नेपाली नागरिकता परित्याग गर्नेको संख्या बढ्यो
काठमाडौं । स्थायी रूपमा बसोवास गर्ने उद्देश्यका साथ विदेश जानेहरू बढेसँगै नेपाली नागरिकता परित्याग गर्नेको संख्यामा पनि वृद्धि भएको छ । परिवारसहित विदेशमा व्यवस्थित बसोवास गर्नका लागि नागरिकता त्याग्नेको संख्या वर्षेनी बढ्दै गएको हो । मोरङमा चालु आर्थिक वर्षको आठ महिनामा नेपाली नागरिकता परित्याग गर्नेको संख्या ५८ पुगेको छ । जबकि अघिल्लो आर्थिक वर्षमा १८ जनाले नागरिकता परित्याग गरेका थिए । मोरङ प्रशासनले २०६६ सालदेखि मात्र नागरिकता परित्याग गर्नेको विवरण व्यवस्थित तवरले राख्न थालेको हो । त्यसयता हालसम्म १८४ जनाले नागरिकता त्यागेको प्रशासनले जनाएको छ । मोरङ प्रशासन नागरिकता फाँटका कर्मचारी सुमन निरौलाले गत वर्षको भन्दा यस वर्ष नागरिकता परित्याग गर्नेको संख्या बढेको बताए । उनले गत वर्षसम्म भारतमा विवाह गरी जाने र उतै बस्ने भएकाले नागरिकता परित्याग गर्नेहरु मात्रै हुने गरेपनि यस वर्षबाट भने गैरआवासीय नेपाली नागरिकहरुले नागरिकता लिन पाउने भएपछि एनआरएन नागरिक लिन नेपाली नागरिकता परित्याग गर्नेहरु बढेको बताए । एनआरएनको नागरिकता लिनेहरुमा महिला र पुरुषको संख्या बराबर रहेको बताए । वैवाहिक सम्बन्ध, पठनपाठन र रोजगारी लगायतका कारणले जिल्ला प्रशासन कार्यालयमा नागरिकता परित्यागको माग गर्दै निवेदन दिनेको संख्या बढ्दो छ । विषेशगरी अमेरिका, अस्ट्रेलिया र युरोपियन मुलुक जाने र त्यहाँको नागरिकता लिएपछि नेपालको नागरिकता त्याग्ने गरेको पाइएको कार्यालयले जनाएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले विदेशको नागरिकता लिने प्रक्रियामा गएपछि नेपाली नागरिकता त्याग गरेपछि मात्रै अन्य देशको नागरिकता पाइने भएकाले पनि त्याग गर्नेहरूको संख्या बढेको देखिएको बताए । त्यसबाहेक भारतीय नागरिक बन्नका लागि पनि नेपाली नागरिकता परित्याग गर्ने गरेको पाइएको प्रमुख जिल्ला अधिकारी साहले बताए । केहीले भारतीय नागरिकता पाउनका लागि नेपाली नागरिकता खारेज गर्न निवेदन दिएका जनाएको छ । लामो समयदेखि वैदेशिक रोजगार साथै डिभी–पिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध स्थापना गरी बसेकाहरूले नागरिकता त्याग गरेको पाइएको प्रशासनले जनाएको छ । युरोप, अमेरिका लगातय विकसित मुलुकमा बस्ने मोहका कारण पनि नेपाली नागरिकता परित्याग गर्नेहरूको ग्राफ उकालो लागेको छ । झट्ट हेर्दा संख्या थोरै देखिए पनि मुलुकभर वार्षिक रूपमा भने करिव आठ सय बढीले नागरिकता परित्यागका लागि निवेदन दिने गरेका छन् ।
‘जब चिनी तीतो हुन्छ’
मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु हो । मिठाइ उत्सव, रमाइलोका बेलामा, प्रसादका रुपमा खाइन्छ तर त्यो मिठाईमा के के राखेर बनाइएको छ वा कस्तो तेलमा पकाइएको छ भन्ने धेरैलाई थाहा हुँदैन । यदि राम्रै तेलमा पकाइयो भने पनि बारम्बार तेल तताएपछि त्यस तेलमा विष पैदा हुन्छ । यसले मुटुलाई त खराब गर्छ नै, क्यान्सर समेत पैदा गराउन सक्छ भनेर विज्ञानले सिद्ध गरिसकेको छ । यस्ता मिठाइहरु प्रायः मैदा र चिनी बाट नै बनेको हुन्छन् । मेदा र चिनी दुबैको पौष्टिक तत्व हँदैन र यिनको धेरै प्रयोग बाट त शरीरमा पौष्टिक तत्वको कमि हुन जान्छ । शरीरमा पौष्टिक तत्वको कमि भएपछि अनेक किसिमका स्वास्थ समस्या पैदा हुन्छन् । विश्व स्वास्य सङ्गठनका अनुसार एक वयस्कले एक दिनमा तीनदेखि पाँच चम्चा मात्र चिनी प्रयोग गर्नसक्छ । तर वास्तविक जीवनमा त हामीले धेरै नै प्रयोग गरिरहेका हुन्छौँ । उदाहरणको लागि दिनमा तीन कप चिया खाइयो भने एक कप चियामा दुई चम्चा हाले पनि छ चम्चा चिनी त यसै पनि भइहाल्यो । यदि त्यसमाथि मिठाई पनि खाइयो भने त कति चम्चा चिनी होला ? अनि बिस्कुट, सर्वत खाने गरिन्छ । यसरी बनाएको बिस्कुटहरु कस्ता गुणस्तरका हुन्छन् भन्ने कुरा प्रायः हामीलाई थाहा नै हुँदैन । चिनी र मैदा हालेर बनाएको बिस्कुट यसै पनि हानीकारक हुन्छ । त्यसमा पनि कुहिएको वा ढुसी परेको नरिबल वा अन्य वस्तु मिसाइएको हुन्छ । ढुसी लागेको खानेकुराले कलेजोमा असर गर्छ । आज खाएर भोली नै केही समस्या नपर्ने हुनाले मानिसहरुलाई यसरी गुलीयो धेरै हालेको पदार्थ , नदेखिने हुनाले ढुसी लागेको पर्दार्य खाएपछि विरामी परिन्छ भन्ने पनि थाहा हुँदैन् । अमेरिकन डायवेटिक एसोसिएसन र अमेरिकन हार्ट एसोसिएसन दुवैले चिनीको उपभोग घटाउन आग्रह गरेका छन् । अमेरिकन डायविटिज एसोसिएसन भन्छ, ‘डायविटिजको सन्दर्भमा कुरा गर्दा सबैभन्दा महत्वपूर्ण कुरा चिनी र खाना नै हो । शरीरको तौल बढाउन र रगतमा ग्लुकोजको मात्रा बढाउछ ।’ सो एसोसिएसनले डायविटिज भइसकेको छ वा हुने जोखिम छ भने पानी, विना चिनीको चिया, कफी, वा अरु कुनै कम क्यालोरी भएको पेयपदार्थ वा कागती पानी मात्र पिउन सुझाव दिएको छ । चिनी सबै चिसो पेयहरुमा पाइने एक प्रमुख तत्व हो । चिनी विभिन्न स्वादहरु मिश्रित तरल पदार्थहरुमा राखिएको हुन्छ । अधिकांश चिसो पेयमा चारदेखि १५ चिया चम्चासम्म चिनी घोलिएको हुन्छ । वर्तमान पुस्ताका केटाकेटीको दाँतमा समस्या सिर्जना गर्ने प्रमुख तत्वका रुपमा चिनी रहेको छ । त्यस्तैगरी चिनी मानिसहरुमा मधुमेहको र साथै हृदयरोग, अपच, छालाका समस्या तथा अन्य घातक रोगहरुको बृद्धि गर्नका लागि प्रमुख सहयोगीका रुपमा रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले प्रकासन गरेको बुलेटिन अनुसार चिनी मिसाइएका पेय पदार्थको उपभोग अहिले विश्वमा नै बढिरहेको छ । विगत पाँच वर्ष यताको अध्ययन गर्दा खानासँग सम्बन्धित रोगहरु जस्तोः टाइप २ डायविटिज र अधिक मोटोपनको बृद्धिको एउटा मुख्य कारक तत्व यिनै गुलिया पेय पदार्थ भएको पाइएको छ । यसै कारणले गर्दा पनि मेक्सिको चिनीको गुलियो भएका पेयपदार्थमा ‘सोडा ट्याक्स’ भनेर नयाँ कर लगाउने कानुन पास गरेको छ । मूल्यवृद्धि भएपछि यसको खरिद तथा उपभोग कम हुन्छ भन्ने अपेक्षाले यसो गरिएको थियो । यसरी कर लगाएपछि पेय पदार्थको खरिदमा छदेखि १२ प्रतिशतसम्म गिरावट आएको पाइयो । अमेरिकाको न्यूयोर्क युनिभर्सिटीका अध्ययनकर्ता तथा फुड स्टडी एवं पब्लिक हेल्थका प्रोफेसर नेस्टलेका अनुसार अहिले अत्यन्तै प्रभावकारी मार्केटिङबाट यस्ता पेय पदार्थ किन्न उपभोक्तालाई लोभ्याउने पार्ने गरिन्छ । उत्पादकहरुले अहिले विज्ञापनमा धेरै खर्च गर्छन् । यो पैसा पनि उपभोक्ताले नै तिनुपर्छ । यस्ता खाद्य पदार्थका उत्पादकहरुले अहिले कम र मध्यम स्तरको आम्दानी भएका देशहरुमा यस्ता वस्तुहरको विक्री बृद्धि गर्ने लक्ष्य राखेका छन् । किनभने यी देशहरुमा बढी नाफा कमाउन सकिन्छ, विशेषगरी केटाकेटीहरुलाई लोभ्याएर । न्यूयोर्क शहरमा आधाभन्दा बढी मानिसहरु अत्यधिक मोटो छन् । यसै कारणले न्यूयोर्कका मेयरले सन् २०१२ मा त्यहाँ समस्याको रुपमा देखापरेको अत्यधिक मोटोपनलाई घटाउने प्रयासस्वरुप कोकाकोला, चिनी धेरै भएका चिसो पेय पदार्थका ठुला बोतलको सट्टा साना बोतल (४७३ एमएल) मात्र बेच्न पाउने निर्णय गर्न खोजेका थिए । त्यसको उद्देश्य समस्याको रुपमा रहेको ‘अत्यधिक मोटोपन’लाई घटाउनु नै थियो । तर न्यूयोर्ककै केही बासिन्दाहरुले चाहीँ यसको खुलेर विरोध गरे । हामीलाई जति मन लाग्छ खान्छौँ । र चिसो पेय पदार्थ खानु आफ्नो अधिकार भएको भन्दै प्रतिवाद गरे । प्यास लाग्दा चिसो जस्ता पेय वस्तु नै खाने उनीहरुलाई बानी नै परिसकेकोले उनीहरुले चिनी पनि धेरै खान्छन् । कतिपयमा त छोड्नै नसक्ने लत नै बसेको छ । गुलियोको कारणले पनि दाँतको पालिस पखालिने अवस्था बन्छ । यी पेय वस्तुबाट दाँतसम्बन्धी विशेष गरी दुई प्रकारका समस्याहरु बढी देखिएका छन् । दाँतमा प्वाल पार्ने र दन्त हर्ष । हाल आएर दाँतको क्षय हुने समस्या पनि धेरै देखिन थालेको दन्त चिकित्सकहरुले बताएका छन् । बट्टामा राखेको फलफुलमा चिनीको मात्रा अति नै बढी हुन्छ । यसले बच्चाको दाँतमा नराम्रो असर पर्छ । त्यसैले बट्टाको फलफुलको रस किन्नु भन्दा फलफुल नै स्वास्थको लागि धेरै राम्रो हुन्छ । यो सस्तो पनि पर्छ । चाडपर्वमा चिसो पेय पर्दार्थ र बट्टाका फलफूलको रसको पनि धेरै नै प्रयोग गरिन्छ बट्टाको फलफुलमा पनि एकदम धेरै नै प्रयोग गरिन्छ । बट्टाको फलफुलमा पनि एकदम धेरै नै चिनी भएको तथ्य छ । नेपाली युवायुवतीलाई भ्रम उत्पन्न गर्ने आक्रामक प्रचार गर्दै अर्को पेय बस्तु बजारमा आएको छ, इनर्जी ड्रिंक । दशैं तिहारमा एकदम धेरै मानिसहरुले यो प्रयोग गर्छन् । कतिपयले कोसेली पनि लैजान्छन् । यसलाई यो शक्तिबद्र्धक पेय वस्तुको रुपमा व्यापक प्रचार प्रसार गरिएको छ । युवा युवतीलगायत प्रायः सबै उमेर तथा बिरामी, खेलाडी, कामदारलगायत विविध वर्ग र क्षेत्रका मानिसहरु अहिले यो पेय पदार्थलाई एउटा लाभदायक पेय वस्तु हो भन्ने भ्रममा छन् र व्यापक रुपमा उपभोग गरिरहेका छन् । यसले शरीरमा कति धेरै हानी छ भन्ने कुरा आम उपोक्ताहरुले बुझेका छैनन् । आम सञ्चार माध्यममा विज्ञापनको आइरहेको पनि यस्ता गुलिया पदार्थहरुको बारेमा छलफल हुँदैन । यस पेयमा प्रशस्त मात्रामा चिनी हुन्ने भएकाले यसले केही शक्ति दिए जस्तो हुन्छ । थाकेको बेला यस्तो पेय पदार्थ पिउँदा केही क्षण परिवर्तनको महसुस भए पनि यसले बरु स्वास्थ्यमा विभिन्न किसिमका समस्या उत्पन्न गर्ने अध्ययनकर्ताहरुको भनाइ छ । बरिष्ठ वाल रोग विशेषज्ञ डा विष्णु पण्डितका अनुसार वालालिकालाई इनर्जी ड्रिंक मात्र होइन, हाल हाम्रो बजारमा प्रचलित विभिन्न ब्राण्डका सफ्ट ड्रिंक पनि स्वास्थ्यका दृष्टिले राम्रा छैनन् । यस्ता पेय पदार्थका कारण बच्चाहरुमा खाना रुची कम हुन्छ र उनीहरुलाई आधारभूत इनर्जी पुग्दैन । यस्ता हल्का पेय वस्तुहरु खानेहरुमा मोटोपना आउँछ । चिनीको मात्रा बढी हुने हुनाले मोटोपन र डायविटिजको सम्भावना बढ्छ । यसले वालवालिकामा फोक्से मासु बढ्छ र अनेक समस्या उत्पन्न गराउँछ । केही महिनाअघिको कुरा हो, एक आमाले छ वर्षिय छोरा लिएर अस्पताल गइन् । उनले डाक्टरलाई भनिन्, यो दुब्लाएको छ । बारम्बार बिरामी भइरहन्छ । खाना पनि खान मन गर्दैन । बिरामी भनेर स्कूल पनि पठाएको छैन । किन यस्तो भएको होला ? आमाले डाक्टरसँग कुरा गरिरहँदा बच्चा यताउता टुकुटुकु गरिरहेको थियो । आमालाई बोल्न नदिने आमाको मुख आफूतिर फर्काउने आदि कोशिस गरिरहेको थियो । डाक्टरले यसले के खान्छ ? भनेर सोधे । आमाले, भात दाल, तरकारी त यसको घाँटीबाट नै छिर्दैन । मिठाइ, चाउचाउ, चकलेट, बरफ चिसो पेय आदि मात्र मन गर्छ । भात नखानेलाई यति दिंदा कमसेकम यसले रुचाएका केही खानेकुरा त पर्छ भनेर दिन्छु । चकलेट र चाउचाउ खाए पनि यो त बिरामी भइरहन्छ, के गर्ने होला ? आमाले थाहा नै नपाइकन बच्चालाई धेरै चिनी भएको वस्तु दिएकी थिइन् । यसले गर्दा बच्चाको त रोगसँग लड्ने शक्ति नै कम भएर ख्वाउटे भएको रहेछ । मिठाइ र चिसो पेय मायाको प्रतीक होइन भन्ने कुरा डाक्टरले बुझाएपछि उनी छानाबाट खसे झैं भइन् । बढी चिनी र पत्रु खानाले पोषणको कमि भएकाले छोरा दुब्लाएको रहेछ भन्ने थाहा पाइन् । बच्चालाई खुवाएको पत्रु फुडले उसको पेट त भरिन्छ तर पोषण पुग्दैन । ‘मिठाई, चकलेट, जस्ता पत्रु खाना खुवाउन छोड्नुस् र घरमा जे पाक्छ त्यही खुवाउने बानी गर्नुस् । कुनै औषधि खानु पर्दैन । हरिया तरकारी र फलफुल खुवाउन जोड गर्नुहोस् । सधैँ जंक फुड खुवाउने हो भने औषधि गरेर मात्र केही हुँदैन’ भनेर चिकित्सकले सल्लाह दिए । पत्रु खाना बनाउने मिठाइहरु पकाउने ठाउँमा गएर उपभोक्ताले कहिले पनि हेरेका हुँदैनन् । बाहिरपट्टि जे देखिन्छ त्यही राम्रो प्याकेटका खानेकुरार मिठाइ किनेर खाने चलन छ । यसरी जहाँ पायो त्यही बनाएको, बारम्बार पकाएको तेलमा पकाएको मिठाइ ले गर्दा स्वास्थ्यमा असर पर्छ भन्ने कुरा बुझेर सकेसम्म घरमा नै मिठाइ बनाउन सकियो भने राम्रो हुन्छ । हलुवा, पुरी, सेल, खिर आदि त घरमा पनि सहजसँग बनाउन सकिन्छ । यस्तै खानेकुरामा ध्यान दिनसकेमा निरोगी बन्न सकिन्छ । रासस (लेखक पोषणविद् हुन्)
सर्वोत्तम सिमेन्टमा लगातार सर्किट, कति पुग्यो सेयर मूल्य ?
काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा लगातार सकारात्मक सर्किट लागेको छ । दोश्रोे बजारमा कारोबार शुरु भएयता कम्पनीको सेयर मूल्य दैनिक १० प्रतिशतले बढेर सर्किट लागेको हो । चैत ६ गते कारोबारमा आएको कम्पनीको सेयर मूल्यमा चैत १२ गतेसम्ममा लगातार चार सर्किट लागेको छ । यो अवधिमा चार दिन कारोबार भएको बजारमा कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता ८१३.८० रुपैयाँ पुगिसकेको छ । चौथो दिन पनि कारोबार खुल्न नपाई कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता ७३.९० रुपैयाँले बढेको छ । कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ५५६.०८ रुपैयाँलाई आधार मानेर भएको थियो । सो दिनमै १० प्रतिशतले बढेर प्रतिकित्ता ६११.६० रुपैयाँ पुगेको कम्पनीको सेयर मूल्य चार दिनको कारोबारमै प्रतिकित्ता २५७.७२ रुपैयाँले बढेको छ । यससँगै कम्पनीका सेयरधनीले यो चार दिनमै कम्पनीको सेयरबाट प्रतिकित्ता २५७.७२ रुपैयाँ बढी कमाइसकेका छन् ।
अछाममा ट्याक्टर दुर्घटना, पाँच जनाको मृत्यु
अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा सोमबार भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए । षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडी नजिकै दुर्घटना भएको हो । दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र एक बालक घाइते भएका प्रहरी निरीक्षक साउदले बताए । मृतक र घाइते वडका बासिन्दा हुन् । घाइते तीनैजनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ । रासस
साधना लघुवित्तले गर्यो वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । साधना लघुवित्त वित्तिय संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्वव्यापी रुपमा मनाईरहको ग्लोबल मनी वीक २०२४ को अवसरमा साधना लघुवित्त वित्तिय संस्थाको आयोजना तथा सदर हरमटारी टोल विकास संस्थाको समन्वयमा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम गोरखा नगरपालिकाको वार्ड नं ६ मा सम्पन्न भएको छ । प्रोटेक्ट योर मनी, सेक्युर योर फीउचर भन्ने मुलनाराको साथ सञ्चालित यो कार्यक्रम सदर हरमटारी टोल विकास संस्थाका अध्यक्ष सानोकाजी वन्तको अध्यक्षता तथा गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहालज्युको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो । कार्यक्रमलाई प्रमुख जिल्ला अधिकारी भोला दाहालले गरीवि निवारणमा बैंक तथा वित्तीय क्षेत्रको महत्वपुर्ण भुमिकाको विषयमा जानकारी गराउदै बचत गर्ने बानीको विकास र कर्जा सदुपयोगितामा जोड दिएका थिए भने सामाजिक रुपमा फैलिएको अफवाहको पछि नलागी आफ्नो कारोबार चुस्तदुरुस्त राख्नको लागि अनुरोध गरेका थिए । साथै बेला बेलामा वित्तिय जागरणका चेतनामुलक कार्यक्रमहरु सञ्चालन गरी वित्तिय क्षेत्रमा सम्पुर्ण समुदायको पहुँच पु्याउन सुझाव दिएका थिए । कार्यक्रममा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले संस्थाको कार्ययोजनाको बारेमा जानकारी दिँदै वित्तिय क्षेत्रको काम कर्तव्य र महत्वको बारे चेतनामुलक प्रस्तुतिकरण सहित सहभागाीहरुबाट बैकिङ्ग तथा वित्तिय क्षेत्र सम्बन्धि उठेका जिज्ञासाहरुलाई सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागीहरुले बैंक तथा वित्तिय संस्थाले गरेको सामाजिक तथा आर्थिक रुपान्तरण, लघुउधम व्यवसायको प्रवद्र्धन, रोजगारीको सिर्जना तथा अर्थतन्त्रलाई चलायमान बनाउन बैंक तथा वित्तिय संस्थाको महत्वपुर्ण भुमिका रहेको बताउँदै समय सापेक्ष सदस्यहरुलाई प्रदान गर्ने सुविधाहरु आवश्यक संसोधन गर्न र स्थानिय स्तरमा उत्पादित सामाग्रीहरुको बजारीकरण गर्न आवश्यक समन्वय गर्नु पर्ने आवश्यकता रहेको समेत औल्याएका थिए । नन्द प्रसाद ढकाल, रमा सिंखडा, निरञ्जन रमण खनाल, बद्री प्रसाद पोखरेल लगायतका ब्यक्तिहरुले आफ्नो मन्तब्य राख्नु भएको उक्त कार्यक्रममा १०० जना बढी ब्यक्तिको उपस्थिति रहेको थियो । वित्तीय संस्थाले हाल ३१ जिल्लामा ९३ वटा शाखा कार्यालय मार्फत् १ लाख ५ हजार सदस्यहरुलाई सेवा प्रदान आएकोमा करिव ५० हजार ब्यक्तिहरुलाई व्यवसाय गर्न कर्जा उपलब्ध गराएर रोजगारी सिर्जना गरेको , वित्तीय संस्थाले कर्जा, बचत, विमा , रमिटान्स, मात्र नभई गैर वित्तीय सेवा पनि प्रदान गर्दै आएको भविश्यमा आफ्नो सेवा प्रवाहलाई देशको विभिन्न भुभागमा विस्तार गरी कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।
मदिरा पिउन सोखिन नेपाली, दश वर्षमा भित्रियो साढे २८ अर्ब रुपैयाँको मदिरा
काठमाडौं । नेपालमा वर्षेनी रुपमा अर्बौं रुपैयाँ बराबरको मदिरा आयात हुने गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०७६/७७ देखि हालसम्म अर्थात् पछिल्लो पाँच वर्षमा नेपालमा २८ अर्ब ५९ करोड २४ लाख ६ हजार ६५८ रुपैयाँ बराबरको मदिरा र मदिरा बनाउनका लागि प्रयोग हुने कच्चापदार्थ नेपालमा आयात भएको छ । चालु आर्थिक वर्ष(आव) को ८ महिनामा भने २ अर्ब ५८ करोड ११ लाख ८० हजार रुपैयाँ बराबरको मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नेपालमा भित्रिएको विभागको तथ्यांकले देखाएको छ । त्यस्तै, गत आवमा २ अर्ब ९८ करोड ९३ लाख २९ हजार रुपैयाँ, आव ०७८/७९ मा ३ अर्ब ७१ करोड १५ लाख १७ हजार रुपैयाँ, आव ०७७/७८ मा २ अर्ब ६५ करोड ७ लाख १० हजार रुपैयाँ र आव ०७६/७७ मा ३ अर्ब ३ करोड ३७ लाख ८६ हजार रुपैयाँ बराबरको मदिरा र मदिरा बनाउने कच्चा पदार्थ आयात भएको थियो । आव ०७५/७६ मा ३ अर्ब ५४ करोड ८२ लाख ८६ हजार १४० रुपैयाँ, आव ०७४/७५ मा ३ अर्ब ३ करोड ३८ लाख ३२ हजार २३० रुपैयाँ, आव ०७३/७४ मा ३ अर्ब १२ करोड ३२ लाख ८० हजार २८८, आव ०७२/७३ मा २ अर्ब २० करोड १४ लाख ९३ हजार रुपैयाँ बराबर र आव ०७१/७२ मा १ अर्ब ७१ करोड ८९ लाख ९३ हजार रुपैयाँ बराबरको मदिरा र मदिरा बनाउने सामग्री आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । १० वर्षको मदिरा आयातको तथ्यांक हेर्दा आर्थिक वर्ष ०७१/७२ मा बाहेक अन्य आर्थिक वर्षमा मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थको आयातमा वार्षिक २ अर्ब रुपैयाँ भन्दा खर्च हुँदै आएको देखिन्छ । त्यस्तै, सरकारले मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थको आयातबाट आयातमा भएको भन्दा दोब्बर रुपैयाँ भन्सार महसुल बापत आम्दानी गर्दै आएको छ । तथ्यांकअनुसार नेपालमा चीन, भारत, फिलिपिन्स, सिंगापुर, मेक्सिको, फ्रान्स, बेल्जियम, जर्मनी, आयरल्यान्ड, बेलायत, इटाली, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड, अस्ट्रेलिया, जापान, दक्षिण अफ्रिका, अर्जेन्टिना, चिली, अमेरिका, पोर्चुगल, स्पेन, बुल्गेरिया, न्युजिल्यान्डलगायत मुलुकबाट मदिरा आयात हुने गरेको छ । यस्तै, रोमाानिया, श्रीलंका, इरान, रसिया, मेक्सिको, पोल्यान्ड, सिंगापुर, यूएई, स्वीडेन, ब्राजिल, कोरिया, डेनमार्क, फिलिपिन्स, चेक रिपब्लिक, थाइल्यान्ड, इक्वेडर, भ्याटिकन सिटी, रोमानिया, युक्रेन, क्यानडा, क्युवा, आइसल्यान्ड र टर्कीबाट पनि मदिरा र मदिार बनाउने कच्चापदार्थ आयात हुने गरेको छ ।
तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको हो : अध्यक्ष दाहाल
चितवन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको भएको बताएका हुन् । यहाँ सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले स्थानीय तह र प्रदेशसभाको सेतुको रुपमा राष्ट्रियसभाले काम गर्ने उल्लेख गरे । प्रदेश र स्थानीय तहका भावना, समस्या, जटिलता र सम्भावना राष्ट्रियसभामा विषयवस्तु बनाएर छलफल सुरु गरिसकिएको अध्यक्ष दाहालको भनाइ छ । त्यहाँ छलफल भएका विषयवस्तु प्रतिनिधिसभा हुँदै सरकारसम्म पुग्ने उनले बताए । हरेक महिनाको अन्तिम साता सातै प्रदेशका समस्या र ती समस्या समाधानका विषयमा राष्ट्रियसभामा छलफल सुरु गरिएको अध्यक्ष दाहालले बताए । उनले भने, ‘प्रदेशका सबै काम कारबाहीका बारेमा सातै प्रदेशबाट प्रतिनिधित्व गर्ने माननीयले कुरा उठाउने व्यवस्था गरेको छु ।’ तीनै तहका सरकारलाई जोड्ने काममा राष्ट्रियसभाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने अध्यक्ष दाहालले बताए । राष्ट्रिय सभाको महत्व स्थापित गर्न आफू लागि पर्ने उल्लेख गर्दै उहाँले अझै पनि राष्ट्रियसभाको महत्व धेरैले बुझ्न नसकेको बताए । राष्ट्रियसभामा अधिकांश विधयेक सर्वसम्मत पारित हुने गरेको भन्दै उनले भने, ‘राष्ट्रियसभामा राजनीतिक दृष्टिकोणले नभई राष्ट्र र जनताको दृष्टिले हेरेर छलफल हुन्छ’, राष्ट्रियसभामा आउने विधेयक लामो समय नरोकिने पनि उनले स्पष्ट पारे । विगत ६ वर्षको अवधिमा राष्ट्रियसभामा चार विधेयक उत्पत्ति भएको उल्लेख गर्दै अध्यक्ष दाहालले ती सबै सर्वसम्मत रुपमा पारित गरी पठाएको बताए । राष्ट्रियसभामा राजनीतिकभन्दा पनि आवश्यकताका आधारमा छलफल हुने गरेको अध्यक्ष दाहालको भनाइ थियो । राष्ट्रियसभाले राष्ट्रिय महत्व र सार्वजनिक महत्वका विषयलाई प्राथमिकता दिने गरेको उनले बताए । रासस
भारतमा विदेशी मुद्रा सञ्चिति ६४२.४९ अर्ब अमेरिकी डलर पुग्यो
काठमाडौं । भारतमा विदेशी मुद्रा सञ्चिति मार्च १५ सम्ममा ६४२.४९ अर्ब अमेरिकी डलर पुगेको छ । भारतकाे केन्द्रीय बैंकले यो अहिलेसम्मकै उच्च विदेशी मुद्रा सञ्चिति रहेको बताएको छ । भारतको विदेशी मुद्रा सञ्चितिमा वृद्धि भएको यो लगातार चौथो साता हो । भारतीय रिजर्भ बैंककाअनुसार मार्च दाेस्राे सातामा विदेशी मुद्रा सञ्चिति झन्डै ६ अर्ब ४ करोड डलरले बढेको छ । यस हप्तामा विदेशी मुद्रा सम्पत्ति ५६८ अर्ब ३८६ अर्ब डलर रहेको छ भने सुनको सञ्चिति ५१ अर्ब १४ करोड डलर रहेको तथ्यांकले देखाएको छ ।