स्पेनले पश्चिम युरोपकै ठूलो जलविद्युत आयोजना निर्माण गर्ने
काठमाडौं । स्पेनको मुख्य बिजुली उपयोगिता कम्पनी, इबेरडोलाले पश्चिमी युरोपमा सबैभन्दा ठूलो जलविद्युत पावर प्लान्ट निर्माण गर्ने भएको छ । देशको उत्तरपश्चिमी क्षेत्र गालिसियाको ओरेन्सको सिल बेसिनमा पम्प गरिएको भण्डारण पावर प्लान्ट वा गीगाब्याट्री, कन्सोमा अर्को वर्षबाट काम सुरु हुनेछ । कम्पनीले हालै परियोजनाको विवरणहरू जारी गर्न थालेको बताएको छ । प्लान्टले उच्च उचाइको सेन्जा जलाशयलाई तल्लो उचाइको बाओ जलाशयसँग जोड्नेछ । ऊर्जा उत्पादन र भण्डारण गर्नको लागि ६९० मिटरको उचाईको फाइदा उठाउनेछ । १०० प्रतिशत नवीकरणीय ऊर्जा उत्पादन गर्न नयाँ पूर्वाधारमा १.५ अर्ब युरो (१.५८ बिलियन अमेरिकी डलर) लगानी गरिरहेको इबरड्रोलाले निर्माण परियोजना पूरा हुन ६ वर्ष लाग्ने बताएको छ । कन्सो प्लान्टले जलाशयहरू बीचको पानी पम्प गर्न दिनको समयमा उत्पादित अतिरिक्त सौर्य ऊर्जा प्रयोग गर्नेछ । जहाँ यसलाई टर्बाइनहरू मार्फत बिजुली उत्पादन गर्न आवश्यक नभएसम्म भण्डारण गरिनेछ । प्लान्टको क्षमताको लागि यसले प्रतिवर्ष ४ हजार जिडब्ल्युएच उत्पादन गर्नेछ । जुन स्पेनको कुनैपनि आणविक पावर स्टेशनले उत्पादन गरेको भन्दा झन्डै दोब्बर हो ।
एनपीएलको अवसरमा सामसङको टीभी किन्दा ३१ प्रतिशतसम्म छुट, ४ केमा लाइभ हेर्ने मौका
काठमाडौं । सामसङ नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको ऐतिहासिक सिजनको अवसर पारेर टीभीमा ३१ प्रतिशतसम्म आकर्षक छुट ल्याएको छ । यस अफरमा क्युएलईडी टीभी, क्रिस्टल युएचडी ४ के टीभी र एफएचडी टीभीको इमर्सिभ रेन्जहरू पनि समावेश गरिएको छ । ग्राहकका लागि १२ महिनाको अवधिमा शून्य ब्याजदरमा आफ्नो मनपर्ने टीभी सजिलो ईएमआईमा प्राप्त गर्न यो अफरमा सामसङको इन्स्टा-फाइनान्स सेवा समावेश छ । यो सेवा ग्राहकहरूले आफ्नो नागरिकताबाटै साथ सामसङको आधिकारिक स्टोरबाट प्राप्त गर्न सक्छन् । एक्सचेन्ज पार्टनर (अर्कोस्टोर डटकम) द्वारा ग्राहकहरूले आफ्नो पुरानो इलेक्ट्रोनिक उपकरण एक्सचेन्ज गरी नयाँ टिभी खरिद गर्ने सेवा पनि सामसङले उपलब्ध गराएको छ । यो अफर पुस १६ गतेसम्म रहने बताइएको छ । सामसङको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा नेपाल अधिराज्य भरि यो अफर उपलब्ध गराइएको छ।
बैतडीमा दोस्रो आयल स्टोर सञ्चालन, स्थानीय हर्षित
काठमाडौं । बैतडीको पाटनमा आयल स्टोर सञ्चालनमा आएको छ । विशाल ट्रेडर्सले आयल स्टोर सञ्चालनमा ल्याएको हो । पाटन नगरपालिका वडा नं ६ को पाटन बजार नजिकै पाटन-पञ्चेश्वर सडकखण्डको उदयदेव मन्दिर नजिकै पहिलो पटक पेट्रोल पप्प (आयल स्टोर) सञ्चालनमा सञ्चालक कृष्णसिंह भट्टले बताए । उनका अनुसार १२/१२ हजार लिटर क्षमताका दुईवटा ट्याङ्कहरु रहेका छन् । आयल स्टोरबाट नियमित इन्धन उपलब्ध हुनेछ । सञ्चालक भट्टले भने, ‘अब डिजेल पेट्रोल २४ सै घण्टा उपलब्ध हुन्छ । यसअघि आयल स्टोर नहुँदा निकै समस्या थियो । नजिक आयल स्टोर कतै थिएनन् । पसलहरूबाट किन्नुपर्थ्यो । १९० रुपैयाँदेखि २ सय रुपैयाँ प्रतिलिटरका दरले किन्नुपर्ने बाध्यता थियो । जुन ४०/५० रुपैँया महङ्गो हो ।’ अब आयल स्टोर सञ्चालनमा आइसकेको छ । आयल निगमले तोकेकै दररेटमा इन्धन उपलब्ध हुन्छ । आयल स्टोर सञ्चालनमा आएपछि त्यहाकाँ नागरिकहरू खुसी भएका छन् । योभन्दा अगाडि बैतडीको सतबाँझमा मात्रै आयल स्टोर थियो । बाहिर बजारबाट महंगो दरमा पेट्रोल खरिद गर्दा समस्यामा परेका नागरिकलाई अब सहज भएको छ ।
१५ प्रतिशत लाभांश दिने मिथिला लघुवित्तको घोषणा
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये १४.२८६ प्रतिशत बोनस सेयर रहेको छ भने बाँकी ०.७१४ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ । मंसिर २० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।
भारतको केन्द्रीय बैंकद्वारा ब्याजदर यथावत राख्ने
काठमाडौं । विश्वको पाँचौं ठूलो अर्थतन्त्र भारतको केन्द्रीय बैंकले मुद्रास्फीति जोखिमलाई आधार मानेर शुक्रबार ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । रिजर्भ बैंक अफ इन्डियाले भनेको छ, ‘बैंकले सन् २०२३ फेब्रुअरीदेखि कायम रहेको महत्त्वपूर्ण ब्याजदर ६.५० प्रतिशतमा यथावत रहनेछ ।’ अमेरिकी फेडरल रिजर्भसहित विश्वका प्रमुख केन्द्रीय बैंकहरूले कम मुद्रास्फीतिलाई मध्यनजर गर्दै ब्याजदरलाई समायोजन गर्दै घटाउने सहज चक्र सुरु गरेका छन् । फेडले सेप्टेम्बरमा चार वर्षमा पहिलो पटक ब्याजदर कटौती गरेको थियो। भारतमा खुद्रा सामानको मुद्रास्फीति मौद्रिक नीति निर्माताहरूको चार प्रतिशतको लक्ष्यभन्दा माथि रहेको छ र अक्टोबरमा १४ महिनाको उच्च ६.२१ प्रतिशतमा पुगेको छ । आरबीआईका गभर्नर शतीकान्त दासले बैंकको मौद्रिक नीति समितिले ‘आर्थिक वृद्धिको गति सुस्त भएको’ कुरालाई ध्यानमा राखेको तर भारतको दृष्टिकोण ‘लचिलो’ रहेको बताए । दासले भने, ‘प्रतिकूल मौसमी घटनाहरूको बढ्दो घटना, बढ्दो भूराजनीतिक अनिश्चितता र वित्तीय बजारको उतारचढावले मुद्रास्फीतिमा उल्टो जोखिम निम्त्याएको छ ।’ भारतीय रिजर्व बैंक (आरबीआई) ले केन्द्रीय बैंकमा निक्षेप गर्न ऋणदाताहरूको न्यूनतम नगद मौज्दात अनुपात ४.५ प्रतिशतबाट घटाएर ४ प्रतिशतमा झारेको छ । कम नगद मौज्दात अनुपात तरलता बढाउने उपाय हो किनकि यसले बैंकरहरूलाई ऋण दिनको लागी अधिक पैसा दिन्छ । आर्थिक वृद्धिमा मन्दीको सङ्केत देखिए पनि केन्द्रीय बैंकले ब्याजदरलाई स्थिर राख्ने निर्णय गरेको हो । भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वृद्धिदर सेप्टेम्बर त्रैमासिकमा ५.४ प्रतिशत रहेको छ, जुन सुस्त उत्पादन क्षेत्र र सुस्त सहरी उपभोगका कारण प्रभावित भएको छ । तथ्याङ्कले भारतलाई विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको प्रमुख अर्थतन्त्रको सूचीमा राखेको छ, तर यो सात त्रैमासिकमा विश्लेषकहरूको ६.५ प्रतिशतको अपेक्षाभन्दा कम अर्थात् सुस्त वृद्धि दर थियो । केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मार्च ३१ सम्ममा आर्थिक वृद्धिदर ६.६ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ । आरबीआईले मे २०२२ देखि फेब्रुअरी २०२३ को बीचमा ब्याजदरमा २.५ प्रतिशत बिन्दुले वृद्धि गरेको थियो ।
कामना सेवा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार ८१५.२७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत असोज ३० गते १८ औं वार्षिक साधारणसभा गरी उक्त वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरी कुल १२ प्रतिशत लाभाशं पारित गरेको थियो । उक्त ७ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत भएको बोनस सेयर सेयरधनीहरूको डिम्याट खातामा जम्मा भइसकेको बैंकले जनाएको छ । नगद लाभाशं वापतको रकम साधारण सभाबाट पारित भएलगत्तै सम्बन्धित बैंक खातामा जम्मा गरिसकिएको बैंकले जनाएको छ । यदि कुनै सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा भएको नदेखिएमा वा कुनै जिज्ञासा भएमा कामना सेवा विकास बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सक्ने बैंकले बताएको छ ।
जग विकासका लागि बाल विकास शिक्षामा महानगरको प्राथमिक लगानी छ : उपप्रमुख डंगोल
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि काठमाडौं महानगरपालिकाले थालेका कार्यक्रममध्ये प्रारम्भिक बाल विकास कार्यक्रम महत्वपूर्ण रहेको बताएकी छन् । मंसिर २१ र २२ गते विराटनगरमा आयोजना हुने ‘इन्टरनेशनल कन्फरेन्स अन : इनभिजनिङ् अर्लि चाइल्डहुड डिभलपमेन्ट इकोसिस्टम’ कार्यक्रममा सहभागी हुने क्रममा शिक्षाविद्हरू काठमाडौं महानगरपालिकासँग ज्ञान, सिप र अनुभव आदानप्रदान गर्न काठमाडौं आएका थिए । त्यस क्रममा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग अन्तरक्रियात्मक संवाद गरिएको थियो । संवादका क्रममा उपप्रमुख डंगोलले, महानगरपालिकाले शिक्षा नीति, शैक्षिक कार्यक्रम, पूर्वाधार विकास, मानव पुँजी विकास, शिक्षक-विद्यार्थी, विद्यालय र अभिभावकको सम्बन्धमा जोड दिएको बताएकी हुन् । शैक्षिक सामग्री बनाउँदा स्थानीय स्रोत र उपलब्ध बस्तुको प्रयोग, एकीकृत र सिर्जनात्मक सिकाइ, शिक्षामा सिप कार्यक्रमबाट प्राप्त भएको नतिजा सकारात्मक भएको उल्लेख गर्दै उनले, आफ्नो संस्कृति, आफ्नै परिवेश अनुरूपको सिकाइबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी जनशक्ति उत्पादनमा जोड दिएको बताएकी छन् । छलफलका लागि सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले प्रस्तुतीकरण गरेका थिए । उनका अनुसार प्रारम्भिक बाल विकास कक्षा शिक्षकलाई सरकारले दिएको तलबमा महानगरपालिकाले मासिक थप १० हजार रुपैयाँ थप दिएको छ । कार्यक्रमका आधारमा बजेट थपेको छ । बाल विकासका एउटा कक्षामा २५ जनाभन्दा धेरै विद्यार्थी नराख्ने मापदण्डका आधारमा कक्षा सञ्चालन गरेको छ । महानगरपालिकाले शिक्षा नीतिमा समेटेर कार्यान्वयनमा ल्याउन खोजेका प्रयासहरू अन्तर्राष्ट्रिय स्तरमा पनि प्रयोगमा ल्याउन लागिएको जानकारी प्राप्त भयो । शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माले भने, ‘यो भनेको, हामीले लिएको लक्ष्य समय सान्दर्भिक छ, भन्ने हो ।’ विद्यार्थीहरूलाई प्राकृतिक वातावरणमा अध्यापन गराउनु पर्छ । छलफलमा संयुक्त राज्य अमेरिकाको वल्र्ड फोरम फर अर्लि केयर एण्ड एजुकेसन निर्देशक किस्र्टन हगेनले भने, ‘प्राकृतिक वातावरण भएको ठाउँमा बन्द कोठा निर्माण गरेर अध्यापन गराउने अभ्यासमा परिमार्जन गर्नुपर्छ । सिकाइ भनेको स्थानीय परिवेशमा बालबालिकाको शारीरिक, मानसिक र संवेगात्मक विकास अनुकूल हुनुपर्छ ।’ छलफलका क्रममा पाकिस्तानका ह्युमन डिभलपमेन्ट फाउन्डेसनका निर्देशक ताइब जानले भने, ‘उपचार समाधान होइन । निरोगी हुनु दिगो समाधान हो । प्रारम्भिक बाल विकास कक्षा उपचार होइन, निरोगी हुने उपाय हो ।’ भारतको मोबाइल ट्रेसका कार्यकारी निर्देशक चिराश्री घोषले, अभिभावकको रोजगारीका कारण बालबालिकाको रेखदेख र हेरचाहमा कमजोरी हुन दिन नहुने कार्यक्रम आवश्यक रहेको उल्लेख गरे । यस्तै भारतकै नेशनल फोर्सेस फर चाइल्ड केयरका संयोजक डा. अपराजिताले, काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको बुक फ्रि फ्राइडे कार्यक्रम सिकाइमा उपयोगी अभ्यास रहेको बताउँदै भने, ‘भारतमा अभ्यास गरिएको वुक फ्रि फ्राइडे क्रमशः स्पोर्टस डे बनेको थियो । यो स्पोट्सका लागि मात्र होइन । मर्मअनुसार सञ्चालन गर्न यसमा नियमित निगरानी चाहिन्छ ।’
कुमारी बैंकद्वारा कीर्तिपुरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं । युएसएडसँगको साझेदारीमा ‘देशै भरि वर्षै भरि’ उद्यमशिलता विकास एवं प्रवर्द्धनका लागि नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले महिला सशक्तिकरण केन्द्र कीर्तिपुरसँगको समन्वयमा कीर्तिपुरमा महिला उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय ज्ञान, सिप, मनोबृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरुपमा उद्यमशिलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरुको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरि वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनय सहितका सन्देशमुलक भिडियोहरु, सचेतनामुलक सन्देशहरु विकास गरि नियमितरुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ । उद्यमी प्रशिक्षणबाट हरेक स्थानिय निकायमा रहेका उद्यमी सोचहरुको प्रवर्द्धन तथा विकासमा टेवा पु-याउदै आर्थिकरुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।