ग्लोबल आइएमई बैंकको लाभांश क्षमता १४.११ प्रतिशत, नाफा ६ अर्ब २० करोड रुपैयाँ
काठमाडौं । ग्लोबल आइएमई बैंकको गत आर्थिक वर्ष २०८१/८२ खुद नाफा १.०९ प्रतिशत बढेर ६ अर्ब २० करोड ४७ लाख ४५ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले अघिल्लो वर्ष ६ अर्ब १३ करोड ७४ लाख ५४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ०.८५ प्रतिशत घटेर १६ अर्ब ७१ करोड २२ लाख ७७ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १६ अर्ब ८५ करोड ६३ लाख २७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष बैंकको वितरणयोग्य नाफा ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १४.११ प्रतिशत देखिन्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ५० करोड ६७ लाख १८ हजार रुपैयाँ मात्रै थियो । ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा २४ अर्ब २१ करोड लाख ५ हजार हजार रुपैयाँ रहेको छ । समीक्षा वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २०.१२ प्रतिशत बढेर ३ अर्ब २२ करोड २० लाख ४० हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ३.०१ प्रतिशत बढेर २१ अर्ब २७ करोड ६४ लाख ३१ हजार रुपैयाँ, सञ्चालन नाफा २.७५ प्रतिशत घटेर ८ अर्ब ७७ करोड ५ लाख ७८ लाख रुपैयाँ छ । गत वर्ष बैंकको निक्षेप संकलन १२.९५ प्रतिशत बढेर ५ खर्ब ५० अर्ब ६२ करोड ८४ लाख ३८ हजार रुपैयाँ र कर्जा लगानी ११.४६ प्रतिशत बढेर ४ खर्ब ११ अर्ब ७९ करोड १७ लाख ९७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ४ खर्ब ८७ अर्ब ४५ करोड ५८ लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६९ अर्ब ४२ करोड ४५ लाख १९ हजार रुपैयाँ लगानी गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी १६.२८ रुपैयाँ छ । अघिल्लो वर्ष यस्तो आम्दानी १६.९९ रुपैयाँ थियो । बैंकको प्रतिसेयर नेटवर्थ १७७.६३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १५.९५ गुणा छ । अघिल्लो वर्ष ४.१७ प्रतिशत रहेको खराब कर्जा बढेर ४.८७ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्विटी ९.६१ प्रतिशत रहेको छ ।
प्रभु बैंकको नाफा ९६५.४० प्रतिशत बढ्यो, वितरणयोग्य नाफा १ अर्ब भन्दा बढी
काठमाडौं । प्रभु बैंकको गत आर्थिक वर्ष २०८१/८२ खुद नाफा ९६५.४० प्रतिशत बढेर ५ अर्ब ४४ करोड २६ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले अघिल्लो वर्ष ५१ करोड ८ लाख ५६ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ३९.४६ प्रतिशत घटेर ७ अर्ब १९ करोड ७८ लाख ६४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ११ अर्ब ८९ करोड ८ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १५.८१ प्रतिशत बढेर २ अर्ब २१ करोड २६ लाख ३३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २७.२७ प्रतिशत घटेर १० अर्ब ५७ करोड २६ लाख ३२ हजार रुपैयाँ, सञ्चालन आम्दानी ६०.८२ प्रतिशत बढेर ६ अर्ब २८ करोड २७ लाख ६१ हजार रुपैयाँ छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ४ करोड ५१ लाख ८ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता ४.४४ प्रतिशत रहेको देखिन्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ३ अर्ब २ करोड ५२ लाख २६ हजार रुपैयाँ ऋणात्मक थियो । २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा १३ अर्ब ५५ करोड १२ लाख ३६ हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकको निक्षेप संकलन १२.१८ प्रतिशत बढेर ३ खर्ब ४२ अर्ब १८ करोड ८५ लाख ४० हजार रुपैयाँ र कर्जा लगानी ४.२१ प्रतिशत बढेर २ खर्ब ३० अर्ब ३७ करोड २ लाख ९५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ३ खर्ब ५ अर्ब १ करोड २८ लाख ५२ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २१ अर्ब ४ करोड ५५ लाख ९९ हजार रुपैयाँ लगानी गरेको थियो । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी २०.९५ रुपैयाँ बढेर २३.१२ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २.१७ रुपैयाँ थियो । बैंकको प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ९.६० गुणा छ । अघिल्लो वर्ष ४.९४ प्रतिशत रहेको खराब कर्जा बढेर ४.९६ प्रतिशतमा पुगेको छ । बैंकको रिटर्न अन इक्विटी १४.९५ प्रतिशत रहेको छ ।
देशभर मनसुन सक्रिय रहने, यी पाँच प्रदेशमा मुसलधारे वर्षा हुने
काठमाडौं । मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने जनाउँदै जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर पूर्णतया बदली हुने बताएको छ । देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको तथा मधेस प्रदेशलगायत कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र एक/दुई स्थानमा मुसलधारे वर्षाको पनि सम्भावना छ । कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा पूर्णतया बदली रही बाँकी भागमा साधारणतया बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ । लुम्बिनी प्रदेशका तराईका केही स्थान, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
सागर डिष्टिलरीको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?
काठमाडौं । सागर डिष्टिलरीले आज साउन २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात् १४ करोड ५२ लाख रुपैयाँको आईपीओ बिक्री गरेको हो । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १४ लाख ५२ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् १ करोड ४५ लाख २० हजार रुपैयाँको १ लाख ४५ हजार २ सय कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिभित्र पूर्ण आवेदन नपरेमा भदौ ११ गतेसम्म लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिङ्गल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
भोया अटोमोबाइलमा डोङफेङ मोटर ग्रुपले बढायो लगानी
काठमाडौं । चीनको अग्रणी अटोमोबाइल निर्माता कम्पनी डोङफेङ मोटर ग्रुपले आफ्नो इलेक्ट्रिक भेहिकल ब्रान्ड भोया अटोमोबाइलमा ठूला लगानी गर्ने घोषणा गरेको छ । डोङफेङ र भोयाबीच सम्पन्न पुँजी वृद्धि सम्झौता अनुसार हुने यस लगानीमा डोङफेङको सहायक कम्पनी डोङफेङ एसेट म्यानेजमेन्ट (डीएफएएम) ले भोयामा करिब १३७ मिलियन अमेरिकी डलर लगानी गर्नेछ । यसले भोयालाई ईभी स्पेसमा आफ्नो गाडी, प्रविधि र प्रदर्शनलाई अझै सुधार गर्न मद्दत गर्नेछ । पुँजी वृद्धि सम्झौतापछि भोया अटोमोबाइलको स्वामित्व संरचनामा केही फेरबदल हुनेछ। लगानीपछि डोङफेङ मोटर ग्रुपले भोयाको ७९.६९ प्रतिशत स्वामित्व पाउनेछ। डीएफएएमको ३.३० प्रतिशत हिस्सा हुनेछ र बाँकी १७.०१ प्रतिशत अरू सेयरधनीले राख्नेछन् । यसरी डोङफेङले भोयामा नियन्त्रण कायम राख्दै विश्वसनीय साझेदारहरूसँग मिलेर विकास कार्यलाई अघि बढाउनेछ । भोया डोङफेङ मोटर ग्रुपको प्रिमियम इलेक्ट्रिक गाडी ब्रान्ड हो । स्मार्ट र वातावरणमैत्री गाडीहरूका साथ बजारमा प्रवेश गरेको यसले आजका ग्राहकका लागि आधुनिक गाडी उपलब्ध गराउने लक्ष्य राखेको छ । यो नयाँ लगानीले भोयालाई बजारमा अझ बलियो बनाउन सहयोग गर्नेछ । नयाँ पूँजीलाई अनुसन्धान र विकास, उत्पादन वृद्धि, गाडीको गुणस्तर सुधारका साथै अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्नका लागि प्रयोग गर्न सकिनेछ । डोङफेङका लागि यो लगानी केवल आम्दानी वा सेयरको कुरा मात्र होइन, भविष्यमा ग्रीन र स्मार्ट यातायात प्रणालीमा प्रभावशाली सेयरधनीका रूपमा नेतृत्व गर्ने लक्ष्यतर्फको कदम पनि हो ।
एक वर्षमा निर्जीवन लघु बीमकको व्यवसाय तेब्बरले बढ्यो
काठमाडौं । एक वर्षमा निर्जीवन लघु बीमा कम्पनीहरूको व्यवसाय उल्लेखनीय वृद्धि भएको देखिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा चार निर्जीवन लघु बीमकले ९५ करोडभन्दा बढीको व्यवसाय आर्जन गर्न सफल भएका छन् । समीक्षा वर्षमा निर्जीवन लघु बीमा कम्पनीहरूले ३ लाख ७९ हजार ४३८ बीमालेख जारी गरी ९५ करोड ३८ लाख रुपैयाँको कुल बीमा शुल्क संकलन गर्न सफल भएका हुन् । यो गत आव २०८०/८१ को तथ्यांकअनुसार २२३.७ प्रतिशत अर्थात् ३.२४ गुणा बढी हो। प्राधिकरणको तथ्यांकअनुसार अघिल्लो आवमा निर्जीवन लघु बीमा कम्पनीहरूले २९ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए । तथ्यांकअनुसार गत वर्ष सबैभन्दा धेरै व्यवसाय आर्जन गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले गत आवमा १ लाख १ हजार ७४४ बीमालेख जारी गरी कुल २६ करोड २८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवमा कम्पनीले ४९ हजार ४७३ बीमालेख जारी गरी १० करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । एक वर्षमा कम्पनीको व्यवसाय १५४.७३ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, दोस्रो धेरै व्यापार भित्र्याउने लघु निर्जीवन बीमा कम्पनीमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले समीक्षा वर्षमा ९९ हजार १३५ बीमालेख जारी गरी २४ करोड ९३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन गत आवको तुलनामा १७६.९६ प्रतिशतले बढेको छ । अघिल्लो आवमा कम्पनीले ९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए । तेस्रो धेरै व्यापार स्टार माइक्रो इन्स्यारेन्स कम्पनीले भित्र्याएको छ । समीक्षा वर्षमा स्मार्ट माइक्रोले १ लाख २ हजार ४९६ बीमालेख बिक्री गरी कुल २२ करोड ७४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवमा कम्पनीहरूले ६ करोड ८७ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थिए । गत आवमा कम्पनीले अघिल्लो आवको तुलनामा २३०.५६ प्रतिशतले वृद्धि भएको छ । ट्रस्ट माइक्रो इन्स्योरेन्सले अघिल्लो आवको तुलनामा गत आवमा ५५४.१२ प्रतिशतले बढाएको छ । अघिल्लो आवमा ३ करोड २७ लाख रुपैयाँको व्यवसाय भित्र्याएको ट्रस्ट माइक्रोले गत वर्षमा २१ करोड ४२ लाख रुपैयाँको कुल बीमा शुल्क संकलन गरेको छ ।
दीपल एस ०५ यसै साता सार्वजनिक हुने
काठमाडौं । दीपल एस ०५ यसै साता सार्वजनिक हुने भएको छ । नेपालका लागि दीपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले दीपलको एसयूभी एस ०५ सार्वजनिक गर्न लागेको हो । दीपल एस ०७ को सफलतापछि एस ०५ ले कम्प्याक्ट सेग्मेन्टमा अझ बढी परिष्कृत एसयुभी नेपालमा आउन लागेको हो । विश्वप्रसिद्ध आईएफ डिजाइन अवार्डबाट सम्मानित दिपल एस ०५ लाई बोल्ड एरोडाइनामिक सिलहट, फ्रेमलेस डोर र स्टार फिडरबाट प्रभावित एइडी टेललाइटले वास्तविक डिजाइन स्टेटमेन्ट बनाउने कम्पनीले जनाएको छ । एस ०५ भित्र पस्नेबित्तिकै प्रिमियम र लक्जरीको आभाष दिलाउनेछ । यसमा नेपालमै पहिलो पटक जिरो ग्राभिटी कम्फर्ट, भेन्टिलेसन, लेग सपोर्ट, मेमोरी फङ्सन र वान टच न्याप मोड सहितको सहितको क्विन को–पाइलट रहेको छ । यसका दुवै सिट वेलकमिंग छन् भने ठूलो १६० लिटरको फ्रंक, आउटडोरसहित १४ वटा स्पिकर भएको सराउन्ड साउन्ड सिस्टम र रिफाइन्ड इन्टेरियर क्राफ्टम्यानसिप रहेको छ जसले हरेक यात्रालाई लक्जरियस बनाउनेछ । नयाँ एस ०५ मा सेग्मेन्टमै नभएको रिमोट इन एन्ड आउट पार्किङ छ जसले साँगुरो पार्किङ स्पेसमा पनि सहजै पार्क गर्न मद्दत गर्नेछ । साथै यसमा एड्भान्स ड्राइभर असिस्ट्यान्स (एसाड २.०) छ जसको १९ वटा सेफ्टी फिचरले ड्राइभिंग कन्फिडेन्सलाई बढाउनेछ । साथै यसमा सेग्मेन्टमै पहिलो पटक अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले रहेको छ जसले लाइभ नेभिगेसन, ट्राफिक सिग्नल, स्पिड लगायत ड्राइभरलाई चाहिने सबै सूचना विन्डशिल्डमा प्रोजेक्ट गरेर सुरक्षा र स्मार्ट ड्राइभिङको अनुभव दिलाउँछ । त्यसैगरी, नयाँ एस ०५ मा पहिलो पटक संसारको सबैभन्दा ठूलो ब्याट्री निर्माता कम्पनी सीएटीएलको गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.० प्रयोग गरिएको छ जसको लाइफस्पान ६ लाख किलोमिटर हुन्छ र यो मात्र १५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज हुने कम्पनीको दावी छ ।
रवीन्द्र ढाटलाई २ लाख रुपैयाँसहित काठमाडौं महानगरको सम्मान
काठमाडौं । काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई २ लाख रुपैयाँसहित सम्मान गरेको छ । सम्मान कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास समितिका संयोजकलगायतको उपस्थिति रहेको थियो । यो सम्मान सामाजिक विकास समितिको सिफारिसमा गरिएको हो । रवीन्द्र ढाँटले भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियनको उपाधि जितेका थिए । सम्मान ग्रहणपछि ढाटले महानगरपालिकाको सम्मानले आफूलाई थप हौसला मिलेको बताए। उनले भने, ‘हजुरहरूले खेलाडीलाई सम्मान गर्नुभएकोमा म धेरै खुशी छु । अब आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने कोसिस गर्नेछु । यो सम्मानले हामीलाई अगाडि बढ्न थप प्रेरणा दिन्छ ।’ ढाँटले भारतका चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै बान्टमवेट च्याम्पियनको उपाधि हासिल गरेका हुन् । यो जितले रवीन्द्रको व्यावसायिक रेकर्ड ८–१ मा सुधार भएको छ भने कोरेनको पाँच फाइटको रेकर्ड तोडिएको छ । बझाङका रवीन्द्र यो उपाधि जित्ने पहिलो नेपाली फाइटरसमेत बने । यस्तै, महानगरले प्रथम खोखो विश्वकप २०२५ मा उपविजेता बनेका महिला र पुरुष टोलीलाई ११–११ लाख रुपैयाँ गरी जम्मा २२ लाखको चेकसहित सम्मान गरेको छ । त्यस्तै, खोखोको पुरुष टोलीले नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको फाइनलमा आयोजक भारतसँग पराजय बेहोरेको थियो ।