विकासन्युज

फस्टाउँदै होम केयर व्यवसाय

बर्दियाकी गिरिजा शाही ६५ वर्षकी भइन् । उनलाई प्यारालाइसिस भएको ६ वर्ष भयो । उनको जीवन अहिले एउटा ह्वीलचियरमा गएर थन्किएको छ । श्रीमानको मृत्यु भयो । भएकी एउटी छोरी पनि बिहे गरेर गइन् । उनी दिदीसँग काठमाडौंमा बस्दै आएकी थिइन् । तर उनको एक्कासी बिपी हाइ भयो । बिपीले उनको एउटा हात खट्टा र एकापट्टीको शरीरलाई नचल्ने बनाइदियो । उनको शरीर अहिले चल्दैन । उनलाई खुवाउनेदेखि लिएर दिशापिसाब पनि अरुले गराइ दिनुपर्छ । नेपाल भारत जतिसुकै अस्पताल जाँदा पनि निको नभएपछि उनकी दिदीले उनलाई सानेपामा रहेको हेल्थ होम केयरमा राखिन् । जहाँ उमेर ढल्किँदै गरेका जेष्ठ नागरिकको उपचारसहित हेरचाह गरिन्छ । गिरिजा सात वर्षदेखि होम केयरमा बस्दै आएकी छिन् । उनको बोली पनि स्पष्ट आउँदैन । तर होम केयरमा बस्न थालेपछि पहिलेकोभन्दा स्वास्थ्यमा सुधार आएको उनी बताउँछिन् । ‘बेलाबेलामा दिदीभाई भेट्न आइरहन्छन्, पहिलेकोभन्दा सुधार पनि भइरहेको छ यहाँ बस्न पाउँदा खुसी नै छु’ उनले भनिन् । पाल्पाको तानसेनका नरेन्द्र शर्मा ९० वर्षका भए । बुढ्यौलीले छोएसँगै आफन्तहरू टाढिँदै गए । उनी अहिले अरुको साहारामा बसिरहेका छन् । ७ जना दाजुभाइ कोही स्वदेशमै छन्, कोही विदेशमा । उनका आफ्नै पाँच छोरी, एक जना छोरा छन् । एउटी छोरी र श्रीमतीको मृत्यु भइसक्यो । अरु छोराछोरी विवाह गरेर आ-आफ्नै घर व्यवहारमा लागे । बाँचुञ्जेल आफ्नै स्वासको मात्र आश हँदो रहेछ । अहिले नरेन्द्रलाई पनि यस्तै आभास भएको छ । ‘जवानीमा सबै आफ्ना थिए, कतिपयलाई आफैले जागिर खुवाइदिएँ । उमेर ढल्किँदै गएपछि आफ्नैहरूपनि टाढिँदा रहेछन्,’ नरेन्द्रले आफ्ना कुरा सुनाए । ‘छोराले बिहे गर्यो छुट्टै बस्यो, छोरीहरू बिहे गरेर गएँ,’ उनी भन्छन्, ‘म कान्छी छोरीसँग बस्थे, उसलाई पनि कहिले कता, कहिले कता जानुपर्छ । मलाई समय दिन नसकेपछि यता ल्याएर राखिदियो ।’ उनले युवा, वयस्कमा कहिले शिक्षण पेशा त, कहिले विभिन्न संघसंस्थामा आवद्ध भएर काम गरे । पाल्पा, स्याङ्जा, तनहुँ लगायतका चार जिल्लामा अध्यापन गराए । ‘बुढो भइसकेपछि आफ्नै सन्तानले पनि टाढाको सम्झँदा रहेछन्, अहिले छोरा भएपनि बोलचाल भेटघाट नै हुँदैन’ नरेन्द्रले भने । ‘बसेको छु, खाएको छु, बिरामी भए उपचार हुन्छ । यहाँ राम्रो हेरचाह भइरहेको छ’ गएको साता सानेपामा रहेको हेल्थ होम केयर नेपालमा भेटिएका नरेन्द्रले भने । कसैलाई समय नभएर त कसैलेसँगै राख्न नचाहेर अहिले वृद्धवृद्धा एक्लिँदै गएका छन् । काममा व्यस्त छोराछोरी कतिपयले पैसा तिरेर होम केयरमा राखिरहेका छन् भने कतिपय बाआमा आफै बृद्धाश्रम खोज्दै आएको भटिएका छन् । पैसा भएर पनि हेरचाह गर्ने समय नभएकाहरूलाई केन्द्रित गर्दै सञ्चालनमा आएको सानेपाको हेल्थ होम केयरमा अहिले यस्तै वृद्धवृद्धाहरूलाई भेट्न सकिन्छ । नयाँ बानेश्वरका विनोद उदासका श्रीमती र तीन जना छोरीहरू अष्ट्रेलिया छन् । नेपाल बसेर व्यापार गर्दै आएका उनलाई विगत चार, पाँच महिनादेखि प्रेसर र सुगरले सतायो । उनी अस्वस्थ भएपछि खाना पकाएर दिने मान्छे समेत भएन । उनले हेल्थ होम केयरको बारेमा थाहा पाएपछि त्यही गएर बस्न थाले । तीन महिनादेखि होम केयरमा बस्न थालेका बिनोद अस्वस्थ हुँदा कोही नहुनेको लागि यो ठाउँ साहारास्थल रहेको बताउँछन् । ‘हेल्थ होम केयरमा आउने व्यक्तिको न्यूनतम चार्ज ३३ हजारदेखि सुरु हुन्छ,’ उनी भन्छिन्, ‘तर व्यक्तिको स्वास्थ्य अवस्था अनुसार चार्ज धेर थोर हुन्छ, हामी कहाँ महिनाको ९० हजारसम्म तिरेर बस्नेहरू पनि हुनुहुन्छ ।’ ‘घरमा एक्लै समस्या थियो, खाना खाने, औषधी खाने टुंगो हुँदैनथ्यो,’ उनी भन्छन्,‘ अहिले नियमित चेकजाँच हुन्छ, औषधी खाइरहेको छु, पहिलेकोभन्दा सुधार हुँदै आएको छ, मेरो लागि यो ठाउँ राम्रो हो ।’ पहिलेको भन्दा निको हुँदै गएका उनले अब अष्ट्रेलिया जाने तयारी गरिरहेका छन् । उनले थपे, ‘अब कान्छी छोरी पनि आउँदै छिन्, मलाई पनि सञ्चो हुँदैछ । दुई/तीन महिनापछि यहाँबाट जान्छु होला ।’ उनी त्यहाँ बसे बापत मासिक ६० हजार रुपैयाँ तिरिरहेका छन् । अहिले समय फेरिएको छ । परिवारका सबै सदस्य प्राय जागिरे छन् । काम व्यस्तताले घरपरिवारलाई समय दिन नसकेपछि उनीहरू पैसा तिरेर अभिभावलाई हेरचाह गर्ने ठाउँको खोजीमा हुन्छन् । अहिलेका जागिरे पुस्ता र जेष्ठ नागरिकको पीडा बुझ्दै यो व्यवसाय सुरु गर्ने व्यक्ति हुन्, प्रोफेसर डाक्टर लोचना श्रेष्ठ । आजभन्दा १४ वर्ष अगाडि वृद्धवृद्धाको हेरचाह गर्ने सरकारी वृद्धाआश्रम र प्राइभेट होम केयरहरू थिए । तर, स्वास्थ्यलाई मध्येनजर गर्दै यस्ता हेल्थ होम केयर थिएनन् । त्यहीबेला डा.लोचनाले सुरु गरिन् ‘हेल्थ होम केयर नेपाल’ । कसरी आयो यो आइडिया ? डाक्टर लोचनाको घर काठमाडौंको सानेपा हो । उनी सन् २००२ मा मास्टर्स इन इन्टरनेश्नल पब्लिक हेल्थमा अध्ययन गर्न अष्ट्रेलिया गइन् । मास्टर गर्दा जेष्ठ नागरिक र उनीहरूको स्वास्थ्य अवस्थाका विषयमा थेसिस् लेखिन् । त्यो बेला उनले विश्वमा वृद्धवृद्धाहरूको जनसंख्यासँगै उनीहरूका समस्या पनि बढ्दै गइरहेको थाहा पाइन् । त्यहाँ घुम्दा उनीहरूलाई दिएको सुविधा पनि उनले देखिन् । त्यतिबेला उनलाई लाग्यो यो काम नेपालमा पनि गर्न पाए कस्तो हुँदो हो । उनी फर्केर घर आउँदा उनको सासुको अवस्था पनि उस्तै थियो । सासूलाई बेडमै राख्नुपर्ने अवस्था आयो । घरमै राखेर सासूको सेवा गर्दा उनलाई अष्ट्रेलियामा सोचेको कुराले फेरि याद दिलायो । वृद्धवृद्धा बिरामी हुँदा सेवा गर्दा पनि टेक्निक जानेन भने कस्तो गाह्रो पर्छ भन्ने महसुस उनलाई पनि भयो । र, आफ्नै अनुभव र बाहिर देखेको अनुभवलाई प्रयोगमा ल्याउन हेल्थ होम केयर नेपालको सुरुवात गरिएको उनी बताउँछिन् । उनले आफ्नो योजना श्रीमान्, साथीभाइसँग सेयर गरिन् । सबैबाट सकारात्मक प्रतिक्रिया आयो । ‘सबैको सल्लाहले योजना त बनाएँ तर सुरुवात कसरी गर्ने धेरै सोच्नुपर्यो,’ सुरुवाती क्षण सम्झँदै उनले भनिन्, ‘घरघरमा गएर जेष्ठ नागरिक खोजेँ, उनीहरूलाई जाँच गरे, अनि आफ्नो योजना सुनाएँ मेरो योजनाले मैले देखेको सपना पुरा गरिरहेकी छुँ ।’ हेल्थ होम केयरमा दिइने सेवा  एक जना वृद्धबाट सुरु गरिएको होम केयरमा अहिले ३६ जना जेष्ठ नागरिक छन् । त्यहाँ आउने जेष्ठ नागरिकहरूको चार्ज उनीहरुको स्वास्थ्य अवस्ताअनुसार फरक फरक छ । ‘हेल्थ होम केयरमा आउने व्यक्तिको न्यूनतम चार्ज ३६ हजारदेखि सुरु हुन्छ,’ उनी भन्छिन्, ‘तर व्यक्तिको स्वास्थ्य अवस्था अनुसार चार्ज धेर थोर हुन्छ, हामी कहाँ महिनाको ९० हजारसम्म तिरेर बस्नेहरू पनि हुनुहुन्छ ।’ नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने व्यवस्था गरेको छ । संविधानको धारा ४१ मा जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने व्यवस्था छ । डाक्टर श्रेष्ठ हेल्थ होम केयरमा रहेकाहरूलाई राज्यको नीति अनुसार सेवा दिइरहेको बताउँछिन् । डाक्टर श्रेष्ठ आफै पनि जेरियाट्रिक डाक्टर हुन् । उनका श्रीमान् पनि डाक्टर हुन् । उनी र उनका श्रीमान् गरी दुईजना डाक्टर, नर्सलाई सेवा गर्ने केयर टेकर १५ जना छन् । त्यस्तै, खाना पकाउने, खुवाउने, सरसफाइ गर्ने चार जना गरी २० जनाभन्दा बढी कर्मचारी छन् । सामान्य औषधी, उपचार ल्याब टेस्टको लागि ब्लड कलेक्सन, फिजियो थेरापी, एक्सरसाइज होम केयरमै गरिन्छ । कसैलाई मुटु सम्बन्धी जाँच गर्नुपर्यो, मृगौला, नसा सम्बन्धी जाँच गर्नुपर्यो भने स्टार अस्पतालको डाक्टर ल्याएर उपचार गरिन्छ । सिटीस्क्यान गर्नुपर्यो भने स्टार अस्पतालमा पठाइने गरिएको उनको भनाइ छ । योगा र एक्सरसाइजबाट सुरु  लोचनाले आफ्नो योजना अनुसार सानेपामा दुई तले घर भाडामा लिइन् । त्यहाँ उनले योगा र शारीरिक स्वास्थ्य व्यायम सिकाउने काम सुरु गरिन् । उनले एकातिर आफ्नो योजना डाक्टर, साथीभाइसँग सेयर गरिसकेकी थिइन् भने अर्कोतिर घरघरमा गएर वृद्धवृद्धाका स्वास्थ्य जाँच गर्दै आफ्ना कुरा राख्न थालिन् । सँगसँगै उनले संस्था दर्ता गर्ने योजना पनि सुरु गरिन् । उनले संस्था दर्ता गर्न उत्तिकै सकस गर्नुपर्यो । व्यक्तिगत संस्था दर्ता नहुने भएकाले उनले कम्पनी खडा गरिन् । अहिले उनको कम्पनीको नाम ‘हेल्थ होम केयर प्राइभेट लिमिटेड’ राखिन् । उनले सुरुवात गर्दा एकजना वृद्ध थिए । पछि विस्तारै, दुई, चार हुँदै होम केयरमा आउनेको संख्या बढ्दै गयो । जेष्ठ नागरिक बढ्दै गएपछि उनलाई भाडाको घरमा समस्या हुन थाल्यो । त्यसपछि उनले आफ्नै घर बनाउन सुरु गरिन् । सन् २०१२ देखि सन् २०१७ सम्म भाडाको घरमा चलाएपछि उनले आफ्नो घर तयार पारिन् र आफ्नै घर बनाएर त्यतैबाट काम सुरु गरिन् । अहिले उनको पाँच तलाको घर छ । घर अगाडि खुल्ला चौर छ जहाँ वृद्धवृद्धालाई हिँडडुल गर्न फाराकिलो ठाउँ छ । सन् २०१२ मा नेपालमा जेरियाट्रीको अवस्था कस्तो छ र के गर्नुपर्छ भन्ने विषयमा उनले रिसर्च गरिन् । त्यसपछि सन् २०१९ मा उनले यही विषयमा फेलोसिप गरिन् । सेवा शुल्क छुट्टै  पछिल्लो समय यस्ता केयर सेन्टर बढ्दै गएका छन् । तर १४ वर्ष अगाडि डाक्टर लोचनाको एकमात्र हेल्थ होम केयर थियो । हेल्थ होम केयरमा आउने जेष्ठ नागरिकको संख्या पनि बढेको छ । त्यहाँ बस्ने जेष्ठ नागरिकको चार्ज भने फरक फरक छ । त्यहाँ आउन चाहानेको लागि ३६ हजार न्यूनतम मूल्य हो । अक्सिजन लगाउनुपर्ने/नपर्ने, डाइपर लगाउन पर्ने/नपर्ने, व्यक्ति हेरेर पैसा निर्धारण गरिन्छ । कसैलाई ३६ हजारमा छ भने कसैलाई लाखसम्म पनि राख्ने गरेको उनको भनाइ छ । सुरुमा धेरै जसोले होम केयरलाई वृद्धाआश्रम भन्थे तर, जब पैसा तिर्नुपर्यो उनीहरुले थाहा पाए । यहाँ खल्तीमा पैसा भएर समय नभएकाहरूले आफ्ना जेष्ठनागरिकलाई ल्याइने गरिन्छ । बिजनेसको रुपमा लिन कठिन  डाक्टर लोचना यसलाई बिजनेसको रुपमा गर्न नसकिने बताउँछिन् । ‘वृद्धवृद्धालाई सेवा गर्दा उनीहरूको आम्दानीको भरमा गर्ने हो, तर उनीहरूको आम्दानी भएन’ उनी भन्छिन्, ‘यसैको आधारमा सेवा गर्दा बिजनेसको रुपमा गर्न गाह्रो छ, यहाँ उनीहरूको अवस्था हेरेर सेवा गर्नुपर्छ ।’ नेपालमा पैसा हुनेहरु कतिपयले घरमै डाक्टर बोलाएर पनि सेवा दिइरहेका हुन्छन् । तर, कतिपयले उनी जस्ताको पनि खोजी गर्दै आउँछन् । लोचनाको आफ्नै जग्गा र घर भएकाले उनलाई यो व्यवसायबाट घाटा छैन । बरु आम्दानी अनुसार सेवा बढाउँदै लगेको उनको भनाई छ । आजभोली घरमा बस्ने फुर्सद सायद कमैलाई छ । प्राय सबै कामकाजमा व्यस्त हुँदा आमाबुबालाई हेरचाह गर्ने फुर्सद मिल्दैन । उनीहरूले यस्ता होम केयर खोजीरहेका हुन्छन् । अफिसबाट फर्केर आउँदा, बिदामा हुँदा भेट्न आउँछन् । अधिकांशका छोराछोरी विदेश हुँदा पनि होम केयरमा बस्न आउने गरेको डा. लोचनको भनाइ छ । हेल्थहोम केयर नेपालमा हाल ६० प्रतिशत विदेशमा छोराछोरी भएका र २० प्रतिशत अस्पतालबाट डिस्चार्ज भएका वृद्धवृद्धा छन् । र, बाँकी २० प्रतिशत नेपालमै परिवार भएकाहरु छन् ।

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको नेतृत्वमा शर्मा

काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्षमा शिब सागर शर्मा निर्वाचित भएका छन् । शनिबार राजधानीमा आयोजित ७ औं महाधिवेशनमा भएको निर्वाचनमा शर्माले ३ सय २३ मत ल्याएर विजयी भएका हुन् । यसैगरी शनिबार विभिन्न पदहरुमा सम्पन्न निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा मातृका शिवाकोटी, उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, बुद्घि प्रसाद अधिकारी र सरोज मास्के निर्वाचित भएका छन् । यस्तै महासचिवमा बिष्णु प्रसाद पौडेल, उप–महासचिवमा अर्जुन कुमार आचार्य, कोषाध्यक्षमा ताराराम श्रेष्ठ, सचिवमा महेश शर्मा र शंभु लामिछाने, महिला सचिवमा कोपिला गिरी तथा सह कोषाध्यक्षमा रबिन बराल निर्वाचित भएका छन् । राजधानीमा दुइ दिन सम्म चलेको महाधिबेशनले लेखा समिती संयोजकमा कृष्णराम कार्कीलाई निर्वाचित गर्दै ३८ जनाको कार्यसमिती चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष शर्माले आफ्नो कार्यकालमा महासंघको गरिमालाइ बढाउँदै व्यवशायीका समस्या समाधानमा प्रयास रहने बताए ।

प्रिमनसुन अवधि सुरु : आज देशभर बदली हुने

काठमाडौं । नेपालमा हिउँद सकिएर हालै मात्र प्रिमनसुनको अवधि सुरु भएको छ । आँकलन गरिएभन्दा कम चिसो र कम पानी परेर यसपालीको हिउँद सकिएको हो । हिउँद सकिएर प्रिमनसुनको अवधि यही शुक्रबारदेखि सुरु भए पनि प्रिमनसुन सक्रिय हुन भने केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रिमनसुन अवधि सुरु भएपछिको आजको यो पहिलो मौसम बदली हो । मुख्यगरी पश्चिमी वायु र अरेवियन सागरको जलवाष्पयुक्त हावाका कारणले अहिले मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । उनका अनुसार अहिले लुम्बिनी, बागमती, गण्डकी, कणाली प्रदेशमा बढी बदली रहेको छ । सुदूरपश्चिम, कोशी र मधेशमा कम बदली रहेको भन्दै यो सर्दै गएकाले ती क्षेत्रमा पनि बदली हुने लामिछानेले बताए । यो क्रम आज रातिसम्म बढ्दै जाने र भोलिदेखि क्रमशः मौसममा सुधार हुने लामिछानेले जानकारी दिए । आज राति पश्चिमी भू–भागमा बढी बदली हुने उनको भनाइ छ । काठमाडौंमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ । गत मङ्सिर १६ गतेदेखि फागुन १७ गतेसम्मको अवधि यस वर्षको हिउँदको समय थियो । हिउँदले बिदा लिए पनि अझै पश्चिमी वायुको प्रभाव बाँकी नै रहेको महाशाखाले जनाएको छ । रासस

नेपाल पे क्यूआरबाट बिगमार्टमा भुक्तानी गर्दा हिरो स्कुटर जित्ने मौका

काठमाडौं । अब ग्राहकहरुले नेपाल पे क्युआर स्क्यान गरी बिगमार्टको पोखरामा हालै खोलिएका पाँचवटा स्टोरहरुमा भुक्तानी गर्दा बम्पर उपहारमा एक थान हिरो स्कुटर जित्न सक्नेछन् । उक्त अफर बिगमार्टको फुलबारी, बगर, रामबजार, सितलादेवी र परस्वाङ स्टोरहरुमा फाल्गुन १९ गतेबाट चैत्र १७, २०८० गतेसम्म उपलब्ध रहेको छ । पोखरामा रहेका बिगमार्टका स्टोरहरुमा रु ७५० भन्दा माथिको सामान खरिद गर्दा स्टोरमा रहेको डाइनामिक क्युआर स्क्यान गरी भुक्तानी गरी उक्त अफरको लाभ उठाउन सकिनेछ । ग्राहकहरुले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, प्राय जसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ्ग, वालेटहरु वा कनेक्टआईपीएस प्रयोग गरी नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । नेपाल पे क्युआर नेशनल पेमेन्ट स्वीच अन्तर्गत क्युआर भुक्तानीलाई एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपाल पे क्युआरमा ४ लाख ६५ हजार र स्मार्ट क्युआरको २ लाख ५० हजार समेत गरी ७ लाख १५ हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध गरेका छन् ।

नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रको बजार विदेशमा बलियो बनिरहेको छ । विदेशी बजारबाटै लगानी उठाउने मात्र नभई मुनाफा पनि प्राप्त गर्ने चलचित्रको सङ्ख्या पनि छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रको बजार नेपालपछि अष्ट्रेलिया बन्दै गएको छ । त्यहाँका प्रायः सहरमा नेपालमै प्रदर्शन भएको मितिमा प्रवासमा रहेका नेपालीले चलचित्र हेर्न पाउँछन् । नेपाली माटोको सुन्दरता र मौलिकता चलचित्रमार्फत देखाउने प्रयासमा चलचित्रकर्मी छन् । दर्शकले त्यस्ता चलचित्रलाई रोजेका छन् । यसले नेपाली निर्मातालाई मुनाफा दिनुका साथै बजार विस्तारमा टेवा पुर्याइरहेको छ । यो सम्पूर्ण प्रविधिको सहायताले सम्भव भएको हो । कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले चलचित्र भवन (हल) मै प्रदर्शन हुँदा दर्शकको आकर्षण झनै बढेको छ । दर्शकले विदेशी चलचित्र झैँ गुणस्तरीय रुपमा चलचित्र हेर्न पाएपछि अहिले नेपाल झैँ अष्ट्रेलियामा पनि लगभग हरेक हप्ता नयाँ चलचित्र प्रदर्शन हुने गरेको छ । अहिले चलचित्र निर्माण, छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गरेको छ । डिजिटल प्रविधि भित्रिएपछि चलचित्र निर्माण सहज, व्यवस्थित र व्यावसायिक भएको निर्देशक, निर्माताको भनाइ छ । डिजिटल प्रविधिले एउटै समयमा देशभर चलचित्र प्रदर्शन गर्नसक्ने गरी नयाँ युगमा प्रवेश गरेको हो । अहिले नेपाल मात्र नभई विश्वभर एकसाथ चलचित्र प्रदर्शन हुन थालेको छ । नेपालमै सम्पूर्ण प्रविधिमा ‘इनकोडिङ’ हुने चलचित्रलाई विश्वभर प्रदर्शन गर्न थालिएको डिजिटल सिनेमा नेपालका कार्यकारी निर्देशक अशोक शर्माले बताए । ‘डिजिटल सिनेमा इनिसेटिभ (डिसिआइ) ढाँचामा रहेका चलचित्र विश्वभर अन्य सर्भरमा समेत प्रदर्शन गर्न सकिन्छ । हामीले महापुरुष, छक्का पञ्जा ४ र जारीजस्ता चलचित्र यहीँ इनकोडिङ गरेर विश्वभर प्रदर्शन गर्यौँ । यसले पाइरेसीको समस्यासँगै चलचित्र विदेश पुर्याउने झन्झट पनि हटायो’, उनले भने । उक्त प्रविधि नहुँदा निर्माता, निर्देशक स्वयम् चलचित्र बोकेर त्यहाँ प्रदर्शनका लागि पुग्नुपथ्र्यो । त्यसमा जोखिम अधिक थियो । तर, अहिले नेपालमै फाइल राखेर विश्वभर चलचित्र प्रदर्शन हुने गरेका छन् । निर्मातासँगै कलाकारसमेत रहनु भएका रवीन्द्रसिंह बानियाँलाई व्यक्तिगत रूपमा रेस्टुरेन्ट, सामुदायिक भवनमा चलचित्र देखाइएको अनुभवसमेत छ । उनी निर्मित ‘टल्क जङ्ग भर्सेस टुल्के’ नेपालबाहेक अन्य धेरै देशमा प्रदर्शन भएको थियो । त्यो समयमा विदेश प्रदर्शनभन्दा पनि भिसिडी अधिकारी बिक्री गर्ने प्रचलन थियो । खुलारूपमा प्रदर्शन गर्दा पाइरेसीको जोखिम उत्तिकै हुन्थ्यो । तर अहिले विदेशी बजारमा चलचित्र भवनमै हुने प्रदर्शनले नेपाली निर्मातालाई पाइरेसीको समस्याबाट छुटकारा दिलाउन सफल भएको निर्माता बानियाँले बताए । ‘नेपाली चलचित्रको अन्तरराष्ट्रिय बजार बढाउन हामी चलचित्रकर्मी पनि उत्तिकै सजग र जिम्मेवार हुनुपर्छ । अहिले हाम्रो उद्देश्य मुनाफाभन्दा पनि राम्रोसँग प्रदर्शन गर्ने हुनुपर्छ । बढिरहेको बजारले हामीलाई ठूलो फाइदा दिनेछ’, निर्माता बानियाँले भने । उनले पहिलो चलचित्रदेखि विदेशी बजारलाई प्राथमिकतामा राखेर गतिविधि गरिरहेका छन् । पछिल्लो चलचित्र ‘महाजात्रा’ सम्म आइपुग्दा उनी स्थापितसँगै नयाँ बजार पनि खोज्नु प्रयासरत छन् । ‘अहिले चलचित्रका लागि नेपालपछि अष्ट्रेलिया राम्रो बजार देखिएको छ । अन्य देशमा पनि प्रदर्शन हुन्छन्, तर हामीले नयाँ बजार खोज्न वितरकसँग सहकार्य गरेर प्रयास गरिरहेका छौँ । त्यसले दीर्घकालीन रुपमा हामी सबैलाई फाइदा पुर्याउनुका साथै देशको कला, संस्कृतिलाई पनि विस्तार गर्छ’, उनले भने । अष्ट्रेलियामा नेपालीको बसोबास बढेसँगै चलचित्रसम्बन्धी गतिविधि बढेको हो । त्यसैले अहिले नेपाली चलचित्रकर्मी अष्ट्रेलिया लक्षित गतिविधिलाई बढाउने गरेका छन् । केही चलचित्रको छायाङ्कन नै त्यहीँ गर्ने घोषणा गरिएको छ भने केहीमा त्यहाँ रहेका प्रवासी नेपालीले लगानी गरेका छन् । यसका साथै नेपाली चाडपर्वमा गीत सङ्गीतसम्बन्धी कार्यक्रम पनि उत्तिकै हुने गरेको छ । यस्तै विविध कारणले त्यहाँ कलात्मक गतिविधि बढेको छ । केही वर्षदेखि अष्ट्रेलियामा नेपाली चलचित्रको वितरणमा सक्रिय देखिएका वितरक एमएसएम इन्टरटेन्मेन्ट्सका सञ्चालक छत्र थापाले व्यावसायिक रुपमा नेपाली चलचित्रको लागि आकर्षक बजार बनिरहेको जानकारी दिए । उनले भने,’नेपालका केही चलचित्र छायाङ्कन नहुँदै यहाँ प्रदर्शन गर्ने अधिकार हामीले खरिद गरिसकेका हुन्छौँ । यो दर्शककै मागका कारण भएको हो । ती निर्माण समूहका पछिल्ला चलचित्रले यहाँ गरेको व्यापारका आधारमा विदेश प्रदर्शन अधिकार खरिद गर्ने गरेका छौँ ।’ अन्तर्राष्ट्रिय बजारमा ‘छक्का पञ्जा’, ‘कबड्डी’, ‘जात्रा’ लगायत समूहले निर्माण गर्ने चलचित्र निर्माणपूर्व नै बिक्री हुने गरेको उनले जानकारी दिए । यद्यपि, चलचित्रको बजार बढेसँगै बलियो बनाउने चुनौतीसमेत रहेको छ । प्रवासी नेपालीले समय निकालेर चलचित्र भवन पुगेको चलचित्र मन नपर्दा त्यसको असर आउँदो केही चलचित्रलाई पर्ने गरेको छ । ‘रीमै’, ‘पुजार सार्की’, ‘घर ज्वाइँ’, ‘महाजात्रा’ जस्ता चलचित्रको विश्व प्रदर्शन अधिकार खरिद गरेको जानकारी दिँदै उनले बजार विस्तारसँगै टिकाई राख्नु चुनौती रहेको बताए । ‘यहाँ एउटा चलचित्रको राम्रोसँग प्रदर्शन हुन दुई महिनाको समय चाहिन्छ । त्यो हिसाबमा एक वर्षमा छदेखि सात चलचित्र भए राम्रो हुन्छ । त्यस्तो हुन नसके बजारलाई असर गर्न सक्छ’, वितरक थापाले भने, ‘हामीले नयाँ बजार खोज्नु जरुरी छ । अहिले भइरहेको बजार अवस्थामा चलचित्र प्रदर्शन भइरहेका छन् ।’ नेपाली बसोबास गर्ने विश्वका हरेक देशमा दर्शक बढिरहेका छन् । ओभर दी टप (ओटिटी) मा नेपाली चलचित्र पर्याप्त नहुँदा ती युट्युबकै भर परिरहेका छन् । जसलाई पहिलो दर्शक बनाउन चलचित्र भवनमै प्रदर्शन गर्नु उपयुक्त हुन्छ । यद्यपि, अहिले बढिरहेको प्रदर्शन सङ्ख्याले दर्शक टिकाई राख्न चुनौती समेत थपेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारले थेग्न नसक्ने गरी नै चलचित्रहरू प्रदर्शन भइरहेका छन् । अष्ट्रेलियामा चलचित्र प्रदर्शनसँगै निर्माणको अनुभव सङ्गालेका वितरक करण श्रेष्ठले हरेक हप्ता नेपाली चलचित्र प्रदर्शन हुनु सुखद पक्ष हुनुका साथै चुनौती थपिएको बताए । उनले भने, ‘नेपाली चलचित्र धेरै सङ्ख्यामा पुग्नु हाम्रो लागि सुखद पक्ष हो । तर, दर्शकको माग भन्दा पूर्ति बढी हुँदा त्यसले समस्या पनि निम्त्याउन सक्छ । त्यसैले हामीसँग भएको बजारलाई बलियो बनाएर विस्तारमा निर्माता र वितरकले ध्यान दिनु जरुरी छ ।’ पछिल्लो समय नेपाली चलचित्रको बजार अष्ट्रेलियापछि संयुक्त राज्य अमेरिका, मध्यपूर्वका देशहरूमा बलियो देखिएको छ । नेपाली भाषीको बाहुल्य भएका देशहरूमा त्यहाँका प्रदर्शक तथा वितरकसँग समन्वय गरी नेपाली चलचित्र प्रदर्शन गर्न सके यसले ठूलो बजार निर्माण गर्न टेवा पुग्नेछ । अहिले बजारकै कारण खुम्चिरहेको नेपाली चलचित्रको बजेटलाई वृद्धि गर्न समेत यसले मदत गर्नेछ । रासस

विवाहको निमन्त्रणा कार्डमा बेहुला-बेहुलीको जन्ममिति अनिवार्य

रुकुम । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता देखाएको छ । वडाले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा कार्डमा अनिवार्य बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्रावधान कार्यान्वयनमा ल्याएको छ । आठबीसकोट-३ का वडाध्यक्ष केशरमान विकले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा ‘कार्ड’मा अनिवार्यरूपमा बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्राबधान कार्यान्वयनमा ल्याएको जानकारी दिए । उनले वडामा बालविवाहसँगै मदिरा र सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न पहल थालिएको बताए । विवाहका अवसरमा मदिरा र सुर्तीजन्य पदार्थको प्रयोग हुने भएकाले वडाले विवाह कार्डमै मदिरा र सुर्तीजन्य पदार्थ प्रयोग नगर्ने/नगराउने प्रतिबद्धता जनाउनुपर्ने व्यवस्था लागू गरेको उनले बताए । वडामा यस वर्ष १० जोडीले बालविवाह गरेको तथ्याङ्क रहेको छ । यस वर्ष उमेर नपुगेर विवाह गर्न लागेका एक जोडीको विवाहसमेत वडा कार्यालयले रोकेको जनाएको छ । सामाजिक तथा आर्थिकरूपमा पनि बालविवाहले समाजमा नकारात्मक प्रभाव पार्ने भएकाले वडामा बालपिववाह र मदिराजन्य पदार्थमा कडाइ गरिएको वडाध्यक्ष विकको भनाइ थियो । ‘विवाह कार्डमा जोडीको सही जन्ममिति उल्लेख गरे/नगरेको थाहा पाउन वडा कार्यालयमा जन्मदर्तालगायत अन्य विवरणको अभिलेख हुने भएकाले सजिलो छ । वडाभन्दा बाहिरबाट विवाह गर्नेको हकमा सम्बन्धित वडा कार्यालयसम्म समन्वय गर्नेगरी लागेका छौं । बालविवाह रोक्न समुदायको पनि राम्रो साथ मिलेको छ,’ वडाध्यक्ष विकले भने । वडाको नियम उल्लङ्घन गरेमा कानुनबमोजिम कारबाही गरिनेसमेत वडा कार्यालय जनाएको छ । मदिरा सेवनमा निषेध सोही वडामा विगत पाँच वर्षदेखि मदिरा तथा सुर्तीजन्य पदार्थ पनि निषेध गरिएको छ । विंस २०७५ मङ्सिर १५ गतेदेखि वडामा मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाएको वडाध्यक्ष विकले जानकारी दिए । उनका अनुसार हाल वडाभित्र मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री-वितरण र सेवन हुन छाडेको छ । वडाले मदिरा निषेध गरेपछि वडामा मदिरा सेवन गर्ने पाँचजना र बिक्री वितरण गर्ने छ व्यक्तिलाई वडाले कारबाहीसमेत गरेको उनले बताए । वडाले मदिरा सेवन गरेका पाँच जनालाई पाँच हजारका दरले जरिवाना गराएको र मदिरा बिक्री-वितरण गर्ने एक जनालाई २० हजार जरिवाना गराएको छ । वडाभन्दा बाहिर गएर मदिरा सेवन गर्ने व्यक्तिलाई पनि सूचना प्राप्त भएसम्म मदिरा सेवन नर्गन वडाले सेचत गराउँदै आएको छ । वडालाई विकास निर्माणलगायत सामाजिक, आर्थिक तथा सांस्कृतिक हिसाबले नमूना बनाउन वडा कार्यालय लागिरहेको वडा कार्यालयले जनाएको छ । रासस

आइजिआई प्रुडेन्सियलको साधारणसभा सम्पन्न, ६ जना सञ्चालक निर्विरोध निर्वाचित

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको २६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षण समितिको सिफारिसबमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव अनुमोदन गरेको छ । सभाले कम्पनी सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट हेम राज ढकाल, विशाल अग्रवाल, अम्बिका प्रसाद पौडेल, कृति टिवडेवाल र सर्वसाधारणस समूहबाट राजेन्द्र सिंह भण्डारी र अमित अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गरेको छ । सञ्चालक समितिको बैठकमा उपस्थित भएबापत सञ्चालकले पाउने बैठक भत्ता तथा सेवासुविधा पुनरावलोकन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ । सभाले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्च अनुमोदन गरेको छ ।

काठमाडौं नक्सालमा नयाँ स्टेट अफ आर्ट शोरुम संचालनमा ल्याउँदै सेरेस

काठमाडौं । सेरेस ईभीका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्प प्रालिले काठमाडौंको नक्सालमा नयाँ स्टेट अफ आर्ट सोरुम संचालनमा ल्याउने अन्तिम तयारी गरिरहेको छ । नेपालमा आफ्नो उपस्थितिलाई अझ विस्तार गर्ने र ग्राहकलाई विश्वस्तरिय अनुभव दिलाउने सेरेसको प्रतिबद्धतालाई प्रत्याभुत गर्न यो कदम महत्वपूर्ण हुने कम्पनीको भनाइ छ । काठमाडौंको मुटुमा अवस्थित नयाँ सोरुमले ग्राहकलाई सेरेस इलेक्ट्रिक भेहिकलको संसारको आभाष दिलाउनेछ । ग्राहक अनुभवलाई केन्द्रमा राखि डिजाइन गरिएको यो सोरुममा विशाल एलइडी डिस्प्ले, सेरेसका पछिल्ला इभी मोडेल र परामर्श र टेस्ट ड्राइभका लागि अनुभवी सेल्स टिम हुनेछ । नेपालमा सेरेसको उपस्थिति बलियो बनाउन र इभीको बढ्दो मागलाई पुर्ति गर्न यो सोरुमको महत्वपूर्ण भूमिका हुनेछ । ग्राहकसँग प्रत्यक्ष सम्पर्क स्थापना गरेर सेरेसले विक्री र विक्रीपछिको सेवा उपलब्ध गराएर सेरेसले नेपालको हरित यात्रालाई गति दिनेछ । कम्पनीका अनुसार सेरेसले यसअघि नै काठमाडौं उपत्यकाभित्र पानीपोखरी र ललितपुर तथा काठमाडौबाहिर पोखरा र बुटवल डिलर सञ्जाल विस्तार गरिसकेको छ । निकट भविष्यमा सेरेसले विर्तामोड, विराटनगर, नेपालगञ्ज, चितवन र भक्तपुरमा पनि सोरुम खोल्दैछ ।