गण्डकी गाउँपालिकामा गर्भवती तथा दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा
गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८०-०८१ मा विनियोजित बजेटमार्फत पालिकाभित्रका सबै गर्भवती तथा दीर्घरोगीका लागि स्वास्थ्य बीमा गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिए । ‘पालिकाले दीर्घरोगी र गर्भवतीका लागि वार्षिक रु एक लाखसम्मको स्वास्थ्य बीमाको थालनी गरेको छ’, उनले भने, ‘स्वास्थ्य बीमा कार्यक्रमले लक्षित परिवारमा अबदेखि सहज स्वास्थ्य सेवाको पहुँच पुग्नेछ ।’ गाउँपालिकाले वडा नं ६ बाट विश्व ‘क्यान्सर’ दिवसका अवसर पारेर स्वास्थ्य बीमा कार्यक्रमको थालनी गरेको छ । आग्रीडाँडा सामुदायिक स्वास्थ्य एकाइमा ‘क्यान्सर’पीडित परिवार तथा गर्भवतीलाई स्वास्थ्य बीमा फारम उपलव्ध गराएर बीमा कार्यक्रमको औपचारिक सुरुआत गरिएको उनको भनाइ छ । कार्यक्रम सुरु भएसँगै पालिकाभित्रका सबै गर्भवती तथा सूचीकृत भएका दीर्घरोगीलाई निःशुल्क स्वास्थ्य बीमा उपलव्ध गराउँदै जाने प्रमुख तिमल्सिनाले जानकारी दिए । ‘कार्यक्रमबाट गर्भवतीको सुत्केरी हुँदा लाग्ने खर्च तथा आमा र बच्चाको स्वास्थ्योपचारमा खर्च न्यूनीकरण हुनेछ’, उनले भने, ‘नियमितरूपमा औषधि सेवन गर्नुपर्ने तथा उपचार गर्नुपर्ने दीर्घरोगीका लागि कार्यक्रमले उपचारका लागि थप सहज हुनेछ भन्ने अपेक्षा गरिएको छ ।’ गण्डकी गाउँपालिकाभित्र अहिलेसम्म सूचीकृत भएका ८४ दीर्घरोगी छन् । दीर्घरोगी तथा गर्भवतीलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षका लागि रु १० लाख बजेट विनियोजन गरेको थियो । कार्यक्रम अब निरन्तर चल्नेछ । बीमा गर्दा गर्भवती तथा दीर्घरोगीका परिवारका पाँच जना सदस्यको समेत निःशुल्क स्वास्थ्य बीमा हुने गाउँपालिकाले जनाएको छ । रासस
एनसेलको इन्डिया रोमिङ प्याक, छोटो समयका लागि भ्रमणमा जानेलाई फाइदा
काठमाडौं । एनसेलले विविध प्रयोजनका लागि छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा बारम्बार जाने आफ्ना ग्राहकहरुका लागि आकर्षक रोमिङ् प्याक संचालनमा ल्याएको छ । यो प्याक सुचारु गरि ग्राहकले सबैभन्दा सुलभ शुल्कमा भारतमा रहँदा सहजै सम्पर्कमा रहन सक्छन् । ग्राहकले कर सहित १०० रूपैयाँमा यो रोमिङ् प्याक सुचारु गर्न सक्छन् र तीन दिनसम्म रोमिङ सेवाको पहुँचबाट फाइदा लिन सक्छन् । यसको अर्थ प्रतिदिन मात्र ३३ रूपैयाँमा तीन दिनसम्म रोमिङ सेवा उपलब्ध हुनेछ । यतिमात्र नभई, प्याकका साथ ग्राहकले तत्काल ५०० एमबी डाटा पाउँछन् र भ्वाइस र एसएमएस सेवामा शुल्कमा भारी छुट पाउने कम्पनीले बताएको छ। कम्पनीका अनुसार यो प्याक शुक्रबार (माघ १९)बाट संचालनमा आएको हो । यो प्याकले हाम्रा सीमावर्ती सहरहरू जस्तै वीरगन्ज, भैरहवा, नेपालगन्ज, विराटनगर, जनकपुर आदी शहरहरुबाट बारम्बार भारत भ्रमण गर्ने साना व्यवसायी, यातायात मजदुर जस्ता ग्राहकहरुको रोमिङ सेवाको मागलाई सम्बोधन गर्दछ । त्यसैगरी यसले भारतमा आकस्मिक भ्रमणमा जानु पर्ने ग्राहकहरुलाई पनि विशेष महत्व राख्दछ । ग्राहकहरुले एष्ट्रिक्स१७१२९एष्ट्रिक्स५ह्यास डायल गरि यो प्याक लिन सक्छन् । त्यसैगरी यो प्याक अन्य माध्यम जस्तै एनसेल एप, एनसेलको वेबसाइट र अन्य डिजिटल प्लेटफर्महरुमार्फत पनि सुचारु गर्न सकिन्छ। यो प्याक लिने बितिकै बिना कुनै झन्झट रोमिङ सेवा स्वतः सुचारु हुन्छ र ग्राहकले तत्कालै ५०० एमबी डाटा पाउँछन् साथै इनकमिङ् कल उठाउन र भारतमा कल गर्नका लागि पेएजयूगो शुल्कमा ३२ प्रतिशत छुट पाउँछन् । यसको मतलब ग्राहकले कर सहित मात्र १६.४८ रूपैयाँ प्रति मिनेटमा कल उठाउन र भारतमा कल गर्न सक्छन् । साथै पेएजयूगोको प्रति एसएमएस शुल्कमा २९ प्रतिशत छुटका साथ मात्र कर सहित ६.३४ रूपैयाँमा एसएमएस पठाउन सक्छन् । एक पटक सुचारु गरेपछि प्याक ३ दिनका लागि मान्य रहन्छ र ग्राहकले आफ्नो आवश्यकता वा भारत बसाईको आधारमा जति पटक पनि यो प्याक लिन सक्छन् । यो रोमिङ प्याकले बारम्बार भारत भ्रमण गर्नुपर्ने ग्राहकहरूका लागि झन्झटरहित दूरसञ्चार सेवा सुनिश्चित गर्दछ । सबै भारतीय सेवा प्रदायकहरूसँग आफुले काम गर्ने भएकाले यो प्याकले विशेष गरी ग्राहकहरूलाई विभिन्न उद्देश्यका लागि भारत भ्रमण गर्दा सस्तो दरमा सजिलैसँग सम्पर्कमा रहन धेरै फाइदा पुर्याउने विश्वास एनसेलले लिएको छ ।
सम्झौता बहुउद्देश्यीय सहकारीद्वारा तोरी पेल्ने उद्योग सञ्चालन
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल ‘ब्राण्डिङ’ , ‘लेभलिङ’ तथा ‘प्याकेजिङ’ उद्योग सञ्चालनमा ल्याएको छ । नगरपालिकाको रु १५ लाख, सङ्घीय सरकारको सर्शत अनुदान रु १० लाख र सहकारीको रु पाँच लाख गरी रु ३० लाखमा उद्योग सञ्चालनमा ल्याइएको हो । ‘दुई किलो ५० ग्राम तोरीबाट एक लिटर तेल उत्पादान हुन्छ, यसमा तोरीको मूल्य रु दुई सय ८०, बोतलसँगै बिर्को र ढुवानी रु १३, स्टिकर रु १२, श्रम लागत रु १३ गरी रु तीन सय २३ मा तेल बिक्री मूल्य राखेका छौँ’, उनले भनिन्, ‘उद्योगलाई मुनाफाका रूपमा खली पिना रहेको छ, यसको मूल्य प्रतिकिलो लगभग रु ३४ छ ।’ सहकारीका लेखा संयोजक मनराज उपाध्यायले उद्योग सञ्चालनमा आइसकेकाले तत्कालै तेलको ब्राण्डिङ, प्याकेजिङ गरी बजारमा ल्याउन लागेको जानकारी दिए । उनका अनुसार उद्योगको दैनिक पाँच सय लिटर प्रशोधित तेल उत्पादन गर्ने क्षमता छ । सहकारीले उपसमिति बनाएर उद्योग सञ्चालन र व्यवस्थापनको कार्य अगाडि बढाउने उनले बताए। स्थानीय किसान धर्मराज चौधरीले नगरपालिका क्षेत्र तोरी उत्पादनका लागि अग्रणी भए पनि बजार खोज्न निकै अप्ठेरो रहेको अवस्थामा उद्योग सञ्चालनमा आएपछि सहजरूपमा तोरी बिक्री हुने बताए । ‘विगतमा बाहिरबाट व्यापारी आएर तोरी खरिद गर्थे’, उनले भने, ‘व्यापारीले तोकेकै मूल्यमा तोरी बेच्नुपर्ने अवस्था थियो, उद्योगमा तोरी बेच्दा मूल्य पनि बढी पाउने र बजार खोज्दै हिँडनुपर्ने अवस्थाको अन्त्य भएको छ ।’ नगरप्रमुख पोतिलाल चौधरीले नगर क्षेत्रमा तोरी पेल्ने उद्योग भए पनि प्रशोधन गरी शुद्ध तोरीको तेल उत्पादन गर्ने उद्योग पहिलोपटक सञ्चालनमा आएको बताए । ‘उद्योग खुलेपछि रोजगारीका अवसर सिर्जना हुन्छन्’, उनले भने, ‘किसानको तोरी बिक्री हुन्छ, मिसावट भएको तेलको प्रयोगमा कमी आउँछ ।’ उद्योग सञ्चालक सहकारीसँग बजारभाउभन्दा बढी मूल्यमा किसानको तोरी खरिद गर्ने सहमति भएको उनले उल्लेख गरे । किसानलाई उन्नत तोरीको खेती गर्न नगरपालिकाका तर्फबाट अनुदानका कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ । उद्योग सञ्चालन गर्न वातावरणीय प्रभाव मूल्याङ्कन गर्न चार महिना समय लाग्ने, खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयबाट ब्याच नम्बर लिन वातावरणीय प्रभाव मूल्याङ्कन हुनुपर्ने, बोतलका लागि आफ्नै डाइसाँचो हुनुपर्नेलगायतका यावत समस्या भए पनि तोरी उत्पादनको सिजन भएकाले उद्योग उद्घाटन गरी सुरु गर्ने लक्ष्य लिइएको नगरपालिका कृषि विकास शाखाका प्रमुख सुमनराज जोशीले बताए । नगरपालिका क्षेत्रको खुला सीमानाकाबाट अखाद्य खानेतेल दैनिक भित्रिने गरेकाले यस क्षेत्रका नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरेको उनको भनाइ छ । यस विषयमा नगरपालिकाले विश्लेषण गरी नगरवासीलाई शुद्ध तोरीको तेल उपभोग गर्न भारतबाट आयात हुने अखाद्य तेललाई विस्थापित गर्नका लागि सहकारीसँग सम्झौता गरी शुद्ध तोरीको तेल उत्पादन गरी नगरवासीको घरघरका भान्सामा आपूर्ति गर्ने लक्ष्य लिइएको उनले उल्लेख गरे । रासस
नेशनल लाइफको सेयर बेचेर बाहिरिँदै ३ संस्थापक सेयरधनी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक समूहको विभिन्न सेयरधनीहरूको ८ लाख ६४ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो । संस्थापक सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको ३ लाख ५८ हजार ६४ कित्ता, श्रीगणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्टको १ लाख ३१ हजार ९८२ कित्ता, स्वदेशी सेक्युरीटिज एण्ड इभ्नेष्टमेन्टको १५ हजार ९४५ कित्ता गरी कूल ८ लाख ६४ हजार ५५ कित्ता सेयर बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयर खरिदका लागि विद्यमान संस्थाप सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिन पर्नेछ । यदि उक्त समयभित्र आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले बताएको छ ।
हिमालयन लघुवित्तको ब्याज आम्दानी ११,७२ करोड, खराब कर्जा ३.५९ प्रतिशत
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ५२ लाख ५८ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ३३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । पुस मसान्तसम्म लघुवित्तको ब्याज आम्दानी ११ करोड ७२ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले १० करोड ५५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । यस अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी १४ करोड ८० लाख रुपैयाँ, सञ्चालन नाफा ७५ लाख ११ हजार रुपैयाँ छ । वितरण योग्य नाफा भने १ करोड ९३ लाख रुपैयाँ ऋणात्मक छ । लघुवित्तको खराब कर्जा २.९३ प्रतिशतबाट बढेर ३.५९ प्रतिशत पुगेको छ । लघुवित्तको आधार दर १६.५८ प्रतिशत, कस्ट अफ फण्ड ९.३१ प्रतिशत छ । लघुवित्तको प्रतिसेयर आम्दानी ३.२९ रुपैयाँ, नेटवर्थ प्रतिसेयर १२५.६२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १८५.७९ गुणा छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ३१ करोड ९८ लाख रुपैयाँ, जगेडा कोष ११ करोड ८२ लाख रुपैयाँ, निक्षेप ९५ करोड ३८ लाख रुपैयाँ, सापटि २ अर्ब ९९ करोड रुपैयाँ र कर्जा ४ अर्ब ३९ करोड रुपैयाँ छ ।
रिलायबल नेपाल लाइफको नाफा ५ प्रतिशत बढ्यो, ईपीएस कति छ ?
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८०÷८१को दोस्रो त्रैमासमा खुद नाफा ५ प्र्रतिशत बढेर २३ करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ४५ हजार रुपैयाँ खुद नाफा गरेको थियो । पुस मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन २ प्रतिशत बढेर १ अर्ब ७५ करोड २६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । ६ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १ अर्ब ६३ करोड ७० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३४ करोड ४३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ४२.८६ प्रतिशत बढेर ४ अर्ब रुपैयाँ, रिटन्ड अर्निङ ३२.१७ प्रतिशत बढेर १ अर्ब २३ करोड ८५ लाख रुपैयाँ, सेयर प्रिमियम १ अर्ब ७५ करोड ३ लाख रुपैयाँ, अन्य इक्विटी १७ प्रतिशत बढेर ५ करोड ५६ लाख रुपैयाँ रहेको छ । यस्तै, लघुवित्तको जीवन बीमा कोष ३१.४७ प्रतिशत बढेर ८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ, महाविपत्ति कोष १० करोड ९५ लाख रुपैयाँ रहेको छ । यस अवधिसम्म कम्पनीले ३२ लाख ९९ हजार ६३२ बीमा लेख जारी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११.५५ रुपैयाँ छ । यस्तै, प्रतिसेयर नेटवर्थ १७९.७१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४९.०१ गुणा छ ।
मिथिला लघुवित्तको नाफा १ करोड ३३ लाख, ईपीएस १३.६० रुपैयाँ
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा १ करोड ३३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले २ करोड १७ लाख रुपैयाँ नाफा गरेको थियो । यस अवधिमा लघुवित्तको खराब कर्जा ४.४७ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा ३.२९ प्रतिशत थियो । पुस मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ५ करोड ५७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ५ करोड ५२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । यस अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ७ करोड ७ लाख रुपैयाँ, सञ्चालन नाफा १ करोड १२ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १९ करोड ६० लाख रुपैयाँ, जगेडा कोष १३ करोड १७ लाख रुपैयाँ, निक्षेप ९४ करोड ७४ लाख रुपैयाँ तथा सापटि १ अर्ब ३३ करोड रुपैयाँ र कर्जा प्रवाह २ अर्ब ४९ करोड रुपैयाँ गरेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) १३.६० रुपैयाँ, नेटवर्थ प्रतिसेयर १६७.२२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५८.७७ गुणा छ ।
खराब कर्जा ११.३६ % पुगेपछि स्वाबलम्बन लघुवित्तको नाफा ८२.६९ प्रतिशत घट्यो
काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०८०÷८१को दोस्रो त्रैमासमा खुद नाफा ८२.६९ प्रतिशत घटेर ४ करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले २४ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको थियो । लघुवित्तको खराब कर्जा बढेका कारण नाफामा असर परेको हो । गत वर्ष ७.१ प्रतिशत खराब कर्जा रहेकोमा ४.२६ प्रतिशत बढेर ११.३६ प्रतिशत पुगेको छ । पुस मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ६.२३ प्रतिशत घटेर ६६ करोड ६६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ७१ करोड ८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । यस अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ६.६३ प्रतिशत घटेर ८५ करोड ७१ लाख रुपैयाँ, सञ्चालन नाफा ८२.७० प्रतिशत घटेर ५ करोड ९३ लाख रुपैयाँ र वितरण योग्य नाफा ७ करोड ६१ लख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १२.३६ प्रतिशत बढेर १ अर्ब ४५ करोड रुपैयाँ, जगेडा कोष १७ प्रतिशत घटेर १ अर्ब ६३ करोड रुपैयाँ, निक्षेप तथा सापटि ४.२७ प्रतिशत बढेर १३ अर्ब ३५ करोड २६ लाख रुपैयाँ र कर्जा प्रवाह १ प्रतिशत बढेर १८ अर्ब ३५ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।