विकासन्युज

अब सवारी चालक अनुमतिपत्र १० वर्षसम्म मान्य, संसदबाट विधेयक पारित

काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षसम्म मान्य हुने भएको छ । यसका लागि प्रतिनिधि सभाले ‘केही नेपाल ऐन संशोधन विधेयक’ पारित गरेको छ । अहिलेसम्म सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार लाइसेन्सको अवधि ५ वर्ष थियो । तर, दफा ५४ को उपदफा ३ संशोधन गर्दै अब ‘पाँच वर्षसम्म’ भन्ने शब्दको सट्टा ‘दश वर्षसम्म’ भन्ने व्यवस्था गरिएको हो । नयाँ व्यवस्था अनुसार लाइसेन्स नविकरण गर्दा पनि सीधा १० वर्षका लागि मान्य हुनेछ । यो विधेयक अघिल्लो सरकारले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको कार्यकालमा ल्याएको थियो । प्रतिनिधि सभामा २०८० वैशाख २६ मा दर्ता गरिएको यो विधेयक विषयगत समितिमा छलफलपछि २०८१ वैशाख १४ मा पुनः सभामा आएको थियो र अन्ततः मंगलबार प्रतिनिधि सभाबाट पारित भएको हो । अब विधेयक राष्ट्रिय सभामा जानुपर्ने, त्यहाँबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण गरी कार्यान्वयनमा ल्याइनेछ ।

परिवारसहित क्लब आउने वातावरण एलओडीले बनायो : भूपेन कुँवर

काठमाडौं । ‘यो क्लबको मेरुदण्ड भनेको यहाँका कर्मचारीहरू हुनुहुन्छ । उहाँहरू नभए आज हामी यसरी तपाइहरूको अगाडि उभिन सक्दैन थियौं । उहाँहरूको मेहनत र जाँगरले हामीलाई तपाईंहरूको अगाडि उभिन सफल बनाएको छ,’ एलओडी क्लबका निर्देशक भूपेन कुँवर दार्शनिक सुनिए ।  दैनिकजसो क्लबमा आउने पाहुना सौभाग्यको एक अंश लाग्थ्यो । हामीले यहाँ आएका पाहुनालाई निराश होइन, कसरी खुसी बनाएर पठाउन सकिन्छ त्यसैमा घोत्लिन्थे उनी ।  ठमेल धेरै नेपालीका लागि सपनाको गल्ली हो । जहाँ जोसुकै सहजै पुग्दैनन् । साप्ताहिक विदा विशेष कार्यक्रममा मात्र पुग्छन्।  ठमेल किन कोही किन आउँछन होला ? यो प्रश्नले कुँवरलाई धेरै समयसम्म घोँचिरह्यो । ठमेल, रात्रीकालीन जीवन वा जीवनका बारेमा सबैका आ–आफ्ना अनुभव छन् । अझ भनौं तीता–मिठा अनुभव सबैसँग हुन्छन् । मानिससँग कति अनुभव र तनाव छ । तीनै तनावका कथाले भूपेनलाई पनि छोपेको थियो ।  सोमबार साँझ ठमेलस्थित एलओडी क्लबले विश्वकै ४४ औं उत्कृष्ट बनेको अवसरमा उत्सव मनायो । जहाँ उनले कोही किन ठमेल आउने र एलओडीमै किन जाने बताइरहेका थिए । एलओडीले यो ठाउँमा जग गाडेर ६ वटा वसन्त पार गरिसकेको उनले बताए । ‘हाम्रा पाहुनाहरूलाई संगीतको आनन्द र विभिन्न खालका मनोरञ्जन प्रदान गरेर सुमधुर वातावरण बनाउने प्रयास गरिरहेका छौं,’ कुँवरले भने, 'हामीबाट टाढा गएका पाहुना तथा कहिले नआएका पाहुनाहरूलाई यहाँसम्म ल्याउनु नै हाम्रो कर्म रहेको छ ।’ क्लबको पहिलो प्राथमकिता एकपटक आइसकेका पाहुनालाई पुनः फर्काउने हो । क्लबको अनुशासित वातावरण र कर्मचारीको आतिथ्यता तथा सत्कार पहिलो गहना बनेको छ । मृदुभाषी कर्मचारी र पाहुनाहरूलाई सुरक्षित राख्‍न सक्नु क्लबको दायित्त्व हो ।  डिजे म्युजिकले संगीतका पारखीलाई मजाले आकर्षण गरेको छ ।  भूपेनका अनुसार क्लबमा १५० जना भन्दा बढी कर्मचारीहरू छन् । यो क्लबको मेरुदण्ड कर्मचारीहरू हुन् । कर्मचारीको निरन्तरको मेहनतले क्लबलाई यहाँसम्म ल्याइ पुर्‍याएको कुँवर बताउँछन् । रात्रीकालीन व्यवसायका धेरै चुनौती रहेको कुँवरले सुनाए । 'व्यवसायमा उतारचढाव आइरहँदो रहेछ, यसलाई व्यवसायीले सिकाइको रूपमा र थप मजुबत हुने अवसरको रुपमा लिनुपर्ने रहेछ,’ उनले भने ।  क्लबप्रति हाम्रो मुलुकमा वा नेपाली समाजमा सकारात्मक धारणा बन्न नसकेको उनले गुनासो गरे । क्लब जाने मानिस बिग्रने विकृति ल्यायो जस्ता धारणा बन्ने गरेको उनले दुःखेसो पोखे । निर्देशक कुँवरले एलओडी क्लबले क्लबप्रतिको धारणालाई कता–कता चिर्न सकेको दाबी गरे । जहाँ क्लब जानु भनेको नराम्रो मानिने समाजमा हाम्रो जीवन रहेको उनको बुझाइ छ ।  उनले विचार र नियत राम्रो भए जहाँसुकै पनि राम्रो भइने धारणा व्यक्त गरे । ‘नियत खराब भए त कसको के लाग्छ र ? आज म दाबीको साथ भन्छु परिवारसहित क्लब आउने वातावरणको सुरुवात एलओडीले बनाएको भन्दा फरक नपर्ला,’  उनले अगाडि थपे, 'यहाँ परिवारसहित आएर आनन्दले नाँचेर मनोरन्जन गर्न सक्नुहुन्छ । अहिले काठमाण्डौँ आउने देशी तथा विदेशी पाहुनाहरूको पहिलो लिस्टमा एलओडी प्राथमिकतामा पर्न थालेको छ । यो मुलुकका लगि गौरवको विषय बनेको छ ।’ कुँवर ठमेल पर्यटकीय क्षेत्र रहेकाले यहाँ आन्तरिक पर्यटक आउन हिच्किचाउने गरेको विगत सुनाउँछन् ।  उनका अनुसार क्लब सामाजिक न्यायमा सदा अडिग छ । लैंगिक समानतालाई पनि उत्तिकै महत्त्व दिएर महिला र पुरुष कर्मचारी बराबर संख्यामा छन् । 

आईएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई लुम्बिनी केवलकारमा छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र लुम्बिनी केवलकार प्रालिबीच सहकार्य भएको छ । सहकार्यपछि अब बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई लुम्बिनी केवलकारको टिकट खरिदमा २० प्रतिशत छुट प्रदान गरिने भएको छ । सम्झौताअनुसार बीमितहरूले कम्पनीको मोबाइल एपमा रहेको बीमालेख देखाएर, तथा अभिकर्ता र कर्मचारीहरूले आधिकारिक परिचयपत्र प्रस्तुत गरेर छुट सुविधा प्राप्त गर्न सक्नेछन् । टिकट भने लुम्बिनी केवलकारको काउन्टरमा नै खरिद गर्नु पर्नेछ । कम्पनीका अनुसार यस प्रकारको सहकार्यले ग्राहक, अभिकर्ता र कर्मचारीहरूलाई थप सकारात्मक अनुभव र ऊर्जा दिने अपेक्षा गरिएको छ । भविष्यमा छुट सुविधालाई अझ प्रभावकारी र प्रविधिमैत्री बनाउन प्रिभिलेज कार्ड प्रणाली सुरु गर्ने लक्ष्य लिइएको छ ।

केई अटो सम्मेलनमा लक्ष्मी ई-मोबिलिटी र जिओ अटोमोबाइल्स सम्मानित

काठमाडौं । लक्ष्मी ई-मोबिलिटी प्रालि र जिओ अटोमोबाइल्स प्रालिले चीनको यिबिनमा सम्पन्न 'केई अटो ग्लोबल कन्फरेन्स २०२५' मा ‘मोस्ट प्रमिसिङ पार्टनर अवार्ड’ प्राप्त गरेका छन् । नेपालमा केई मोटर्सका आधिकारिक वितरकद्वयले पाएको यो अवार्डले ५० भन्दा बढी अन्तर्राष्ट्रिय वितरकहरूमध्ये उत्कृष्ट साझेदारका रूपमा उनीहरूको पहिचान बलियो बनाएको छ । कार्यक्रममा अन्तर्राष्ट्रिय सहकार्य, रणनीतिक छलफल र व्यवसायिक सञ्जाल विस्तारका अवसरहरू प्रस्तुत गरिएका थिए । केई ब्रान्डलाई नेपाली बजारमा सफल रूपमा प्रवर्द्धन गर्ने, ग्राहक सन्तुष्टि हासिल गर्ने र नविनतम मोडेलहरूको तयारीमा अग्रसर रहने प्रतिबद्धताका लागि यो अवार्ड दिइएको हो । केई नेपाल अब नेपाली उपभोक्ताको आवश्यकता र रुचिअनुसार डिजाईन गरिएका नयाँ मोडेलहरू सार्वजनिक गर्ने तयारीमा रहेको छ । ती सवारी साधनहरू आधुनिक प्रविधि, मजबुत प्रदर्शन र उचित मूल्यमा उपलब्ध गराइने लक्ष्य छ । अवार्डले नेपालभर नवप्रवर्तनशील र भरपर्दो मोबिलिटी समाधान उपलब्ध गराउने प्रतिबद्धतालाई अझ बलियो बनाएको कम्पनीले जनाएको छ ।

उच्च शिक्षा सुधारका लागि अन्तर्देशीय शिक्षामा ध्यान केन्द्रित गर्न सुझाव

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले अन्तर्देशीय शिक्षा (ट्रान्सनेशनल एजुकेसन-टीएनइ) को वर्तमान अवस्था र सम्भावनाबारे केन्द्रित अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनले नेपालमा टीएनइ विस्तार गर्दा देखिने अवसर, चुनौती र आवश्यक नीतिगत सुधारहरूबारे महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिवेदन सार्वजनिक गर्दै ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले नेपालको उच्च शिक्षामा गुणस्तर, पहुँच र नवप्रवर्तनलाई सुदृढ गर्न टीएनइको भूमिका प्रभावकारी हुने बताए । कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रोब फिन, दक्षिण एसियाका क्षेत्रीय निर्देशक हेलेन सिल्भेस्टर, शिक्षा क्षेत्रका विज्ञ, नीति निर्माता, शिक्षक तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति थियो । प्रतिवेदनले नीति सरलीकरण, गुणस्तर प्रत्याभूति संयन्त्र सुदृढीकरण, पाठ्यक्रम अद्यावधिक, शैक्षिक पहुँचमा रहेका असमानता न्यूनीकरण, र स्थानीय सन्दर्भअनुसार शिक्षण मोडल विकास गर्न सिफारिस गरेको छ । यसअघि पहिलो सम्मेलन जुम्लामा सम्पन्न गरिएको थियो भने, प्रतिवेदनको पूरा पाठ ब्रिटिस काउन्सिलको वेबसाइटमा उपलब्ध छ ।

सुनको मूल्य घट्यो, तोलाको १ लाख ८८ हजारमा कारोबार हुँदै

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । मङ्गलबार प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको पहेँलो धातु एक लाख ८८ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर एक हजार ९६५ कायम भएको छ । मङ्गलबार पनि सोही परिमाणको चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।        अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

एआईदेखि ईभीसम्मः नवप्रवर्तनमा विश्वको ध्यान खिच्दै चीन

काठमाडौं । व्यापार तनावको चर्चाले ध्यान तानेको भए पनि चीनको प्रविधि क्षेत्र तीव्र रूपमा अघि बढिरहेको छ । कृत्रिम बौद्धिकता (एआई), विद्युतीय सवारीसाधन (ईभी) र भिडियो प्रविधिमा निरन्तर नवप्रवर्तनसहित चीनले विश्वभरको ध्यान तानिरहेको छ । शाङ्घाई अटो शो २०२५ को उद्घाटन अवसरमा चिनियाँ विद्युती सवारी निर्माता बीवाईडीले एकैचोटि पाँच नयाँ मोडेल सार्वजनिक गर्‍यो । यता जीक्रले नयाँ हाइब्रिड नाइन एक्स एसयूभी प्रदर्शन गर्‍यो । त्यस्तै, स्वचालित गाडी सेवा प्रदायक पोनी डट एआईले ७० प्रतिशतसम्म लागत घटाउने दाबीसहित तीन नयाँ सवारीसाधन सार्वजनिक गर्‍यो । टेक कम्पनी हुवावेले पनि ड्राइभर सहायता प्रणालीमा प्रगति भएको जनाएको छ, जसले सवारीसाधनलाई स्वतः पार्क गराउन सक्छ । 'प्रतिस्पर्धाले चीनको नयाँ ऊर्जा सवारी क्षेत्रमा आश्चर्यजनक नवप्रवर्तन ल्याएको छ,’ सानो अटो इन्साइट्सका टुले भन्छन्, 'हामीले एक दशकपछि मात्र सम्भव ठानेका प्रविधिहरू आज प्रयोगमा छन् ।’ एआई र भिडियो प्रविधिको युग चीनको नेटफ्लिक्स भनेर चिनिने आईचिकी (iQiyi)ले एआई प्रयोगमार्फत टिभी कार्यक्रमको उत्पादन लागत घटाउने र रूपान्तरण प्रक्रियालाई सहज बनाउने उपकरण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार अहिलेको प्रविधिले थ्रीडी एनिमेसनमा रूपान्तरणमा स्थिरता र समानता सुनिश्चित गर्न सक्षम भएको छ । त्यस्तै, भिडियो प्लेटफर्म कुआइशोउ (Kuaishou) ले एआई मोडेल क्लिङ (Kling) को नयाँ संस्करण सार्वजनिक गरेपछि यस्तो प्रविधिले हलिउडजस्ता क्षेत्रहरूलाई चुनौती दिन सक्ने चिन्ता व्यक्त गरिएको छ । त्यसपछि अलिबाबा, शेङ्गशु टेक्नोलोजीलगायतका कम्पनीहरूले पनि सिनेम्याटिक गुणस्तरका एआई भिडियो मोडेलहरू ल्याएका छन् । मोनोलिथ म्यानेजमेन्टका सह–संस्थापक टिम वाङ भन्छन्, 'एआई क्षेत्रमा चीनको लगानी तीव्र गतिमा बढेको छ र मुलभूत मोडेलहरूमा भएको उपलब्धीहरूले चीनलाई विश्व नेताहरू नजिक पुर्‍याइरहेका छन् ।’ ई-कमर्स र कार्यक्षमता वृद्धि निर्यातकर्ताहरूले पनि प्रविधिमा निर्भरता बढाएका छन् । बाइडूको एआई आधारित ‘भर्चुअल मानव’ प्रविधिले स्ट्रिमिङ लागत ८० प्रतिशतभन्दा बढी घटाउने बताइएको छ । कम्पनीले नयाँ, अझ विश्वासिलो संस्करण सार्वजनिक गर्दै सस्तो मोडेलहरू पनि उपलब्ध गराएको छ । सरकारी नीति र प्रोत्साहन एआई क्षेत्रमा चिनियाँ सरकारको नीति समर्थन पनि स्पष्ट देखिन्छ । डीपसीकले च्याटजीपीटी बराबरीको मोडेल ल्याएपछि चीनभित्रको एआई विकासको सम्भावनाप्रति आशा झन बलियो भएको हो । चीन सरकारले प्रविधि क्षेत्रमा स्टार्टअपहरूलाई आपूर्तिकर्तासँग जडान गर्न, वित्तीय सहायता पुर्‍याउन र विदेशी डाक्टरेटधारीहरूलाई आकर्षित गर्न उल्लेखनीय प्रोत्साहन घोषणा गरेको छ । यसमार्फत व्यक्तिगत रूपमा ३०-५० लाख युआन  (करिब ५ करोड ७० लाखदेखि ९ करोड ५० लाख नेपाली रुपैयाँ) नगद सहायता, ८ लाख युआन ( करिब १ करोड ५२ लाख नेपाली रुपैयाँ) को घर भाडा अनुदान र अनुसन्धानका लागि ३० लाख युआन (करिब ५ करोड ७० लाख नेपाली रुपैयाँ) सम्मको बजेट उपलब्ध गराइन्छ । चुनौती र सम्भावना दुवै यद्यपि, गोल्डम्यान स्याच्सले अन्य क्षेत्रहरूमा वृद्धि नरहेको जनाउँदै आर्थिक चुनौतीलाई पनि औंल्याएको छ । युरोपेली संघको अनुसार, 'मेड इन चाइना २०२५’ का सबै लक्ष्य पूरा हुन सकेनन् र केही क्षेत्रमा अति उत्पादनले समस्या निम्त्याएको छ।   ईभी उद्योगमा पनि प्रतिस्पर्धा उच्च रहेकाले विकास केही स्थिर देखिएको छ । यद्यपि विश्लेषकहरू विश्वास गर्छन् कि चिनियाँ कम्पनीहरूको घरेलु प्रभुत्व र अन्तर्राष्ट्रिय विस्तार अझ व्यापक हुने सम्भावना प्रबल छ । ट्रम्प, मस्क र टेस्ला अनि ह्वाइट हाउसमा रमिता

सानिमा रिलायन्सको टप परफर्मर नमिता न्यौपाने, धनपति योजनाको प्रतिनिधित्वमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रोडक्ट एडभोकेटमा नमिता न्यौपाने (नियुक्त)  कार्यरत छिन् । उनी सानिमा रिलायन्स धनपति जीवन बीमा योजनाको एडभोकेट बन्न सफल भएकी कम्पनीले जनाएको हो । सानीमा रिलायन्स लाइफ इन्स्योरेन्ससँग आबद्ध न्यौपाने कोशी प्रदेश योजना आयोग सदस्य, राजनीतिकर्मी, समाजसेवी साथै होटेल र मेडिकल व्यवसायी समेत हुन् । उनले आफू विभिन्न भूमिकामा असाधारण योगदान पुर्याएकी छिन् । न्यौपाने सानीमा लाइफ इन्स्योरेन्सबाट टिओटी २०२५, टिओटी २०२४, एमडीआरटी २०२३, टिओटी २०२२, सीओटी २०२१, एमडीआरटी २०२० बन्न समेत सफल भएकी छिन् । लगातार सानीमा रिलायन्सबाट आफ्नै कोड र टिम बिजनेसबाट नेपालमा शीर्ष स्थान प्राप्त गर्न सफल भएको उनको प्राय कम्पनीका सबै महत्वपूर्ण योजनाहरूमा विजेता बन्न सफल भएको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले जानकारी दिएको छ । सानिमा रिलायन्स लाइफले उक्त बीमा योजना आफ्नो भिन्न उत्पादन रहेको जनाएको छ । सोही बीमा योजनामा नागरिकहरुले प्रवेश गर्न पाउने उमेर हद, बीमा अवधि, उक्त बीमा योजनाका बारेम समेत जानकारी दिएको छ । नेपाली बीमा बजार अनुसार उक्त बीमा योजना ग्राहकहरुको उत्कृष्ट रोजाई बन्ने विश्वास कम्पनीले लिएको हो । धनपति बीमा योजनका बारेमा : धनपति बीमा योजनामा बीमालेख चालु रहेको अवस्थामा निश्चित समयको अन्तरालमा बीमांकको निश्चित प्रतिशत भुक्तानी हुने समेत कम्पनीले जनाएको छ । सोही योजनामा तीन विशेष वर्षलाई लक्षित गरेर कम्पनीले आफ्नो बीमितले पाउने रकमको योजना तय गरेको छ । १२ वर्षे १२ वर्षको बीमांक अधिमा चैथो वर्षमा बीमांकको २५ प्रतिशत रकम बीमितले पाउन सक्नेछन् । सोही योजनामा ८ वर्षमा फेरी बीमांकको २५ प्रतिशत र १२ वर्षमा बीमांकको ५० प्रतिशत रकम र बोनस प्राप्त गर्न सक्ने छन् । कम्पनीका अनुसार कम्पनीले दिएको उक्त चौथो र आठौं वर्षको रकममा समेत बोनस कायम हुनेछ । १५ वर्षे १५ वर्ष अवधिको बीमा गर्दा बीमितले ५ औं वर्षमा बीमांकको २५ प्रतिशत रकम र बोनस, १० औं वर्षमा बीमांको २५ प्रतिशत र बोनस तथा १५ औं वर्षमा बीमांकको ५० प्रतिशत रकम र बोसन पाइने व्यवस्था गरिएको छ । २० वर्षे २० वर्ष अवधिको बीमामा बीमितले ५ औं वर्षमा २० प्रतिशत, १० औं वर्षमा २० प्रतिशत, १५ वर्षमा २० प्रतिशत र २० औं वर्षमा बीमांको ४० प्रतिशत रकम र बोनस दिइने छ । बीमितलाई रहेक पटक बीमांको जति प्रतिशत बराबर रकम दिए पनि उनलाई सोही बेलामा बीमितले पाउने निश्चित बोनस समेत दिइने जनाइएको हो । साथै,धनपति बीमा योजना खरिद गर्नका लागि बीमितको प्रवेश उमेर १८ तथा अधिकतम ५० वर्ष तोकिएको छ । त्यस्तै, बीमांक रकम ५० हजार रुपैयाँदेखि असिमितसम्म राखिएको छ । यता, अधिकतम बीमा सामाप्ती उमेर वर्ष भने ६२,६५ र ७० तोकिएको छ । सोही बेलामा बीमा अवधि भने १२ वर्ष १५ वर्ष र २० वर्ष तोकिएको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले जनाएको छ ।