संस्थापकहरूले ‘स्टार्टअप ब्रान्डिङ’ मा गर्ने यी १० गल्ती जसका कारण डुब्छ व्यवसाय

<p>काठमाडौं । स्टार्टअप सुरु गर्न सजिलो छैन । यसमा ब्रान्डिङ बलियो होस् भनेर ध्यान दिनुपर्छ । ब्रान्डिङ गर्दा तपाईंको लक्षित वर्गलाई दिमागमा राख्नु महत्त्वपूर्ण छ । धेरै पटक केही स्टार्टअपले यस्तो गल्ती गर्छन् कि उनीहरूको ब्रान्डिङ गलत दिशामा जान्छ । फलस्वरूप व्यापार बढ्नुको सट्टा डुब्न थाल्छ । आफ्नो व्यवसायमा सफल हुन चाहनुहुन्छ भने यस्ता १० [&hellip;]</p>

काठमाडौं । स्टार्टअप सुरु गर्न सजिलो छैन । यसमा ब्रान्डिङ बलियो होस् भनेर ध्यान दिनुपर्छ । ब्रान्डिङ गर्दा तपाईंको लक्षित वर्गलाई दिमागमा राख्नु महत्त्वपूर्ण छ ।

धेरै पटक केही स्टार्टअपले यस्तो गल्ती गर्छन् कि उनीहरूको ब्रान्डिङ गलत दिशामा जान्छ । फलस्वरूप व्यापार बढ्नुको सट्टा डुब्न थाल्छ ।

आफ्नो व्यवसायमा सफल हुन चाहनुहुन्छ भने यस्ता १० गल्ती गर्नबाट तपाईं बच्न सक्नुहुन्छ ।

ब्रान्डिङलाई हल्का रूपमा नलिनुहोस्

प्रायः नयाँ स्टार्टअपहरूले ब्रान्डिङको शक्तिलाई हल्का रूपमा लिन्छन् । तिनीहरूले एक सुन्दर लोगो, नाम र ट्यागलाइन राख्छन् । तर ब्रान्डिङ गर्नलाई यी विषयमात्र सीमित छैनन्। उनीहरूले आफ्नो ब्रान्ड नामअनुसार व्यवसाय कायम गर्न सक्दैनन्। याद गर्नुहोस्, यदि तपाई सरल भाषामा ब्रान्डिङ बुझ्नुहुन्छ भने यसको अर्थ मानिसहरूले तपाईंलाई कसरी हेर्छन् भन्ने हो । यस्तो अवस्थामा आफ्नो व्यवसायको ब्रान्डिङ गर्दा ध्यान राख्नुहोस् कि यो तपाईंको व्यवसायसँग मेल खाओस् र फरक सन्देश नदेओस् ।

बजार अनुसन्धान बेवास्ता गर्नु

यदि तपाईं आफ्नो उत्पादनलाई राम्रोसँग बुझ्न र लक्षित समूहलाई राम्रोसँग चिन्न चाहनुहुन्छ भने बजार अनुसन्धान गर्न धेरै महत्त्वपूर्ण छ । धेरै स्टार्टअप संस्थापकहरूले बजार अनुसन्धानलाई बेवास्ता गर्छन्, जसको परिणाम स्वरूप तिनीहरू पब्लिकबाट उचित प्रतिक्रिया प्राप्त गर्न असमर्थ हुन्छन् । यदि तपाईं प्रतिक्रिया प्राप्त गर्नुहुन्न भने तपाईं आफ्नो उत्पादन सुधार गर्न सक्षम हुनुहुने छैन ।

ट्रेडमार्कविना ब्रान्ड नाम छनोट गर्नु

धेरैपटक स्टार्टअप संस्थापकहरूले ट्रेडमार्कविना ब्रान्ड नाम रोज्छन्, जुन भविष्यमा समस्याको कारण बन्न सक्छ । कोहीले ब्रान्ड नाम छनोट गर्दा त्यस्तो नाम छनोट गर्छन् जुन ट्रेडमार्क गर्न निषेध गरिएको हुन्छ अथवा त्यो ब्रान्ड नाम पहिले नै दर्ता गरिएको हुन्छ । यस्तो अवस्थामा जब व्यापार बढ्न थाल्छ, ब्रान्ड नाम ट्रेडमार्क गर्न कठिनाइहरू हुन्छन्, जसको परिणाम तपाईंले धेरै पैसा र कडा मिहिनेत गरेको ब्रान्ड नाम त्याग्नुपर्छ ।

पहिलेदेखि चलिरहेका ब्रान्ड कपी गर्नु

धेरै स्टार्टअपहरू पहिले नै चलिरहेको ब्रान्ड कपी गरेर गरेर अगाडि बढ्न चाहन्छन् । उनीहरूले सुरुमा केही सफलता पाउँछन्, जसका कारण उनीहरू एउटै ब्रान्डको नक्कल गरेर डुप्लिकेटजस्तै अगाडि बढिरहन्छन् । यद्यपि, यसको नतिजा एक निश्चित स्तरमा पुगेपछि देखिन्छ, जसले तपाईंको व्यवसायको वृद्धि रोक्छ । किनभने, मानिसहरूलाई थाहा हुन्छ कि यो पहिले नै चलिरहेको ब्रान्डको डुप्लिकेट हो । अर्को, ट्रेडमार्कहरूमा उत्पन्न हुने समस्याहरूले झन्झट निम्त्याउँछन् ।

ब्रान्डिङमा बारम्बार परिवर्तन गर्नु

धेरै स्टार्टअप संस्थापकहरूले बारम्बार केही दिन वा महिनाको अन्तरालमा लोगो, रङ, आफ्नो ब्रान्डको फन्टजस्ता चीजहरू परिवर्तन गर्छन् । यसले लक्षित दर्शकहरूलाई धेरै अन्योलमा पार्छ । सुरुमा आफैं सोचेर ब्रान्डिङ गर्नुहोस् । बजार अनुसन्धानपछि यदि तपाईंलाई ब्रान्डिङमा परिवर्तनको आवश्यकता छ भने एक वा दुई पटकमात्र परिवर्तन गर्नुहोस्, बारम्बार होइन । ब्रान्ड बारम्बार बदलिँदै गएको देखेर मानिसको विश्वास घट्दै जान्छ र बिस्तारै तपाईंको ब्रान्ड बिर्सिन थाल्छन् ।

स्टोरीटेलिङको शक्तिलाई बेवास्ता गर्नु

प्रत्येक व्यावसायिक ब्रान्डका निश्चित रूपमा आफ्नै कथा हुन्छन् । त्यो कथा भावनात्मक, प्रेरणादायी हुन सक्छ र त्यसले तपाईंको संघर्षलाई देखाउन पनि सक्छ । कतिपय ब्रान्ड संस्थापकहरू आफ्नो ब्रान्डको कथा सुनाउन चाहँदैनन् या भनौं उनीहरू संर्घषका कथा बताउन असमर्थ हुन्छन् । एक स्टार्टअप संस्थापकको रूपमा तपाईंका लागि तपाईंको ब्रान्ड कथा मानिसहरूलाई बताउन सक्ने सिप हुनु महत्त्वपूर्ण छ । तपाईंले आफ्नो ब्रान्डको कथा हरेक प्ल्याटफर्ममा सेयर गर्न सक्नुपर्छ ताकि धेरैभन्दा धेरै मानिसहरूले यसलाई थाहा पाउन् र तपाईंसँग जोडिन सकुन् । यदि तपाईं चाहनुहुन्छ भने एक कथा बताउन सक्नेको मद्दत पनि लिन सक्नुहुन्छ ।

ब्रान्ड म्यासेज गाह्रो बनाउनु

धेरै पटक संस्थापकहरूले आफ्नो ब्रान्ड सन्देशलाई आवश्यकता भन्दा बढी जटिल बनाउँछन् किनभने तिनीहरू भारी शब्दहरू प्रयोग गर्छन् । ध्यान राख्नुहोस् कि तपाईंको ब्रान्डको सन्देश सरल हुनुपर्छ ताकि मानिसहरूले यसलाई सजिलै बुझ्न सकुन् र तिनीहरू भ्रममा नपरुन् । ब्रान्ड सन्देशको जटिलताका कारण मानिसहरूले तपाईंको ब्रान्डसँग जोडिन कठिनाइको सामना गर्नुपर्ने हुन्छ र बिस्तारै तपाईंको ब्रान्ड बिर्सिन्छन् ।

सबैलाई खुसी पार्ने प्रयास गर्नु

धेरै स्टार्टअप संस्थापकहरू आफ्नो ब्रान्डिङमार्फत अधिक मानिसहरूलाई आकर्षित गर्न चाहन्छन् । यही कारण उनीहरूले विभिन्न वर्गलाई ध्यानमा राखेर ब्रान्ड नामलाई धेरै कमजोर पार्छन् । तपाईं यसबाट बच्नुपर्छ । सबैभन्दा पहिले तपाईंले आफ्नो लक्षित समूह के हो भनेर निर्णय गर्नुपर्छ र त्यसपछि ब्रान्डिङ सोही अनुसार गर्नुपर्छ । यसको मतलब तपाईंले एउटामात्र लक्षित समूहलाई खुसी पार्ने प्रयास गर्नुपर्छ र सबैलाई खुसी पार्ने जिम्मा लिनु हुँदैन ।

ब्रान्ड भ्वाइस बेवास्ता गर्नु

तपाईंको स्टार्टअपको व्यक्तित्व र यसका श्रोताबीचको सम्बन्ध सिर्जना गर्न बलियो ब्रान्ड भ्वाइस आवश्यक छ । यस्तो अवस्थामा ब्रान्डिङ गर्दा आफ्नो लक्षित दर्शकलाई दिमागमा राखेर ब्रान्ड आवाज छनोट गर्नुहोस् । तपाईंको ब्रान्डको टोन, भाषा र शैली यस्तो राख्नुहोस् कि यसले तपाईंको ब्रान्ड भ्यालु प्रतिविम्बित गरोस् ।

ग्राहक प्रतिक्रिया बेवास्ता गर्नु

कुनै पनि व्यवसायमा त्यो उत्पादन होस् वा ब्रान्डिङ, सबै ग्राहकअनुसार हुनुपर्छ । यदि ग्राहक प्रतिक्रियाबाट तपाईंलाई आफ्नो उत्पादन, मूल्य डिजाइन वा ब्रान्डिङमा कुनै परिवर्तन गर्न आवश्यक छ जस्तो लाग्छ भने परिवर्तनहरू बिना हिच्किचाहट गर्नुपर्छ । ग्राहकको प्रतिक्रिया बेवास्ता गर्दा तपाईंलाई महँगो पर्न जान सक्छ र बिस्तारै ग्राहकहरू तपाईंबाट टाढा जान सक्छन् । एजेन्सी

Share News