विकासन्युज

महासंघको कार्यसमिति सदस्य बने आचार्य

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा भरतराज आचार्य मनोनित भएका छन् । महासंघको विधानको दफा ३४.१ को खण्ड (ण) र दफा ३४.६ अनुसार आचार्यलाई अध्यक्ष चन्द्र प्रसाद ढकालले कार्यकारिणी समिति सदस्यमा मनोनित गरेका हुन् । आचार्यलाई महासंघ अध्यक्ष ढकालले मंगलबार पद तथा गोपनीयताको सपथ गराएका छन् । आचार्य उत्पादनमूलक उद्योग, व्यापार लगायतका क्षेत्रमा संलग्न छन् । यसअघि दुई कार्यकाल कार्यकारिणी समिति सदस्य रही सकेका आचार्यले महासंघमा रोजगारदाता परिषदको उप सभापति एवं उद्योग समितिको सभापतिको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।

तीन वर्षपछि माधवको घरमा ओली, सरकारमा सहभागी हुन आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वर्षौंपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको घरमा पुगेका छन् । नेपाल कम्युनिट पार्टी विभाजन भएपछि राम्रोसँग बोलचाल समेत नगरेका ओली करिब तीन वर्षपछि नेपालको घरमा पुगेका हुन् । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा पुगेका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाललाई एमाले अध्यक्ष ओली सँगै कोटेश्वर आउने जानकारी गराएका थिए । त्यसको केहीबेरमा प्रचण्ड र ओलीले माधव नेपाल निवासमा पुगेका हुन् । प्रचण्ड र ओलीसँगै एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पाेखरेल पनि माधव नेपालको निवासमा पुगेका छन् । ओलीले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । सत्तामा सहभागी हुने विषयमा हालसम्म एकीकृत समाजवादीले कुनै निर्णय गरिसकेको छैन ।

कांग्रेसले फिर्ता लियो सरकारलाई दिएको समर्थन, प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्ने

काठमाडाैं । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हाे । प्रधानमन्त्री प्रचण्डले सोमबार नेकपा एमालेसँग सत्ता सहकार्यको सहमति गर्दै कांग्रेसका सहित सबै दलबाट बनेका मन्त्रीहरुलाई बर्खास्त गरेर नयाँ मन्त्रिपरिषद बनाएका छन् । अब प्रधानमन्त्री पुष्प कमल दहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनु पर्ने भएको छ । सरकारबाट कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनका लागि प्रधानन्त्रीले प्रतिनिधि सभा बैठकमा प्रस्ताव पेस गर्नु पर्ने व्यवस्था छ ।

६ देशका सेफ नेपालमा, होटेल म्यानेजमेन्ट कलेजहरूको नेटवर्किङमा टेवा

काठमाडौं । विश्वका विभिन्न ६ वटा देशका होटेल म्यानेजमेन्ट कलेजहरूको नेटवर्किङ कार्यक्रम नेपालमा सुरु भएको छ । काठमाडौंको ज्ञानेश्वरमा रहेको इन्टरनेश्नल स्कुल अफ टुरिजम एण्ड होटेल म्यानेजमेन्ट (आईएसटी) कलेजमा कार्यक्रम सुरु भएको हो । प्रत्येक देशका मौलिक खानालाई जगेर्ना र पुनरुत्थान गरी कसरी अरू देशलाई सिकाउने भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको (आईएसटी) कलेजका संस्थापक अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेन्द्र बज्राचार्यले बताए । ‘होटेल म्यानेजमेन्टका विभिन्न विधाहरूमा प्रत्येक वर्ष नयाँ–नयाँ विषयको विकास भइरहेको हुन्छ,’ उनी भन्छन्, ‘एकले अर्काको देशको मौलिक खाना के हो, त्यो कसरी बनाउने भन्ने थाहा हुन्छ, यसो हुँदा ती देशका विद्यार्थीले पनि यो बारे थाहा पाउँछन्, जुन राम्रो कुरा हो ।’ अस्ट्रियाको अस्ट्रियन डेवलपमेन्ट एजेन्सी र आईटीएच को साझेदारीमा सुरू भएको कार्यक्रममा घाना, युगाण्डा, भुटान, श्रीलंका, अस्ट्रिया, इन्डोनेसिया र नेपालका होटेल म्यानजमेन्टका सेफहरू सहभागी छन् । होटेल म्यानेजमेन्ट पढाइ हुने नेपाल लगायत सात वटा देशको नेटवर्किङ । यो नेटवर्कले प्रत्येक वर्ष फरक–फरक देशमा कार्यक्रम गर्ने गर्छ । यसको पहिलो कार्यक्रम अस्ट्रियामा भएको थियो । अहिले दोस्रो कार्यक्रम नेपालमा भइरहेको छ । एक सातासम्म सञ्चालन हुने यो कार्यक्रममा आ–आफ्नो कलेजको पढाइ, सिकाइका विषयमा पनि छलफल गरिने बताइएको छ । अब तेस्रो नेटवर्किङ कार्यक्रम इन्डोनेसियाको बालीमा आययोजना गर्ने तयारी छ ।

चीनद्वारा सन् २०२४ मा करिब पाँच प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

चीन । चीनले सन् २०२४ मा करिब पाँच प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको मङ्गलबार राष्ट्रिय विधायिकामा छलफलका लागि पेस गरिएको सरकारी कार्यप्रतिवेदनले जनाएको छ । प्रतिवेदनअनुसार यस वर्ष सहरी क्षेत्रमा एक करोड २० लाखभन्दा बढी रोजगारी सिर्जना हुने र सर्वेक्षण गरिएको सहरी बेरोजगारी दर करिब पाँच दशमलव पाँच प्रतिशत हुने अनुमान गरिएको छ । कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सँगको घाटाको अनुपात तीन प्रतिशत कायम गर्ने र सन् २०२३ को बजेटबाट सरकारी घाटा एक खर्ब ८० अर्ब युआनले बढ्ने गरी सक्रिय वित्तीय नीति र विवेकपूर्ण मौद्रिक नीतिलाई निरन्तरता दिइने पनि प्रतिवेदनमा उल्लेख छ । चीनमा यस वर्ष स्थानीय सरकारहरूका लागि ३९ खर्ब युआनको विशेष प्रयोजनका ऋणपत्र जारी गरिने छ । यो गत वर्षभन्दा एक सय अर्ब युआन बढी हो । रासस

अर्थ र गृह मन्त्रालयमा पनि माओवादीकै दाबी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गृह र अर्थ मन्त्रालयमा पनि दाबी गरेको छ । मंगलबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा माओवादीले अर्थ र गृह आफ्नै पार्टीले पाउनुपर्ने दाबी गरेको हो । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयमा दाबी गरेका छन् भने वर्षमान पुनले अर्थ मन्त्रालयमा दाबी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पनि गृहमन्त्रालयमै दाबी गरेको बुझिएको छ । नेकपा एमालेले पनि गहृ र अर्थ मन्त्रालयमध्ये एउटा मन्त्रालय पाउनु पर्ने दाबी गर्दै आएको छ ।

टोफिचू इक्लियर नेपाली बजारमा

काठमाडौं । सूर्य नेपाल प्रालिले आफ्नो कन्फेक्सनरी ब्राण्ड टोफिचू अन्तर्गत नयाँ क्यान्डी इक्ल्येर नेपाली बजारमा सार्वजनिक गरेको छ । ‘प्युर चकलेटी जोए’को उद्घोषसहित प्रवर्द्धन गरिएको यो उत्पादन बाहिरी तहमा ‘मिल्क चकलेट’ हुनुका साथै भित्री तहमा चकलेट भरी बनाइएको छ । सुनौलो रंगको आकर्षक ट्वीस्ट र्यापमा प्याक गरिएको ‘टोफिचू इक्ल्येर’ बजारमा उपलब्ध अरु चकलेट स्वादका कन्फेक्सनरी उत्पादनहरू भन्दा स्वादिलो, आकर्षक र प्रिमियम रहेको कम्पनीको दाबी छ । कुनै विशेष अवसर अथवा कुनै पनि समय यो क्यान्डीको स्वाद लिई ‘इक्लेयर’को बेग्लै आनन्द लिन सकिने कम्पनीद्वारा जारी प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ । पाँच रुपैयाँमा दुईवटा उपलब्ध हुने इक्लेयर नेपालभरका खुद्रा पसलमा उपलब्ध हुनेछ । इक्लेयरको साथै टोफिचू अन्न्तर्गत विभिन्न ब्रान्डहरू ‘तड्का कच्चा म्याङ्गो’, ‘तड्का लिच्ची’ र ‘डुवोज’ पनि बजारमा उपलब्ध छ ।

एनआईसी एशिया क्यापिटल आठौं वर्षमा, ७ वटा सेवामा बम्पर अफरको योजना

काठमाडौं । एनआईसी एशिया क्यापिटल स्थापनाको सातौं वर्ष पूरा गरेर आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा क्यापिटलले विभिन्न सेवामा विशेष छुट तथा अफर योजना सार्वजनिक गरेको छ । क्यापिटल स्थापना भएको छोटो अवधिमै एक सक्षम, प्रगतिशील र गतिशील संस्थाको छवि बनाई सर्वसाधारणहरुको माझमा पहिलो रोजाइको क्यापिटल बन्न सफल भएको हो । आधुनिक प्रविधिको अनुशरण गरी सर्वसुलभ रुपमा मर्चेण्ट बैंकिङ सेवा उपलब्ध गराई यस क्षेत्रमा नेपालको एक नेतृत्वदायी मर्चेण्ट बैंकिङ कम्पनीको भुमिका निभाउन सक्षम भई समग्र व्यवसाय उत्साह जनक रुपमा विस्तार गर्न सफल भएको कम्पनीको दाबी छ । क्यापिटल संचालनमा आएको छोटो अवधिमा नै आफ्नो सेयरधनीलाई १८७.४८ प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ । क्यापिटलले सातौं वर्ष पुरा गर्दै गर्दा निक्षेप सदस्य सेवा अन्तर्गत ७ लाख २६ हजार भन्दा बढी डिम्याट खाता खोल्न सफल भएको छ । सामूहिक लगानी कोष सेवा अन्तर्गत एउटा खुलामुखी र ५ वटा बन्दमुखी योजना मार्फत ५।६ अर्ब रुपैयाँभन्दा बढी रकम परिचालन गरिरहेको छ भने पोर्टफोलियो व्यवस्थापन सेवा अन्तर्गत ६ सय ७५ जना भन्दा बढी ग्राहकहरुबाट २ अर्ब रुपैयाँ भन्दा बढीको रकम व्यवस्थापन गर्न सफल भएको छ । क्यापिटलले मर्चेण्ट बैंकिङ सेवा अन्तर्गत समेत छोटो अवधिमा नै २२ वटा कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आईरहेको छ भने निष्काशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म १६ वटा कम्पनीको प्राथमिक सेयर निष्काशन, २ वटा बैंकको डिबेन्चर निष्काशन, ४ वटा कम्पनीको हकप्रद सेयर निष्काशन र ३० वटा भन्दा बढी कम्पनीको संस्थापक समूहको सेयर बोलकबोल मार्फत बिक्री गर्ने कार्य सम्पन्न गरिसकेको छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा क्यापिटलबाट प्रदान गरिरहेको ७ वटा प्रमुख सेवाहरुमा ‘सातौं वार्षिक उत्सवः सातै दिन, सातै हप्ता, सातै सेवामा सातै अफर’ योजना सार्वजनिक गरेको छ । उक्त योजनाहरु फागुन २२ गतेदेखि मिति २०८१ बैशाख ११ गतेसम्म मात्र संचालनमा रहनेछन् । अफरहरु  (१) लगानी व्यवस्थापन सेवा अन्तर्गत : लगानी व्यवस्थापन सेवा अन्तर्गत ग्राहकहरुलाई न्यून लागतमा उच्च कोटिको सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा वार्षिक लगानी व्यवस्थापन शुल्क मात्र ७ रुपैयाँ लिई एक वर्षको लागि लगानी व्यवस्थापन सेवा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । उक्त योजना मिति २०८१ बैशाख ११ गतेसम्म मात्र संचालनमा रहनेछन् । (२) एनआईसी एशिया म्युचुअल फण्ड सेवा अन्तर्गत : एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित पहिलो खुलामुखी योजना “एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड”को एसआएपिमा आज फाल्गुन २२ देखि मिति २०८१ बैशाख ११ गतेसम्म सहभागि हुने इकाईधनीहरु मध्ये ७ जना इकाईधनीहरुले रु ५०० बराबरको क्यापिटलको तर्फबाट एसआईपि रजिष्ट्रर गरी पहिलो किस्ता भुक्तानी गरेका इकाईधनीलाई एसआईपि बास्टरको सुविधा उपलब्ध गराईनेछ । (३) संस्थागत परामर्श सेवा अन्तर्गत: एनआईसी एशिया क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत आइडिया टु आइपिओ सेवा संचालन गरिरहेको छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा फाल्गुण २२ गतेदेखि २०८१ बैशाख ११ गतेसम्म आवद्ध हुने पहिलो ७ वटा कम्पनीहरुलाई मात्र रु।७र मा आइडिया टु आइपिओ सेवा अन्तर्गत आइपिओ जारी गर्ने तह सम्म पुर्‍याउनको लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउने । (४) डिम्याट खाता सेवा: हाल क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” अभियान अन्तर्गत ग्राहकहरुलाई विभिन्न छुट सहित उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा आजको एक हप्ताको लागि मात्र ७ सय रुपैयाँमा लाइफ टाइम डिम्याट रिनुअल योजना सार्वजनिक गरेको छ । (५) मेरो सेयर सेवा: हाल क्यापिटलले मेरो सेयर खाता सुविधा अनलाई मध्यमबाट सहज र सर्वसुलभ तरिकावाट उपलब्ध गराउदै आइरहेको छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा आजको मितिले एक हप्तासम्मको लागि मात्र “७०० रूपैयाँमा लाइफ टाइम मेरो सेयर रिनुअल योजना सार्वजनिक गरेको छ । (६) नि:शुल्क डिम्याट खाता सेवा : क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा एन आई सी एशिया क्यापिटल तथा क्यापिटलको शाखा कार्यालयहरु र अनलाइन मार्फत मिति २०८१ आषाढ मसान्तसम्म नि:शुल्क डिम्याट खाता खोलिदिने । (७) सेयर रजिष्ट्रार सेवा अन्तर्गत: हाल क्यापिटलले धितोपत्रको दोश्रो बजारमा सूचिकृत नभएका पब्लिक कम्पनी तथा प्राईभेट कम्पनीहरुलाई समेत सेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराइरहेको छ । क्यापिटलको सातौंं वार्षिक उत्सवको अवसरमा क्यापिटलले मात्र ७ सय रुपैयाँमा पहिलो एउटा कम्पनीलाई ओटिसि मार्केट मा सूचिकरण गरिदिने छ । यस एनआईसी एशिया क्यापिटलले आफ्नो सातौं वर्ष पुरा गरेको अवसरमा क्यापिटलबाट लगानी व्यवस्थापन पिएमएस सेवा लिइरहेका सेवाग्राहीहरु, हितग्राही खाता खोली कारोवार गर्ने खाताहरु, सामूहिक लगानी योजनामा लगानी गरेकाे इकाईधनीहरु, सेयर रजिष्ट्रार सेवामा आवद्ध कम्पनीहरु तथा नियमक निकायहरु लगायत सम्पूर्णमा कम्पनी आभार व्यक्त गर्दछ ।