१०.९३ प्रतिशत बढ्यो आईजीआई प्रुडेन्सियलको बीमा शुल्क, २६.५१ करोड रुपैयाँ खुद नाफा
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ४३.३१ प्रतिशत घटेर २६ करोड ५१ लाख १ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ४६ करोड ७६ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमा शुल्क १०.९३ प्रतिशत बढेर २ अर्ब ५३ करोड ४३ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले २ अर्ब २८ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १९.७५ प्रतिशत बढेर ६१ करोड ३० लाख ५७ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५१ करोड १९ लाख १५ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । चैतसम्म कम्पनीले १ अर्ब ५२ करोड ७८ लाख रुपैयाँ कुल आम्दानी गर्दा १ अर्ब १४ करोड ९१ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७० करोड २७ लाख रुपैयाँ कुल आम्दानी गर्दा १ अर्ब ३ करोड ४७ लाख रुपैयाँ कुल खर्च गरेको थियो । ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ८१ करोड २४ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड २२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १२ करोड ५२ लाख रुपैयाँ र अन्य इक्विटीमा ५५ करोड ४२ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको निर्जीवन बीमा कोषको आकार २.०१ प्रतिशत बढेर ४ अर्ब ६१ करोड ७१ लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा जीवन बीमा कोषमा ४ अर्ब ५५ करोड ४८ लाख रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २०.५८ रुपैयाँबाट घटेर ११.६७ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८५.३० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४८.४३ गुणा रहेको छ ।
८९ करोड ९० लाख रुपैयाँ नाफा गरेको सीआईटीको कमिशन १५.०६ प्रतिशत बढ्यो
काठमाडौं । नागरिक लगानी कोष (सीआईटी) को चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा १.८८ प्रतिशत बढेर ८९ करोड ९० लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतमा कोषले ८८ करोड २४ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैतसम्ममा कम्पनीको ब्याज आम्दानी ३२.०३ प्रतिशत घटेर २४ करोड १ लाख ९ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड ३२ लाख ४७ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । यस्तै, कम्पनीको सेवा शुल्क तथा कमिशन आम्दानी १५.०६ प्रतिशत बढेर १ अर्ब १९ करोड ८६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४ करोड १७ लाख रुपैयाँ सेवा शुल्क तथा कमिशन आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ८.२३ प्रतिशत बढेर १ अर्ब ५२ करोड ८८ लाख रुपैयाँ र कुल खर्च ३९.३६ प्रतिशत बढेर ३२ करोड ८८ लाख रुपैयाँ गरेको छ । ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ खर्ब ७२ करोड रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३.६५ रुपैयाँ घटेर १८.४९ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४७.४५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १०५.१४ गुणा रहेको छ ।
नेशनल लाइफले ५.२० प्रतिशत नाफा बढायो, यस्ता छन् अन्य सूचक
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ५.२० प्रतिशत बढेर ४० करोड ८५ लाख २२ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ३८ करोड ८३ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमा शुल्क १०.५९ प्रतिशत बढेर १४ अर्ब २६ करोड ९५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले १२ अर्ब ९० करोड २८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ९.९० प्रतिशत बढेर १५ अर्ब ६२ करोड ६७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १४ अर्ब २१ करोड ४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । चैतसम्म कम्पनीले १९ अर्ब ३७ करोड ८० लाख रुपैयाँ कुल आम्दानी गर्दा १८ अर्ब ३२ करोड ५९ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १७ अर्ब ५० करोड ३० लाख रुपैयाँ कुल आम्दानी गर्दा १६ अर्ब ४७ करोड ४० लाख रुपैयाँ कुल खर्च गरेको थियो । ५ अर्ब २१ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा ६१ करोड ६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८५ करोड ५१ लाख रुपैयाँ र अन्य इक्विटीमा ५१ करोड ६४ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ८.९९ प्रतिशत बढेर ८१ अर्ब ३२ करोड ६० लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा जीवन बीमा कोषमा ६८ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १०.३३ रुपैयाँबाट बढेर १०.४९ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३६.४७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५९.५६ गुणा रहेको छ ।
नेपाल लाइफको नाफा ८.६५ प्रतिशत बढ्यो, २.२५ खर्ब रुपैयाँ पुग्यो जीवन बीमा कोष
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ८.६५ प्रतिशत बढेर ६५ करोड २२ लाख २३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ६० करोड ३ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमा शुल्क ११.७१ प्रतिशत बढेर ३२ अर्ब ८७ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले २९ अर्ब ४३ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १३.८२ प्रतिशत बढेर ४१ अर्ब ९ करोड ७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३६ अर्ब ९ करोड ७५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । चैतसम्म कम्पनीले ४७ अर्ब ७२ करोड ८४ लाख रुपैयाँ कुल आम्दानी गर्दा ४४ अर्ब ९० करोड ५५ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४२ अर्ब ७९ करोड २९ लाख रुपैयाँ कुल आम्दानी गर्दा ३९ अर्ब ७० करोड ८८ लाख रुपैयाँ कुल खर्च गरेको थियो । ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ३२ करोड ३१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब १८ करोड ३१ लाख रुपैयाँ र अन्य इक्विटीमा ७२ करोड ६३ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १९.९२ प्रतिशत बढेर २ खर्ब २५ अर्ब ६७ करोड ४९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा जीवन बीमा कोषमा १ खर्ब ८८ अर्ब १८ करोड ५७ लाख रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ९.७५ रुपैयाँबाट घटेर ९.६३ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३५.८१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ७०.०१ गुणा रहेको छ ।
१०.७७ प्रतिशत बढ्यो सानिमा रिलायन्सको नाफा, जीवन बीमा कोषको आकार १७.८९ अर्ब पुग्यो
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा १०.७७ प्रतिशत बढेर ३३ करोड ७६ लाख ५७ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ३० करोड ४८ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमाशुल्क १२.२१ प्रतिशत बढेर ४ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ४ अर्ब २७ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । चालु आजको तेस्रो मासमा कम्पनीनीको खुद बीमा शुल्क १५.८८ प्रतिशत बढेर ४ अर्ब ६५ करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्म कम्पनीले ४ अर्ब १ करोड ४१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २२.३८ प्रतिशत बढेर ४ अर्ब ६९ करोड ७२ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ८३ करोड ८२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । चैतसम्म कम्पनीले ६ अर्ब १२ करोड ३४ लाख रुपैयाँ कुल आम्दानी गर्दा ५ अर्ब २२ करोड ७१ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ७८ करोड ७९ लाख रुपैयाँ कुल आम्दानी गर्दा ४ अर्ब ९२ करोड ९७ लाख रुपैयाँ कुल खर्च गरेको थियो । ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा १५ करोड ३६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३० करोड ९९ लाख रुपैयाँ र अन्य इक्विटीमा ६ करोड २१ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ४४.२४ प्रतिशत बढेर १७ अर्ब ८१ करोड ४८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा जीवन बीमा कोषमा १२ अर्ब २६ करोड ५६ लाख रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ९.७१ रुपैयाँबाट घटेर ८.९८ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११०.६० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४६.०३ गुणा रहेको छ ।
सन नेपाल लाइफको खुद बीमा शुल्क ३४.३७ प्रतिश बढ्यो, २.८९ अर्ब रुपैयाँ गर्याे दाबी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ३३.३६ प्रतिशत घटेर ३२ करोड ८९ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ४९ करोड ३६ लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमाशुल्क ३३.११ प्रतिशत बढेर ३ अर्ब ७१ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले २ अर्ब ७८ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । चालु आजको तेस्रो मासमा कम्पनीनीको खुद बीमा शुल्क ३४.३७ प्रतिशत बढेर ३ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ४९ करोड ६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ४१.३८ प्रतिशत बढेर २ अर्ब ८९ करोड ९७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५ करोड ९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । चैतसम्म कम्पनीले ४ अर्ब ५४ लाख रुपैयाँ कुल आम्दानी गर्दा ३ अर्ब ७२ करोड १५ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब १७ करोड ४७ लाख रुपैयाँ कुल आम्दानी गर्दा २ अर्ब ६८ करोड १० लाख रुपैयाँ कुल खर्च गरेको थियो । ३ अर्ब ९६ करोड १६ लाखन रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सेयर प्रिमियममा १ अर्ब २४ करोड ९७ लाख रुपैयाँ, महाविपत्ति कोषमा १८ करोड २७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८१ करोड ९४ लाख रुपैयाँ र अन्य इक्विटीमा २९ करोड २७ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ४६.४८ प्रतिशत बढेर ९ अर्ब ५१ करोड ८६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा जीवन बीमा कोषमा ६ अर्ब ४९ करोड ८१ लाख रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २०.५७ रुपैयाँबाट घटेर ११.०७ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६४.२३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५७.८४ गुणा रहेको छ ।
कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली, मधेसमा हुरीबतास चल्ने
काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाँकी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेस प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ । त्यसैगरी, आज राति देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तो छ सगरमाथा संवादको तयारी, सेताम्य हिमाल कालापहाड बन्ने खतराबाट जोगाउने अस्त्र
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले जलवायु परिवर्तनको प्रभावबाट मुलुकले भोग्नुपरेका असरबारे विश्वको ध्यानाकर्षण गराउन र समाधानका लागि साझा धारणा बनाउन ‘सगरमाथा संवाद’को आयोजना गर्न लागिएको बताएका छन् । मन्त्री शाहीले नेपालले संरक्षणमा गरेको आफ्ना असल अभ्यासबारे विश्वलाई जानकारी गराउन र जलवायु सङ्कट समाधानमा विश्वका असल अभ्यास तथा समाधानका उपाय सिक्नका लागि संवाद उपयोगी सिद्ध हुने उल्लेख गर्नुभयो । सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सगरमाथा संवादको पहिलो सँस्करण आयोजना गर्दैछ । आगामी दिनमा यो संवाद प्रत्येक दुई वर्षमा आयोजना गर्ने सरकारको निर्णय छ । मन्त्री शाहीले तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए । यस वर्ष आयोजना हुने संवादको प्रमुख विषय ‘जलवायु परिवर्तन, पर्वत र मानव भविष्य’ रहेको छ । उनले भने, ‘संवादमा छिमेकी मित्र राष्ट्रहरू लगायत कोप-२९ का अध्यक्षलगायत विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिसकेका छौँ र अधिकांश आउने विदेशी पाहुनाहरूको निश्चित पनि भइसकेको छ ।’ यस कार्यक्रममा धेरै देशका मन्त्री, नेता, नीति निर्माता, उच्च सरकारी अधिकारी, दातृ निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, शैक्षिक व्यक्तित्व, जलवायु विज्ञहरूका साथै वन वातावरणमा ख्याति प्राप्त ३५ भन्दा बढी राष्ट्रका विदेशी पाहुनाको सहभागिता रहने उनले अपेक्षा व्यक्त गरे । संवादमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी करिब तीन सय बढी विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने बताइएको छ । यस कार्यक्रममा पहिलो दिनको साँझ विदेशी पाहुनाहरूका लागि प्रधानमन्त्रीको समुपस्थितिमा गाला डिनर कार्यक्रमको तयारी गरिएको छ । उनले संवादको अवधिमा उच्चस्तरीय उद्घाटन सत्रसहित एक प्लेनरी छलफल हुने र विभिन्न विषयमा १२ वटा समानान्तर सत्र तथा केही ‘साइड इभेन्ट’हरू पनि हुने जानकारी गराए । तेस्रो तथा अन्तिम दिन हिमाल देखाउनका लागि पर्वतीय उडानको व्यवस्था मिलाइएको छ । संवादमा हिमालदेखि समुद्रसम्मका विषय उठान हुने संयुक्त राष्ट्र सङ्घले यो वर्ष २०२५ लाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा घोषणा गरेको सन्दर्भमा संवादमा पनि महत्वका साथ हिमालका विषय उठाइने छन् । संवादमा खासगरी हिमालदेखि समुद्रसम्म परिरहेका असरहरू दिगो हरित अर्थ व्यवस्था, जलवायु हानि नोक्सानी न्यूनीकरण, जलवायु न्याय र मानवताको भविष्य, क्षेत्रीय र वैश्विक साझेदारी लगायत विषयमा छलफल गरिने मन्त्री शाहीले बताए । ‘संवादको तेस्रो दिन काठमाडौं घोषणा हुने छ । हामीले संवादमा हुने छलफल, मन्थन, संवादबाट निस्किने निचोड तथा निष्कर्षलाई नीति निर्माणमा समेट्ने प्रयास गर्नेछौँ,’ उनले भने, ‘हामीले आउँदो बजेटबाट हिमाली क्षेत्रमा रहेका पालिकाहरूमा परिरहेको सङ्कटलाई मध्यनजर गरेर केही बजेट विनियोजनका लागि पहल लिने छौँ ।’ साथै यस मञ्चबाट निस्केका निचोड र विषय अन्तर्राष्ट्रिय मञ्चहरू जस्तै कोप, संयुक्त राष्ट्रसङ्घको साधारणसभा समेतमा मुखरित गर्ने उनको भनाइ छ । उक्त घोषणामा टेकेर कतिपय जलवायु कोष, हरित कोष, हानि तथा नोक्सानी कोषहरूमा पहुँच वृद्धि गर्ने लगायत काम गर्ने मन्त्री शाहीले उल्लेख गरे । त्यस्तै नेपालले विश्व रूपमा स्थापित जलवायु कोषहरू विश्व जलवायु कोष, अनुकूलन कोष, हानि नोक्सानीको क्षतिपूर्ति कोष, विश्व वातावरण कोष, जलवायु लगानी कोषमा पहुँच प्रस्ताव गरिने छ । हरित गृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगण्य रहेको उल्लेख गर्दै मन्त्री शाहीले भने, ‘हामी जलवायु परिवर्तनको कारक होइनौँ । विश्वव्यापी हरितगृह ग्यासको उत्सर्जनमा हाम्रो भूमिका न्यून छ । तर जलवायु परिवर्तनका असरबाट भने अत्यन्त प्रभावित भइरहेका छौँ । बढ्दो जलवायु परिवर्तन, वायु प्रदूषणलगायतका विश्वव्यापी सङ्कटले हाम्रोजस्तो अल्पविकसित, हिमाली देश र यहाँका नागरिक आक्रान्त छन् ।’ विश्वमा विकसित राष्ट्रहरू जहाँ ठूलठूला उद्योगधन्दा, कलकारखाना रहेका छन्, यातायात, खानीहरू अत्यधिक छन्, त्यहाँ जैविक इन्धन, ग्यास तथा कोइलाको दोहन अत्यधिक छ । जसले गर्दा हरित गृह ग्यास उत्सर्जन बढ्दो गतिमा छ । पृथ्वीको तापक्रम बढ्दै छ भने जलवायु परिवर्तन निरन्तर असामान्य हुँदै गइरहेको छ । अझ हिमाली क्षेत्रमा विश्व तापमान वृद्धिको असर बढी परेको उनको भनाइ छ । ‘नेपाललाई त नखाएको विष लागेजस्तो भएको छ । खासगरी जलवायु परिवर्तनका असरबाट हिमाली क्षेत्र बढी प्रभावित भइरहेको छ । केही दशक अगाडि सम्म सेताम्य रहने हिमाल हाल कालापहाड बन्ने खतरा बढेको छ,’ उनले भने, ‘हिमालमा हिउँ पग्लिने क्रम बढ्दै जाने हो भने हिमताल फुट्दै जाने देखिन्छ । हामीले गत वर्ष सोलुखुम्बुस्थित थामेको उदाहरण लिन सक्छौँ । जहाँ एउटा हिमताल फुट्दा पूरै गाउँको अस्तित्व मेटिने डरलाग्दो अवस्था बनेको छ ।’ गत वर्ष नै कञ्चनपुरको दोधार चाँदनी क्षेत्रमा हालसम्मको अधिक वर्षा भएको रेकर्ड गरिएको थियो । त्यस्तै गत असोजको दोस्रो साता काठमाडौं र आसपासका क्षेत्रमा समेत अत्यधिक वर्षा भएको तथा त्यसले ठूलो जनधनको नोक्सानी व्यहोर्नु परेको थियो । यी विपद् र अस्वाभाविक मौसमी उदाहरणले आउने भविष्यको खतराप्रति इसारा गरेको बताउँदै उनले जलवायुको खतराको घण्टी बजिसकेको भन्दै चिन्ता व्यक्त गरे । नेपालको आफ्नै स्रोत साधनले मात्र ठूला ठूला विपद्का घटना, बाढीपहिरो, मरुभूमिकरण, हिमताल फुट्ने, भूक्षय, पानीका स्रोत सुक्ने, कतिपय ठाउँमा त बसाइँसराइ पनि हुने जस्ता विषय सम्बोधन गर्न गाह्रो छ । जलवायु सङ्कट समाधानका लागि नीतिगत पहल मन्त्री शाहीले मन्त्रालयले लामो समयदेखि रोकिएका नीति, कानुन निर्माण, तथा अन्तर्राष्ट्रिय जलवायु पैरवीमार्फत मन्त्रालयले गत वर्षमा थुप्रै नीतिगत सुधार र विकासका दिशामा उल्लेखनीय प्रगति गरेको बताए । सरकारले तयार गरिरहेको राष्ट्रिय निर्धारण योगदान (एनडिसी) तोस्रोलाई वातावरणमैत्री बनाउँदै विश्वकै उदाहरणीय तथा अनुकरणीय दस्तावेज बनाउने प्रयास भइरहेको मन्त्री शाहीले जानकारी गराए । यसको तयारीका क्रममा विकास साझेदार संस्थाहरूसँग सहकार्य गरी सात वटै प्रदेशमा छलफल र सुझाव सङ्कलन गरिएको छ । झण्डै १ हजारभन्दा बढी विज्ञ तथा सरोकारवालाको प्रत्यक्ष सहभागिता रहेको छ र, उनीहरूको चासो र विचार समेटिएको छ भने मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको एनडिसी तेश्रोको मस्यौदामा प्राप्त सुझावहरू पनि समावेश गरी थप परिष्कृत गरिने उनको भनाइ छ । नेपालले सञ्चित गरेको कार्बनलाई अन्तर्राष्ट्रिय र स्थानीय समुदायमा बिक्री गरी आर्थिक लाभ उठाउने उद्देश्यले कार्बन नियमावली, २०८२ को मस्यौदा तयार पारिएको उनले जानकारी गराए । साथै नेपालको कार्बन उत्सर्जनलगायतका विषय समेटिएको दुई वर्षे पारदर्शिता प्रतिवेदन अन्तिम चरणमा पुगेको छ ।रासस