विकासन्युज

ठूला निजी अस्पताल भन्छन्ः सेवा रोकेका छैनौं, उपचार गरिरहेका छौं

काठमाडौं । कोरोना भाईरस संक्रमणबाटा जोगिन सरकारले जारी गरेको लकडाउनमा सेवा बन्द गरेको आरोप लागेका निजी अस्पतालले सेवा नरोकेको दाबी गरेका छन् । अत्यावश्यक सेवा अन्तरतको स्वास्थ्य सेवा प्रवाहमा आफूहरुले कुनै कटौति नगरेको अस्पतालहरुको भनाइ छ । सरकारले कोरोना भाइरसबाट लाग्ने रोग कोभिड–१९ को संक्रमण फैलिन नदिनको लागि चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको छ । सरकारले लकडाउन घोषणा गरेको समयमा निजी अस्पतालहरुले आफ्नो सेवा बन्द गरे भन्ने आरोप लागिरहेको बेला अस्पताल प्रशासनको यस्तो भनाइ आएको हो । लकडाउनको समयमा सरकारले अस्पतालहरुलाई सरकारले ईमरजेन्सी सेवालाई मुख्य प्राथमिकतमा राखेर सेवा सुचारु गर्न आग्रह गरेको थियो । तर, सरकारको आग्रह विपरित निजी अस्पतालहरु बन्द भएका गुनासो आइरहेको छ । सरकारको आग्रह अनुसार नै आफूहरुले केही सेवाहरु कटौती गरेको र केही सेवालाई बढि प्राथमिकतमा राखिएको उनीहरुको भनाइ छ । सुमेरु अस्पातल, धापाखेल धापाखेलस्थित सुमेरु अस्पतालमा अहिले पनि सबै सेवाहरु सुचारु रहेको अस्पताल प्रशाशनका दिनेश आचार्यले बताए । दैनिक प्रवाह गर्ने ईमरजेन्सी, आईसियु, ओपिडी सेवाबाहेक अस्पतालले अहिले सरकारले निर्देशनमा फिभर क्लिनिक संचालन गरिरेहको छ । अस्पतालले ज्वरो, खोकी लागेको बिरामीलाई ४ घण्टा निगरानीमा राखेपछि ज्वरो कम नभएको अवस्थामा फिभर वार्डमा राखेर सन्चो भएपछि घर फर्काउने गरेको आचार्यको भनाइ छ । ‘अस्पतालमा अहिले दैनिक ओपिडीमा ४० देखि ५० जना, ईमरजेन्सीमा पनि ४० देखि ५० जना, निरन्तर डायलसिस सेवाहरुको लागि विरामी आउने आउने गरेका छन्,’ आचार्यले भने । यद्यपि अस्पतालमा पिपिई निकै नै कम भएको आचार्यले गुनासो गरे । अस्पतालमा देशको विभिन्न भागबाट मानिसहरु डायलासिसको लागि आउने गरेको र उनीहरुमा ज्वरो देखिएमा कोरोना छ कि छैन भनेर परीक्षण गर्न आफूहरुसँग उपकरण नभएको उनको भनाइ छ । अहिले कोभिड १९ संक्रमणलाई जाँच्न प्रयोग भईरहेको र्यापिड डायगोनेस्टिक किट मात्रै भईदिए रोग पहिचानमा धेरै सहज हुने उनी बताउँछन् । तर स्वास्थ्य मन्त्रलायले उक्त किट प्रदान नर्गेने र आफुखुसी किनेर प्रयोग पनि गर्न नपाउने व्यवस्था गरेको आचार्यको भनाइ छ । नर्भिक अस्पताल, थापाथली थापाथलीस्थित नर्भिक अस्पतालले अहिले विशेष गरेर अत्यावश्यक सेवाहरुलाई मुख्य प्राथमिकतामा राखेको अस्पताल प्रशासनले जानकारी दिएको छ । अत्यावश्यकमा अस्पतालले तत्काल डेलिभरी मिति भएकाहरुलाई सेवा दिनको साथै, ईमरजेन्सी सेवा र थोरै मात्रामा ओपिडी सेवाहरु संचालन गरिरहेको अस्पताल प्रशासनको भनाइ छ । अस्पतालले हाल कोभिड–१९ को बिरामीको लागि फिभर क्लिनिकका साथै १५ वटा आईसोलेसन बेड संचालनमा ल्याएको छ । अस्पतालले कोभिड–१९ का बिरामीहरुलाई निशुल्क उपचार गर्ने समेत बताउँदै आएको छ । ह्याम्स अस्पताल, धुम्बाराही धुम्बारहीस्थित ह्याम्स अस्पतालले अहिले पनि सबै सेवा संचालन गरिरहेको अस्पताल प्रशासनका रोशन अधिकारीले जानकारी दिए । आफूहरुले कुनै पनि सेवाहरुलाई नरोकेको उनको भनाइ छ । अहिले अस्पतालले सरकारको निर्देशनमा फिभर क्लिनिक संचालन गरेसँगै कोभिड १९ का संभावित लक्षण देखाउने बिरामीहरुको लागि २७ वटा आईसोलेसन बेड पनि तयारी अवस्थामा राखेको उनले जानकारी दिए । अन्य समयको जस्तो बिरामीको चाप नभए पनि दैनिक ओपिडीमा ६० देखि १ सय जनासम्म आउने गरेको उनले बताए । हालसम्म अस्पतालले कोभिड–१९ को लागि ६८ वटा स्वाब राष्ट्रिय प्रयोगशाला टेकु पठाईसकेको र त्यसमा ४ जनाको नतिजा आउन बाँकी रहेको र बाँकी सबैको नतिजा नेगेटिभ आएको अधिकारी बताउँछन् । ग्राण्डी इन्टरनेसनल अस्पताल, टोखा टोखास्थित ग्राण्डी अस्पतालले पनि कुनै पनि प्रकारको सेवाहरु बन्द नगरेको अस्पतालका प्रशासनले जानकारी दिएकाे छ। प्रशासन हाल बिरामीको चाप तुलनात्मक रुपमा कम भएको तर सेवाहरु भने सबै संचालन भइरहेको बताएकाे  छ । अस्पतालले पनि हेल्थ डेस्कको साथै फिभर क्लिनिक संचालनमा ल्याएको छ । अस्पतालले सन् २०१४ बाट नै संक्रमण हुने रोगहरुको लागि ईन्फेक्सन कन्ट्रोल डिपार्टमेन्ट संचालन गर्दै आएको छ । उक्त डिपार्टमेन्ट मार्फत आफुहरुले ह्यान्ड हाईजिन प्रोग्राम संचालन गर्दै आएको छ । अस्पतालले ३० शैयाको क्वारेन्टाईन वार्ड सहित ११ शैयाको कोभिड–१९ संक्रमित कक्ष बनाएको छ । अल्का अस्पताल, पुल्चोक पुल्चोकस्थित अल्का अस्पतालले हाल डेन्टल सेवा बाहेक सबै प्रकारको स्वास्थ्य सेवा संचालन गरिरहेको अस्पताल प्रशाशनले जानकारी दिएको छ । अस्पतालमा दैनिक ५० देखि १ सयको हारहारिमा बिरामीहरु आउने गरेको अस्पतालले जनाएको छ । हाल अस्पतालले फिभर क्लिनिक संचालन गर्नुको साथै कोभिड १९ का बिरामीहरुको लागि आईसोलेसन बेड पनि तयारी अवस्थामा राखेको छ ।

कोरोना कहर : विश्वव्यापीरुपमा विप्रेषण आप्रवाह २० प्रतिशतले घट्ने

काठमाडौं । कोभिड–१९ का कारण विश्वव्यापीरुपमा नै विप्रेषण आप्रवाहमा ठूलो गिरावट आउने विश्व बैंकको एक अध्ययनले देखाएको छ । कोरोना भाइरसको सङ्क्रमण हुने डरका कारण लकडाउन भएपछि विप्रेषण आप्रवाहमा २० प्रतिशतले कमी आउने भएको हो । महामारी र लकडाउनका कारण विश्वभर नै श्रमिकको काम प्रभावित भएका कारण उनीहरुले पठाउने विप्रेषणमा समेत समस्या देखिएको बैंकको अध्ययनले देखाएको हो । बैंकले बुधबार सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा कोरोनाका कारण विश्वव्यापीरुपमा नै विप्रेषण आप्रवाहमा कमी आउने जनाएको छ । आप्रवासी कामदार रहेका रोजगारदाता देशसमेत कोभिड–१९ को सङ्क्रमणविरुद्ध लडीरहेको, बेरोजगारी बढेको तथा सम्पूर्ण रुपमा आर्थिक गतिविधिसमेत बन्द भएका कारण त्यसको मारमा रोजगारीमा रहेका र रोजगार दिने देश तथा कम्पनी परेकाले विप्रेषणमा ठूलो गिरावट आउन लागेको हो । अध्ययनअनुसार विप्रेषणको आप्रवाहमा कमी आउँदा गरिबी बढ्ने र विशेष गरी त्यसको सबैभन्दा बढी मार कम तथा मध्यम आय भएका मुलुकमा पर्नेछ । त्यसले खाद्य सङ्कट तथा जीवन यापनका लागि समेत थप कष्टकर बनाउनेछ । विप्रेषण विकासिल तथा विकासोन्मुख देशका लागि प्रमुख आयस्रोत हो । बैंकका अनुसार दक्षिण एसियामा कोभिड–१९ का कारण २२.१ प्रतिशतले विप्रेषण आप्रवाहमा कमी आउने देखिएको छ । यूरोप तथा मध्य एशियामा २७.५ प्रतिशत, ल्याटिन अमेरिका र क्यारेबियन देशहरुमा १९.३ प्रतिशत र पूर्वी तथा एशिया प्रशान्त क्षेत्रमा १३ प्रतिशतले ह्रास आउने देखिएको छ । वैदेशिक रोजगारीमा नेपालका झण्डै ४० लाख कामदार रहेको तथ्यांक वैदेशिक रोजगार विभागमा छ भने अन्य प्रयोजनबाट जानेको संख्या १५ लाख भन्दाबढी रहेका अनुमान छ । कोभिड–१९ का कारण नेपाली कामदार रहेका खाडी मुलुक, मलेसिया, दक्षिण कोरियालगायत देशमा पनि लकडाउन जारी रहेका कारण विप्रेषण आप्रवाहमा झण्डै एक खर्ब रुपैयाँले गिरावट आउने देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा मात्रै पाँच खर्ब ९२ अर्ब रुपैयाँ बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपालको अर्थतन्त्रका प्रत्यक्ष प्रभाव पार्ने विप्रेषण आयातमा सबैभन्दा बढी समस्या आउने राष्ट्र बैंकको समेत विश्लेषण छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले यही चैत ५ गते आयोजना गरेको छलफलका क्रममा केन्द्रीय बैंकका प्रवक्ता गुणाखर भट्टले झण्डै रु एक खर्ब बराबरको विप्रेषण आप्रवाहमा कमी आउने जानकारी दिए । बैंकका अनुसार आर्थिक वर्ष २०७५ र ७६ मा कूल आठ खर्ब ८९ अर्ब रुपैयाँ विप्रेषण आयात भएकोमा चालु आर्थिक वर्षमा कोरोनाका कारण आठ खर्ब रुपैयाँ पनि नपुग्ने अवस्था सिर्जना भएको छ । नेपाली कामदार बढी रहेका कतार, साउदी अरब, कुवेतजस्ता देशमा कोरोनाका कारण पछिल्ला दिनमा काम बन्द भएको र कामदार काम विहिन हुन पुगेका छन् । जसका कारण देशभित्र विप्रेषण पठाउन सक्ने अवस्थामा रहेका छैनन् । प्रवक्ता भट्टका अनुसार हालसम्मको अवस्थामा कूल १० प्रतिशतको हाराहारीमा विप्रेषण घट्ने अवस्था देखिएको छ । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले विशेषगरी कतार, साउदी अरब, यूइए, कुवेतमा अर्थतन्त्रको वृद्धिदर नकारात्मक हुने प्रक्षेपण यसअघि नै गरिसकेको छ । त्यस आधारमा नेपाली कामदारको रोजगारी समेत खोसिने छ । रोजगारीको अवसर खोसिँदा त्यसले नेपालले अपेक्षा गरेको आर्थिक विकासको लयलाई समेत प्रभाव पार्ने देखिन्छ । चालु आर्थिक वर्षको अन्त्यसम्म झण्डै नौ खर्ब बराबरको विप्रेषण भित्रने अनुमान गरिएको भएपनि कोरोनाले ठूलो प्रभाव पारेको छ । सामान्य अवस्था रहेको भए विप्रेषण आयमा पाँच प्रतिशतको वृद्धि हुने अनुमान गरिएको थियो । सम्बन्धित मुलुकमा कामदारले पुनः काम गर्न पाएको खण्डमा आगामी असार मसान्तसम्म केही सुधार हुन सक्ने अनुमान भने गर्न सकिन्छ । गत आर्थिक वर्षमा सरकारले केही नीतिगत सुधार गरी हुण्डी कारोबारलाई निरत्साहित गरेको थियो । यस्तै बैंक तथा वित्तीय संस्थाले निक्षेपको व्याजदरमा नै उल्लेख्य वृद्धि गरेका कारण पनि विदेशमा नै राखिएको पैसा स्वदेश पठाएका थिए । गत फागुन मसान्तसम्म विप्रेषण आप्रवाह १.८ प्रतिशतले वृद्धि भई पाँच खर्ब ५९२ अर्ब ४२ करोड रुपैयाँ भएको थियो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाहमा १.७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.७ प्रतिशतले बढेको थियो । आठ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २४.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या २.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय १.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ७१ अर्ब ८९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २२.९ प्रतिशतले बढेको थियो । रासस

काेराेना विरूद्द लड्न चीनले डब्लूएचओलाई थप ३ कराेड अमेरिकी डलर सहयाेग गर्ने

काठमाडाैं ।  चीनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई थप ३ करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ। कोरोना भाइरस (कोभिड १९) सँग लड्न चीनले संगठनलाई साे रकम सहयाेग गर्ने बताइएकाे छ । बिहीबार चीनको विदेशमन्त्रालयले  चीनले फेरी डब्लूएचओलाई सहयोग गर्ने जानकारी दिएकाे छ । यसअघि पनि चीनले डब्लूएचओलाई कोरोनाविरद्धको अभियानमा २ करोड अमेरिकी डलर सहयोग गरेको थियो। अमेरिकाले डब्लूएचओलाई सहयोग रोक्ने घोषणा गरेकै समयमा चीनले फेरि सहयोग गर्ने घोषणा गरेको हो। एजेन्सी

आर्थिक सहयोग नरोक्न विश्व स्वास्थ्य संगठनद्वारा अमेरिकासमक्ष आग्रह

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अधानोम घेब्रेयासुसले बुधबार संयुक्तराज्य अमेरिकासमक्ष संगठनलाई प्रदान गरिँदै आएको आर्थिक सहयोग नरोक्न र पूर्ववर्ती निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् । संगठनको मुख्यालय जेनेभामा आयोजित पत्रकार सम्मेलनका क्रममा महानिर्देशक टेड्रोसले संयुक्तराज्य अमेरिकाले संगठनका कार्यहरुलाई पुनः सहयोग गर्ने एवं मानिसको जीवन बचाउने कार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गरेका हुन् । उनले संयुक्तराज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई निरन्तर मद्दत गरिरहेको र अमेरिका नै संगठनलाई आर्थिक मद्दत गर्ने पहिलो नम्बरको मुलुक रहेको बताउँदै भने, “हामी अमेरिकाको त्यस सहयोगलाई भुल्न सक्दैनौं, र त्यसप्रति उच्च सराहना गर्दछौं ।” इथियोपियामा अमेरिकी सहयोगकै कारण स्वास्थ्य प्रणालीमा सुधार हुन सकेको दृष्टान्त दिँदै निकै भावुक मुद्रामा महानिर्देशक टेड्रोसले भने, “मलाई आशा छ संयुक्तराज्य अमेरिकाले गरेको यो सहयोग अरुका लागि मात्र लगानी होइन, स्वयम् अमेरिकी जनताको स्वास्थ्यका लागि पनि हो ।” गत साता अमेरिकी ट्रम्प प्रशासनले विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस फैलिएका बारेमा सूचनाहरु लुकाएको र संगठनले चीनको पक्ष लिएको भन्दै संगठनलाई दिइआएको आर्थिक सहयोग रोक्ने घोषणा गरेको थियो । अमेरिकी अधिकारीहरुले संगठनको भूमिकाका बारेमा पुनः मूल्याँकन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताए । अमेरिकाले हाल विश्व स्वास्थ्य संगठनलाई वार्षिक करिब ५० करोड अमेरिकी डलर प्रदान गरिरहेको छ । चीनले डब्लुएचओलाई करिब ४ करोड डलर दिँदै आएको छ । कोरोनाभाइरसको जोखिम उच्च रहेपनि चीन र अरु मुलुकबाट अमेरिकातर्फ हुने यात्रामाथि प्रतिबन्ध लगाउने अमेरिकी निर्णयप्रति डब्लुएचओले आलोचना गरेको राष्ट्रपति ट्रम्पले आरोप लगाउँदै आएका छन् । रासस–एएनआई

राहत पनि पाइएन र काम गर्न पनि पाइएन : वादी समुदाय

काठमाडौं । दैनिक ज्यालादारी तथा मागेर जीवन निर्वाह गर्दै आएका कैलालीका वादी समुदायलाई छाक टार्न समस्या भएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहेपछि वादी समुदायले काम गर्न र अन्यत्र घरघर गएर माग्न जान पाएका छैनन् । कतिपयले छिमेकीसँग सरसापट गरेर गुजारा गरेको पीडा पोखे । एक महिनासम्म काम गर्न नपाएपछि छिमेकी तथा आफन्तले पनि सहयोग गर्न नसक्दा छाक टार्न मुस्किल भएको उनीहरुको गुनासो छ । “राहत पनि पाएनौँ, ज्यालादारी गर्न बाहिरी जिल्ला गएका छोराहरु पनि उतै अलपत्र परेका छन्”, टीकापुर–८ सूर्यपुरकी रेखा वादीले भने, “म एकल महिला हुँ, राहत नपाएपछि सरकारले दोस्रो किस्ताको भत्ता दिएको भए किनेर खान्थ्यौँ ।” उनले अनुसार वडा कार्यालयले पाँच कठ्ठा जमिन छ भन्दै राहत दिन मानेन । “सात जनाको परिवार छ, पाँच कठ्ठाको अन्न दुई महिना मात्र पुग्छ”, रेखा भने, “घरमा अन्न छैन, न त ऋण पाइन्छ न सापटी पाइन्छ ।” वादी समुदायका धेरै नागरिक ज्यालादारीको काम गर्छन् । लकडाउनका कारण काम गर्न जान नपाएपछि सबैको घरमा समस्या हुन थालेको छ । सूर्यपुरकै नीतु वादीको चार जनाको परिवार छ । “आजभोलि एक छाक मात्र खाएर बाँच्नुपरेको छ”, उनले भने, “सरकारले राहत नदिए पनि काम दिएको भए हुन्थ्यो, काम गर्न नपाए हामी के खानु ?” अमृता नेपालीका चार सन्तान छन् । “छोराछोरी भोक लाग्यो भन्छन्, घरमा अन्न छैन”, उनले भने, “के खुवाउनु, कसलाई भन्नु ? हामीलाई त लकडाउनको एक महिना एक वर्षजस्तै लागेको छ ।” सुदूरपश्चिम प्रदेशका सांसद तथा वादी अभियन्ता उमादेवी वादीले कैलालीमा रहेका ९० प्रतिशत वादी परिवार समस्यामा रहेको जानकारी दिए । “राहत केही सीमितले पाएका छन् । यो पर्याप्त छैन”, उनले भने, “लकडाउन लम्बिने हो भने खाद्य सङ्कट पर्छ । यसबारेमा सरकारको ध्यान जानुपर्छ ।” उनका अनुसार कैलालीमा एक हजार पाँच सय परिवार वादी छन् । कैलालीको टीकापुर, लम्की चुहा नगरपालिका र बर्दगोरिया गाउँपालिकामा वादी समुदायको बसोबास बाक्लो छ । वादी बस्ती रहेको टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले जग्गा नभएका परिवारलाई मात्र राहत उपलब्ध गराएको जानकारी दिए । रासस

आरडिटी किट र भिटिएम अभाव, कोरोना परीक्षण स्थगित

काठमाडौं । सप्तरीमा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किटको अभाव भएको छ । जिल्लाको सप्तकोशी र कञ्चनरूपमा ठूलो सङ्ख्यामा कोरोना भाइरस परीक्षण भएपछि अहिले किटको अभाव भएको हो । किट अभावमा होम क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण हुन सकिराखेको छैन् । मागअनुसार किट प्राप्त नभएपछि उनीहरुको कोरोना परीक्षण हुन नसकेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोकथाम र नियन्त्रणको तयारी र अवस्थाका बारेमा अनुगमन तथा निरीक्षण गर्न आएका प्रदेश नं. २ महिला तथा बालबालिका सामाजिक न्याय समितिसँग स्वास्थ्य कार्यालय र गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुखले आरडिटी किटसहितको स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गए । प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आपूर्ति केन्द्रबाट चैत ३० गते प्राप्त आठ सयमध्ये सात सय ४० किट सकिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरूपलाई उपलब्ध एक सय किट पनि सकिएको सिनियर अहेव डम्बर गुप्ताले बताए । यस्तै गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा आएको १ सय ६० मध्ये १ सय १७ किट प्रयोग भइसकेको अस्पतालले जनाएको छ । अब बाँकी रहेका किट सकिने जानकारी गराउँदै स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले तत्काल किट उपलब्ध नभए परीक्षण रोकिनेछ भने । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा कोरोना भाइरसबाट सङ्क्रमित २८ मध्ये दुई जना सप्तरीको सुरुङ्गा नगरपालिका–११ औराहा भजक्का टोलका रहेकाले सो क्षेत्रमा कोरोना परीक्षणलाई तीब्र पार्न स्थानीयवासीले माग गरेका छन् । बाँकी रहेको आरडिटी किटले सो क्षेत्रमा परीक्षण सम्पन्न गर्न सक्ने अवस्था नरहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । कार्यालयका अनुसार अझै चार महिलासहित १ सय २७ जना स्थानीय तहद्वारा सञ्चालित क्वारेन्टाइनमा र ४९ जना होम क्वारेन्टाइनमा छन् । “हामीसँग भएको किटले सबै जनाको परीक्षण गर्न सकिदैन”, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले भने, “थप किटका लागि माग गरेका छौं, उपलब्ध भएपछि आवश्यकता अनुसार सबैको कोरोना परीक्षण गरिनेछ ।” “आरडिटी किट, भिटिएम, पिपिई, मास्क, सेनिटाइजर, थर्मल गनलगायत आवश्यक स्वस्थ्य सामग्रीको माग गरेका छौं”, उनले भने, “बोदे बर्साइनमा नेपाली सेनाको सहयोगमा स्वाब सङ्कलन केन्द्र स्थापना गर्ने निर्णय भएको पाँच दिन वितिसक्दा पनि भिटिएम र आरडिटी किटको अभावमा परीक्षण शुरु हुन सकेको छैन् ।” बोदे बर्साइन नगरपालिका–५ जाँजरमा फागुन ३ देखि ५ गतेसम्म एक लाख बढी इस्लाम धर्मालम्बीहरूको सहभागितमा धार्मिक सभा ‘इज्तिमा’ भएको थियो । ‘इज्तिमा’मा सहभागी जमातीहरू नै आफ्नो समुदायमा धर्म प्रचार गर्न बाँडिएर फरक–फरक मस्जिद गएका हुन् । ‘इज्तिमा’को मुख्य आयोजक र व्यवस्थापक बोदे बर्साइन भएकाले जिल्ला सुरक्षा समितिले सो क्षेत्रलाई जोखिमयुक्त ठहर गर्दै बोदे बर्साइनमा स्वाब सङ्कलन गर्ने निर्णय गरेको हो । नेपाली सेनाको चिकित्सकसहितको टोली स्वाब सङ्कलनका लागि आउन तयारी अवस्थामा रहे पनि भिटिएम र आरडिटीकै अभावले परीक्षण शुरु हुन सकेको छैन् । जिल्लामा मागअनुसार भिटिएम र आरडीटी किटलगायत पिपिई, मास्कजस्ता सामग्री नआएको भन्दै निमित्त प्रमुख यादवले प्रदेश नं. २ को महिला तथा बालबालिका सामाजिक न्याय समितिलाई जानकारी दिए ।“किटलगायत आवश्यक स्वास्थ्य सामग्रीको अभाव छ”, गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले भने, “अहिले रकमभन्दा आवश्यक सामग्री र दक्ष जनशक्तिको आवश्यकता छ, रकम वा आश्वासनभन्दा जनशक्ति र चाहिने सामग्री आएमा कोरोना सङ्क्रमणको जोखिममा रहेका सबै जनाको परीक्षण गर्न सहज हुन्छ ।” समितिका सभापति जैनुल राइनले प्रदेश सरकारले निर्णय गरेर पनि जडान हुन नसकेको पिसिआर मेशिन जडान गर्न र स्वास्थ्य सुरक्षा सामग्रीहरू उपलब्ध गराउन प्रदेश सरकारलाई निर्देशन दिने आश्वासन दिए । सभापति राइनसँगै प्रदेश अर्थ समितिका सभापति मनिष सुमन, प्रदेशसभा सदस्यहरू शारदा थापा, नेत्रविक्रम साह, प्रमिलाकुमारी यादव, प्रमिला दास, मञ्जु यादव, सरस्वती चौधरी, शाखा अधिकृत रेखाकुमारी यादवको टोलीले स्वास्थ्य कार्यालय, गजेन्द्रनारायण सिंह अस्पताल राजविराज र जिल्ला अस्पतालको रूपमा स्तरोन्नती गर्न लागिएको भारदह अस्पतालको निरीक्षण तथा अनुगमन गरे । रासस

चेम्बर अफ कमर्सद्वारा ८० घर परिवारलाई राहत सामाग्री वितरण

काठमाडौं । घोराहि चेम्बर अफ कमर्स दाङले ८० घर परिवारलाई राहत सामाग्री वितरण गरेको छ । घोराहि चेम्बर अफ कमर्स दाङका अध्यक्ष मन्जु बज्रचार्यले प्रत्येक मजदूरलाई २५ किलो चामल, तेल, नुन, दुई प्याकेट स्वाबिन वितरण गरेको जानकारी दिएका छन् । घोराहि चेम्बर अफ कमर्स दाङले छिटै अरु राहतको सामाग्रीहरु पनि वितरण गर्ने भएको छ ।

चार वर्षअघि अनलाईन सेवा थालेको प्रभु इन्स्योन्सलाई ‘लकडाउनमा लाभ’

  काठमाडौं । समस्या सबैका आ–आफ्नै खालका हुन्छन् । प्रभु इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्यलाई पनि उस्तै तनावमा छ । ‘पुर्नबीमा रकम समयमा नै तिर्नुपर्छ । कर्मचारीलाई तलव दिनैपर्छ । घरभाडा दिनै पर्छ । पानी, विजुली, फोन, इन्टरनेट लगायत व्यवस्थापनका खर्चहरु सबै भईहाल्छन्’ उनले भने–‘विश्वमा सबैलाई समस्या छ । हामीलाई पनि समस्या छ ।’ गाह्रो छ तर काम रोक्नु भएन । बीमा सेवालाई अत्यावश्यक सेवा भनिएको छ । अफिस चलाउनै पर्छ । ग्राहकलाई आवश्यक सेवा दिनैपर्छ । उनको घर चावहिलमा छ । कार्यालय तीनकुनेमा । लकडाउनको बेलामा पनि कहिले अफिस कहिले घर । ‘जानै पर्दा अफिस जान्छु । धेरै काम अनलाइनबाट हुन्छ, घरबाटै गर्छु’ उनले भने । उनी धेरै जनाबीच छलफल गर्न जुम प्रयोग गर्छन । म्यासेन्जर, भाइवर, ह्वाट्स्एप पनि प्रयोग गर्छन । छिटो जोडिन र कुरा गर्न मोवाइल छँदैछ । ‘प्रविधिले हामीलाई धेरै सजिलो बनाएको छ । जुममा सामूहिक छलफल गर्दा त कार्यालयमा बैठक गरे जस्तै लाग्छ’ उनले अनुभव सुनाए । ‘दिनभरी नै काममा व्यस्त भइन्छ’ बज्राचार्यले भने–‘क्लाइन्टहरुले फोन गर्छन् । म्यानेजरहरुसँग दैनिक भर्च्युल मिटिङ गर्छु । कर्मचारीहरुसँग बारम्बार कुरा गर्नुपर्छ । अनलाइन रिपोटिङ हेरिरहनुपर्छ । नयाँ नयाँ निर्णय लिइरहनुपर्छ ।’ कुन कुन बीमा लेख नविकरण गर्नु पर्ने बेला भएको छ ? हप्ता/१० दिनअघि नै सम्बन्धित शाखामा इमेलबाट सर्कुलेशन गरिन्छ । आज कति बीमा लेख नविकरण भयो, कति नयाँ बीमा लेख जारी भयो ? कति बीमा शुल्क संकलन भयो अनलाइन रिपोटिङ हुन्छ । कम्पनीले चार वर्षअघि देखि नै अनलाईन बीमाको अभ्यास गर्दैै आएको थियो । मोवाइल एप प्रयोग गर्न ग्राहकलाई सिकाउदै र बानी पार्दै आएको थियो । ‘हामीले ठिक समयमा अनलाइन सर्भिसमा जोड दिएका रहेछौं । अहिले हामीलाई लाभ मिलेको छ’ प्रभु इन्स्योरेन्सका सीईओ बज्राचायले भने । ‘अनलाइनबाट पोलिसी जारी गरेका छौं । अनलाईनबाट बीमा नविकरण गराएका छौं । अनलाईनबाटै भुक्तानीको प्रबन्ध मिलाएका छौं’ उनले भने । यसको लागि प्रक्रिया पनि सजिलो छ । मोवाइल एपबाट कुन पोलिसी लिने, त्यसका बीमा शुल्क कति लाग्छ सबै जानकारी ग्राहकले लिन सक्छन् । आफूलाई चाहिएको बीमा पोलिसी उनीहरुले अनलाईबाटै लिन सक्छन् । आवश्यक डकुमेन्टहरु अनलाईबाटै पेस गर्न सक्छन् । सबै प्रक्रिया पुरा भएपछि बीमा कम्पनीले ठिक भएको सन्देश दिन्छ । त्यसपछि ग्राहकले मोवाइल बैकिङ, इन्टरनेट बैंकिङ वा प्रभु पे, ईसेवा लगायत वालेटबाट बीमा शुल्क भुक्तानी गर्न सक्छन् । त्यसपछि बीमा कम्पनीले ग्राहकको फाइलमा स्वीकृत जनाउँछ, बीमा पोलिसी जारी गर्छ । ‘यी सबै काम अनलाईनबाट हुन्छ । बजारको अवस्था सामान्य भएपछि कागजी फाइलमा आवश्यक सहिछाप लगाउने, लिने/दिने गछौं’ प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्यले भने । ग्राहक र कम्पनीबीच भएको बीमा सम्बन्धि डकुमेन्ट इकपी, स्क्यान कपी, फोटोकपी इमेल, भाइवर, ह्वाट्स्एपबाट लिने दिने काम अहिले नै भईरहेको उनले बताए । धेरै पेमेन्टहरु मोवाइल बैकिङ, कनेक्ट आइपीएस, प्रभु पे, इसेवा लगायत हुने गरेको उनले बताए । कुनै ग्राहकले चेकबाट नै भुक्तानी गर्छु भन्छन् भने प्रभु इन्स्योरेन्सका कर्मचारी चेक संकलन गर्न ग्राहकले बोलाएको स्थानमा जाने गरेको उनले बताए । ‘ठूलो भुक्तानी बैंकबाट बैंकमा टान्फर हुन्छ । इबैंकिङ सुविधा छ । कहाँबाट पैसा आयो हेर्न सकिन्छ । पेमेन्ट निश्चित भएपछि मात्र बीमा कम्पनीले बीमा पोलिसी जारी गरिन्छ’ उनले भने । अनलाइनबाट काम गर्ने प्रणालीको विकास र अभ्यासले गर्दा लकडाउनको बेलामा पनि तुलनात्मक रुपमा नतिजा राम्रो भएको उनले सुनाए । ‘चैत ११ गतेदेखि लकडाउन भयो । पहिलो १० दिन मात्र अफिसमा गएर काम गर्न पायौं, पछिको २० दिन काम गर्न कठिन भयो । तर हाम्रो विजनेश धेरै घटेन’ उनले खुशीको कुरा सुनाए । उनले अंक त उल्लेख गरेनन । तर २०७५ चैतको तुलनामा २०७६ चैतको व्यवसायमा फरक नपरेको उनले बताए । ‘मेरिन इन्स्योरेन्स बढेको छ । बैंकहरुबाट केही विजनेशन आएको छ । नविकरणतर्फ पनि राम्रो छ’ उनले भने । बीमा नविकरण, नयाँ बीमा पोलीसी जारीको काम मात्र होइन, दावी भुक्तानीको काम पनि सकेसम्म गर्ने गरेको उनले बताए । बीमा दावी गर्ने अवस्थामा ग्राहकले कम्पनीलाई जानकारी दिन्छ । अनलाइनबाट कम्पनीले विवरणहरु लिन्छ । ‘सानो रकमको बीमा दावी छ भनेर हामीले अनलाईनबाट प्राप्त विवरणहरुको आधारमा अध्यायन गरेर भुक्तानी दिन्छौं । ठूलो दुर्घट्नाको अवस्थामा, घट्ना र क्षतिबारे जान्न सर्भेयर नै जानु पर्ने भएमा सर्भेयर फिल्डमा जाने अवस्था नभएसम्म थप प्रक्रिया अगाडि बढ्दैन’ बज्राचार्यले भने ।