प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट विनियोजन
काठमाडौं । सरकारले पहिलो पटक प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमको घोषणा गर्दै १० करोड बजेटको समेत व्यवस्था गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले छोरीलाई शिक्षा र सीप प्रदान गर्न र उद्यमशीलता विकास गर्न सो कार्यक्रमको घोषणा गर्दै आगामी आर्थिक वर्षका लागि बजेटको समेत व्यवस्था गरेको हो । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्रदेश र स्थानीय सरकारको सहकार्यमो सो कार्यक्रमका लागि बजेटको व्यवस्था गरिएको बताए । त्यसैगरी सरकारले युवा महिलाहरुको आवश्यकता, चुनौति र अवसरबारे व्यापक छलफल गर्न आगामी आर्थिक वर्ष भित्र युवा महिला राष्ट्रिय सम्मेलन पनि गर्ने योजना तय गरेको छ । मन्त्री पुनले आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षको रुपमा मनाउने जानकारी दिए । ‘महिलाविरुद्ध हुने हिंसा, शोषण भेदभाव नियन्त्रण गरी सबै क्षेत्रमा समभाव र सम्मानजनक वातावरणको निर्माण सृजना गरिनेछ । प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यमा प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रममार्फत छोरीलाई रोजगार उन्मुख शिक्षा र सीप प्रदान गर्न तथा उद्यमशीलता विकास गर्न १० करोड विनियोजना गरेको छु । युवा महिलाको आवश्यकता, चुनौति र अवसरका विषयमा राष्ट्रिय स्तरका छलफल र अन्तरक्रिया गर्न आगामी वर्ष युवा महिला राष्ट्रिय सम्मेलन आयोजना गरिनेछ’, उनले भने । अर्थमन्त्री पुनले महिलाविरुद्ध हुने हिंसा, शोषण भेदभाव नियन्त्रण गरी सबै क्षेत्रमा समभाव र सम्मानजनक वातावरणकोसृजना गरिने बताए ।
आगामी वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि, ५.५ महँगी
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ५ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ । अर्थमन्त्री पुनले मंगलबार संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै आगामी वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने र ५.५ प्रतिशतको मूल्यवृद्धि हुने बताएका छन् ।
बजेटमा कर : कुनमा घट्यो, कुनमा बढ्यो ?
काठमाडौं । सरकारले सुर्तिजन्य पदार्थमा कर बढाएको छ । अर्थमन्त्री पुनले मंगलबार संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै सुर्तिजन्य पदार्थमा कर बढाएको बताएका हुन् । यस्तै, उनले आलु व्याज र तरकारीमा लगाउँदै आएको मूल्यअभिवृद्धि कर खारेज गरेको बताएका छन् । उनले उद्योगले पैठारीभन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल घटाएका छन् । अर्थमन्त्री पुनले औषधि इन्डक्सन, अगरबत्ती, काजु बदाम लगायत उद्योगको कच्चा पदार्थको पैठारीमा महसुल तथा अन्तशुल्क घटाएको बताएका हुन् । यस्तै, उनले पेट्रोलियम पदार्थमा कर बढाएको बताएका छन् ।
आलु र प्याजमा लगाइएको भ्याट हट्यो
काठमाडौं । सरकारले आलु र प्याजमा लगाइएको भ्याट हटाएको छ । अर्थमन्त्री पुनले मंगलबार संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट सार्वजनिक गर्दै आलु र प्याजमा लगाइएको भ्याट हटाइएको बताएका हुन् । तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले आलु र प्याजमा भ्याट लगाएका थिए ।
सेयर बजार सुधारमा अर्थमन्त्री उदार, यस्तो ल्याए बजेट
काठमाडौं । सरकारले निश्चित रकमभन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य रूपमा धितोपत्र बोर्डमा सुचीकृत हुनपर्ने बताएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्डको संस्थागत सुधार गर्ने बताएका छन् । ‘नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ् लिमिटेडको संरचनागत सुधार गरिनेछ,’ उनले भने, ‘वस्तु विनिमय बजारको सञ्चालन गर्न कानूनी र संस्थागत व्यवस्था मिलाइनेछ ।’ अर्थमन्त्री पुनले आगामी वर्षको बजेट प्रस्तुत गर्दै लगानीकर्ताले लामो समयदेखि उठाउँदै आएको विषयमा भने केहि बोलेका छैनन्न ।
पेट्रोलियम पदार्थमा हरित कर
काठमाडौं । पेट्रोलियम पदार्थमा हरित कर लगाएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् । कार्वन उत्सर्जन घटाउन पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित कर लगाइएको उनको भनाइ छ ।
मदिरा र चुरोटमा कर बढ्यो
काठमाडौं । सरकारले सुर्तिजन्य पदार्थमा कर बढाएको छ । अर्थमन्त्री पुनले मंगलबार संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै सुर्तिजन्य पदार्थमा कर बढाएको बताएका हुन् ।
भूकम्पपछिको पुनिर्निर्माणका लागि २१ अर्ब ६० करोड विनियोजन
काठमाडौं । सरकारले जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न २१ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री पुनले मंगलबार संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।