आइएमई पे एपमा १ रुपैयाँको खेल : उपहार स्वरुप अल्टिमा लाईफस्टाईलको प्रडक्ट
काठमाडौं । ‘आइएमई पे’ ले यहि माघ महिना देखि आफ्नो एपमा ‘हिले नखेले कहिले’नामक १ रुपैयाँको खेल सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यस अघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाईफस्टाईलसँग आवद्ध भइ १ रुपैयाँ खेल सुरु गरेको छ साथै खेलको उपहार स्वरुप १० वटा अल्टिमाको प्रडक्टहरु राखेको छ । आइएमई पे एपका प्रयोगकर्ताहरूले १ रुपैयाँमा आफुलाई मन पर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्नेछन् । यस अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रडक्ट-अल्टिमा बुम १६१ क्युमा पनि आइएमई पेल मार्फत खरिदमा छुट दिने छ । साथै, प्रयोगकर्ताहरूले दराज एपबाट माघ ४ गते देखि माघ ८ सम्म अल्टिमा बुम १६१ क्यु खरिद गर्दा आइएमई पेबाट भुक्तानीमा १५५ अतिरिक्त छुट (१५० रुपैयाँ सम्म) पनि प्राप्त गर्न सक्नेछन् ।
नेपाल टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी नियुक्त
काठमाडौं । नेपाल टेलिकमको सञ्चालक समितिको अध्यक्षमा रामकृष्ण सुवेदी नियुक्त भएका छन् । गत पुस २४ गतेको मन्त्रिपरिषदको बैठकले सुवेदीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष सुवेदीले पुस २६ गते गोपनीयता र इमान्दारीताको सपथ लिएका हुन् । यसअघि टेलिकमको पूर्व पदाधिकारी कृष्ण बहादुर राउत थिए ।
कालीगण्डकी करिडोर : बेनी-जोमसोम-कोरला सडक अन्तिम चरणमा
म्याग्दी । गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाको २५ प्रतिशत काम बाँकी छ । भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको भाग्यरेखा मानिएको छ । पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने भएकाले यो सडकलाई गण्डकीको भाग्यरेखा मानिएको हो । पर्वतको मालढुङ्गाबाट म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको सडक दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३/७४ देखि सुुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख धु्रव झाले बताए। ‘छवटा खण्डमा ८५ किलोमिटर ग्राभेल र तीनवटा खण्डको १९ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ’, उनले भने, ‘योजनामार्फत १३ वटा पक्की पुल र तीनवटा बेलीब्रिज निर्माण भएको छ ।’ रु सात अर्ब ५५ करोड लागत अनुुमान गरिएको योजनाका लागि आव २०७९/८० सम्म रु छ अर्बभन्दा बढी खर्च भएको छ । पर्वतको मालढुङ्गा–बेनी, म्याग्दीको राहुघाट–दाना, मुस्ताङको खन्ती–जोमसोम, जोमसोम–कागबेनी खण्डमा कालोपत्र र चराङ–छोसेर खण्डमा ग्राभेल गर्ने ठेक्काको काममा ढिलासुस्ती भएको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बताए। ‘सङ्घीय सरकारका विभागीय मन्त्री, प्रधानमन्त्री, आयोजनासँग समन्वय गरेर निर्माण व्यवसायीलाई तीन–चार वर्षपछि काममा फर्काइएको छ’, उनले भने, ‘नदीजन्य निर्माण सामग्रीको व्यवस्थापन र निर्माणस्थलमा देखिएका समस्या समाधानका लागि स्थलगत अध्ययन गरेर पहल थालेका छौँ ।’ सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री जुग्जाली, प्रतिनिधिसभा सदस्य खमबहादुुर गर्बुजा (खम्बिर), सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र प्रहरी नायब उपरीक्षक मदन कुँवरलगायतको टोलीले शनिबार सडकको म्याग्दी खण्डको अनुगमन गरेको छ । नदीजन्य निर्माण सामग्रीको अभाव र प्रतिकुूल भूूगोल चुुनौती बनेको छ । सर्वोच्च अदालतको विसं २०७८ असार २९ गतेको आदेशका कारण कालीगण्डकी करिडोरअन्तर्गत गण्डकी प्रदेशमा सञ्चालित पूूर्वाधार आयोजनामा नदीजन्य निर्माण सामग्रीको अभाव भएको छ । सर्वोच्च अदालतले कालीगण्डकी नदीबाट ढुुङ्गा, गिट्टी र बालुवा उत्खनन तथा निकासीमा रोक लगाएपछि विकास आयोजना निर्माण प्रभावित भएको हो । मन्त्री ज्वालाले स्थलगत निरीक्षणका क्रममा देखिएका समस्या समाधानका लागि जिल्लास्तरका सरोकारवालासँग छलफल गरेको र मन्त्रालय तहबाट गर्नुपर्ने पहलका विषयमा तत्कालै सहजीकरण गरिने र सडक निर्माणले गति लिने वातावरण बनाउने बताए । टोलीले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरी र सिरुवारीस्थित पहिरोग्रस्त क्षेत्रको पनि अनुगमन गरेको थियो । सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिबाट वडा नं ६ पोखरेबगर र भुरुङ तातोपानी क्षेत्रमा तीन किलोमिटर सडक कालोपत्र गर्न थालिएको छ । रघुगङ्गा गाउँपालिका–३ राहुघाटबाट अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको नागढुङ्गासम्मको १९ किलोमिटर सडक कालोपत्र गर्न विसं २०७४ मा शर्मा युनाइटेड जेभी र बेनी–जोमसोम–कोरला सडक योजनाबीच ठेक्का सम्झौता भएको थियो । मुख्य ठेकेदारले काम नगरेर सहायकलाई ठेक्का दिएको, प्रतिकूल भूगोल, विपद् र कोरोना महामारीका कारण यो सडक निर्माणकार्य विसं २०७७ हिउँददेखि सुस्ताएको थियो । शर्मा युनाइटेडका इन्जिनियर प्रशान्त तिमिल्सिनाले करिब छ किलोमिटर दूरीमा सबबेस र बेस राख्ने काम सकिएको बताए । रघुगङ्गा गाउँपालिकाको राहुपारेबाट बेगखोला खण्डको करिब छ किलोमिटर दुई वर्षअघि कालोपत्र भएको थियो । योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गाबाट काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण सुरु भएको छ । विसं २०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गाबाट वडा नं ३ को काभ्रे खण्डमा सडक निर्माणको काम गत महिनादेखि सुरु भएको हो । रासस
पुलचोक-गोन्द्राङ ६ लेन सडकको काम अन्तिम चरणमा
भरतपुर । चितवनको भरतपुरस्थित पुलचोक-गोन्द्राङ छ लेन सडक निर्माणको ७५ प्रतिशत काम सकिएको छ । दुईपटक म्याद थप्दा यो सडकको काम अन्तिम चरणमा पुगेको हो । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर शाहले वीरेन्द्र क्याम्पसबाट लायन्सचोकसम्म र चौबिसकोठीमा सर्भिस लेन बनाउन बाँकी छ भने अन्य क्षेत्रमा लाइटिङको काम बाँकी छ । उनका अनुसार गोन्द्राङबाट चौबिसकोठीसम्म कालोपत्र गर्ने काम अगाडि बढेको छ । सो निर्माण कम्पनीले २०७७ माघ २८ भित्र विस्तार गरी सक्नेगरी कामको जिम्मा लिएको थियो । सो मितिमा पनि काम नसकिएपछि दुई पटकसम्म म्याद थप गरिएको छ । अन्तिमपटक मङ्सिरमा भदौसम्म सक्नेगरी म्याद थप गरिएको शाहले जानकारी दिए । भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा सहरी सौन्दर्यकरणलाई समेत ख्याल गरी छ दशमलव ०८ किलोमिटर लामो सडक विस्तारको काम थालिएको हो । सडकको लागत एक अर्ब ७६ करोड रुपैयाँ छ । भौतिक प्रगति ७५ प्रतिशत भए पनि वित्तीय प्रगती ६५ प्रतिशतमात्र भएको शाहले जानकारी दिए । उनका अनुसार यस सडकलाई यस वर्ष पाँच करोड रुपैयाँ मात्र बजेट विनियोजन भएको थियो । बाँकी रकम नपुगेर मन्त्रालयमा सिफारिस गरिएको उनले जानकारी दिए । ‘भुक्तानी लगभग ६५ प्रतिशत भएको छ, अझै ४५ करोड रुपैयाँ निर्माण कम्पनीलाई दिन बाँकी छ’, उनले भने, ‘सडक विभागमा फाइल पठाएका छौँ, भुक्तानी छिट्टै हुनेमा आशावादी छौँ ।’ अहिलेसम्म भुक्तानी समयमा नहुँदा सडक विस्तार गर्न समस्या परेको निर्माण कम्पनीले जनाएको छ । फागुनको पहिलो सातासम्म पुलचोकबाट वीरेन्द्र क्याम्पस चोकसम्म पहिलो चरणको कालोपत्र हुने पुलचोक–गोन्द्राङ छ लेन सडकका कन्ट्याक्ट म्यानेजर सुनिल ढुङ्गानाले जानकारी दिए । वीरेन्द्र क्याम्पसबाट लायन्सचोकसम्म नाला निर्माणकार्य अन्तिम चरणमा पुगेको उनले बताए । सडकसँग जोडएका १४ स्थानमा सडकको पानी फाल्ने, गाडी, बाइक धुने कार्यले सडक निर्माण र गुणस्तरमा असर परेकाले महानगरले सचेत गराएको महानगरका इन्जिनियर साकार लामाले बताए । उनले महानगर प्रमुख दाहालले सडक निर्माणको दैनिक रिपोर्टिङ लिने गरेको जानकारी दिए । बीस दिनअघि बजार क्षेत्रमा रहेको खानेपानी र ढलको समस्या समधान भएसँगै कामले गति लिएको लामाले बताए । महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षको औपचारिक कार्यक्रम सुरु हुनभन्दा अघि नै धुलोमुक्त सडक निर्माण गरी सक्न निर्माण कम्पनीसँग सहमति भएको बताए । निर्माण कम्पनीसँग पटक–पटक छलफल र संवाद गरी निर्माणलाई छिटो र गुणस्तरीय ढङ्गबाट सम्पन्न गर्न अनुरोध गरिएको प्रमुख दाहालले जानकारी दिए । उनले सडक निर्माणमा देखिएका समस्या समाधानका लागि महानगरपालिकाले सहजीकरण गरेर काम गरिरहेको बताए । पचास मिटर चौडाइ रहने छ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली अन्डरग्राउण्डको योजना छ । सडकको दायाँबायाँ ११ दशलमलव पाँच–११ दशमलव पाँच मिटरको पिच हुनेछ । त्यसको बीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर पाँच दशमलव पाँच मिटरदेखि छ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुनेछ । त्यसभन्दा पर तीनदेखि चार मिटरको फुटपाथ बन्ने छ । रासस
यूनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १०.८०१३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण हुने छ ।
यस्तो छ बीवाईडी सीलको तीन भेरिएन्ट
काठमाडौं । बीवाइडीको प्रिमियम इलेक्ट्रिक सेडान सीलको नेपालमा बिक्री सुरु भएको छ । कुल तीनवटा भेरिएन्टमा उपलब्ध यसको सुरुवाती मूल्य १ करोड ५ लाख तोकिएको छ । भेरिएन्ट अनुसार यसमा मोटर, ब्याट्री र फिचर समेत फरक पाउन सकिन्छ । ब्याट्री र रेन्ज सीलमा कम्पनीको आफ्नै ब्लेड ब्याट्री जडान गरिएको छ । यो नयाँ कारको डाइनामिक भेरिएन्टमा ६१.४ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ भने प्रिमियम र पर्फमेन्स भेरिएन्टमा ८२.५६ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । कारको रेन्ज क्रमशः ४६०, ५७० र ५२० किलोमिटर दावी गरिएको छ । मोटर र पावर भेरिएन्ट अनुसार यसमा छुट्टाछुट्टै मोटर पाउन सकिन्छ । जस्तो, डाइनामिक भेरिएन्टमा १५० किलोवाट क्षमताको मोटर जडान गरिएको छ भने प्रिमियमा २३० किलोवाट र पर्फमेन्समा ३९० किलोवाट क्षमताको मोटर दिइएको छ । भेरिएन्ट अनुसार यसको पावर क्रमशः १३५, ३१२ र ५३० पीएस रहेको छ । साथै टर्क पनि क्रमशः ३१०, ३६० र ६७० एनएम रहेको छ । बीवाइडीले यसमा पीएमएसएम मोटर दिएको हो । पर्फमेन्स र विशेषता १८० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिने यस कारको डाइनामिक र प्रिमियम भेरिएन्टमा रियल ह्विल ड्राइभ सिस्टम पाउन सकिन्छ भने पर्फमेन्स भेरिएन्टमा अल ह्विल ड्राइभ सिस्टम दिइएको छ । लक्जरी सेडान भएका कारण यसको ग्राउन्ड क्लिरियन्स भने जम्मा १५० एमएम मात्र छ । ११ किलोवाटको चार्जर सपोर्ट गर्ने यो नयाँ कारलाई डिसी फास्ट चार्जरको साहयतामा जम्मा ३७ मिनेटभित्रै १० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । कारमा ४०० लिटरको बुट स्पेस पाउन सकिन्छ भने भेइकल–टु–लोड फिचर पनि उपलब्ध भएका कारण कारबाटै अन्य इलेक्ट्रोनिक सामान समेत चार्ज गर्न मिल्छ । महत्वपूर्ण फिचर बीवाइडी सीलमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, सेलेक्ट गर्न मिल्ने ड्राइभ मोड अप्सन, १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम विथ एचयूडी, पीएम २.५ एयर फिल्टर, फ्ल्याट–बटम स्टेयरिङ ह्विल, ठूलो एसी भेन्ट, वायरलेस स्मार्टफोन चार्जरलगायत फिचर्स पाउन सकिन्छ । साथै यसमा ६ वटा एयर ब्याग, एविएस, ईबीडी, इएससी, ट्रयाक्सन कन्ट्रोल सिस्टम र एडास लगायत अन्य थुप्रै सेफ्टि फिचर राखिएको छ । यो नयाँ कारले यूरो एनक्यापको सेफ्टि टेष्टमा ५ स्टार रेटिङ पाएको छ । मूल्य बीवाइडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले यसको डाइनामिक भेरिएन्टलाई १ करोड ५ लाख, प्रिमियमलाई १ करोड ३९ लाख र पर्फमेन्स भेरिएन्टलाई १ करोड ८५ लाख निर्धारण गरेको छ । यो कारले नेपाली बजारमा टेस्ला, किया ईभी६ र हुन्डाई आयोनिक ५ संग प्रतिस्पर्धा गर्ने देखिन्छ ।
दराजले ल्यायो ‘फ्रि डेलिभरी फेस्टिभल’
काठमाडौं । सपिङ प्लेटफर्म दराजले आफ्ना ग्राहकहरुलाई सहज, सरल, र सुरक्षित किनमेल सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्रि डेलिभरी फेस्टिभल’ नामक कार्यक्रम सार्वजनिक गरेको छ। दराजले पहिलो पटक ल्याएको यो कार्यक्रममा ग्राहकहरुले निःशूल्क डेलिभरी, ७० प्रतिशत सम्मको मेगा डिल्स, १ हजारसम्मको मेगा भाउचर, १ हजार सम्मको प्रिपेमेन्ट छुट साथै अरु थुप्रै अफरहरु प्राप्त गर्न सक्छन् । माघ ९ गते देखि सुरु हुने उत्त कार्यक्रममा फेसन, लाइफस्टाइल, व्यूटी जस्ता विभिन्न विधाका सामानहरु खरिद गर्न सकिन्छ । नेपालका व्यवसायहरुको ढुवानी शूल्क बढ्दा उपभोक्ताहरुलाई अनलाइन किनमेल महङ्गो हुन पुगेको कुरालाई मध्य नजर गर्दै दराजले यो कार्यक्रम ल्याएको जनाएको छ । फ्रि डेलिभरी फेस्टिभलले खरिदकर्ताहरुलाई घरदेखि बजारसम्मको दोहोरो यात्रा गर्न नपर्ने र घरमै सामान आउने व्यवस्था गरेर अधिक्तम बचत गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ । यो कार्यक्रममा दराजले काठमाडौं र मूख्य शहरहरुमा मात्र नभएर ग्रामीण क्षेत्रहरुका सीमान्तकृत समुदायहरुमा पनि सेवा विस्तार गर्न राष्ट्रव्यापी डेलिभरी सेवा प्रदन गर्नेछ । विक्रेताहरुको आयमा ७५ प्रतिशतको विद्धि भएको देखिन्छ । दराजका प्रमुख परिचालन अधिकृत विमल अर्याल भन्छन्, ‘हाम्रो प्लेटफर्ममा उपलब्ध विविध विधाका लाखौं सामानहरु ग्राहकहरुलाई समयमै सुपथ मूल्यमा प्रदान गर्ने हाम्रो मूख्य उदेश्य हो । अहिलेको फ्रि डेलिभरी फेस्टिभल पनि यहि उदेश्यको एक अंश हो हामीसँग आवद्ध साझेदारहरु, दक्ष जनशक्ति, निविन्तम प्रविधि, र कमचारीहरुको कर्मनिष्ठाले गर्दा हामीलाई पूर्वमा काँकडभिट्टा देखि पश्चिममा महेन्द्रनगरसम्म वितरण संजाल विस्तार गर्ने हाम्रो यो उद्देश्य पूरा गर्न सजिलो हुन्छ । साथै हामी अहिलेको आवश्यक्ता अनुसार डेलिभरी सेवा पनि सुधार गर्दै आएका छौं र गर्नेछौं जसले गर्दा हाम्रा ग्राहकहरुले निकै राम्रो झन्झट रहित सेवा प्राप्त गर्दै आएका छन् ।’ २०२४ को पहिलो कार्यक्रम फ्रि डेलिभरी फेस्टिभलमा बैंक कार्ड वा डिजिटल वालेटबाट अग्रिम भुक्तानी गरेमा विशेष छुटका साथै अरु थुप्रै अफरहरु प्राप्त गर्न सक्छन् । कम्पनीको अनुसार ग्राहकहरुले डेबिटकार्ड प्रयोग गरेर अग्रिम भुक्तानी गरेमा १५ प्रतिशत रु ७५० सम्म साथै क्रेडिट कार्ड प्रयोग गरेमा २० प्रतिशत १,००० सम्मको छुट प्राप्त गर्ने छन् ।
टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना
काठमाडौं । नेपालको लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ग्राहकहरूका लागि ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले टिभिएस बाईक तथा स्कुटरको खरिदमा ७००० सम्मको नगद छुट पाउन सक्नेछन् । यस्तै कम ईएमआइ सुविधा मात्र ३९९९ बाट सुरु हुने कम्पनीले जनाएको छ । यो योजना एनटोर्क, रेडर, अपाचे १६० २भी, अपाचे १६० ४भी, अपाचे २०० ४भी जस्ता टिभिएसका उत्पादनहरूमा लागू हुने कम्पनीले बताएको छ । कम्पनीका अनुसार यो योजना गण्डकी, धौलागिरि र बागमती बाहेक अन्य स्थानहरूमा लागू हुने बताएको छ । यस योजनासँगै कम्पनीले मात्र ३९९९ बाट सुरु हुने सबैभन्दा कम ईएमआइ सुविधा हाइलाइट गर्दै नेपाल अधिराज्यभर लागु हुने गरि ‘सेलिब्रेसन अफर’ पनि सार्वजनिक गरेको छ ।