जेइको जेसिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ सम्पन्न, उच्चस्तरीय क्षमता प्रदर्शन
काठमाडौं । ओमोडा एन्ड जेइको कम्पनी लिमिटेडको लागि नेपालको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ‘जेइको जेसिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ (फोर-बाइ-फोर) टेस्ट ड्राइभ– एक्स्पेरियन्स द थ्रिल अफ एडभेन्चर’ सफलतापूर्वक सम्पन्न गरेको छ । शनिबार गोकर्ण फरेस्ट रिसोर्टस्थित अफ-रोड ट्र्याकमा आयोजित उत्साहजनक टेस्ट ड्राइभ च्यालेन्जमा नेपालको पहिलो इलेक्ट्रिक अफ-रोड एसयूभी जेइको जे सिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ (फोर-बाइ-फोर)को उच्चस्तरको क्षमता तथा शक्ति प्रदर्शन गरिएको छ । यसबाट विद्युतीय गाडीले पनि जस्तोसुकै अप्ठ्यारो भूभागहरू सजिलै पार गर्न सक्छ भन्ने कुरा प्रमाणित भएको छ । गोकर्णमा सम्पन्न कार्यक्रममा अफ-रोड पारखी, तथा ड्राइभरहरूको उत्साहजनक सहभागिता रहेकाे थियाे । साथै विशेष रूपमा तयार गरिएको अफ-रोड ट्र्याक मुख्य आकर्षण रह्यो । ट्र्याकलाई साँच्चिकै अफरोड यात्रामा जस्तै चुनौतीपूर्ण बनाउन विभिन्न अवरोध उकालो, ओरालो, हिलो, रकी एक्सपेरियन्स आदि समेटिएको थियो । यही ट्र्याकमा जे सिक्स इन्डिभुजुअल-ह्विल-ड्राइभ(फोर-बाइ-फोर)ले आफ्नो शक्तिशाली पर्फमेन्स तथा क्षमता प्रमाणित गरेको हो । विशेषगरी जेइको जेसिक्समा रूची राख्ने ग्राहकहरूकेन्द्रित यस कार्यक्रममा जेइको जेसिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ(फोर-बाइ-फोर)ले डर्ट-ट्र्याकका सम्पूर्ण अवरोधहरूलाई सजिलै पार गर्दै विद्युतीय सवारी प्रविधिले मारेको फड्कोलाई सही सावित गरेको छ । एसपीजी अटोमोबाइल्स नेपालमा नवीन र दिगो मोबिलिटी (गतिशीलता)का आविष्कार तथा उत्पादनहरू प्रवर्द्धन गर्न समर्पित रहेको छ । अल-ह्विल-ड्राइभ पावरट्रेनसहितको नयाँ जेइको जेसिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ(फोर-बाइ-फोर), प्रभावशाली पर्फमेन्स, अद्भुत पावर, र उच्च ग्राउन्ड क्लियरेन्ससहित अफ-रोड ड्राइभिङको लागि उत्कृष्ट विद्युतीय एसयूभीकाे रूपमा स्थापित भएको छ । नयाँ जेइको जेसिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ (फोर-बाइ-फोर) मसाज सिट, सबै प्यासेन्जरका लागि हिटेड एन्ड भेन्टिलेटेड सिट, हाइअर रिम सहितको टायर साइज, बुम बक्स बेस स्पिकर्स जस्ता विभिन्न सुविधाहरूले सुसज्जित रहेको छ । साथै नौवटा ड्राइभिङ मोडसहित शक्तिशाली डुअल मोटर, ६९.६६ किलोवाटआवरको ब्याट्री, र ४०० किलोमिटरको डब्लुएलटिपि रेन्ज यसको प्रमुख आकर्षणको पक्ष रहेको छ । एसपीजी ओमाडा र जेइको अटोमोबाइल्स कम्पनि लिमिटेडको नेपालका लागि आधिकारिक वितरक हो ।
नेपाल मुद्रा विप्रेषक संघ नेतृत्वमा रितेश मित्तल
काठमाडौं । नेपाल मुद्रा विप्रेषक संघमा रितेश मित्तलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । संघको १९औं वार्षिक साधारणसभाबाट नेपाल रेमिट इन्टरनेसनल प्रालिका प्रतिनिधि मित्तल सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । संघ उपाध्यक्षमा सूर्य रेमिटका सञ्जय सिग्देल र महासचिवमा आईएमई लिमिटेडका दिवाकर पौडेल, कोषाध्यक्षमा एटीटी रेमिटका सञ्जीवकुमार पाठक र सचिवम प्रभु मनी ट्रान्सफरका रामेश्वर सापकोटा चयन भएका छन् । त्यसैगरी, कार्यसमिति सदस्यमा सिद्धार्थ बैंकका विमल महत, ग्लोबल आईएमई बैंकका श्यामप्रसाद लामिछाने, प्रभु बैंकका मधुसुदन न्यौपाने र यूनाइटेड रेमिटका सुदन सिं सिलवाल छन् ।
सलिकोको दुई दिने कर्मचारी अभिवृद्धि तालिम सम्पन्न
इटहरी । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले यही पुस १९ र २० गते इटहरीको होटल बरण्डामा कर्मचारी अभिवृद्धि (इनहाउस) तालिम सम्पन्न गरेको छ । सलिकोका कोशी प्रदेशभर कार्यरत कर्मचारीहरूको व्यावसायिक दक्षता र क्षमता वृद्धि गर्ने उद्देश्यसाथ तालिम आयोजना गरिएको हो । कार्यक्रममा प्रतिष्ठित अतिथिहरूको उपस्थित थियो, जसमा नेपाल बीमा प्राधिकरणका कोशी प्रदेश प्रमुख विनोदकुमार पोख्रेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब महाप्रबन्धक कविराज पौडेल, कोशी प्रदेश प्रमुख नारायण गौतम थिए । तालिम प्रशिक्षकहरूमा बजार विभागका नायब महाप्रबन्धक कविराज पौडेल, दाबी विभागका प्रमुख सुभाष दीक्षित, कोशी प्रदेश प्रमुख नारायण गौतम, अण्डरराइटिङ विभागका प्रमुख दिवस तिमल्सिन र मानव संसाधन विभागका प्रमुख शशिधर शर्मा थिए । प्रशिक्षकहरूले बीमा क्षेत्रका साथै अन्य समसामायिक विषयहरूमा जानकारी दिएका थिए भने नेपाल बीमा प्राधिकरणका विनोदकुमार पोख्रेलले बीमा तथा परिपालनसम्बन्धी आफ्नो धारणा राखेका थिए । इनहाउस तालिममा कोशी प्रदेशका सम्पूर्ण शाखाबाट आएका कर्मचारीहरूले सक्रिय सहभागिता जनाएका थिए, जसले सबै सहभागीहरूलाई सकारात्मक सोचका साथै काम गर्ने हौसला प्रदान गर्यो । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीहरूको दक्षता र क्षमतामा सुधार ल्याउन प्रतिबद्ध रहेको बताएको छ ।
सिटिजन लाइफले नेपालभर आयोजना गर्यो सम्पत्ति शुद्धीकरण निवारण तालीम
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम आयोजना गरेको छ । महोत्तरीको बर्दिबासमा आयोजित कार्यक्रममा बर्दिबास क्षेत्रका साथै हेटौंडा क्षेत्र लगायत नारायणगढ शाखाका अभिकर्ता एवम त्यहाँको सम्पुर्ण कर्मचारी र केही विभागीय प्रमुख समेतको सहभागिता रहेको थियो । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले गैरकानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत प्रस्तुतीकरण दिएका थिए । उनले यसको महत्व र प्रभावका साथै यसलाई कार्यन्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिए । गत सालझै यस वर्ष पनि कम्पनीले देशभर विभिन्न ठाउँमा सम्पत्ति शुद्धीकरण सम्बन्धी यस तालिमको आयोजना गर्दै आएकोमा यो सातौं र अन्तिम स्थान हो । यसभन्दा पहिले मंसिर २७ गते पूर्वको इटहरी, इनरुवा र बिर्तामोड क्षेत्रका कर्माचारी र अभिकर्ताका लागि इटहरीमा, मङ्सिर २२ गते पश्चिमको धनगढी, नेपालगन्ज, सुर्खेत क्षेत्रको लागी कोहलपुरमा, बुटवल, जीतपुर र भैरहवा क्षेत्रको लागि मङ्सिर १ गते बुटवलमा, पोखरा र बाग्लुङ क्षेत्रको लागि कार्तिक १० गते पोखरामा र असोज साथै मङ्सिर ६ गते दुईपटक काठमाडौंमा यस तालिम आयोजना गरिएको थियो । बर्दिबासमा सम्पन्न अन्तिम तालिमपश्चात कम्पनीले सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम नेपालभरि सम्पन्न गरेको छ ।
बानेश्वर क्याम्पसमा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी पुरस्कृत
काठमाडौं । विश्व विद्यालय अनुदान आयोगबाट क्युएए प्राप्त शान्तिनगर स्थित बानेश्वर बहुमुखीक्याम्पस द्वारा आयोजित अतिरिक्त क्रियाकलाप सप्ताह अन्तर्गत विभिन्न प्रतियोगिताका विजयी सहभागीलाई आइतबार एक समारोहबीच पदक र प्रमाण पत्र वितरण गरिएको छ । समारोहमा बोल्दै क्याम्पस प्रमुखप्रा.डा. घमानसिंह खड्काले पठनपाठनलाई प्राथमिकता दिँदै क्याम्पसले विद्यार्थीको शारिरीक र मानसिक विकास लागि बौद्धिक एवं खेलकुद प्रतियोगिता निरन्तर सञ्चालन गर्दै आएको बताए । सो अवसरमा क्याम्पस प्रमुखप्रा.डा. खड्काले पु्रस्कृत विद्यार्थीको प्रतिभाको कदर गर्दै बधाई ज्ञापन गरेको थिए । समारोहमा क्याम्पस क्याम्पस प्रमुख प्रा डा. खड्का र क्याम्पस सञ्चालक समितिअध्यक्ष हरिबोल भट्टराइले विद्यार्थीलाई पदकतथा प्रमाण वितरण गरेका थिए । सो अवसरमा सञ्चालक समिति सदस्यप्रा. डा. केदार न्यौपाने , अतिरिक्त क्रियाकलाप प्रमुख प्रा. डा कष्णदेव यादव , प्राध्यापक संघका सभापति रामेश्वर काफ्ले, कार्यक्रम संयोजक अर्जुन कुमार आचार्य, देवचन्द्र श्रेष्ठ , विभागीय प्रमुख प्रा. राजेन्द्र प्रसाद दाहाल, प्रा. डा विष्णु प्रसाद राई , प्रा. धु्रवकुमार न्यौपाने , परशुराम भट्टराई लगायत प्राध्यापक र विद्यार्थीको उपस्थिति रहेको थिए । कार्यक्रममा कविता प्रतियोगितातर्फ अम्बिका न्यौपाने, अप्सरा पोखरेल, यमुना उपाध्याय र रोशनसिंह भण्डारीलाई क्रमशःपहिलो, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । नृत्य प्रतियोगितामा प्राप्ति खरेल प्रथम, प्रतिमा राना मगर द्वितीय र सुनिधिगिरीले तृतीय पु्रस्कार प्राप्त गरेकी छन् । स्ट्याण्ड अप कमेडी प्रतियोगितामा सबिन खड्का पहिलो र विनोद ओझा दोस्रो, शिवलालअधिकारी तेस्रो र शत्रुघन कुमार शाहले चौथो पुरस्कार हासिल रहेको थिए । हाजिरी जवाफ प्रतियोगितामा दिपेन कटुवाल, निर्मला दर्लामी मगर र नारद बोहराको समूहले प्रथमपुरस्कार प्राप्त गरेको छ । यमुना उपाध्याय, संगीता भट्ट्राई र अम्बिका न्यौपानेको समूहद्वितीय भएको छ । त्यसैगरी रोहित क्षेत्री, दिलन राई र मौसम गौतमको समूह तृतीय पुरस्कार हासिल गरेकोे छ । टेबल टेनिस प्रतियोगितामा छात्रतर्फ रोशन घिमिरे, प्रभातपौडेल, उमेश गुरुङ्गले क्रमशःपहिलो, दोस्रो र तेस्र पुरस्कार प्राप्त गरेका थिए । सोही प्रतियोगिताको छात्रातर्फ सुजा श्रेष्ठ प्रथम , सरिना मगर द्वितीय र मनिषा नेपालीले तृतीय भएकी छन् । ब्याडमिन्टन प्रतियोगिताको छात्रातर्फ सृष्टि शाह, मिलीश्रेष्ठ र यमुना उपाध्याय क्रमशःप्रथम, द्वितीय र तृतीय भएकी छन् । छात्रतर्फ रामशाह पहिलो, इन्द्रसिंह ठकुरी दोश्रो र आयुहाङ्ग राईले तेस्रो पुरस्कारहासिल गरेकी छन् । भलिबल प्रतियोगितामा किशोर शाही, अशोक क्षेत्री, सुरेन परियार, जीवनआउजी, अशोक साउँद, लोकेश घर्तीमगर, सागर राई दनुवार, सुर्जन ताम्राकार र शिव नेपालीको समूह प्रथम पुरस्कार पाएको छ । त्यस्तै, समीर नेपाली, विकास खत्री, राजकुमार रोकाया, टेकेन्द्र रोकाया, ललित बिक, वसन्तबोहरा, रुपेश नेपाली, राजेश नेपाली र उज्जवल श्रेष्ठको समूहले द्वितीय पुरस्कार हासिल गरेको छ । भलिबल प्रतियोगितामा छात्रातर्फसृष्टि आलेमगर, झरना राई, सुस्मिता वराल, रुविना साउँद, अप्सरा कार्की, लक्ष्मी बुढाथोकी, पूजाअधिकारी, यशोदा कार्की र मोहिनीथापाको समूह पहिलो भएको छ । त्यसैगरी टिकेश्वरी बोहोरा, विमलान्यौपाने, मुनाबोहोरा, तमै तामाङ, आशाथापा, विपना भण्डारी, प्रतिभा खड्का, अस्मिताबोहरा र एलिशा खड्काको समूहले दोस्रो पुरस्कार प्राप्त गरेको छ । कार्यक्रमको सञ्चालन उपप्राध्यापक दीपक बाबु निरौलालले गरेका थिए । उक्त क्याम्पसमा हाल स्नातकतहमा बीबीएस, बीए र बीएड् तथा स्नातकोत्तरतर्फ एमए (समाजशास्त्र), एमबीएस एवं एमएड् ( स्वास्थ्य शिक्षा र शैक्षिक व्यवस्थापन तथा सुपरीवेक्षण) कार्यक्रम लगाएत कक्षा ११ र १२ का कक्षा समेत सञ्चालन भइरहेका छन् ।
नाडा र नाडाका संस्थागत एशोसिएशनबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नाडा र नाडाका संस्थागत एशोसिएशनबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पुस १९ गते हेटौडामा नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, हेटौडा अटोमोवाइल्स एशोसिएशन र नाडा संस्थागत एशोसिएशनका पदाधिकारी तथा सदस्यबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । पुस २० गते हेटौडामा सम्पन्न हेटौडा अटोमोवाइल्स एशोसिएशनको २४ औं वार्षिक साधारण सभाको सन्दर्भमा यस्तो अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो । सो कार्यक्रममा उपस्थित सदस्यहरुले अटोमोवाइल क्षेत्रमा देखिएका विभिन्न समस्याहरुका सम्बन्धमा विभिन्न प्रश्न र जिज्ञाशाहरु राखेका थिए । सो कार्यक्रममा विशेषगरी भन्सार विभाग र वाणिज्य विभागले जारी गरेको यमआरपीका विषयमा, भन्सार मूल्याङ्कनको समस्या, साफ्टाअन्तर्गत आएका अटोमोवाइल बस्तुहरु, झोले व्यापारीले पुर्याएको समस्या, मधेश प्रदेशमा विना प्यान नम्बर सञ्चालन ३ हजार पसलहरुको कारण अन्य व्यवसायीहरुलाई परिरहेको नकारात्मक असर, भ्याटमा दर्ता भएर राख्नु पर्ने लेखासम्बन्धी समस्याहरु, सदस्यहरुको हितका लागि भलाई कोषको व्यवस्था, व्यवसायमा चेक वाउन्सको व्यावहारिक समस्या, अटोमोवाइल व्यवसायीहरु इन्स्योरेन्समा आवद्ध नहुदाको समस्या र नाडाका प्रदेश एशोसिएशनहरुलाई साधारण सभा सम्पन्न गर्नका लागि पनि नाडाले आर्थिक श्रोतको व्यवस्था गरिदिनु पर्ने जस्ता विषयहरुमा विस्तृत छलफल भएको थियो । छलफलको अन्त्यमा नाडाका अध्यक्ष करण चौधरीले छलफलमा उठेका प्रश्नहरुको प्रत्युत्तर समेत दिएका थिए । यस्तै नाडाका केन्द्रीय कार्य समितिका सदस्य सुनिल रिजालले स्पेयर पार्टस र एमआरपीका सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए । कार्यक्रमको अन्त्यमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नाडा प्रदेशहरुलाई कर, भन्सार र भिसिटि सम्बन्धी प्रशिक्षण कार्यक्रम र सीप विकास सम्बन्धी तालिम कार्यक्रमको आयोजना गर्न आग्रह गर्दै त्यसका लागि नाडाले आवश्यक सहयोग गर्ने बताए । सो अन्तरक्रिया कार्यक्रम नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले गरेका थिए भने कार्यक्रमको समापन हेटौडा अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष ऋषिप्रसाद ढकालले गरेका थिए । सो कार्यक्रममा नाडाका तर्फबाट संस्थागत सदस्य कुलवहादुर क्षेत्री, केन्द्रीय कार्यसमिति सदस्य मेघराज पौडेल, केन्द्रीय कार्य समिति आमन्त्रित सदस्यद्धय नारायणप्रसाद पौडेल र सागर सापकोटाको उपस्थिति रहेको थियो । त्यसैगरी हेटौडा अटोमोवाइल्स एशोसिएशनका निबर्तमान अध्यक्ष दामोदर अटल,बरिष्ठ उपाध्यक्ष धर्मराज धिमाल, उपाध्यक्ष जितेन्द्र तिवारी, महासचिव दिपेन्द्रकुमार उपे्रती, सचिव संञ्जयकुमार गुप्ता, कोषाध्यक्ष श्यामप्रसाद कडेल, कार्य समिति सदस्यद्धय उत्तमप्रसाद भण्डारी, सुजन उपे्रती, देवनारायण टुलाल, मुनालराज न्यौपाने, प्रकाश भट्टराई, क्षेत्रिय संयोजक दिपेश खडगीको उपस्थिति रहेको थियो । त्यसैगरी जानकी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका प्रथम उपाध्यक्ष राहुल अग्रवाल समेतको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रम सम्पन्न हुनु अघि हेटौडामा नाडाको इतिहासमा पहिलो पटक नाडा इण्टर प्रोभिन्स लेभल फ्रेण्डली व्याडमिण्टन प्रतियोगितासमेत सम्पन्न गरिएको थियो ।
नेपाल एसबिआई बैंकको साधारण सभाबाट १०.६५ प्रतिशत लाभांश पारित
काठमाडौं । नेपाल एसबिआई बैंकको ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको साधारण सभाले सेयरधनीलाई चुक्ता पुँजीमा १०.६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको साधारण सभा आइतबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले बैंकको आर्थिक वर्ष २०८०/८१ का लागि संचालक समितिको प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०८०/८१ वार्षिक आर्थिक विवरण (२०८१ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०८०/८१ को नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ । साधारण सभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैकिङ’ को आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गर्यो । सभाले बैंकका सेयरधनीहरूलाई ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) गरी चुक्ता पुँजीमा जम्मा १०.६५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त साधारण सभाले आर्थिक वर्ष २०८१/८२ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिकेएफ टिआर उपाध्याय एण्ड कं., चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीको विभिन्न दफामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न/गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त सभाले सभा समक्ष पेस गरिएका अन्य प्रस्तावहरु समेत प्रस्ताव बमोजिम पारित/स्वीकृत गरेको बैकले जनाएको छ ।
स्मार्टच्वाइस टेक्नोलोजिज र हाम्रो पेबीच भुक्तानीका लागि स्मार्ट क्यूआर प्रयोग गर्ने सम्झौता
काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज (एससीटी) र भुक्तानी सेवा प्रदायक संस्था हाम्रो पे (लेनदेन सेवा प्रा.लि.) बीच सहकार्य भएको छ । दुई कम्पनीबीच स्मार्ट क्युआरमार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता भएको हो । सम्झौतासँगै हाम्रो पे प्रयोगकर्ताले स्मार्ट क्युआर मार्फत आफ्नो वालेट लोड गर्न मिल्ने र मर्चेन्टलाई भुक्तानी गर्न मिल्छ । साथै विभिन्न व्यापार व्यवसायमा संलग्न व्यवसायीले क्युआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्युआरको सुविधा पनि लिन सक्छन् । क्यूआर कोडका लागि प्रचलित अन्तराष्ट्रिय मापदण्ड ईएमभी स्ट्यान्डर्ड पालना गर्दै नेपाल क्यूआर स्ट्यान्डर्ड अन्तर्गत जारी हुने स्मार्ट क्युआर नेपालको पहिलो इन्टरअपरेवल क्युआर कोड हो । एससीटी र हाम्रो पेबीचको सम्झौतापत्रमा एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र हाम्रो पेका प्रमुख कार्यकारी अधिकृत शिशिर पोख्रेलले हस्ताक्षर गरे । स्मार्ट क्युआरमार्फत हुने कारोबारवापतको रकम मर्चेन्टको खातामा तत्कालै फस्र्योट हुने भएकाले यस सेवाको सुरुवात पश्चात हाम्रो पेका प्रयोगकर्ता लगायत मर्चेन्टहरुलाई कारोबार गर्न झनै सजिलो हुने विश्वास रहेको छ ।