खुकुलो मौद्रिक नीति ल्याउँदा मान्छेको मनोबल र साहस बढ्यो : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले खुकुलो मौद्रिक नीति ल्याउँदा मान्छेको मनोबल बढेको बताएका छन् । आइतबार नेपाल अडिटर्स एशोसिएसन(अडान)काे १९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । यो वर्षको मौद्रिक नीति गत गत वर्षको तुलनामा खुकुलो छ । नीतिगत सहजता गरेको भएपनि त्यसको नकारात्मक असर नपरोस् भन्ने विषयमा राष्ट्र बैंक सजग छ, खुकुलो मौद्रिक नीतिले बजारमा सबैको मनोबल बढेको देखिन्छ, काम गर्ने साहस बढेको छ,’ उनले भने । यस्तै, उनले नेपालको अर्थतन्त्रमा अडिटरहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । नेपालमा अझै धेरै अडिटको स्कोप (दायरा) रहेको रहेको पनि बताए । ‘नेपालको अर्थतन्त्र कसरी शिथिल भयो भनेर अडिरलाई थाहा हुन्छ, संस्थाको आर्थिक स्थिति कसरी कमजोर बनेको छ भनेर एकएक गरेर हेर्ने भएकाले सबै थाहा हुन्छ,’ उनले भने । कार्यक्रममा अर्थमन्त्री अर्थमन्त्री विष्णु पौडेलले पनि अडिटरहरुको प्रशंसा गरे । उनले अनौपचारिक अर्थतन्त्रलाई औपचारिकतामा ल्याउन अडिटरहरूले महत्वपूर्ण भूमिका खेल्ने गरेको बताए । अडिटरले आँखा झिम्क्याउँदा देश खतरामा पर्न सक्छ, त्यसैले कानुन पालनादेखि समग्र प्रणालीलाई चुस्त बनाउन लेखापरीक्षकले महत्वपूर्ण भूमिका खेलेका छन् र खेल्नुपर्छ,’ अर्थमन्त्री पौडेलले भने ।
आर्थिकस्थिति पारदर्शी बनाउन अडिटरको भूमिका महत्त्वपूर्ण छ : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक स्थितिलाई पारदर्शी बनाउन र अनौपचारिक अर्थतन्त्रलाई औपचारिकतामा ल्याउन अडिटरहरूले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । नेपाल अडिटर्स एशोसिएशन नेपाल (अडान)को १९औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले देशभर रहेका ८ हजार अडिटरले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका हुन् । अनुचित आर्थिक गतिविधिमा अडानले कुनै सम्झौता गर्न नहुने बताउँदै देशको अर्थतन्त्र पारदर्शीता कायम गर्न भूमिका खेल्नुपर्ने उनले बताए । उनी भन्छन्, ‘अडिटरहरूले अलिकति आँखा झिम्क्याउँदा देश खतरामा पर्न सक्छ, त्यसैले कानुन पालनादेखि समग्र प्रणालीलाई चुस्त बनाउन लेखापरीक्षकले महत्वपूर्ण भूमिका खेलेका छन् र खेल्नुपर्छ ।’ उनका अनुसरा व्यवस्था बदलिएपछि सामाजिक र आर्थिक स्थिति बदल्न, अर्थतन्त्र चलायमान गर्न, मुलुकमा लगानीको वातावरण गर्न र जनतामा विश्वास दिलाउन अहिलेको सरकार गठन भएको हो । त्यसमा लेखापरीक्षकहरूले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
सलिकोले माग्यो २ दर्जन बढी कर्मचारी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि २ दर्जन भन्दा बढी कर्मचारी माग गरेको हो । कम्पनीले एक्चुअरीयल एनालिष्ट एक जना, बजार व्यवस्थापक तथा सहायक व्यवस्थापक ५ जना र बजार सहायक व्यवस्थापक पदका लागि १० जना कर्मचरी माग गरेको हो । यसैगरी, बजार व्यवस्थापन डिपार्टका लागि सिनियर अफिसर, अफिसर र जुनियर अफिसरका लागि पनि केही कर्मचारी आवश्यक रहेको कम्पनीले जनाएको छ । सोहि डिपार्टमा जुनियर एसिस्टेन्ट, एसिस्टेन्ट र सिनियर एसिस्टेन्ट आवश्यक रहेको कम्पनीले उल्लेख गरेको छ । यसैगरी डु नट केयर डेभलपमेन्ट पदका लागि २ र कृषि प्राविधिक ३ जना कर्मचारी आवश्यक रहेको कम्पनीले उल्लेख गरेको छ । कृषि प्राविधिक भने भोजपुर, मुगु र जाजरकोट शाखाका लागि कर्मचारी आवश्यक रहेको जनाइएको छ । जसका लागि एसईई वा सो सरहको शैक्षिक योग्यता हालिस गरेको र जेटीए पास गरेको हुनुपर्ने उल्लेख छ । अन्य पदका लागि स्थानक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । इच्छुकले कुमारी जब डटकमको इमेइलमा अनलाईनबाट नै आवेदन दिन सकिने छ ।
आइएमई लाइफको बिजनेश एक्सलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बिजनेश एक्सलेन्स अवार्ड सम्पन्न भएको छ । शनिबार होटल सोल्टी काठमाडौंमा उक्त अवार्ड समारोह सम्पन्न भएको हो । आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख प्रवर्द्धक तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्य, कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईं तथा कम्पनीका ब्राण्ड एम्बासेडर दिपक राज गिरी र दिपाश्री निरौलाहरुको उपस्थितिमा भव्य कार्यक्रमकाबीच देशेभरिबाट भेला भएका एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुलाई सम्मानित गरिएको छ । उक्त समारोहमा आर्थिक वर्ष २०८०/०८१ मा उत्कृष्ट व्यवसाय गर्ने सातै प्रदेशबाट कम्पनीको मेरुदण्डको रुपमा रहेका अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई सम्मान गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुयाँल, नायव प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्य (डिसिइओ), चिफ मार्केटिङ अफिसर (सिएमओ) गणेश चौलागाईं तथा आईएमईको रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका सञ्चालक समितिका सदस्यहरु र ब्राण्ड एम्बासेडरहरुका तर्फबाट गत आर्थिक वर्षभरी उत्कृष्ट बीमा ब्यवसाय गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुले अवार्ड प्राप्त गरेका थिए । उक्त समारोहमा कम्पनी प्रदेश प्रमुखहरु लगायत देशैभरीका अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो ।
प्रविन कुमार झा र नील बहादुर सारु मगर अडानबाट सम्मानित
काठमाडौं । नेपाल अडिटर्स एशोसिएशन नेपाल (अडान) बाट नेपाल चार्टर्ड एकाउन्टेन्ट (आइक्यान)का अध्यक्ष प्रविन कुमार झा र आक्यानका उपाध्यक्ष नील बहादुर सारु मगर सम्मानित भएका छन् । अडानको १९औं वार्षिकोत्सवको अवसर पारेर अडानले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको हो । हालै निर्वाचित लेखापरीक्षकको नियामक निकाय प्रमुखको अध्यक्ष र उपाध्यक्ष दुबैजनालाई सम्मन गरिएको हो ।
पुन र आचार्यलाई हटाएर ऊर्जामन्त्रीले प्राधिकरणमा ल्याए कार्की र गुरुङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यमा पूर्वसचिव देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले कार्की र गुरुङलाई नियुक्त गरेको हो । देवेन्द्र कार्की ऊर्जा मन्त्रालयबाट सचिव भएर रिटार्यड भएका कर्मचारी हुन् भने गुरुङ सहसचिवबाट रिटार्यड हुन् । कार्की कांग्रेस र गुरुङ एमालेको कोटाबाट नियुक्त भएका हुन् । मन्त्रालयले आइतबारदेखि लागु हुने गरी उनीहरूलाई नियुक्त गरेको हो । आजै नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यबाट भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाइएको थियो । पुन र आचार्यले पेस गरेको स्पष्टिकरण चित्त बुझ्दो र सन्तोषजनक नदेखिएको भन्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणको सञ्चालकबाट हटाएका थिए ।
रातो मत्स्येन्द्रनाथको भोटो देखाइयो
काठमाडौं । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो देखाइएको छ । आइतबार ललितपुरको जावलाखेलमा जात्राको अन्तिम दिन भोटो देखाइएको हो । मत्स्येन्द्रनाथको रथ जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आईतवार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइएको हो । अवलोकनका लागि राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो । भोटो जात्रा लिच्छवीकालदेखि मनाउने गरिएको विश्वास छ । कपडाको थैलीमा शिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका थिए । सो अवसरमा राष्ट्रपति पौडेलसहितका उच्च पदस्थ व्यक्तिहरुले टिका, प्रसाद ग्रहण गरेका थिए ।
‘अष्ट्रेलिया एडमिसन डे २०२४’ मनाउँदै अल्फा बिटा
काठमाडौं । अल्फा बिटाले ‘अष्ट्रेलिया एडमिसन डे २०२४’ मनाउने भएको छ । लामो समयदेखि शैक्षिक परामर्श दिदै आएको अल्फा बिटाले अगस्ट २५ मा ‘अष्ट्रेलिया एडमिशन डे २०२४’ आयोजना गर्ने जनाएको छ । कार्यक्रमम अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरु सहभागी भएर विद्यार्थीसँग छलफल गर्ने छन् । विद्यार्थीहरूले अष्ट्रेलियाको शिक्षा नीतिहरू, पाठ्यक्रमहरू, छात्रवृत्तिहरू, शुल्कहरू, भिसा कागजातहरू र थप बारे विस्तृत जानकारी संकलन गर्न विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर पाउनेछन् । कार्यक्रममा यस पटक, अष्ट्रेलियामा उच्च शिक्षा लिन चाहने विद्यार्थीहरूमा ध्यान केन्द्रित गर्दै, अस्ट्रेलिया भर्ना दिवसलाई सहज बनाउने लक्ष्य राखेको अल्फा बिटाले जनाएको छ । कार्यक्रम अल्फा बेटा कम्प्लेक्समा अगस्ट २५ तारिख बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ ।