लाजिम्पाटमा डेढ करोड लगानीमा हाना वेलनेस सञ्चालनमा
काठमाडौं । लाजिम्पाटमा हाना वेलनेस एण्ड स्पा सेन्टर सञ्चालनमा आएको छ। डेढ करोड बढीको लगानीमा हाना वेलनेस सेन्टर सञ्चालनमा आएको हो । लाजिम्पाटस्थित केजी टावरको छैठौ तलामा वेलनेस सेन्टर सुरु भएको हो । ज्याकुजी ( अर्थात तातो पानीमा बस्ने), साउना, स्टीम र (मसाज) थेरापीसहितको वेलनेस सञ्चालनमा आएको हो । हाना वेलनेसका सञ्चालक पदम जिरेलले आधुनिक संरचनासहित थप सुविधासहितको स्पा सेन्टर सुरु गरिएको बताए । व्यस्त सहरमा मानिसहरूको कार्यशैलीलाई आराम दिन वेलनेस सेन्टर सञ्चालनमा ल्याइएको उनको भनाइ छ । ६ तलाको सुविधायुक्त भवनमा सञ्चालित हाना वेलनेस अत्याधुनिक संरचनासहित पारिवारिक वातावरणमा सञ्चालन भइरहेको उनको भनाइ छ । उनका अनुसार ग्राहकको सुविधालाई लक्षित गरेर पार्किङ्ग र लिफ्टको समेत व्यवस्था गरिएको छ । थेरापी स्वास्थ्य पर्यटनको महत्वपूर्ण आधार भएको उनले बताए । व्यस्त जीवनशैलीका मानिसलाई शारीरिक आनन्द र तनावमुक्त बनाउन हाना वेलनेस सान्दर्भिक हुने जिरेलको बुझाइ छ । हाना वेलनेस तनाव विसर्जन गर्ने रहेको उनले बताए । युवायुवती तथा महिला, पुरुष र जोडी तथा परिवारका सदस्यहरू जोसुकै आएर पनि यसको मजा लिन सकिने उनको भनाइ छ । 'आजकालका मानिसहरू स्वास्थ्यप्रतिको सचेतनालाई ख्याल गर्दैनन् । सशारीरिक थकान र तनाव कम गर्न हाना वेलनेस उपयुक्त गन्तव्य हुन सक्छ,’ जिरेलले भने, ‘हाना वेलनेस आयुर्वेदिक उपचार पद्धत्तिमा आधारित रहेकाले हाम्रो सेवाले मानिसलाई स्वस्थ बनाउन मद्दत पुग्छ ।' स्पा शारीरिक थेरापी मात्रै नभएर मानसिक थेरापी पनि भएकाले व्यस्त जीवनबाट फुर्सद मिलाएर स्वस्थ्यकर जीवनका लागि पनि हाना वेलनेस अपरिहार्य भएको जिरेलले बताए । अन्तर्राष्ट्रिय स्तरको सेवासहित वेलनेस सेवा सुरु गरिएको व्यवसायी जिरेलले बताए। स्पा पछिल्लो समय मानिसहरूका लागि वैकल्पिक उपचारको माध्यम पनि बनिरहेको उनले उल्लेख गरे । नेचुरोपेथी, आयुर्वेद र पञ्चकर्मका रुपमा लिइन्छ । आयुर्वेद चिकित्साको निगरानीमा सबैखालका मानिसलाई मध्यनजर गरेर ‘हेल्थ प्याकेज’ बनाइने जिरेलको भनाइ छ। हाना वेलनेसलाई आगमी दिनमा चेनको रुपमा विस्तार गर्ने योजना रहेको जिरेलले उल्लेख गरे ।
नेकपा एमाले र नेकपाबीच ३ बुँदे सहमति, कुन प्रदेशमा कसको सरकार ?
काठमाडौं । नेकपा एमाले र नेकपाबीच प्रदेश सरकार सञ्चालन तथा गठनका विषयमा ३ बुँदे सहमति भएको छ । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिअनुसार पछिल्लो समय प्रदेशसभामा बजेट निर्माणका क्रममा देखिएका असमझदारी, बजेटविहीनताको अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धालाई अन्त्य गर्दै जनताको चाहनाअनुसार राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता दिने उद्देश्यले दुवै दल सहकार्य गर्न सहमत भएका छन् । सहमतिको पहिलो बुँदामा प्रदेशसभाहरूमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने उल्लेख गरिएको छ । दोस्रो बुँदाअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा संयुक्त सरकारको नेतृत्व नेकपा एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ । त्यसैगरी, तेस्रो बुँदामा मधेस र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने उल्लेख गरिएको छ । उक्त सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन् ।
काठमाडौंमै कारभित्र जलेको अवस्थामा भेटियो महिलाको शव
काठमाडौं । काठमाडौंको तारकेश्वरमा कारभित्र एक महिला जलेको अवस्था फेला परेकी छन् । बिएई ०४१० नम्बरको ईएमजी कारमा एक महिला जलेको अवस्थामा फेला परेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख दिलिप घिमिरेले जानकारी दिए । तारकेश्वर नगरपालिका–९ बस्ने ४१ वर्षीया रश्मी रिजाल मृत अवस्थामा भेटिएको एसएसपी घिमिरेले बताए । उनका अनुसार हिजो घरबाट हराएको खबर आएको थियो । प्रहरीले खोजी गरिरहेको थियो । नुवाकोट घर भएकी हाल नेपालटार बस्दै आएकी थिइन । उनी विवाहित महिला हुन् । शनिबार दिउँसो उनी कारको पछाडिपट्टिको सिटमा जलेको अवस्थामा भेटिएकी थिइन् । घटनाबारे अहिले प्रहरीले थप अनुसन्धान अघि बढाएको एसएसपी घिमिरेले बताए ।
सरकारले डा.केसीसँग थाल्यो वार्ता, शिक्षा मन्त्रालयका सचिव पुगे धनगढी
काठमाडौं । सरकारले अनसन बसेका डा. गोविन्द केसीसँग वार्ता गर्ने भएको छ । शनिवार उनीसँग शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेल धनगढी पुगेका हुन् । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख्रेलले डा. केसीसँग टेलिफोनमार्फत संवाद गरेको बताएका छन् । सोही संवादलाई औपचारिक रूपमा अगाडि बढाउने क्रममा मन्त्रालयका सचिव उनीसँग उहाँसँग प्रत्यक्ष संवादका लागि धनगढी पुगेको उनले जानकारी दिएका छन् । सरकार संवादका माध्यमबाट यस विषयको यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्न प्रतिबद्ध रहेको मन्त्री पोख्रेलले बताए । भोलि प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल जाने भएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव विकास देवकोटा पनि जाने छन् । सरकार संवादका माध्यमबाट यस विषयको यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्न प्रतिबद्ध रहेको मन्त्री पोख्रेलले बताए । बिहीबारदेखि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.केसीले अनसन सुरु गरेका थिए । कैलालीको धनगढीबाट उनले २४ औँ सत्याग्रह सुरु गरेका हुन् । उनले बिहीबार दिउँसो ३ बजेदेखि धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा आमरण अनसन सुरु गरेका हुन् ।
कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले पहिलोपटक विदेशी विद्यार्थी भर्ना लिने भएको छ । पहिलो वर्ष चार वटा कार्यक्रममा १० जना विद्यार्थी भर्ना गर्न लागेको हो । विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषिराम कट्टेलका अनुसार विश्वविद्यालयले स्नातक तहको कृषि सङ्कायमा तीन, वन विज्ञानमा तीन, पशु चिकित्सामा तीन र मत्स्य विज्ञानमा एक जना विदेशी विद्यार्थी भर्ना गर्न लागेको हो । 'ती विद्यार्थी भर्नाका लागि कार्यविधि बनाइँदै छ । पशु चिकित्सकाका विदेशी विद्यार्थीसँग १० हजार अमेरिकी डलर शुल्क लिने निर्णय गरिएको छ भने अन्य सङ्कायकासँग चार हजार डलर लिइँदै छ', उनले भने । विश्वविद्यालयले अहिले खोल्न लागेको प्रवेश परीक्षामा भने विदेशी विद्यार्थी सहभागी हुनु नपर्ने जनाएको छ । भर्नाका लागि कस्ता विदेशी विद्यार्थी योग्य हुने भन्ने विषय कार्यविधिमा समावेश हुने उपकुलपति कट्टेलले बताए । यसअघि मुलुकमा अन्य विश्वविद्यालयले विदेशी विद्यार्थी भर्ना लिए पनि कृषि विश्वविद्यालयले पहिलोपटक भर्ना लिन लागेको हो । विश्वविद्यालयका योजना निर्देशक रामहरि तिमिल्सिनाले कुनै पनि विश्व विद्यालयलाई अन्तरराष्ट्रियस्तरको स्तरनिर्धारणका लागि तोकिने विभिन्न मापदण्डमध्ये विदेशी विद्यार्थी अध्यापन गराउने पनि एक मापदण्ड भएकाले विदेशी विद्यार्थी भर्ना गर्न लागिएको बताए । नेपालमा कृषि तथा वन विज्ञान विश्वविद्यालयले छोटो अवधिका अनुसन्धानका कार्यक्रम एवं विदेशी विद्यार्थीका लागि यहाँ कक्षा सञ्चालन गर्दै आए पनि उपाधि प्राप्त गर्ने गरी विद्यार्थी भर्ना गरी अध्ययन, अनुसन्धानको कार्यक्रम सञ्चालन गरेको थिएन । विश्वविद्यालयले स्नातक, स्नातकोत्तर, विद्यावारिधिको पठनपाठन गर्दै आएको छ ।
‘महिनाको ५ करोड भाडा उठिरहेको छ, बचतकर्ता भने पैसा नपाएर मर्दैछन्’
काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका पीडित बचतकर्ताले सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशका कारण आफूहरूको सम्पत्ति जोखिममा परेको आरोप लगाएका छन् । पीडितहरूले शनिबार पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतले समेत सहकारी पीडितलाई न्याय नदिएको आरोप लगाएका हुन् । उनीहरूका अनुसार सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ र सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ मिलेर सहकारीको रकम हिनामिना गरेका थिए । दुई हजारभन्दा बढी बचतकर्ताको करिब ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ तामाङ र श्रेष्ठको मिलेमतोमा सिभिल ग्रुपका अन्य कम्पनीमा ऋण लगानी गरिएको थियो । उनीहरूले सहकारीको रकम सिभिल होम्समार्फत सहकारी ऐनको व्यवस्था विपरीत काठमाडौंको सिभिल मलमा ५० प्रतिशत सेयर लगानी गरेका थिए । तर सिभिल मल सञ्चालक लालकाजी गुरुङले सहकारीको रकम तिरेनन् । उक्त मलबाट मासिक रूपमा ५ करोडभन्दा बढी भाडा उठ्ने र त्यसको ५० प्रतिशत सिभिल सहकारीको हक हुने गरेको थियो । ऋण असुली गर्न नसकेपछि सहकारी समस्याग्रस्त हुन पुग्यो । सरकारले सहकारीलाई समस्याग्रस्त घोषणा गरेपछि पीडितहरूको रकम उठाउन समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कर्मचारी खटाएको थियो । पीडितहरूका अनुसार २०८३ वैशाख ४ गते मिना गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेपछि वैशाख ७ गते न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले अन्तरिम आदेश जारी गरी सिभिल मलको भाडा सहकारी पीडितलाई तत्काल नदिनु भन्ने आदेश दियो । उक्त आदेशका कारण समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सिभिल मलमा सहकारीको हिस्सासम्बन्धी व्यवस्थापन तथा आम्दानी संकलन गर्न नसकेको पीडितहरूको आरोप छ । उक्त आम्दानी सहकारीमा नआएका कारण हजारौं बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन नसकेको पीडितहरूले बताएका छन् । बचत फिर्ता नपाउँदा २० भन्दा बढी बचतकर्ताको मृत्यु भइसकेको पीडितहरूको दाबी छ । उनीहरूले प्रधानन्यायाधीशसमक्ष मुद्दाको सुनुवाइ छिटो गराउन आग्रह गरेका छन् । आफूहरूले पटकपटक मुद्दाको छिटो सुनुवाइ गर्न आग्रह गरे पनि ‘हेर्न नमिल्ने’ वा ‘हेर्न नभ्याइने’ इजलासमा पर्दै आएको उनीहरूको गुनासो छ । मुद्दाको अन्तिम टुंगो लाग्न ढिलाइ हुँदा पीडितहरू थप पीडित भएको सहकारी पीडित दिलीपप्रसाद भट्टराईले बताए । सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण सिभिल मलबाट उठ्ने मासिक भाडा सहकारी पीडितको हितमा प्रयोग हुन नसकेको उनको आरोप छ । न्यायिक प्रक्रियामा भएको ढिलाइले हजारौं बचतकर्ताको अधिकार प्रभावित भएको भन्दै उनले सर्वोच्च अदालत र सरकार दुवैले संवेदनशील ढंगले यस विषयलाई सम्बोधन गर्नुपर्ने बताए । उनले भने, ‘लालकाजी गुरुङको श्रीमतीले सर्वोच्च अदालतमा रिट हालेपछि एकजना न्यायाधीशले अन्तरिम आदेश दिनुभएछ, यी लालकाजी गुरुङलाई कसैले पनि नछुनु, केही पनि नगर्नु, यो समस्याग्रस्त समितिले जुन प्रतिनिधिहरू पठाएको छ, तिनलाई पनि काम गर्न नदिनु, यसको मुद्दाको अन्तिम किनारा नलागुञ्जेलसम्म भनेर दिनुभएछ । आउँदो १० वर्षसम्म मुद्दाको अन्तिम किनारा लागेन भने उसले त महिनाको ५ करोड भाडा खाइरहन पाउने भयो नि ।’ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट सिभिल मलको सञ्चालक समितिमा प्रतिनिधिका रूपमा खटाइएका विश्वप्रसाद घिमिरेले सुरुमा आफूहरूलाई मलमा प्रवेश नै गर्न नदिएको दाबी गरे । उनका अनुसार समितिको उद्देश्य भाडा संकलन गरी खर्च कटाएर बाँकी रकम पीडित बचतकर्तालाई वितरण गर्नु थियो । तर सुरुमा मलमा प्रवेश गर्न नदिएको र पछि अदालतको अन्तरिम आदेशपछि आफूहरूले कुनै काम गर्न नपाएको उनले बताए । सिभिल सहकारीसँग सम्बन्धित सम्पत्ति बचतकर्ताकै भएको उनको भनाइ छ । ती सम्पत्तिको संरक्षण र व्यवस्थापन गरी बचतकर्ताको रकम फिर्ता हुने वातावरण बनाउन उनले सरकार, अदालत र सम्बन्धित निकायले पहल गर्नुपर्ने बताए । उनले भने, ‘यो सिभिल सहकारीको जति पनि सम्पत्ति छ, सिभिल मल होस्, सीटीसी मल होस्, सिभिल ट्रेड होस्, सिभिल होम्स होस्, जग्गाजमिन होस्, सम्पूर्ण सम्पत्तिको मालिक तपाईँहरू हो । तर यो सम्पत्ति सरकारले अथवा बैंकले अथवा कसैले लिलाम नगरेन्जेलसम्म मात्रै तपाईँहरूको हो ।’ पीडितहरूले सरकार, न्यायपालिका र सम्बन्धित निकायसँग मुद्दाको शीघ्र सुनुवाइ, सहकारीको सम्पत्तिको संरक्षण तथा बचतकर्ताको हित सुनिश्चित हुने गरी आवश्यक कानुनी प्रक्रिया तत्काल अघि बढाउन माग गरेका छन् । सहकारीको रकम अपचलन गर्नेहरू भने हाल जेलमा रहेका छन् ।
मञ्जुश्री फाइनान्सको १० करोडको सेयर बिक्रीमा, मूल्य १२० रुपैयाँ
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले करिब १० करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहअन्तर्गतका ८ लाख ३९ हजार ५८३ कित्ता सेयर शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १२० रुपैयाँ तोकेको छ । यस आधारमा बिक्रीमा राखिएको सेयरको कुल न्यूनतम मूल्य १० करोड ७ लाख ४९ हजार ९६० रुपैयाँ बराबर रहेको छ । इच्छुक योग्य व्यक्ति तथा संगठित संस्थाले साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन न्यूनतम ५० हजार कित्ता वा सोभन्दा बढी १० ले भाग जाने संख्यामा तथा अधिकतम सम्पूर्ण सेयरका लागि दिन सकिनेछ । सेयर बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र फाराम १०० रुपैयाँ शुल्क तिरेर एनआइएमबि एस क्यापिटलबाट प्राप्त गर्न सकिनेछ । आवेदनसँग आफूले खरिद गर्न चाहेको सेयरको कुल मूल्यको ५ प्रतिशत बराबर धरौटी रकम जम्मा गरेको प्रमाण अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । प्राप्त शिलबन्दी बोलपत्र साउन १९ गते दिउँसो ३ बजे खोलिने कम्पनीले जनाएको छ। बिक्रीका लागि आह्वान गरिएको सेयरभन्दा बढी आवेदन परेमा मागका आधारमा समानुपातिक रूपमा सेयर बाँडफाँड गरिनेछ ।
‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ
लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं १३ घर भई हाल ओमसतिया–४ स्थित बालापुरमा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणालाई पक्राउ गरेको हो । भैरहवास्थित बजारमा ‘म जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा हुँ’ भन्दै पेस्तोल देखाई बजारमा रु १० हजार पैसा मगिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले राणालाई नियन्त्रणमा लिएको लिएको थियो । राणालाई नियन्त्रणमा लिई कानुन बमोजिम खानतलासी गर्दा निजले कोठामा लुकाई छिपाई राखेको नक्कली रिभल्वर थान–१, सवारी चालक अनुमतिपत्र थान–१, लागु औषध गाँजासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।