विकासन्युज

पोखराको चुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने, ७४ करोड खर्च हुने

गण्डकी । पोखरा महानगरपालिका–२८चुुत्राकोटमा एक सय आठ फिट अग्लो अर्धनारीश्वर शिवको मूर्ति स्थापना हुने भएको छ । वडाध्यक्ष श्रीकृष्ण लामिछानेका अनुसार मूर्तिका लागि सङ्घ सरकारबाट एक करोड रुपैयाँ विनियोजन भएको छ । मूर्ति स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको र मूर्तिसहितका अन्य संरचनाका निर्माणका लागि ३८ करोड लाग्ने रुपैयाँ अनुमान गरिएको उनले बताए । उक्त स्थलमा उद्यानलगायत संरचना पनि निर्माण गरिने छ । मूर्ति निर्माण गर्न पशुपति क्षेत्र विकास कोष, भारतीय राजदूतावाससँग परामर्श जारी रहेको उनले जानकारी दिए । पोखरा महानगरपालिका– २८ का चुत्राकोट, चिन्तेको डाँँडा, ठूलाकोट, नौरुङलाई समेटेर पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना सुनाउँदै उनले त्यसका लागि ७४ करोड रुपैयाँ खर्च हुने बताउनुभयो ।

धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तर्वार्ता सुरु, कार्की र अधिकारी पुगे मन्त्रालय

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि अन्तर्वार्ता सुरु भएको छ । आज बिहान ८ बजेदेखि व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ता लिन सुरु गरिएको हो । बोर्ड अध्यक्ष सिफारिस समितिले कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा. नवराज अधिकारीलाई अन्तर्वार्ताका लागि बोलाएको थियो । तीन जनामध्ये अहिलेसम्म कृष्णबहादुर कार्की र डा. नवराज अधिकारी मात्रै अन्तर्वार्ताका लागि मन्त्रलायमा पुगिसकेको स्रोतले जनाएको छ । बोर्ड अध्यक्षका अर्का उम्मेदवार चिरञ्जीवी चापागाईंको भने अन्तर्वार्ताका लागि आउने नआउने केही टुंगालो नलागेको स्रोतको भनाइ छ । सिफारिस समितिले गत कात्तिक २९ गते एक सूचना जारी गर्दै तीनै जनालाई आज बोलाएको थियो । यसअघि गत असोज १८ गतेका लागि प्रस्तुतिकरणका लागि बोलाइएको थियो । तर, सिफारिस समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी बिरामी परेपछि स्थगति भएको थियो । अध्यक्ष नियुक्तिका लागि समितिले सर्टलिस्टमा परेका पाँच जनालाई कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर, सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कार्की र बीमा समितिका पूर्वअध्यक्ष चापागाईं अनुपस्थित भएका थिए । यसअघि सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले भने कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ता दिइसकेका छन् । बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नु पर्ने व्यवस्था छ ।

धरहराभित्र सरकारी व्यापार शुरू, प्रतिव्यक्ति शुल्क १ हजारसम्म

काठमाडौं । आजदेखि धरहरा सरकारले व्यापार शुरू गरेको छ । तीन अर्ब ५० करोड रुपैयाँभन्दा बढी सरकारी बजेटमा बनेको यस संरचनामा सरकारले शुल्क लिएर प्रवेश खुला गरेको छ । धरहरा चढ्न स्वदेशी नागरिकलाई प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकिएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय रुपैयाँ र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । स्वदेशी नागरिकको हकमा भने विद्यार्थीले, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने छन् । यस्तै, धरहरामा पार्किङ गर्दा चार पाङ्ग्रेलाई प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकिएको छ । यस्तै, धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन (व्यावसायिक बाहेक) गर्न प्रतिघण्टा ५ हजार रुपैयाँ, धरहरा परिसरमा व्यावसायिक भिडियो छायाङ्कन गर्न प्रतिघण्टा ५ हजार रुपैयाँ र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

१५.७८ प्रतिशत लाभांश बाँड्ने कोष व्यवस्थापनको घोषणा

काठमाडौं । कोष व्यवस्थापन कम्पनीले लाभांश घोषणा गरेको छ । कोष व्यवस्थापनको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को सञ्चित नाफाबाट करसहित १५.७८९५ प्रतिशतका दरले ४९ लाख २ हजार ३२३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले मंसिर २९ गते बिहान साढे ११ बजे कृषि विकास बैंकको मुख्य कार्यालयमा १८औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरण र आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

११० रुपैयाँमै एनएमबि बैंकको सेयर किन्ने मौका, कम्तिमा ५ हजार कित्ता खरिद गर्नुपर्ने

काठमाडौं । एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहतर्फको पौने २ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकका अनुसार संस्थापक समूहका १ लाख ८० हजार २८८ कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सो मूल्य वा सोभन्दा बढी कबोल गरी आवेदन दिनुपर्ने छ । बैंकको सेयर खरिद गर्नका लागि मंसिर २३ गतेसम्म आवेदन दिनुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ । बैंकको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

रेकर्ड मूल्यबाट तल झर्याे अमेरिकी डलर, अधिकांश मुद्राको भाउ खस्कियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.८२ रुपैयाँ र बिक्रीदर १३५.४२ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४०.५२ रुपैयाँ र बिक्रीदर १४१.१४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १६८.८६ रुपैयाँ र बिक्रीदर १६९.६१ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.७५ रुपैयाँ र बिक्रीदर १५२.४२ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.६३ रुपैयाँ र बिक्रीदर ८८.०२ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.३७ रुपैयाँ र बिक्रीदर ९६.८० रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.०४ रुपैयाँ र बिक्रीदर १००.४९ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७३ रुपैयाँ र बिक्रीदर ८.७७ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६१ रुपैयाँ र बिक्रीदर १८.६९ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.९१ रुपैयाँ र बिक्रीदर ३६.०७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.९७ रुपैयाँ र बिक्रीदर ३७.१३ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९१ रुपैयाँ र बिक्रीदर ३.९२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.७१ रुपैयाँ र बिक्रीदर ३६.८७ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.१८ रुपैयाँ र बिक्रीदर ३०.३१ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.५९ रुपैयाँ र बिक्रीदर ९.६३ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.१७ रुपैयाँ र बिक्रीदर १२.२२ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १८.८४ रुपैयाँ र बिक्रीदर १८.९३ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३२ रुपैयाँ र बिक्रीदर १७.४० रुपैयाँ तोकेको छ यस्तै, कुवेती दिनार एकको खरिददर ४३८.०० रुपैयाँ र बिक्रीदर ४३९.९५ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५७.६८ रुपैयाँ र बिक्रीदर ३५९.२८ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५०.२० रुपैयाँ र बिक्रीदर ३५१.७५ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

धितोपत्र बोर्डको अध्यक्षका लागि ३ जनाको अन्तर्वार्ता आज, कार्की, चापागाईं र अधिकारीले के गर्लान ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षका लागि तीन जनाको अन्तर्वार्ता आज मंसिर ९ गते हुँदैछ । बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनासँग व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ता लिने भएको हो । सिफारिस समितिका अनुसार कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा. नवराज अधिकारीलाई आज बिहान ८ बजे अर्थ मन्त्रालयमा बोलाइएको छ । यसअघि गत असोज १८ गतेका लागि प्रस्तुतिकरणका लागि बोलाइएको थियो । तर, सिफारिस समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी बिरामी परेपछि स्थगति भएको थियो । त्यसअघि बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रियामा विवाद सिर्जना भएपछि रोकिएको थियो । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका पाँच जनालाई कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर, सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कार्की र बीमा समितिका पूर्वअध्यक्ष चापागाईं अनुपस्थित भएका थिए । यसअघि सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ मात्रै कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि उपस्थित भएका थिए । बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नु पर्ने व्यवस्था छ । पाँचमध्ये बहुसंख्यक उम्मेदवार (तीन जना) अन्तर्वार्तामा अनुपस्थित भएपछि अध्यक्षको नियुक्ति प्रक्रिया रोकिएको थियो । पुस २० गतेदेखि तत्कालीन अध्यक्ष रमेशकुमार हमाल कार्यकाल सकेर बाहिरिएपछि बोर्ड नेतृत्वविहीन छ ।

नबिल बैंकको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज मंसिर ९ गते अन्तिम दिन रहेको छ । बैंकले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर १० गते एक दिनका लागि बुक क्लोज गर्दैछ । त्यसैले आज मंसिर ९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरूले बैंकको साधारण सभामा सहभागीता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित १० प्रतिशतका दरले २ अर्ब ७० करोड ५६ लाख ९९ हजार रुपैयाँ नगद लाभांश लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले मंसिर २७ गते ४०औँ वार्षिक साधारण सभा डाकेको छ । बैंकको सभाले साधारण सभाले कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गर्ने तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कनका लागि मूल्यांकनकर्ता नियुक्त गर्नदेखि आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै, गत वर्ष संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गर्नेछ । साथै, सञ्चालक समिति र लेखापरीक्षकको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन, बैंकका सहायक कम्पनी नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र नबिल स्टक डिलरको वित्तीय विवरण, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभाले पारित गर्नेछ । यस्तै, सभाले साधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जनाको निर्वाचन, संस्थापक सेयरधनी आईएफआईसी बैंक पीएलसी बंगलादेशको प्रतिनिधित्व गर्ने सञ्चालक सइद मन्सुर मुस्तफाको नियुक्तलाई अनुमोदन गर्नेछ ।