मार्केटिङमा कर्मचारी बढाउँदा निर्जीवन बीमाको व्यापार १७.१७ अर्ब, आक्रामक बन्दै ओरिएन्टल र नेपाल इन्स्योरेन्स
काठमाडाैं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८१/०८२ को ५ महिनामा १७ अर्ब बढीको व्यापार गरेका छन् । चालु आवको मंसिर मसान्तसम्म १४ निर्जीवन बीमा कम्पनीहरूले १७ अर्ब १७ करोड ७७ लाख रुपैयाँ बढीको व्यापार गरेकाे नियामक निकाय नेपाल बीमा प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार कम्पनीहरूले गत आवको सोही अवधिको तुलनामा ९.२६ प्रतिशतले व्यापार वृद्धि गरेका छन् । गत आवको मंसिर मसान्तसम्म निर्जीवन बीमाको व्यापार १५ अर्ब ७२ करोड १० लाख रुपैयाँ थियो । यो अवधिमा सबैभन्दा धेरै व्यापार सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गरेको छ । सगरमाथा लुम्बिनीले २ अर्ब १९ करोड ९८ लाख रुपैयाँ बढीको व्यापार गर्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ७६ करोड ८५ लाख रुपैयाँको व्यापार गरेको छ । यसैगरी, शिखर इन्स्योरेन्सले १ अर्ब ७४ करोड २५ लाख रुपैयाँको व्यपार गर्दा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ४५ करोड ५२ लाख, नेको इन्स्योरेन्सले १ अर्ब ४० करोड ३८ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ४० करोड ९ लाख र एनएलजी इन्स्योरेन्सले १ अर्ब १३ करोड ६ लाख रुपैयाँ बढीको व्यापार गरेको छ । ओरिएन्टल र नेपाल इन्स्योरेन्सको व्यापार आक्रामक वृद्धि पछिल्लो ५ महिनामा गत वर्षको सोही अवधिको तुलनामा ओरिएन्टल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सको व्यापार आक्रामक वृद्धि देखिएको छ । ओरिएन्टलको व्यापार करिब ५५ प्रतिशतले वृद्धि हुँदा नेपाल इन्स्योरेन्सको व्यापार ५२.५६ प्रतिशतले वृद्धि भएको प्राधिकरणको तथ्यांकले देखाउँछ । ओरिएन्टलले गत आवको मसिंर मसान्तसम्म ७२ करोड ७१ लाख रुपैयाँको व्यापार गर्दा चालु आवको सोही अवधिमा १ अर्ब १२ करोड ६९ लाख रुपैयाँको व्यापार गर्न सफल भएको छ । यसैगरी, नेपालले गत आवको मंसिर मसान्तसम्म ६१ करोड ९१ लाख रुपैयाँको व्यापार गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीले ९४ करोड ४६ लाख रुपैयाँको व्यापार गर्न सफल भएको छ । नेपाल इन्स्योरेन्स कम्पनीले मार्केटिङ गतिविधि बढाएका कारण व्यवसाय आक्रामक तरिकाले वृद्धि भएको जनाएको छ । विगतमा कम्पनीको केही शाखाहरूमा मार्केटिङका कर्मचारी थिएनन् । पछिल्लो समय उक्त शाखामा कर्मचारीहरू थप गरेर मार्केट चलायमान गराउँदा व्यवसाय वृद्धि हुन पुगेको कम्पनीले उल्लेख गरेको छ । यस्तै, कम्पनीले गत वर्षहरूकाे तुलनामा मोटर पोर्टफोलियोको व्यापार, कृषि बीमाको व्यापार, विविध पोर्टफोलियोको व्यापार वृद्धि भएको जनाएको छ । यस्तै, कृषि बीमाको लागि कृषि शाखाको पनि विस्तार गरिएको कम्पनीले जनाएको छ । यस्तै, एनएलजी इन्स्योरेन्सले ११.२३ प्रतिशत, शिखर इन्स्योरेन्सले १०.४५ प्रतिशत, सगरमाथा लुम्बिनीले १० प्रतिशत, राष्ट्रिय बीमा कम्पनी र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले क्रमशः ७.१९ र ७.०६ प्रतिशतले व्यपार वृद्धि गरेका छन् ।
एनसेलविरुद्ध दायर गरेको रिट खारेज, सर्वोच्चको सात बुँदे निर्देशनात्मक आदेश
काठमाडौं । एनसेलविरुद्ध परेको रिट खारेज भएको छ । एनसेलको ८० प्रतिशत सेयर हिस्सा ओगट्ने कम्पनीको खरिदबिक्री रोक्नुपर्ने माग गर्दै सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको हो । न्यायाधीशहरू सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले रिट निवेदन खारेज गर्दै सात बुँदे निर्देशनात्मक आदेश दिएको छ । मलेसियाको आजिआटा कम्पनीले रेनोल्ड होल्डिङको सबै सेयर बेलायतमा स्थापना भएको स्पेक्ट्रलाईट युके लिमिटेडलाई बेच्ने निर्णय गरेको थियो । सेयर खरिदबिक्रीको निर्णय सर्वाजनिक भएपछि सर्लाही–४ का स्वतन्त्र सांसद अमेरेश कुमार सिंहले रोकिनुपर्ने माग गर्दै रिट निवेदन दर्ता गरेका थिए । पुँजीगत लाभकर छल्ने उद्देश्यले वास्तविकभन्दा कम मूल्यमा सेयर विक्री गर्न खोजिएको भनी उनले रिट निवेदन दर्ता गरेका हुन् । आजिआटाले टेलिकम क्षेत्रका व्यवसायी सतीशलाल आचार्यलाई ५५ मिलियन अमेरिकी डलर (करिब ६ अर्ब ६५ करोड रुपैयाँ)मा सेयर बिक्रीको घोषणा गरेको थियो ।
बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन
काठमाडाैं । सरकारले नेपाल बीमा प्राधिकरणकाे अध्यक्ष नियुक्त गर्नका सिफारिस समिति गठन भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणकाे अध्यक्ष नियुक्त गर्नका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी संयोजकत्वमा समिति गठन गठन गरेको हो । समितिमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा रहने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । गत मसिंर २४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियाे । अख्तियारले सिलवाल विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेसँगै उनी निलम्बनमा परेका थिए । साथै प्राधिकरणको अध्यक्ष पद रिक्त रहेको थियो । कार्यवाहक अध्यक्षको रुपमा अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले प्राधिकरण सम्हाल्दै आएका छन् ।
भुक्तानी नभएपछि ईसेवाले भन्यो- अस्थायी रूपमा प्रभावित भएको हो, चाँडै समाधान हुन्छ
काठमाडौं । भुक्तानी सेवा प्रदायक ईसेवामा समस्या देखिएको छ । एपमार्फत भुक्तानी कारोबार हुन नसकेपछि कम्पनीले प्राविधिक कठिनाइका कारण सेवा अस्थायी रूपमा प्रभावित भएको जानकारी दिएको छ । ‘प्राविधिक कठिनाइहरूको कारण इसेवाका सेवाहरू केही समयको लागि अस्थायी रूपमा अवरुद्ध भएको यो सूचना मार्फत जानकारी गराउँदछौं,’ ईसेवाद्वारा जारी सूचनामा भनिएको छ । ईसेवाले सेवा अवरुद्ध हुँदा ग्राहकले भोग्नुपरेको असुविधाका लागि माफी मागेको छ । समस्या समाधानका लागि प्राविधिक टोली सक्रिय रूपमा जुटेको पनि कम्पनीले उल्लेख गरेको छ । भुक्तानी कारोबार रोकिएपछि सेवाग्राहीहरू प्रभावित भएका छन् । ईसेवा नेपालकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । सन् २००९ मा स्थापना भएको कम्पनी ईसेवाले अहिले नेपालका ७७ जिल्लाको ७५३ वटै स्थानीय निकायमा आफ्नो एजेन्ट नेटवर्क पुर्याउन सफल रहेको छ ।
दीपेन्द्रसिंह ऐरीलाई अर्को लाभ, बन्ने भए ओमोडाको ब्रान्ड एम्बेस्डर
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी दीपेन्द्रसिंह ऐरी ओमोडाको ब्रान्ड एम्बेस्डर बन्ने भएका छन् । ऐरीलाई ओमोडाको ब्रान्ड एम्बेस्डर बनाउन लागिएको शारडा ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्सले जनाएको छ । एसपीजी अटोमोबाइल्स ओमोडा एन्ड जेइको ब्रान्डका लागि नेपालकाे आधिकारिक बिक्रेता रहेको छ । सोही दिन नै ऐरीलाई ओमोडा ई फाइभ हस्तान्तरण गरिने पनि कार्यक्रम रहेको छ । साथै उक्त कार पाएवापत लाग्ने सम्पूर्ण कर (करिब १५ लाख रुपैयाँ) पनि कम्पनीले बेहोर्ने जनाइएको छ । ९९ किलोवाट मोटर रहेको उक्त गाडीमा ६१ किलोवाट आवरको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसले ४३० किलोमिटरको रेन्ज दिन्छ । ऐरी हालै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सका कप्तान हुन् । उनको नेतृत्वमै सुदूरपश्चिम फाइनल पुगेको थियो । दीपेन्द्रले एनपीएलको नेपाली खेलाडीतर्फ ‘प्लेयर अफ दी सिरिज’ बन्दै ओमोडा ई ५ कार पुरस्कार प्राप्त गरेका हुन् । प्रतियोगिताभरि ऐरीले ९ खेलमा २२७ रन बनाउनुका साथै ९ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए ।
एमएडब्लू राइड्सले गर्यो ब्लू स्ट्रिक्स च्याप्टर लिडर नियुक्ति कार्यक्रमको सफल आयोजना
काठमाडौं । नेपालमा यामाहाको एकमात्र आधिकारिक वितरक एमएडब्लू राइड्सले देशभरिका च्याप्टर लिडरहरूलाई स्वागत गर्न ब्लू स्ट्रिक्स च्याप्टर लिडर अनबोर्डिंग इभेन्टको आयोजना सफलतापुर्वक सम्पन्न गरेको छ । सुर्खेत, इटहरी, काठमाडौं (पेप्सीकोला, महाराजगञ्ज, कलंकी), भक्तपुर, सिन्धुली र पोखराका प्रतिनिधिहरू ब्लू स्ट्रिक्स पहलअन्तर्गत सहकार्य, नेतृत्व र समुदाय सञ्चालित प्रगतिको यात्रामा जुटेका थिए । कार्यक्रमको मुख्य आकर्षण एमएडब्लू राइड्स र च्याप्टर लिडरहरू बीचको समझदारी पत्रमा दुवै पक्षले हस्ताक्षर गरेका थिए । यसले यामाहा र यसका राइडर कम्युनिटीहरू बीचको सम्बन्धलाई सुदृढ बनाउने साझा प्रतिबद्धताको प्रतीकका रूपमा काम गर्नेछ । यो माइलस्टोन सम्झौताले स्थानीय नेतृत्वलाई बढावा दिन र ब्लू स्ट्रिक्स कार्यक्रममार्फत् क्षेत्रीय संलग्नता बढाउन बलियो आधार तय गर्ने कम्पनीको दाबी छ । यस अवसरमा एमएडब्लू राइड्सका कार्यकारी निर्देशक र सीईओ दीपककुमार अग्रवालले नवनियुक्त लिडरहरूलाई सेरेमोनियल च्याप्टर लिडर किटहरू हस्तान्तरण गरे । कार्यक्रममा सम्बोधन गर्दै अग्रवालले भने, ‘ब्लू स्ट्रिक्स पहल समुदाय र नेतृत्वको शक्तिप्रति हाम्रो अटल विश्वासको प्रमाण हो । स्थानीय लिडरहरूलाई सशक्तिकरण गरेर हामीले साझा जोश, जिम्मेवारी र नवीनतामा हुर्किने एउटा बलियो र थप एकताबद्ध यामाहा परिवार सिर्जना गर्ने लक्ष्य राखेका छौँ ।’ कम्पनीका अनुसार सामुदायिक विकास र सहायताको प्रमुख चालकको रूपमा आफ्ना लिडरहरूलाई पहिचान र सशक्तिकरण गर्ने यामाहाको समर्पणलाई यस कार्यक्रमले थप सुदृढ बनाएको छ । कार्यक्रमले साझा मूल्य, सुरक्षा र नेतृत्वमा आधारित राइडर समुदायको निर्माण गर्न एमएडब्लू राइड्सको क्रियाशीलताको प्रमाणको रूपमा पनि काम गरेको बताइएको छ । ब्लू स्ट्रिक्स कार्यक्रममार्फत् स्थानीय लिडरहरूलाई सशक्तिकरण गरेर एमएडब्लू राइड्सले आफ्ना राइडरहरूसँगको गहिरो सम्बन्धलाई मात्र नभइ नेपालभरि नै एक जीवन्त र एकताबद्ध सवारी संस्कृतिलाई बढावा दिन पनि योगदान पुर्याइरहेको कम्पनीको भनाइ छ ।
अधुरा आयोजनालाई सरकारले अगाडि बढाउने
काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल–भारतबीच निर्माण हुन लागेका अधुरा आयोजनालाई वर्तमान सरकारले अगाडि बढाउने बताएका छन् । बुद्धिष्ट वल्र्ड पिस फाउण्डेसनद्वारा बिहीबार आयोजित ‘इन्डो नेपाल समरसता रत्न अवार्ड’ कार्यक्रममा उनले नेपाल–भारतबीच यसअघि सम्झैता भई अधुुरा रहेका आयोजना अगाडि बढाउन वर्तमान सरकार लागिपरेको बताए । ‘सरकारले ढिलासुस्ती नगरी अधुरा कामलाई अगाडि बढाएर समृद्ध मुलुक निर्माणमा लागेको छ’, मन्त्री खड्काले भने । उनले यस्ता कार्यक्रमले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ बनाउन थप सहयोग पुर्याउने विश्वास व्यक्त गरे । नेपालले भारतसँगै छिमेकी मुलुक चीन र अन्य राष्ट्रसँग पनि सुमधुर सम्बन्ध स्थापित गरेको मन्त्री खड्काले बताए । उनले दुई ठूला राजनीतिक दल मिलेर बनेको वर्तमान गठबन्धनको सरकार आगामी निर्वाचनसम्म जाने उल्लेख गरे । ‘हामीले आन्तरिक र अन्तराष्ट्रिय सम्बन्धलाई बलियो बनाउन सक्यौँ भने मात्र हाम्रा परराष्ट्र सम्बन्धहरू सुमधुर र स्थायी हुन्छन्, आन्तरिक सम्बन्धलाई मजबुत राखेर छिमेकीसँग पनि स्थायी र सुमधुर सम्बन्ध विस्तारमा लाग्नुपर्छ’, उनले भने । कार्यक्रममा पूर्वउपपराष्ट्रपति परमानन्द झा, उपसभामुख इन्दीरा राना, पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव, पूर्वमन्त्री अब्दुल खान, पूर्वमन्त्री राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत व्यक्तिको उपस्थिति थियो ।
ट्राफिक प्रहरी कार्यालय रोल्पाका तत्कालीन प्रमुखविरुद्ध अदालतमा मुद्दा दायर
काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका प्रमुख तथा प्रहरी नायब निरीक्षक (सई) ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । बुढाथोकीले सवारी साधनलाई आवत/जावत गर्न सहजीकरण गरिदिए वापत घुस लिएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धन आयोगको टोलीले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जबाट सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको थियो । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो २५ हजार बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।