विकासन्युज

१०.५२ प्रतिशत लाभांश वितरण गर्ने ग्रिन भेन्चर्स कम्पनीको घोषणा

काठमाडौं । ग्रिन भेन्चर्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । पुस ५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई १० प्रतिशन बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

सिवाइसी नेपाल लघुवित्तले लाभांश नदिने

काठमाडाैं । सिवाइसी नेपाल लघुवित्तले वित्तीय संस्थाले लभांश नदिने भएको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको हो । पुस ६ गते बसेको संस्थाको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ मा लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो। कम्पनीले वितरणयोग्य मुनाफा संचित गरि लाभांश नदिने निर्णय गरेको हो । राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

रविलाई अदालत उपस्थित गराइयो

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । आइतबार अदालत खुलेको केही समयमा जिल्ला प्रहरी कास्कीको हिरासतमा रहेका लामिछानेलाई अदालत ल्याइएको हो । लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता हुँदै छ । यसअघि शुक्रबार, पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीका तत्कालीन अध्यक्ष तथा ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । बाँकी प्रतिवादीहरूविरुद्ध आज अभियोग दर्ता गराउने तयारी गरिएको छ ।

घोराही सिमेन्टले ७५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रि लिमिटेडले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ७.५ कित्ताको अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । जस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ अर्ब ४२ करोड ५७ लाख ६४ हजार २७५ रुपैयाँ बराबरको ३ करोड ४२ लाख ५७ हजार ६४२.७५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ। सो प्रस्ताव पारित गर्न कम्पनीले पुस २७ गते साधारण सभा बोलाएको छ । सभा बिहान ९ बजेदेखि होटल पौवा, घोराही–१५ दाङमा हुनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

सूर्यज्योति लाइफ बन्यो जीवन बीमामा सबैभन्दा पहिला साधारण सभा सम्पन्न गर्ने कम्पनी

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश पारित गरेकाे छ । कम्पनीको १७ औं वार्षिक साधारणसभाले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले आव २०८०/८१ को लागि प्रस्तावित २० प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) एक अर्ब २३ लाख बढी नगद लाभांश वितरण गरिने जनाइएको छ । सभाले कम्पनीको आव २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बद्ध अनुसूचीहरू छलफल गरी सर्वसम्मतिले पारित गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आव २०८०/८१ मा भएका खर्चहरूलाई अनुमोदन गर्नुका साथै सभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखा परीक्षकको रूपमा सुजन काफ्ले एण्ड एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गरेको छ । सभाले सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट रिक्त रहेको पदमा नियुक्तिको अनुमोदन गर्दै कम्पनीको व्यवस्थापनलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण निर्णयहरू गरेको छ । साधारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराईले गरेका थिए । सभामा कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापनका पदाधिकारी, शेयरधनीहरू तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो। सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवन बीमामध्ये सबैभन्दा पहिला साधारण सभा सम्पन्न गर्ने कम्पनी बनेको छ ।

नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । आइतबार बसेको कोषको सञ्चालक समितिले गत आर्थिक वर्ष २०८०/०८१ को आम्दानीबाट लगानीकर्ताहरूलाई १३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमध्ये ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनीले घोषणा गरको हो  । उक्त लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयबाट सहमति प्राप्त भई वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि वितरण गर्ने कम्पनीले जनाएको छ ।

प्रभु बैंकले लाभांश नदिने

काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्ममा कायम रहेको वितरणयोग्य मुनाफा सहितको रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकले सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

होन्डा एनएक्स २०० को विशेष मिडिया टेस्ट राइड सम्पन्न

काठमाडौं । नेपालको दुईपांग्रे सवारी साधन बजारमा नयाँ राइडिङ अनुभूति प्रदान गर्दै होन्डाको आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनी प्रालिले होन्डा एनएक्स २०० को विशेष मिडिया टेस्ट राइड कार्यक्रम आयोजना गरेको छ । ‘फ्रम सिटी लाइट्स टु माउन्टेन हाइट्स, राइड इट अल’ भन्ने मुख्य नारामा आधारित सो कार्यक्रममा मिडिया प्रतिनिधिहरू र इन्फ्लुएंसरहरूलाई सहरको बाटो र पहाडी ट्रेलहरूमा बाइकको बहुप्रयोजन र प्रदर्शन अनुभव गराइयो । टेस्ट राइड होन्डाको एकान्तकुना सर्भिस सेन्टरबाट सुरु भई नख्खु, चोभार, चोभार ड्राइपोर्ट, टौदह, चाल्नाखेल, फर्पिङ हुँदै हात्तिवनको जङ्गल पार गर्दै हात्तिवन हिमालयन हाइट रिसोर्टमा पुगेर टुंगिएको थिया । यसले सहरको बाटो, उकालो र कठोर ट्रेलको मिश्रित मार्गले मिडिया प्रतिनिधिहरू र इन्फ्लुएंसरहरूलाई एनएक्स २०० को बहुमुखी प्रदर्शन र क्षमता प्रत्यक्ष अनुभव गर्न मौका दिएको छ । एनएक्स २०० मिट एन्ड ग्रिट कार्यक्रममा साहसिक यात्रा प्रेमी र सहरमा सवार गर्न रुचाउने राइडरहरू एकै ठाउँमा भेला हुने मौका पाए । यसले बाइकको ‘एडभेन्चर–क्रसओभर स्टाइलिङ’ र बहुप्रयोजन क्षमता प्रस्तुत गरेको छ । बाइकमा रहेको युएसडी (अपसाइड डाउन) गोल्डेन फ्रन्ट सस्पेन्सनले अप्ठ्यारा बाटोहरू सहजै पार गर्न सक्षम बनाउनाले एनएक्स २०० बाइकले अफरोड यात्राका लागि विशेष गरी नेपालको युवा पुस्तामाझ लोकप्रियता कमाएको छ । यसमा रहेको स्लिपर क्लचले गियर परिवर्तन सहज बनाउँछ भने सिंगल च्यानल एबीएसले ब्रेक लगाउँदा सुरक्षा र नियन्त्रण बढाउँछ । २०२४ मार्चमा सार्वजनिक गरिएको यो बाइकले माथि उठेको ह्यान्डलबार र अपराइट बसाइको सुविधासहित लामो यात्राका लागि आरामदायी राइड प्रदान गर्दछ ।