा प्रवेशसँगै निप्पोन पेन्टले विश्वका नव-आविष्कार तथा वर्गका उत्कृष्ट (वेस्ट इन क्लास) उत्पादनहरू नेपालमा प्रस्तुत गर्नेछ । निप्पोन पेन्टले वर्षको अन्त्यसम्म ६०० बडी र पेन्ट पसलहरूमा आफ्ना उत्पादन उपलब्ध गराएर कम्तिमा २० प्रतिशत बजार हिस्सा ओगट्ने लक्ष्य राखेको छ ।

यसका साथै ५० नयाँ डिलरहरू नियुक्त गर्ने योजना गरेको छ । जसमध्ये १ वर्ष भित्र कम्तिमा १० डिलरहरु निप्पोनको विशिष्ट रंग मिश्रण प्रविधि (कोर सुपेरियो कलर मिक्सिङ सिस्टम)मा केन्द्रीकृत हुने कम्पनीले जनाएको छ ।

बजार प्रवेश शुभारम्भका अवसरमा कम्पनीको ग्रुप अटोमेटिभ रिफिनिसेसका व्यावसायिक प्रमुख तथा भारतीय सञ्चालनका अध्यक्ष शरद मल्होत्राले भने- ‘निप्पोन पेन्टले सवारी साधनहरूको बाह्य सतहलाई परिपूर्ण तुल्याउनका लागि जापानबाट नेपालमा नवीतम पेन्ट प्रविधि ल्याएको छ । आउँदो केही महिनाभित्रमा हामी कोटिङका अलावा कारको हेरचाह तथा काठको बाहिरिसतहको लागि उत्पादनहरू ल्याउने छौं । हाम्रो उद्देश्य नेपालमा दिर्घकालीन उपस्थिति जनाउनु हो र हामी नेपालमा उद्योग र उपभोक्ताहरूसँग सबल र सुनिश्चित ढंगको सम्बन्धलाई गहिरो तुल्याउने छौं ।’

भारतीय सञ्चालनका उपाध्यक्ष एलके घोले भने- ‘यो कार धनीहरूका लागि राम्रो हो । किनकी उनीहरूले आफ्नै घरदैलोमा उचित मूल्यमा उच्च प्रविधिको कार पेन्टको पहुँच पाउने छन् । यसका अलावा नेपालका उत्कृष्ट पेन्टरहरूलाई अन्य देशका समकक्षीहरूसँग मिलेर क्षेत्रीय र विश्वस्तरका सीप तालिममा सहभागी हुनका लागि प्रशिक्षित गर्ने र सहजीकरण गर्ने पनि योजना रहेको छ ।’

नेपाल बजारका लागि व्यावसायिक निर्देशक दिवाकर मेहरोत्राले भने- ‘नेपालले आफ्नो सबल ग्राहक मामिला तथा बडी निर्माता पसल तथा ग्यारेजहरूका कारण सम्भाव्य सबल वृद्धिको सम्भाव्यता प्रस्तुत गर्छ । हामी नेपालको अटोमोबाइल उद्योगका लागि एक सबल र जीवन्त पर्यावरण प्रणाली (इको सिस्टम) निर्माण सुनिश्चित गर्न उद्योगका संगठनहरू र सम्बद्ध सरोकारवालाहरूसँग साझेदारी गर्नेछौं ।’

निप्पोन पेन्टका अटोमेटिभ उत्पादनहरू यसका प्रमुख आयातकर्ता रुची ट्रेडिङमार्फत काठमाडौं, ललितपुर, भक्तपुरसहित उपत्यकाभर उपलब्ध हुनेछ । निप्पोन पेन्टले यस वर्षको अर्ध-वार्षिक अवधिमा पोखरा, नारायणघाट, बुटबल, विराटनगर, इटहरी र अन्य क्षेत्रमा विस्तार गर्ने योजना बनाएको छ । हालका लागि अटोमेटिभ रिफिनिसिङ पेन्ट्स र एन्सिलरीहरू सुपेरिओ तथा एन-पावर ब्रान्डमा, गैर-पेन्टजन्य उपभोग्य वस्तु तथा समाधानका लागि एन-फोर्स ब्रान्डमा तथा वानके र एरोसोल उत्पादनहरू पाय्ल्याक् ब्रान्डमा तत्कालै बिक्री तथा प्रयोगका लागि उपलब्ध हुनेछ ।

निप्पोन पेन्ट इन्डिया, अटोमेटिभ रिफिनिस, औद्योगिक तथा साजसज्जा क्षेत्रका लागि उच्च गुणस्तरको पेन्ट्स तथा कोटिङको अग्रणी उत्पादक हो । निप्पोन पेन्ट इन्डिया निप्सिया समूहको एक हिस्सा हो, जसले जापानको निप्पोन पेन्ट्ससहित एसिया-प्रशान्त क्षेत्रमा कोटिङ्गमा यसको सर्वाधिक ठूलो हिस्सा ओगट्छ तथा कारोबार रकमका आधारमा विश्वकै चौथो ठूलो हो ।

Share News