३ महिनामै एमडीआरटी बने नेशनल लाइफका अभिकर्ता
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सबाट ३ महिना भित्रै ३ जना अभिकर्ताहरु एमडीआरटी-२०२५ बन्न सफल भएका छन् । कम्पनीको विभिन्न शाखामा आवद्ध रही कार्य गर्ने अभिकर्ताहरु शशीकला तामाङ, नेत्र बहादुर राउत र बिमल न्यौपानेले ३ महिना भित्रै अभिकर्ताहरुको सर्वोच्च संस्था मिलियन डलर राउण्ड टेवल २०२५ मा छनौट हुन सफल भएका हुन् । एमडीआरटी-२०२५ को लक्ष्य पुरा गर्न सफल अभिकर्तालाई कम्पनीले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ । एमडीआरटी-२०२५ को लक्ष्य पुरा गर्ने अभिकर्ताहरुले आगामी ९ महिना भित्र सिओटी (कोर्ट अफ द टेवल) र टिओटी (टप अफ द टेवल) को लक्ष्य समेत पुरा गर्ने गरी बीमा व्यवसायलाई अगाडी बढाउने धारणा व्यक्त गरेका थिए । एमडीआरटीमा तोकिएको प्रिमियमको ३ गुणा प्रिमियममा सीओटी र ६ गुणा प्रिमियममा टीओटी छनौट हुने प्रावधान रहेको छ ।
भोजपुरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गर्यो बीमा सचेतना कार्यक्रम
काठमाडौं । सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्स कम्पनीले नेपाल बीमा प्राधिकरण र टेम्केमैयुङ गाँउपालिका सँगको समन्वयमा बुधबार सचेतना गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण कोशि प्रदेश प्रमुख विनोद कुमार पोखरेल गरका थिए भने कार्यक्रमको प्रमुख अतिथि टेम्केमैयुङ गाँउपालिका अध्यक्ष सरोज बस्नेत रहेका थिए । कार्यक्रमको संचालन भने सलिको भोजपुर शाखाका प्रमुख सन्तोष तिवारी गरेका थिए । उक्त कार्यक्रममा स्वागत मन्तवय राख्ने क्रममा सलिको इन्स्योरेन्स कम्पनी कोशि प्रदेश प्रमुख नारायण गौतमले कार्यक्रम संचालन गर्नुको उद्धेश्य र कम्पिनिले हालसम्म गरेका गतिविधिहरु बारे प्रकास पारे र आगामि दिनहरुमा सलिको इन्स्योरेन्सको कृषि, पशुपन्छि तथा जडिबुटि बीमाले अधिकतम कृषकहरुलाई समेटेर लैजाने प्रतिबद्धता समेत ब्यक्त गरे । सलिको इन्स्योरेन्स कम्पनीका कृषि विभाग प्रमुख उमेश ढकालले कृषि, पशुपन्छि तथा जडिबुटि बीमा गर्ने प्रकृया, बीमालेखका किसिम, बीमालेखमा भएका ब्यवस्थाहरु, बीमाशुल्क, दाबी प्रकृया, बीमालेखले रक्षावरण गर्ने र नगर्ने अवस्थाहरु लगायतका विषयमा जानकारी गराए । टेम्केमैयुङ गाँउपालिका अध्यक्ष सरोज बस्नेतले कृषि बीमा आजको आवश्यता रहेको र राज्यले प्रदान गरेको ८० प्रतिशत अनूदानको दायरामा टेम्केमैयुङ गाँउपालिका अधिकतम कृषकहरु समाबेश हुनपर्ने कुरामा जोड दिए । गाँउपालिकाले कृषकहरुको आर्थीक भार कम गर्ने उदेश्यका साथ थप १० प्रतिशत अनूदान समेत प्रदान गर्ने योजनाका साथ काम अगाडी बढिरहेको जानकारी सहभागिहरु समक्ष गराए । नेपाल बीमा प्राधिकरण कोशि प्रदेश प्रमुख विनोद कुमार पोखरेलले यस्ता बीमा सम्बन्धि सचेतना कार्यक्रम प्राधिकरणले तीव्रताका अनिवार्य रुपमा संचालन गर्दै आएको साथै बीमकहरुले समेत अनिवार्य बेला बेलामा संचालन गनुपर्ने महत्वपुर्ण कार्यक्रम रहेको जानकारी गराए । उनले बीमा सम्बन्धित कुनै पनि सल्लाह, सुझाव, वा गुनासो भए नेपाल बीमा प्राधिकरणमा जानकारी गराउनु हुन समेत सहभागीहरुलाई आग्रह गरे । कार्यक्रमा टेम्केमैयुङ गाँउपालिका अध्यक्ष, वडा अध्यक्षहरु, कृषि तथा पशु शाखा प्रमुख, नेपाल बीमा प्राधिकरण, सहकारी, कृषक समुह, तथा कृषकहरु गरी जम्मा ३८ जना सहभागिहरुको उपस्थिती रहेको थियो ।
दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ सिरुबारी, ग्रामीण जीवनशैली झल्किने
ढोरपाटन । ढुङ्गा, माटो र काठबाट परम्परागत शैलीमा बनेका घर । ढुङ्गा नै बिछ्याएर बनाइएका बाटो । सिङ्गो बस्ती नै सफा र सुन्दर देखिन्छ । यो सिरुबारी गाउँको विशेषता हो । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ स्थित सिरुबारी गाउँ दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ हो । गुजुमुज्ज परेको गुरुङ बस्ती । आफ्नै वेषभूषा र संस्कृतिले भरिएको छ । यो गाउँ घरबास (होमस्टे) सञ्चालन गर्नेहरुका लागि पाठशाला नै हो । नेपालको पूर्वदेखि सुदूरपश्चिमसम्मका घरबास सञ्चालक यहाँ आएर ज्ञान र सीप लिने गर्दछन् । क्याप्टेन स्वर्गीय रुद्रमान गुरुङको परिकल्पनामा विसं २०५४ मा सिरुबारी घरबास सञ्चालनमा आएको थियो । सत्ताइस वर्ष अगाडि स्थापना भएर सञ्चालनमा आएको सिरुबारी घरबास पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुन थालेको छ । सडक सञ्जालको सहज पहुँच र प्रचारप्रसारले गर्दा दिनप्रतिदिन यहाँ आउने पर्यटक बढिरहेका छन् । गुरुङ समुदायको कला, संस्कृति र रहनसहनसँगै यहाँको बाक्लो बस्तीले धेरैलाई आकर्षित गर्ने गरेको छ । हाल २१ वटा घरमा घरबास सञ्चालनमा छन् । दैनिक एक सय ६० जना पाहुन राख्नसक्ने क्षमता यहाँका घरबासको छ । पाहुनाको आगमन बढ्न थालेपछि घरबास सञ्चालकले धान्न नसक्ने स्थिति आएको घरबास सञ्चालक बताउँछन् । यहाँ आउने जो कोही पर्यटकलाई गाउँको प्रवेशद्वारमा गुरुङ जातिको परम्परागत पहिरनमा सजिएका स्थानीयले स्वागत गर्छन् । बाजागाजाका साथ फूलमाला पहिर्याएर स्वागत गरी स्थानीयले पाहुनालाई गाउँ बीचमा रहेको गुम्बामा पुर्याउँछन् । गुम्बामा सगुन खुवाई बास बस्नका लागि घर तोकिन्छन् । पाहुनाहरु तोकिएकै घरमा गएर बस्ने गर्छन् । राति ८ बजे पाहुनालाई स्थानीय उत्पादनका परिकार खुवाएर करिब ११ बजेसम्म मौलिक संस्कृतिमा मनोरञ्जन प्रदान गरिन्छ । सिरुबारीमा पुग्ने पर्यटक यहाँको जनजीवन बुझ्न, कला, संस्कृतिमा झुम्न बढी रुचाउँछन् । पछिल्लो पाँच वर्षमा यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको सिरुबारी सामुदायिक घरबासकी संयोजक उर्मिला गुरुङले बताइन् । उनका अनुसार पहिले विदेशी पर्यटक मात्रै आउने गरेकामा अहिले धेरै आन्तरिक पर्यटक पनि आउन थालेका छन् । केही वर्ष अगाडिसम्म ग्रामीण पर्यटन भन्ने विषय धेरैलाई जानकारी नहुँदा विदेशी पर्यटक मात्रै आउने गरेको भन्दै पछिल्लो समय धेरै ठाउँमा घरबास सञ्चालन भएसँगै प्रचारप्रसार र सरकारका पर्यटन प्रवर्द्धनसम्बन्धी विभिन्न नीतिका कारण आन्तरिक पर्यटकको पनि घुइँचो लाग्न थालेको गुरुङले बताइन् । पछिल्लो समय आन्तरिक तथा बाह्य गरी महिनामा झण्डै तीन हजारसम्म पर्यटक आउने गरेका उनको भनाइ छ । असार र साउनमा पर्यटक आगमन निकै कम हुने गरेको भन्दै असोजदेखि यहाँ सञ्चालित सबै घरबास दैनिकजसो भरिभराउ हुने संयोजक गुरुङले जानकारी दिइन् । पर्यटकको आगमनमा वृद्धि भएसँगै यहाँ आउनु एक/दुई दिन अगाडि नै ‘बुकिङ’ गर्नुपर्ने स्थिति आएको उनको भनाइ छ । पर्यटकले यहाँका घर, बाटो र स्वागत सत्कारलाई बढी मन पराउने प्रतिक्रिया दिने गरेका गुरुङले बताइन् । ‘अहिले धेरै पर्यटक आउन थालेका छन् । कहिलेकाहीँ त यहाँका घरबासले धान्नै मुस्किल हुन्छ’, उनले भनिन्, ‘सुरुमा विदेशी पर्यटकमात्रै आउने गरेकामा पछिल्लो समय ग्रामीण पर्यटनका बारेमा प्रचारप्रसारका साथै सरकारका विविध नीतिले आन्तरिक पर्यटक पनि बढ्न थालेका छन् ।’ सरकारले विसं २०६७ मा होमस्टे सञ्चालनसम्बन्धी कार्यविधि बनाएसँगै विस्तारै धेरै पर्यटकीय गन्तव्यमा होमस्टे सञ्चालनमा आउन थालेका गुरुङको भनाइ छ । ‘अहिले यहाँ हरेक महिना दुई हजार पाँच सयदेखि तीन हजारसम्म पाउना आउने गरेका छन् । यो वर्ष १५ हजार पाहुन आएका छन् । यो सङ्ख्या बर्सेनि बढिरहेको छ’, उनले भनिन् । सिरुबारी सामुदायिक घरबासका अध्यक्ष जीतेन्द्र गुरुङले संस्कृतिक कार्यक्रम तथा सरसफाइका कारण धेरै पर्यटक यहाँ आउने गरेका बताए । देश तथा विदेशबाट आउने हरेक पर्यटकले आफूहरुले गर्ने सत्कार, परम्परागत घर तथा वेषभूषाको प्रशंसा गर्ने गरेका उनको भनाइ छ । घरबासमा प्राङ्गारिक उत्पादनलाई प्राथमिकता दिने र पाहुनाले माग गरेअनुसारका परिकार उपलब्ध गराउने हुँदा धेरैको रोजाइमा सिरुबारी परेको अध्यक्ष गुरुङले बताए। ‘पाहुना आउनेबित्तिकै परम्परागत पोशाकमा बाजागाजासहित प्रवेशद्वारमा स्वागत गर्न पुग्छौँ । यसले पाहुनालाई बढी आकर्षित गरेको पाएका छौँ । यहाँको खाना, हाम्रो जनजीवन र मिलेको बस्ती उहाँहरुलाई बढी मन पर्दोरहेछ’, उनले भने । अध्यक्ष गुरुङले सडक सञ्जालको सहज पहुँच र विस्तारले पनि पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउँदै आएको बताइन् । ‘अहिले धेरैतिरबाट यहाँ आउने सडकको सुविधा भएको छ । यसले गर्दा आन्तरिक पर्यटकको आगमन बढेको हो’, उनले भने, ‘दिनदिनै पर्यटकको सङ्ख्या बढ्दा उत्साहित भएका छौँ । सङ्ख्या व्यवस्थापनमा केही समस्या भने हुने गरेको छ ।’ सिरुबारी पुग्ने जोकोही पाहुना यहाँको आतिथ्यता, खानाको परिकार र कलासंस्कृतिले लोभिने गर्छन् । एक पटक पुगेका पाहुनाले पुनः अर्को पटक आउने इच्छा राख्छन् । धेरैजसो पाहुनाहरु पारिवारिक घुमघाम र अध्ययन/अवलोकनका लागि यहाँ आउने गरेका अध्यक्ष गुरुङको भनाइ छ । उनका अनुसार सरुबारी आउनेले वास्तविक ग्रामीण जनजीवन बुझेर जाने गर्छन् । चितवनबाट घुम्न आएकी देवी शर्माले सिरुबारीमा वास्तविक ग्रामीण जीवनशैली देख्न पाइने बताइन् । खासगरी सहर बजारमा बस्नेले गाउँका परिवेश थाहा नहुने भन्दै बालबालिका लिएर यहाँको अध्ययन/अवलोकनमा आएको उनको भनाइ छ । सिरुबारी गाउँले कला, संस्कृति र परम्परा मात्र नभई एउटा इतिहास सिकाउने थलो रहेको शर्माले बताइन् । ‘यो गाउँले साँच्चिकै संस्कार सिकाउँदो रहेछ, म पहिलो पटक आएको यहाँका घर, बाटो र मानिसको व्यवहार देख्दा निकै खुसी लाग्यो’, उनले भनिन्, ‘सफा ठाउँ, रमणीय दृश्य, अतिथिको स्वागत र सत्कार गर्ने फरक शैली, खानपान र बासस्थानलगायत कुराले यहाँ आउनेलाई आकर्षित गर्दछ । अहिलेको परिवेशमा पनि यो गाउँको कला, संस्कृति र संस्कारले ठूलो पाठ सिकाउछ ।’ भैरहवाबाट सिरुबारी अवलोनका लागि आएका हरिप्रसाद ज्ञवालीले स्थानीयले प्रदर्शन गर्ने मौलिक गीत र नृत्यले आफू प्रभावित बनेको बताए । पछिल्लो समय धेरै ठाउँमा घरबास सञ्चालनमा आए पनि पुराना कला, संस्कृति भने कमैमात्रामा देखाउने गरेको उनको भनाइ छ । ज्ञवालीले गाउँमा रहेका सबै घरबासमा पुगेर व्यवस्थापनको अवलोकन गरेको सुनाउँदै यहाँको सुत्ने, खाना खाने ठाउँ र घरहरु बीचमा रहेको गल्लीले बजारकोसमेत झल्को दिने बताए । रासस
हिमाल आरोहीहरूबाट करिब डेढ महिनामा उठ्यो ३४ करोड रोयल्टी
काठमाडौं । करिब डेढ महिना अर्थात मार्च एक देखि अप्रिल १० सम्म विभिन्न १९ वटा हिमाल आरोहण गर्नेहरूबाट सरकारले ३४ करोड बढी रोयल्टी उठाएको छ । पर्यटन विभागका अनुसार मार्च महिनाको १ देखि अप्रिल १० सम्म सरकारले १९ वटा विभिन्न हिमाल आरोहण गर्ने ५१२ जनाबाट ३४ करोड ४३ लाख ९९ हजार ६५६ रुपैयाँ रोयल्टी उठाएको हो । विभागकाअनुसार सो अवधिमा सबैभन्दा धेरै रोयल्टी भने सगरमाथाबाट उठेको छ । यस अवधिमा सगरमाथा आरोहणका लागि २०९ जनाबाट २९ करोड ७५ लाख २८ हजार ५३५ रुपैयाँ, ल्होत्सेको लागि ५५ जनामार्फत १ करोड ३१ लाख ७८ हजार १४२ र मकालुको लागि ४५ जनामार्फत १ करोड ७ लाख ७४ हजार ८ सय रुपैयाँ रोयल्टी आम्दानी भएको छ । त्यसैगरी, यस अवधिमा आमादब्लम ६६ जना, अन्नपूर्ण २५ जना, कञ्चनजंघा ३१ जना, धौलागिरी १५ जना, जुगल १ र २ मा २२ जना र लिंगत्रेन हिमाल ११ जनाले आरोहण गर्नको लागि रोयल्टी बुझाएकाे शाखा अधिकृत दीलिपकुमार महर्जनले बताएका छन् ।
नारायणगढ-मुग्लिन सडकका ११ वटा पुल सञ्चालनमा
चितवन । नारायणगढ- मुग्लिन सडकखण्डका ११ वटा पुल सञ्चालनमा आएका छन् । मुग्लिन बजार नजिकको खहरे, नाम्चे, कालिखोला र तुइनखोला पुलबाहेक अन्य पुल सञ्चालनमा आएका हुन् । निर्माण भइरहेका चार पुलमा तीनवटाको पहुँच सडक निर्माणको काम जारी छ । नाम्चे, कालिखोला र खहरेखोलामा निर्माण भएका पुलको पहुँच सडक निर्माणको काम भइरहेको नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन)का इन्जिनियर कृष्ण आचार्यले बताए । इन्जिनियर आचार्यका अनुसार पहुँच सडक निर्माण भइरहेका पुलमध्ये नाम्चे र कालिखोलाको पुल असार मसान्तभित्र सञ्चालनमा ल्याउने गरी काम गरिएको छ । खहरेखोलामा निर्माण गरिएको पुलका लागि पहुँच सडक निर्माण गर्न अग्लो पर्खाल उठाउनुपर्ने भएकाले केही समय लाग्ने उनले बताए । तुइनखोलाको पुल निर्माणको काम ६५ प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए । उनले भने,’तुइनखोलाको पुल निर्माणको कामअन्तर्गत जग उठाउने काम सम्पन्न भएको छ ।’ तुइनखोला र खहरेखोलाको पुल निर्माणको काम कात्तिक मसान्तभित्र सक्नेगरी भइरहेको उनले जानकारी दिए । यस सडकखण्डमा १९ वटा पुल छन् । जसमध्ये विसं २०७६ चैत १० गते १५ वटा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । विश्व बैंकको सहयोगमा ती पुल निर्माण गरिएका हुन् । सडक चौडा भएपछि पुलको काम थालिएको हो । यो सडक नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । रासस
वर्षको अन्तिम दिन सुनको मूल्य तोलामा २४ सयले बढ्यो
काठमाडौं । नेपाली बजारमा २०८० सालको अन्तिम दिन सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन पनि तोलामा २४ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, चाँदीको मूल्य ५० रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विकास सहायता वृद्धिको प्रयास गर्ने बेलायती सांसद्को प्रतिबद्धता
काठमाडौं । संयुक्त अधिराज्यको माथिल्लो सदन ‘हाउस अफ लर्डस्’ का सदस्य स्टीवार्ट उडले नेपालको सामाजिक रूपान्तरणका लागि बेलायती विकास सहयोग बढाउन प्रयास गर्ने बताएका छन् । ‘भिएसओ’ नेपालको निमन्त्रणामा विशिष्ट स्वयंसेवकका रुपमा आठ दिनका लागि नेपाल आएका उडले महिला शिक्षा तथा लिङ्गका आधारमा गरिने विभेदको अन्त्यका निम्ति सञ्चालित परियोजनाका गतिविधिबारे जानकारी लिएका छन् । विराटनगर र बाराका स्थानीयलाई भेटेर काठमाडौं फर्किएका लेबर पार्टीका नेता उनले त्यहाँ भइरहेको सामाजिक रुपान्तरणको प्रशंसा गरे । उनले बाराका दलित समुदायमा शिक्षा र परिवर्तनप्रतिको चाहनाबाट आफू प्रभावित भएको जनाउँदै एफसिडिओको सहयोगमा भिएसओ नेपालले सीमान्तकृत समुदायका बालिका शिक्षा तथा जीवनयापनका लागि सञ्चालन गरेका कार्यक्रम अनुकरणीय पाएको बताए । बेलायतका तत्कालीन प्रधानमन्त्री गोर्डेन ब्राउनका विशेष सल्लाहकार उडले नेपालमा भएका सकारात्मक परिवर्तनबारे आफ्नो मुलुकमा उल्लेख गर्ने बताउँदै विविध संस्कृतियुक्त नेपालको सामाजिक–आर्थिक विकासका लागि बेलायत सरकारको सहयोग बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे । अक्सोफोर्ड विश्वविदालयमा राजनीति शास्त्र अध्यापन गरेका उनले नेपालको शैक्षिक उन्नयनका खतिर साझेदार बढाउन र बेलायती पर्यटकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने बताए । ‘भिएसओ’ नेपालका देशीय प्रतिनिधि जयशङ्कर लालले उडजस्ता स्वयंसेवकले नेपालमा गरेको सेवाले आफूहरुलाई सामाजिक क्षेत्रमा गर्दै आएका काममा ऊर्जा थपिएको बताए । रासस
पर्यटन प्रवर्द्धन गर्न बुलेट यात्रा (फोटो फिचर)
काठमाडौं । नँया वर्षको अवसर पारेर नेपाल बुलेट हाउसको आयोजनामा काठमाडौं रामेछाप रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल राइडको आयोजना भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने भन्दै नेपाल बुलेट हाउसले नेपालको प्रवर्द्धनका लागि उदयमान गन्तव्यहरूको टु ह्हुवीलर राइड मार्फत दिगो पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले काठमाडौंदेखि रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिकामा रहेको चर्चित ताँवे डाँडासम्म बुलेट मोटरसाइकल यात्राको आयोजना गरेका छन् । रोयल इनफिल्ड बाईकका राइडरहरुले नेपाल बुलेट हाउसको अगुवाईमा काठमा देखि ताँवे डाँडा, दोलखाको जिरी हुँदै काठमाडौं फर्कने कार्यक्रम रहेको छ । विभिन्न जाति, भाषा, धर्मको विषयमा निकै विवाद भइरहेको बेला हामीले पहिला नेपाली हुन सक्नुपर्ने भन्दै आपसी भाइचारा र पर्यटन प्रवर्द्धनका लागि टु ह्विलर यात्रा गरेको नेपाल बुलेट हाउसका अध्यक्ष रमेश कार्कीले बताए ।