अनधिकृत तरिकाले भ्यू टावरको नक्सा पास गरेपछि काठमाडौं महानगरले गुरागाईंलाई कारबाही गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाही गर्ने भएको छ । काठमाडौं भ्यू टावरको नक्सा अनधिकृत तरिकाले पास गरेको पाएपछि महानगरले गुरागाईंलाई कारबाही गर्ने भएको हो । उनी गत भदौ २७ गतेमात्रै सरुवा भएर महानगरमा आएका थिए । शुक्रबार महानगरले पत्रकार सम्मेलन गर्दै आधिकारिक प्रणाली छलेर भवनको नक्सा पास भएको देखिएको बताएको छ । महानगरका अनुसार पास भएको नक्सामा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले हस्ताक्षर गरेका छन् । काठमाडौं भ्यू टावर काठमाडौं महानगरको २८ नम्बर वडामा लामो समयदेखि निर्माणाधीन छ । गुरागाईं नेपाल सरकारका सहसचिव हुन् । केपी शर्मा ओली नेतृत्वको सरकारले सन्तोष परियारलाई हटाएर उनलाई काठमाडौं महानगरको प्रमुख प्रशासक बनाएको थियो ।
टेस्लाको मार्केट क्याप १. ४ ट्रिलियन डलर, विश्वव्यापी अटो उद्योगको झण्डै आधा
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको विद्युतीय सवारीसाधन (ईभी) निर्माण गर्ने कम्पनी टेस्लाको सेयरमा पछिल्लो समय उल्लेख्य वृद्धि भएको छ । यो वृद्धिसँगै यसको बजार मूल्य (मार्केट क्याप) १.४ ट्रिलियन डलर पुगेको छ, जुन विश्वव्यापी अटो उद्योगको कुल बजार आकारको झण्डै आधा हो । गत वर्ष विश्वव्यापी अटोमोटिभ उद्योगको आकार करिब ३.४ ट्रिलियन डलर थियो । आगामी १० वर्षमा ६.८ ट्रिलियन डलर पुग्ने अपेक्षा गरिएको छ । टेस्लामा मस्कको लगभग २३ प्रतिशत सेयर छ । यद्यपि, हालैका दिनहरूमा टेस्लाले चिनियाँ ईभी कम्पनीहरूबाट कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ । अक्टोबरमा चिनियाँ कम्पनी बीवाईडीले टेस्लाभन्दा धेरै गाडी उत्पादन गर्यो । नोभेम्बरको तथ्याङ्कअनुसार नोभेम्बरमा विश्वमा बिक्री हुने कुल ईभीमा चीनको हिस्सा ७० प्रतिशत थियो । यति हुँदाहुँदै पनि बजार पुँजीको हिसाबले विश्वको कुनै पनि अटो कम्पनी टेस्लाको नजिक छैन । जापानको अग्रणी अटो कम्पनी टोयोटा यस सूचीमा २३१ अर्ब डलरको साथ दोस्रो स्थानमा छ । चिनियाँ कम्पनी बीवाईडी १०७ अर्ब डलरका साथ तेस्रो स्थानमा छ भने ९८ अर्ब डलरका साथ शाओमी चौथो स्थानमा छ । इटालीको अग्रणी अटो कम्पनी फेरारी ८१ अर्ब डलर पाँचौं, मर्सिडिज बेन्ज (६३ अर्ब) छैटौं, पोर्श (५८ अर्ब) सातौं, जनरल मोटर्स (५१ अर्ब) नवौं र फक्सवागन (४८ अर्ब) डलर) दशौं स्थानमा छ। भारतको महिन्द्रा एन्ड महिन्द्रा सूचीमा ११ नम्बरमा छ । यसको मार्केट क्याप ४४ अर्ब छ । देशको सबैभन्दा ठूलो अटो कम्पनी मारुति सुजुकी ४२ अर्ब डलरको बजार पुँजीका साथ यो सूचीमा १२ नम्बरमा छ । टाटा मोटर्स ३५ अर्ब डलरको मार्केट क्यापको साथ १७ नम्बरमा छ । फोर्ड (४१ अर्ब) १३ औं, स्टेलान्टिस (४१ अर्ब) १४ औं, होन्डा (४० अर्ब) १५ औं र हुन्डाई (३७ अर्ब) १६ औंमा छन् ।
पठाओ सुपरफेस्ट पुस ६ गतेदेखि २६ गतेसम्म, बम्परमा आइफोन १६ उपहार
काठमाडौं । पठाओ नेपालले यही पुस ६ गतेदेखि २६ गतेसम्म पठाओ सुपरफेस्ट आयोजना गर्ने भएको छ । ‘अफर यस्तो बबाल, ब्रह्माण्ड नै लोभिन्छ’ भन्ने नारासहित आयोजित सुपरफेस्टमा गत वर्ष मिस्टर हुलहुल मात्रै आएकामा यस वर्षको सुपरफेस्टमा एलियन जोडी नै आएको थिममा पठाओले प्रचार गरेको छ । एलियनहरू पठाओको सुपरफेस्टको छुट र अफर देखेर ब्रह्माण्डबाटै आएको थिममा कम्पनीले यस्तो प्रचार गरेको हो । कम्पनीका अनुसार सुपरफेस्टमा पठाओ फूडमा मात्रै नभइ राइडमा समेत सेवाग्राहीले ८० प्रतिशतसम्म छुट पाउनुका साथै विभिन्न आकर्षक अफर पनि प्राप्त गर्नेछन् । साथै यस वर्षको पठाओ सुपरफेस्टमा सेवाग्राहीले प्रत्येक राइड वा फूड अर्डरका आधारमा सो बराबरको प्वाइन्ट्स प्राप्त गर्न सक्ने तथा पठाओ एप भित्रै पोइन्ट्सको डिल सेक्सनमा गएर रिडिम गरी राइडको प्रोमो कोडहरू पाउन सकिने पठाओ नेपालका निर्देशक सुरक्षा हमालले जानकारी दिइन्। सुपरफेस्टमा केचप किन्दा पिज्जा फ्रि, बर्गर किन्दा अर्को बर्गर फ्री, चिकन बिरयानीमा चिकन सेकुवा फ्रि, रु एकमा दुई क्रन्ची चिकन बर्गररबीबीक्यू चिकन विङ्ग्सरचिकन राइस बउलरमिट लभर्स पिज्जारचिकन बिर्यानी लगायतका अफरहरु उपलब्ध गराइएको छ । कम्पनीले सुपरफेस्ट सुरु हुनुअघि काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ‘पठाओ एलियन’को भेषमा मिस्टर हुलहुल र मिसेस हुलहुल घुम्न पठाएको थियो । कम्पनीले यसलाई गुरिल्ला मार्केटिङ भनेको छ । जुन गत बर्ष नेपालमै पहिलो पटक पठाओले प्रयोग गरेको हो । मिस्टर हुलहुल र मिसेस हुलहुलको जोडीलाई सबैमाझ परिचित गराउनका लागि कम्पनीले टिकटकमा भिडियो प्रतिश्पर्धा समेत गरिरहेको जनाएको छ । सुपरफेस्ट अवधिमा उनीहरुसँग भिडियो बनाएर टिकटकमा राखिने भिडियोमध्येबाट सबैभन्दा बढी लाइक, सेयर र भ्यूजका आधारमा एक जनालाई रु १० हजार नगद उपहार प्रदान गरिने छ । यी अफरहरु हरेक दिन विहान १० बजेदेखि राति ९ बजेसम्म उपलब्ध हुनेछन् । साथै फ्लास सेल्स तथा रेष्टुरेन्ट अर्डरमा ८० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ । सुपरफेस्टमा एक किलोमिटरको दूरीसम्म निःशुल्क डेलिभरी प्रदान गरिनेछ । कस्टमरले प्रत्येक फूड अर्डरमा स्योरसट प्राइजको स्क्रयाच कार्ड पाउनेछन् । सेवाग्राहीले स्क्रयाच कार्डमा अल्टिमा लाइफस्टाइलको प्रडक्टमा रु ३५० को छुट, डोल्पो गियर्सको ठमेल आउटलेटबाट सामान किन्दा २० प्रतिशत छुट, ट्राङ्क्युलिटी स्पाको ठमेलस्थित शाखामा सेवा लिँदा ४० प्रतिशत छुट, धुलिखेलको जिपलाइनमा भिडियो बाहेक ४० प्रतिशत छुट, इना सेन्टरमा सामान किन्दा ११ सय रुपैयाँको छुट, मिशिसा कस्मेटिक्समा १५ प्रतिशत छुट पाउन सक्नेछन् । साथै यति एयरलाइन्सको फ्लाइट बुकिङमा रु ५ सय छुट, माक्कुसेको सामान किन्दा १० देखि १५ प्रतिशतसम्म छुट, वन्डरल्याण्डमा रु पाँच सय बराबरको दुई खेलमा प्रवेशको सुविधा, कोदाली भेन्चर्सका प्रडक्ट खरिदमा छुट र स्पर्सका प्रडक्टमा रु २०० छुट पाउन सक्ने कम्पनीले जनाएको छ । सुपरफेस्ट अवधिमा हरेक साता भाग्यशाली विजेताहरुले मिशिसा कस्मेटिक्स, अल्टिमा लाइफ स्टाइल, इना सेन्टर र माक्कुसेका तर्फबाट गिफ्ट ह्याम्पर पाउनेछन् । साथै बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले आइफोन १६ पाउनेछन् । अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसरमा पठाओले ‘पठाओ सुपरफेस्ट(२०२४’ आयोजना गरेको हो । गत वर्षहरुमा आयोजना गरिएका पठाओ सुपरफेस्ट भव्यरुपमा सफल भएपछि कम्पनीले यस वर्ष पनि सुपरफेस्ट आयोजना गर्न लागेको हो । गत बर्ष सुपरफेस्ट अवधिमा रेष्टुरेन्टहरूमा ग्राहकको भन्दा फूड डेलिभरी लिन जाने पठाओ हिरोहरूको भिड देखिएको थियो । गत वर्ष पठाओ हिरोहरूले औसत दैनिक ९०० रुपैयाँ कमाउँदै आएकोमा सुपरफेस्ट अवधिमा दैनिक १ हजार ४ सय रुपैयाँ कमाएको निर्देशक हमालले बताइन् ।
पूर्वाधार पत्रकार समाजको अध्यक्षमा कार्की सर्वसम्मत चयन
काठमाडौं । नेपाल पूर्वाधार पत्रकार समाजले नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार सम्पन्न संस्थाको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो । समाजको अध्यक्षमा सुनिता कार्की कोइराला निर्विरोध चयन भएकी छन् । उपाध्यक्षमा विमल खतिवडा, सचिवमा दिनेश खड्का निर्वाचित भएको निर्वाचन समितिका संयोजक भीम गौतमले जानकारी दिए । यस्तै, सहसचिवमा प्रशन्न ढुंगाना, कोषाध्यक्षमा हिमा विश्वकर्मा चुनिएका छन् । सदस्यमा विष्णु रैगाईं, आशुतोष अर्याल, शर्मिला न्यौपाने, धना ढकाल, निर्दोष घोरसाइने, पवन तिमिल्सिना चयन भएका छन् । यसअघि समाजको अध्यक्षमा जीवन बस्नेत थिए ।
कुहिएको नरिवल भेटिएपछि महानगरले तिरायो दुई लाख जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले भाटभाटेनी सुपरमार्केट डिपार्टमेन्ट स्टोरलाई जरिवाना तिराएको छ । बासी सडेर कीरा लागेको पदार्थ बिक्री गरेको पाइएपछि २ लाख रुपैयाँ जरिवाना तिराएको महानगरले जनाएको छ । मसिर १९ गते काठमाडौं महानगको कल सेन्टरमा सुपरमार्केटले बासी सडेगलेका अनि कीरा लागेको खाना बेच्यो भनी गुनासो आएको र विभागबाट स्थलगल अनुगमन गर्दा ड्राइ कोकोनट नाम रहेको नरिवल ४४ (चौवालीस) प्याकेजमा ढुसीजन्य पदार्थ फेला परेको महानगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । महानगरले उक्त पदार्थ सुपरमार्केटको व्यवस्थापकको रहोवरमा नष्टसमेत गरेको जनाएको छ । महानगरका अनुसार जरिवाना रकम महानगरको राजश्व खातामा जम्मा गरिने छ ।
मुग्लिन-पोखरा सडक : २० किमी खण्डमा अन्तिम कालोपत्र
दमौली । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डको २० किलोमिटर सडकमा फाइनल (अन्तिम) कालोपत्र सकिएको छ । यस अगाडि कालोपत्र भइसकेको ठाउँमाथि नै अन्तिम कालोपत्रको काम तीव्रगतिमा अगाडि बढेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले जानकारी दिएको छ । उक्त खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार बन्दीपुर, आँबुखैरेनी र व्यास तीन पालिकाका विभिन्न ठाउँमा अन्तिम कालोपत्रको काम अगाडि बढाइएको छ । उनले भने, ‘यसअघि सडकको मोटाइ छ सेन्टिमिटर थियो, अब त्यही ठाउँमा थप चार सेन्टिमिटरको काम भइरहेको छ ।’ पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत ६३ किलोमिटर दूरीमा कालोपत्र भएको छ । पाण्डेले पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीबाट जामुनेसम्म हालसम्म ७० प्रतिशत भौतिक प्रगति भएको छ । पाण्डेले भने, ‘पहिलो चरणमा एकतर्फी अन्तिम कालोपत्र सकेर अर्कोतर्फ काम सुरु गरिनेछ, अन्तिम चरणको कालोपत्र सकिएपछि सडक रङरोगनको काम अगाडि बढ्नेछ ।’ पूर्वी खण्डअन्तर्गत नै दमौलीको बुल्दीपुलबाट घाँसीकुवातर्फको खण्डमा पनि कालोपत्रको कामलाई अगाडि बढाइएको छ । दमौली बजारमा समेत सडक विस्तारका लागि अहिले नाली बनाउने काम भइरहेको छ । दमौली बजारमा केन्द्रविन्दुबाट २३–२३ मिटरलाई आधार मानेर सडक विस्तारको काम हुनेछ । यो खण्डमा १४ साना पुल निर्माण सकिएका छन् । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम करिब ५० प्रतिशत सकिएको छ । पूर्वी खण्डमा २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ साल वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।
एडीबीसँग १ खर्ब ५ अर्ब ५९ करोड बराबरको ऋण तथा अनुदान सम्झौता
काठमाडौं । नेपाल र एडीबीबीच तीनवटा आयोजना र एक कार्यक्रम कार्यान्वयनका लागि १०५ अर्ब ५९ करोड बराबरको ऋण तथा अनुदान सम्झौता भएको छ । शुक्रवार सिंहदरबारस्थिति अर्थ मन्त्रालयमा नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच तीनवटा आयोजना र एक कार्यक्रम कार्यान्वयनका लागि ७७७.६ मिलियन अमेरिकी डलर ( १०५ अर्ब ५९ करोड) बराबरको ऋण तथा अनुदान सम्झौता भएको हो । सम्झौता पत्रमा नेपालको तर्फबाट अर्थमन्त्रालयमा सचिव डा. रामप्रसाद घिमिरे र एडीबीको तर्फबाट नेपाल निवासी नियोगका देश निर्देशक अर्मान्ड काउचोइसले हस्ताक्षर गरे । नेपाल र एडीबीबीच सिंचाई आधुनिकीकरण अभिवृद्धि परियोजना, हरियो, लचिलो र समावेशी विकास कार्यक्रम, काठमाडौं उपत्यका खानेपानी सुधार परियोजना (फेज २), र दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग विद्युत प्रशारण र वितरण सुदृढीकरण परियोजनाका लागि सम्झौता हस्ताक्षर भएको छ । काठमाडौं उपत्यका खानेपानी सुधार परियोजना (फेज २), दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग (एसएएसईसी) विद्युत प्रशारण तथा वितरण सुदृढीकरण परियोजना र हरित, लचिलो र समावेशी विकास (ग्रिड) कार्यक्रम कार्यान्वयनका लागि पनि वित्तीय सम्झौतामा भएको छ । कार्यक्रममा बोल्दै अर्थ सचिव डा. रामप्रसाद घिमिरेले एडिबीको निरन्तर सहयोग र साझेदारीको लागि धन्यवाद व्यक्त गरे । काठमाडौं उपत्यका खानेपानी सुधार परियोजना (चरण २) आयोजना लागत २४ करोड अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ ३२ अर्ब ५९ करोड एडीबीले १५ मिलियन अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ २ अर्ब ३ करोड बराबर अनुदान र १७ करोड अमेरिकी डलर सहयोग गर्ने सम्झौतामा उल्लेख गरे । उनले सम्झौताले सिँचाइ प्रणाली, जल सुरक्षा र कृषिमा सुधार मात्र नभई नेपालको सबैभन्दा बढी प्रभावित समुदायमा जलवायु प्रतिरोधी क्षमतालाई सुदृढ पार्ने र योगदान पुर्याउने कुरामा जोड दिए । उनले दिगो विकास लक्ष्यहरू हासिल गर्न, आयोजनालाई समयमै र प्रभावकारी रूपमा कार्यान्वयन गर्न कार्यान्वयन गर्ने निकायलाई अपेक्षित नतिजा सुनिश्चित गर्न आग्रह गरे । सम्झौतामा २३.८ बिलियन डलर सहुलियत ऋण, समृद्धिका लागि जापान कोष र रिसिलियन्ट एसिया एण्ड प्यासिफिक (आईएफपीआर) ले ३० मिलियन अमेरिकी डलर ( ४०७.४६ मिलियन बराबर) अनुदान सहयोग गर्ने र नेपाल सरकारले यसका लागि ५२ मिलियन अमेरिकी डलर ( ७ अर्ब ६ करोड बराबर) सहयोग गर्ने भएको हो । मेलम्ची इन्टेकको स्थानान्तरण र निर्माण, लामो सुरुङ निर्माण र सुन्दरीजल जल प्रशोधन केन्द्रको विस्तारलगायतका कामहरू काठमाडौं उपत्यकाका जनतालाई सुरक्षित र भरपर्दो खानेपानी सेवा उपलब्ध गराउने परियोजनाको लक्ष्य रहेको छ । दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत प्रशारण तथा वितरण सुदृढीकरण आयोजनाको लागत ५३ करोड ७० लाख अमेरिकी डलर अर्थात ७२ अर्ब ९३ करोड नेपाली रुपैयाँ एडीबीले ३ करोड अमेरिकी डलर अर्थात ४ अर्ब ७ करोड बराबरअनुदान र ३११ करोड अमेरिकी डलर सहयोग गर्ने सम्झौता भएको हो । ४२ अर्ब २४ करोड बराबर सहुलियतपूर्ण ऋण, युरोपेली संघले २२.६ मिलियन अमेरिकी डलर(३०६ अर्ब बराबर) अनुदान, नर्वेले ३१ मिलियन अमेरिकी डलर (४ अर्ब २१ करोड बराबर) अनुदान, रणनीतिक जलवायु कोषले १० मिलियन अमेरिकी डलर (१ अर्ब ३५ करोड) अनुदान सहयोग गर्ने भएको छ । नेपालले १३२.४ मिलियन अमेरिकी डलर (१७.९८ बिलियन) को कार्यान्वयनको लागि परियोजनाले हरित बिजुली निर्यातलाई समर्थन गर्दै नेपालको बढ्दो ऊर्जा मागहरू पूरा गर्नमा केन्द्रित छ । सिँचाइ आधुनिकीकरण अभिवृद्धि परियोजना (आईएमईपी) को सुरुवातका लागि ८ करोड ५० लाख अमेरिकी डलर अर्थात ११ अर्ब ५४ करोड बराबर बराबरको ऋण सम्झौतामा अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव एवं प्रमुख धनीराम शर्माले हस्ताक्षर गरे ।
एनसेल पीआरबीटी सेवाले एनपीएलमा उत्साह थप्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल भोलि हुन गइरहेको छ, र यसले क्रिकेटप्रेमीहरूको उत्साहलाई चरम उत्कर्षमा पुर्याएको छ । यो माहोललाई अझ रोमाञ्चक बनाउन, एनसेलले आफ्ना ग्राहकहरूलाई आफूलाई मनपर्ने टिमलाई समर्थन गर्न कल टोन राख्न सकिने सुविधा ल्याएको छ । यससँगै ग्राहकहरुले एनपीएलका टिमहरुको थिम गीतलाई पर्सनलाइज्ड रिङ ब्याक टोन (पीआरबीटी)का रूपमा आफ्नो फोनमा सेट गर्न सक्छन् । बिहीबारसम्म, ५०,००० भन्दा बढी एनसेल ग्राहकहरूले एनपीएलका विभिन्न टिमहरुको थिम गीतलाई आफ्नो पीआरबीटीका रुपमा राखिसकेका छन् । धेरै ग्राहकहरु आफ्नो टिमलाई समर्थन गर्न कल टोन सेट गरिरहेका छन् । ग्राहकहरूले *123*6# डायल गरेर आफूले रोजेको पीआरबीटी राखेर क्रिकेटको माहोललाई थप उत्साहजनक बनाउन सक्ने कम्पनीले जनाएको छ । एनसेलको पीआरबीटी एक विषेश सेवा हो । यो सेवा अन्तर्गत ग्राहकहरूले नर्मल गीतहरु बाहेक अन्य तीन तरिकामा आफ्नो रुचि, मुड, वा विशेष अवसरसँग मेल खाने गरी कल टोन सेट गर्न सक्छन् । कम्पनीकाअनुसार ‘नेम ट्युन’ पीआरबीटी सेवामा ग्राहकहरूले आफ्नो नामलाई कलर टोनको रूपमा सेट गर्न पनि सक्छन् । त्यसैगरी ‘स्टाटस पीआरबीटी’ अन्तर्गत निश्चित समयका लागि आफ्नो गतिविधी अनुसारमा टोन राख्न सकिन्छ । जस्तै कुनै ग्राहकले आफूले गाडी चलाईरहेको छ भने उसले फोन गर्नेहरुलाई आफुले गाडी चलाईरहेको जानकारी दिने टोन राख्न सक्छन् । यसबाहेक ‘आफ्नै धुन’ पीआरबीटी सेवा अन्तर्गत ग्राहकले आफुलाई मनपर्ने गीत, धुन वा कुनै अडियो रेकर्ड गरी अपलोड गरेर टोनका रुपमा पनि राख्न सक्छन् । प्रत्येक पीआरबीटीको शुल्क करसहित मात्र ३१ रूपैयाँ पर्छ र यो ३० दिनसम्म सक्रिय रहन्छ । यस पीआरबीटी सेवामा सुशान्त केसी, याबेश थापा, भेकजस्ता औद्यी मन पराइएका कलाकारका गीतहरू देखि लिएर अरु गीतहरु पनि हरेक संगीतप्रेमीको ईच्छा अनुसार छान्न सकिन्छ । एनसेलले आफ्नो पीआरबीटी सेवामा नयाँ र ट्रेन्डिङ गीतहरू नियमित रूपमा थप्ने गर्दछ, जसले यो सेवालाई विशेष बनाएको कम्पनीले जनाएको छ ।