नेपाल एसबिआई बैंकले लेकाली बसीफाँट माध्यमिक विद्यालयलाई दियो शैक्षिक सामाग्री
काठमाडौं । नेपाल एसबिआई बैंकले श्री लेकाली बसीफाँट माध्यमिक विद्यालय, भीमफेदी मकवानपुरमा सामाजिक उत्तरदायित्व कार्यक्रम गरेको छ । बैंकलेसामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ९ स्थित श्री लेकाली बसीफाँट माध्यमिक विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरूका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ । कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देले लेकाली बसीफाँट माध्यमिक विद्यालय समितिका अध्यक्ष र प्रधानाध्यापकलार्ई औपचारिक रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमुख जोखिम तथा अनुपालन अधिकृत, विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र बैंकका बागमति प्रदेश प्रमुख, बिनोद कुमार ढुंगेल र बैंक तथा स्कुल समितिका अन्य पदाधिकारी र शिक्षकहरू समेतको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।
विश्वमा नभएको व्यवस्था लाद्दै प्राधिकरण, जीवन बीमाक्षेत्र नै ध्वस्त हुने चिन्तामा अभिकर्ता
काठमाडौं । नेपाल बीमा प्राधिकरण बीमा क्षेत्रको नियामक निकायका साथै अभिभावक पनि हो । निष्पक्ष, प्रतिस्पर्धी र भरपर्दो बीमा सेवा सुनिश्चित गर्ने जिम्मेवारी प्राधिकरणलाई दिइएको छ । यसका साथै बीमितको हकहितको प्रभावकारी संरक्षण गर्न बीमाको पूर्ण नियमन गर्ने दायित्व पनि प्राधिकरणको रहेको छ। तर, प्राधिकरण नै बीमा क्षेत्रलाई ध्वस्त पार्न लागको आरोप छ । प्राधिकरणले बीमा नियामावलीमा अभिकर्ताहरूलाई बाइपास गरेर प्रस्ताव गरेको छ । अभिकर्तासँगै समग्र बीमा क्षेत्रको अहित हुनेगरी प्राधिकरणले बीमा नियामावलीमा केही बुँदाहरू राखेको अभिकर्ताको भनाइ छ । उसो त कुनै पनि ऐन, नियम, निर्देशिका, कार्यविधि वा मापदण्ड बनाउनुपूर्व त्यस क्षेत्रका सरकारवालाहरूसँग छलफल गरिन्छ । यो विश्वको नियम हो । तर, प्राधिकरणले नियामवलीमा अभिकर्तासम्बन्धी व्यवस्था राख्दा अभिकर्तासँग छलफल त परै जाओस् सुझाव पनि मागेन । अहिले सो नियामावली अन्तिम चरणमा छ । कानुन मन्त्रालयबाट पनि स्वीकृत पाइसकेको उक्त नियामावली जारी हुने चरणमा रहेको छ । तर, नियामावलीमा अभिकर्ताको व्यवस्थाबारे उल्लेखित केही बुँदाले अहिले अभिकर्ता आन्दोलित मात्र भएका छैनन्, उनीहरूले व्यवसाय नै ठप्प पार्ने चेतावनी दिएका छन् । यी हुन् अभिकर्तालाई चित्त नबुझेका विषय : १. मान्यताप्राप्त संस्था वा बोर्डबाट १२ कक्षा उत्तीर्ण भएको व्यक्तिमात्र बीमा अभिकर्ताका लागि योग्य हुने २. एक पटक बीमा गरिसकेका बीमितको नवीकरणका आधारमा मात्र बीमा अभिकर्ताको नवीकरण हुने व्यवस्था ३. बीमित आफैले प्रत्यक्षरूपमा कमिसन बराबरको रकम नबढ्नेगरी बीमाशुल्कमा छुट ४. एकल बीमाशुल्कअन्तर्गतको कमिसन ५ वर्षसम्म किस्ता किस्सामा अभिकर्तालाई भुक्तानी दिने । माथि उल्लेखितमध्ये अभिकर्तालाई चिड्याएको भनेको बीमित आफैले प्रत्यक्षरूपमा कमिसन बराबरको रकम नबढ्नेगरी बीमाशुल्कमा छुट हुने प्रस्तावले हो । यसो गरेमा समग्र जीवन बीमाक्षेत्र नै धरासायी हुने अभिकर्ताहरूको भनाइ छ । पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष केदारनाथ अधिकारीले यस व्यवस्था लागू भएमा जीवन बीमाक्षेत्र नै ध्वस्त हुने दाबी गरेका छन् । उनले जीवन बीमा भनेको अभिकर्ता आधारित व्यवसाय भएकाले बीमितलाई स्वयम अभिकर्ता मानेर उक्त बुँदा लागू गरेमा जीवन बीमाक्षेत्र नै धरासायी बन्ने बताए । अध्यक्ष अधिकारीका अनुसार विश्वका कुनै पनि देशमा यस प्रकारको व्यवस्था छैन । बीमित आफै जीवन बीमा कम्पनीमा गएर बीमा गरेमा अभिकर्तालाई दिने कमिसन बराबर रकम सोही बीमितलाई नै भुक्तानी दिने नियम विश्वका विकसित मुलुक जापान, अमेरिका, भारत, स्वीजरल्याण्ड, सिङ्गापुर, जर्मनी आदि देशहरूमा नभएको उनको भनाइ छ । ‘विश्वमै नभएको व्यवस्था प्राधिकरणले गर्दैछ । यसले समग्र जीवन बीमाक्षेत्र नै ध्वस्त हुन्छ, ’ अधिकारीले थपे, ‘३ करोड जनता नै अभिकर्ता भएपछि हाम्रो के काम ? हामी व्यवसाय ठप्प पाछौं, आन्दोलन गछौं ।’ तर, निर्जीव क्षेत्रमा पनि बीमित आफै बीमा गर्न गएमा उसले अभिकर्ता कमिसन बराबर रकम छुट पाउँछ । तर, जीवन बीमा किन नपाउने भन्ने प्रश्नमा उनले भने, ‘जीवन र निर्जीवनको नेचर नै फरक छ । जीवन भनेको अभिकर्तामा आधारित व्यवसाय हो भने निर्जीवन भनेको कर्पाेरेट हाउसबीच एग्रिमेन्ट भएर गरिन्छ । यो विश्वमा नै भएको नियम हो ।’
प्रस्तावकको मृत्यु भएमा बाँकी अवधि बीमाशुल्क तिर्नु नपर्ने
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो ७औं वार्षिकोत्सवको अवसरमा दुईवटा बीमा पोलिसी सार्वजनिक गरेको छ । कम्पनीले एउटा मुख्य र एउटा अतिरिक्त पोलिसी सार्वजनिक गरेको हो । कम्पनीले बालबच्चाको उज्जवल भविष्यका लागि सन लाइफ सुनौलो बाल समृद्धि जीवन बीमा योजना ल्याएको छ । यसैगरी, मेडिकेयर (आपतमा राहत) नामको अतिरिक्त पोलिसी सार्वजनिक गरेको छ । अतिरिक्त योजना भने म्यादी हो । याे हरेक वर्ष नवीकरण गर्नुपर्ने हुन्छ । (क) सुनौलो बाल समृद्धि योजना सुनाैलाे बाल समृद्धि याेजना बच्चा जन्मिएकाे ३१ दिनदेखि १७ वर्षको उमेरसम्मका लागि हाे । यसैगरी, प्रस्तावक (आमा वा बुबा) को उमेर १८ वर्ष पूरा भएर ५५ वर्ष ननाघेको हुनुपर्ने छ । यो बीमा अवधि ५ वर्ष देखि २५ वर्ष अवधिसम्मका लागि खरिद गर्न सकिने छ । बीमा अवधिमा बीमितको अधिकतम उमेर २५ वर्ष भन्दा बढी हुनु हुँदैन । यसैगरी, बीमा समाप्तिमा प्रस्तावकको उमेर ६५ वर्ष ननाघेको अवस्था हुनुपर्ने छ । यो पोलिसी न्यूनतम २ लाख रुपैयाँदेखि अधिकतम ५० लाख रुपैयाँ बीमांक रकमको हुनेछ । मासिक, त्रैमासिक, अर्धवार्षिक, वार्षिक र एकमुष्ठ रूपमा बीमाशुल्क भुक्तानी गर्न सकिने छ । १. जोखिम बहन समय बीमा प्रारम्भ मितिबाट २ वर्ष वा बच्चा ६ वर्षको उमेर पूरा मितिमध्ये जुनपछि आउँछ सोही मितिबाट जोखिम बहन हुनेछ । यदि बच्चाको उमेर १० वर्षको भएपछि बीमा प्रारम्भ गरिएको छ भने प्रारम्भ मितिबाट १ वर्षपछि जोखिम बहन हुनेछ । बच्चाको उमेर ११ वर्ष पुरा भएपछि बीमा गरेको हकमा सोही मितिबाट जोखिम बहन हुनेछ । प्रस्तावकको हकमा बीमा प्रारम्भ भएको मितिदेखि नै जोखिम प्रारम्भ हुनेछ । २. प्रस्तावकको मृत्यु भएको अवस्थामा प्रस्तावकको कुनैपनि समयमा मृत्यु भएमा बीमांक रकम कम्पनीले बच्चालाई भुक्तानी दिनेछ । यसैगरी, बाँकी अवधिभर भुक्तानी गर्नुपर्ने बीमाशुल्क बीमितले भुक्तानी गर्नु पर्दैन । साथै, घटना भएको मितिबाट उक्त बच्चाको पढाइका लागि कम्पनीले कुल बीमांक रकमको २ प्रतिशतले हुन आउने रकम हरेक महिना बच्चालाई भुक्तानी दिनेछ । उदाहरणका लागि यदि कसैले २० वर्षका लागि २० लाख रुपैयाँ बीमांक रकमको यो पोलिसी खरिद गरेको छ र ५ वर्षपछि प्रस्तावक तथा बच्चाको बुबा वा आमाको मृत्यु भएमा २० लाख रुपैयाँ तत्कालै बीमा कम्पनीले सो बच्चालाई भुक्तानी दिन्छ । यसैगरी, २० लाख रुपैयाँको २ प्रतिशत अर्थात ४० हजार रुपैयाँ सो बच्चालाई हरेक महिना बाँकी १५ वर्षसम्म कम्पनीले भुक्तानी दिन्छ । र, बीमितले तिर्नुपर्ने बीमाशुल्क पनि सोही दिनबाट तिर्नु पर्दैन । बीमालेख निरन्तर रहन्छ । २० वर्ष पूरा भएपछि सो बीमांक रकम र आर्जित बोनोस एकमुष्ठ रूपमा कम्पनीले फेरि सोही बच्चालाई भुक्तानी दिन्छ । २. बीमित बच्चाको मृत्यु भएमा जोखिम प्रारम्भ हुनुपूर्व बीमित बाल बालिकाको मृत्यु भएमा भुक्तानी गरेको सबै बीमाशुल्क फिर्ता हुनेछ । र बीमा योजना स्वतः रद्द हुनेछ । जोखिम सुरु भएपछि बालबालिकाको मृत्यु भएमा बीमाङ्क रकमको २५ प्रतिश र आर्जित बोनस वा भुक्तानी गरिएको बीमा शुल्क जुन धेरै हुन्छ, सोही रकम फिर्ता हुनेछ । र, पोलिसी स्वत: रद्द हुनेछ । २. बीमित बच्चा र प्रस्तावकको एकै साथ मृत्यु भएमा पूरै बीमांक रकमको १२५ प्रतिशत रकम र आर्थित बोनस जोड्दा जति हुन्छ उक्त रकम फिर्ता हुनेछ । अर्थात २० लाख रुपैयाँको बीमांक भएमा २५ लाख रुपैयाँ र सो समयसम्म आर्जित बोनस फिर्ता हुन्छ । पोलिसी स्वतः रद्द हुनेछ । छुट वार्षिक रूपमा बीमाशुल्क भुक्तानी गर्दा २ प्रतिशतसम्म छुट हुनेछ । अर्धवार्षिक रूपमा भुक्तानी गर्दा १ प्रतिशत र त्रैमासिक रूपमा भुक्तानी गर्दा छुट पाइने छैन । मासिक रूपमा बीमाशुल्क भुक्तानी गर्दा ५ प्रतिशत थप गर्नुपर्ने हुन्छ । यदि वार्षिक एक लाख रुपैयाँ बीमाशुल्क भुक्तानी गर्नुपर्ने छ भने वार्षिक रूपमा भुक्तानी गर्दा ९८ हजार रुपैयाँ भुक्तानी गर्दा हुन्छ । यसैगरी, अर्धवार्षिक रूपमा भुक्तानी गरेमा ९९ हजार भुक्तानी गर्नुपर्छ । त्रैमासिक रूपमा १ लाख रुपैयाँ नै भुक्तानी गर्नुपर्ने हुन्छ । मासिक रूपमा भुक्तानी गरेमा १२ महिनासम्म भुक्तानी गरेको रकम १ लाख ५ हजार हुन जान्छ । अर्थात, वार्षिक भुक्तान गर्दा बीमितलाई नै फाइदा हुने देखिन्छ । (ख) मेडिकेयर (आपतमा राहत) ः यो राइडर (अतिरिक्त) पोलिसी हो । यो म्यादी पोलिसी हो । हरके एक वर्षमा यसको नवीकरण गर्नुपर्ने हुन्छ । यो पोलिसीले दुर्घटना र घातक रोकको लागि क्षतिपूर्ति प्रदान गर्दछ । दुर्घटना र घातक रोग गरी १५ वटा अवस्थाको यो पोलिसीले बहन गर्छ । यो पोलिसी अन्य मुख्य पोलिसी खरिद गर्दा सँगसँगै खरिद गर्ने पोलिसी हो । यो मात्र खरिद गर्न पाइँदैन । ५ वर्ष पूरा भएको र ६९ वर्ष ननाघेको व्यक्तिले यो पोलिसी अतिरिक्तको रूपमा लिन सक्नेछ । पोलिसीले क्षतिपूर्ति प्रदान गर्ने दुर्घटना र घातक रोकको सूची: १. सडक, घर वा कार्यस्थलमा हुने दुर्घटना २. एपेन्डिसाइटिस ३. प्यान्क्रियाटाइटिस ४. हृदयाघात ५. मस्तिष्कघात ६. विद्युतीय तथा अन्य जलन ७. डुबान ८. खाद्य विषाक्तता वा विषाधिबाट हुने संक्रमण ९. आन्द्रामा रगत बग्ने १०. कीरारसर्प टोकाइ ११. तापघात १२. मस्तिष्कमा चोट १३. गर्भाशय बाहिरको गर्भ १४. मानसिक स्वास्थ्य संकट १५. घाउमा संक्रमण शुल्क र बीमांक एक लाख रुपैयाँ बीमांक रकमको यो पोलिसी खरिद गर्दा १ हजार ३९३ रुपैयाँ बीमाशुल्क लाग्छ । अर्थात माथि उल्लेखित रोग तथा दुर्घटना भएमा एक लाख रुपैयाँसम्मको उपचार खर्च यस पोलिसीले गर्नेछ । आपतकालीन अवस्थामा निम्न सुविधाहरू पाउन सकिन्छ: शल्यक्रियासहित अस्पतालमा रहँदाः पहिलो २ दिनको लागि प्रत्येक दिन बीमाङ्क रकमको २५५ तत्पश्चात थप ५ दिन सम्मको लागि प्रत्येक दिन बीमाङ्क रकमको १० प्रतिशत । शल्यक्रिया बिना अस्पतालमा रहँदाः १० दिन सम्मको लागि प्रत्येक दिन बीमाङ्क रकमको १० प्रतिशत। यो सुविधा निम्न अवस्थाहरुमा लागू हुँदैनः १. नियमित स्वास्थ्य जाँच भइरहेको स्वास्थ्य समस्याहरूको लागि आपतकालीन भर्ना वा इएम् मार्फत नियमित अस्पताल भर्नाहरूमा लागू हुँदैन । २. गैरकानुनी रूपमा संलग्न भएर घाइते भई बिरामी भएमा लागू हुँदैन, अस्पताल भर्ना अवधि २४ घण्टाभन्दा कम भएमा यो सुविधा लागू हुँदैन ।
अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी जानकारी दिन एकदिने शैक्षिक मेलाको आयोजना हुँदै
काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले बृहत शैक्षिक मेला गर्ने भएको छ । काठमाडौंको एभरेष्ट होटलमा यही असोज १३ गते ‘१५औं इक्यान मल्टि डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’ गर्न लागेको साेमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हाे । विद्यार्थी र अभिभावकलाई अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी सही जानकारी र परामर्श दिने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको जनाइएको छ । मेलामा भारत, चीन, बंगलादेश, श्रीलंकालगायत विभिन्न स्वदेश, विदेशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिको सहभागिता रहने छ । शैक्षिक मेलामा १५ हजारभन्दा बढी विद्यार्थी अभिभावकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । इक्यानका अध्यक्ष शेषराज भट्टराईले कोरोना महामारीपछि पहिलो पटक भौतिक रूपमा मेला आयोजना गर्न लागिएको बताए । उनले भने, ‘मेलाले नेपाली विद्यार्थीलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली, प्राप्त योग्यताको भावी सम्भावना र असरबारे पर्याप्त सूचना प्रवाह हुनेछ । शैक्षिक संस्थामा प्राप्त हुनसक्ने छात्रवृत्ति, सुविधा तथा जानकारी पाउन सजिलो होस् भनेर आयोजना गर्न लागिएको हो ।’ अध्यक्ष भट्टराईले विद्यार्थीको उच्च शिक्षाको सपना साकार गर्न शैक्षिक मेला महत्त्वपूर्ण माध्यम हुने बताए । मेलामा विद्यार्थीले विश्वका विभिन्न शिक्षण संस्था, तिनका शैक्षिक प्रणाली, पाठ्यक्रम, भर्ना प्रक्रियालगायतका विषयमा जानकारी प्राप्त गर्नेछन् । इक्यान उपाध्यक्ष तथा मेला संयोजक गीता सिवाकोटीले मेलाले विद्यार्थी र अभिभावकमा सकारात्मक सन्देश प्रवाह हुने बताइन् । उनले भनिन्, ‘अहिले नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेश जानेक्रम बढ्दो छ, तर धेरैजस्तो विद्यार्थीलाई त्यहाँको शैक्षिकसंस्थाबारे जानकारी नै हुँदैन । यो मेला त्यस्ता विद्यार्थीका लागि एक महत्त्वपूर्ण प्लेटफर्मको रूपमा प्रस्तुत हुनेछ ।’ मेलाले विशेषगरी विदेशमा अध्ययन गर्ने इच्छुक विद्यार्थीहरूलाई विश्वका विभिन्न शिक्षण संस्थाहरू, तिनका शैक्षिक प्रणालीहरू, पाठ्यक्रमहरू, भर्ना प्रक्रिया, र अन्तर्राष्ट्रिय स्तरमा मान्यताप्राप्त डिग्रीहरूबारे विस्तृत जानकारी प्रदान गर्नेछ । यसैगरी, विद्यार्थीहरूले विदेशमा अध्ययन गर्न आवश्यक योग्यता, कागजातहरू, भिसा प्रक्रियादेखि छात्रवृत्ति अवसरहरूसम्म प्रत्यक्ष परामर्श प्राप्त गर्न सक्नेछन् । मेलामा सहभागी हुने विद्यार्थीहरूले विभिन्न देशका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्न पाउनेछन् । जसले गर्दा उनीहरूलाई आफ्नो शिक्षा र करिअरको योजना बनाउन थप सहज र स्पष्ट हुने अपेक्षा आयोजकले गरेको छ । शैक्षिक परामर्शदाताहरूको सहभागीता हुने यस बृहत शैक्षिक मेलाका अधिकांश स्टलहरू बुक भइसकेको छन्
अल्टिमाको दशैं अफरमा उपहारै उपहार र छुट
काठमाडौं । अल्टिमा लाइफस्टाइल, नेपालको अग्रणी एसेसरीज ब्रान्ड अल्टिमाले आउँदै गरेको दशैंको अवसरमा विशेष छुटकाे घाेषणा गरेकाे छ । उक्त अवसरमा अल्टिमाले १० करोडभन्दा बढीको छुट, ३ करोड बराबरको उपहार र पाँच नयाँ उत्पादन बजारमा सार्वजनिक गर्ने बताएको छ । याे अफर यही असोज ९ देखि असोज २२ (सेप्टेम्बर २५ देखि अक्टोबर ८, २०२४) सम्म चल्नेछ । रु एककाे चमत्कार: अफरअन्तर्गत ग्राहकहरूले अल्टिमाका उत्पादनहरू १ रुपैयाँमा किन्न सक्नेछन् । पाँचजना भाग्यशाली खरीदकर्ताहरूले मात्र ultima.com.np मार्फत १ रुपैयाँमा उत्पादनहरू खरिद गर्न पाउनेछन् । बाई १ गेट १ फ्री: अल्टिमा एटम १९२ खरिद गर्दा अर्काे अल्टिमा एटम १९२ पाइनेछ । अल्टिमा एटम १९२ काे मूल्य २ हजार ७९९ रहेकाे छ । दैनिक पैसा वसुल डिल: यस वर्ष अल्टिमाले ग्राहकहरूलाई ८०% भन्दा बढी छुटको साथ आकर्षक डिल प्रदान गर्दैछ । हरेक दिन १४ डिलहरू उपलब्ध हुनेछ । मलामाल कम्बो : ग्राहकहरूले रु ३५,९९९ पर्ने अल्टिमाका नयाँ प्रडक्ट खरिद गर्दा १९ हजार ९९९ रुपैयाँमा पाउनेछन् । साउन्डबार किन्दा इयरबड्स सित्तैमा: वेवबार खरीद गर्ने ग्राहकहरूले अल्टिमा एटम १९२ सित्तैमा पाउनेछन् । घडी किन्दा इयरबड्स सित्तैमा: अल्टिमाको घडी किन्दा न्यू अल्टिमा एटम ५२० सित्तैमा पाइनेछ ।
३५ रुपैयाँ पर्ने मिनरल वाटर १ सयमा बिक्री, जिम्बु थकालीलाई भयो ३ लाख जरिवाना
काठमाडौं । वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित शान्ति नगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । अंकित मूल्य भन्दा दोब्बर मूल्यमा मिनिरल वाटर बेचेको भन्दै विभागले जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको हो । जिम्बु थकालीले उपभोक्ताहरुलाई ३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई १ सय रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक राजन पौडेल सहितको टोलीले छड्के अनुगमन गरी रेष्टुरेण्टमा अनुगमन गरेको हो । महानिर्देशक पौडेलले जिम्बु थकालीले आफूलाई समेत ठगेको बताए । उनले रेष्टुरेण्टले पानीमा अंकित गरेको मूल्य भन्दा दोब्बर मुल्य लिएर उपभोक्ता ठगी गरेको आधारमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम हदैसम्मको कारबाही स्वरुप ३ लाख रुपैयाँ जरिवानासहित सचेत गराएको बताए । रेष्टुरेण्टले अब पनि अंकित मूल्य भन्दा बढीमा पानी लगायतका कुनैपनि वस्तु बेचेको पाइएमा रेष्टुरेण्ट शिलबन्दी गर्ने जानकारी दिए । ‘उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम रेष्टुरेण्टलाई अंकित मूल्य भन्दा बढी मूल्यको आधारमा ३ लाख रुपैयाँ जरिवाना गरेका हौं’, उनले भने । उनले चाडपर्व लक्षित विभागको ७ वटा टोली बजार अनुगमनमा रहेको बताए । आवश्यकताका आधारमा उपभोक्ताहरु ठगीबाट जोगाउनको लागि विभागले बजार अनुगमनलाई तिब्रता दिएको बताए । काठमाडौं उपत्यकासहित मुलुकभर स्थानीय तहमार्फत बजार अनुगमनलाई तीव्र पारिएको पनि जानकारी दिए ।
नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो
काठमाडौं । नेपाली इञ्जिनीयरको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुलेको छ । यसका लागि नेपाल इञ्जिनीयरिङ काउन्सिलले प्रक्रिया अघि बढाएको हो । इञ्जिनीयरहरुको अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने निकाय वासिङ्टन एकडका अध्यक्ष काई साङ् लकसँग आज प्रारम्भिक अन्तरक्रिया भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा भएको उक्त छलफलमा विभिन्न विश्वविद्यालयका पदाधिकारीले यो प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा मन्त्री दाहालले नेपाली इञ्जिनीयरहरुको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाका लागि आवश्यक नीतिगत तथा कानुनी प्रक्रियाका लागि मन्त्रालय तयार रहेको बताए । ‘यो प्रक्रिया अघि बढाउन ढिला भएको छ’, उनले भने, ‘तर ढिलै भए पनि प्रक्रियाको थालनी भयो, सबै मिलेर यसलाई अवरुद्ध हुन नदिइ पूरा गर्नुपर्छ ।’ कार्यक्रममा वासिङ्टन एकडका अध्यक्ष काई साङ् लकले नेपालले थालेको प्रक्रिया पूरा हुनेमा विश्वास व्यक्त गरे । उनले इञ्जिनीयरिङ क्षेत्रमा अन्वेषण, अनुसन्धान तथा नवप्रवर्तनमा जोड दिनुपर्ने बताए । त्रिभुवन विश्व विद्यालय इञ्जिनीयरिङ अध्ययन संस्थानका प्राडा नरेन्द्रमान शाक्यले नेपालमा इञ्जिनीयरिङ शिक्षा तथा पेसागत अवस्थाका बारेमा आफ्नो प्रस्तुति राखेका थिए । उक्त एकडमा आवद्ध राष्ट्रहरुका इञ्जिनीयरहरुले सदस्य राष्ट्रमा समान हैसियत पाउने भएकाले यसबाट नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रियस्तरमा सम्मानजनक अवसर प्राप्त हुने सो अवसरमा जानकारी दिइयो । काउन्सिलका अध्यक्ष पदमबहादुर शाहीले नेपालका शैक्षिक संस्थाबाट उच्च शिक्षा लिए पनि अन्तर्राष्ट्रिय सम्बन्धन र स्वीकृति नपाइरहेको अवस्थामा यो प्रक्रियाको थालनी गरिएको बताए । यो प्रक्रिया पूरा हुन चारदेखि १० वर्षसम्म लाग्ने भए पनि प्रक्रियाको थालनीले नेपाली इञ्जिनीयरिङ क्षेत्रलाई आशावादी बनाएको उनले उल्लेख गरे । यो प्रक्रियाको थालनीले नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुलेको अध्यक्ष शाहीको भनाइ छ ।
सिप्रदीले उपत्यका बाहिर ‘टाटा केयर क्याम्प’ आयोजना गर्ने
काठमाडौं । टाटा मोटर्सको नेपालस्थित एकमात्र अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौं उपत्यकाबाहिर ‘टाटा केयर क्याम्प’ आयोजना गर्ने भएको छ । यसले टाटा पेसेन्जर श्रेणीका (पीभी), आइसीई (पेट्रोल र डिजेलमा आधारित) र ईभी गाडीहरूलाई लक्षित गरेको छ । यो क्याम्प यही आश्विन ९ देखि ११ गतेसम्म सिप्रदीका धनगढी, सर्रा, हेटौंडा, ढल्केबार र मेचीमा अवस्थित पीभीका सेवासम्बन्धि सञ्जालमा सञ्चालन हुने सिपद्रीले जनाएकाे छ । कम्पनीका अनुसार टाटा केयर क्याम्पमा सहभागी हुने ग्राहकहरूले विशेष सुविधा तथा छुट प्राप्त गर्न पनि सक्नेछन् । उनीहरूले ब्याट्री, सस्पेन्सन, ब्रेकलगायत कम्प्युटर परीक्षणजस्ता सुविधा नि:शुल्क पाउनेछन् । यसैगरी, ग्राहकहरूलाई पार्टपुर्जा र लुब्रीकेन्टमा २० प्रतिशत र लेबर चार्जमा ५० प्रतिशतको छुट दिइनेछ । यसैगरी, टप वाशिङ सित्तैमा गरिने कम्पनीले जनाएकाे छ ।