शक्तिशाली सामुन्द्रिक आधीले नेपालमा हिमपातको खतरा बढ्यो, ३ दिनका लागि ‘अलर्ट’ जारी
काठमाडौं । देशका हिमाली भूभागमा हिमपातको सम्भावना देखिएको छ । दक्षिणपूर्वी अरब सागरमा आएको शक्तिशाली सामुन्द्रिक आधी (चक्रवात)को प्रभावले नेपालमा हिमपातको सम्भावना बढेको मौसम विभागले जनाएको छ । विभागले हिमाली भेग रहने मानिसलाई सतर्क रहन ‘अलर्ट’ जारी गरेको छ । उक्त हिमपातले हिमपातको प्रत्यक्ष असर पर्वतारोहिमा पर्न सक्ने भन्दै चक्रवात रहँदासम्म विशेष सावधानी अपनाउन आग्रह गरेको छ । विभागको गणितिय मौसम पूर्वानुमानका आधारमा आगामी तीनदिनसम्म हिमपातको अनुमान गरेको छ । मंगलबार विभागका अनुसार पश्चिम क्षेत्रमा सामान्यतया बदलीरहि पश्चिमी हिमाली क्षेत्रको धेरै स्थानमा हल्का देखि मध्यम खालको र मध्य क्षेत्रको हिमालि भेगका केहि स्थानमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ । त्यस्तै पुर्बी हिमालि क्षेत्रको थोरै स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ। पश्चिमका एक दुई स्थानमा फाट्टफुट्ट वर्षाको संभावना देखिन्छ। बुधबार पश्चिम र मध्य क्षेत्रमा सामान्यतया वदलि रहि हिमालि भेगका धेरै स्थानमा हल्का देखि मध्यम खालको हिमपातको संभावना रहनुको साथै पूर्वी हिमालि क्षेत्रको केहि स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ। पश्चिमका केहि क्षेत्रहरुमा हल्का वर्षाको सम्भावना देखिन्छ। विहीबार पश्चिम र मध्य क्षेत्रमा सामान्यतया वदलि रहि हिमालि भेगका केहि स्थानमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहनुको साथै पूर्वी हिमालि क्षेत्रको एक दुई स्थानमा हल्का हिमपातको संभावना देखिन्छ। पश्चिमका एक दुई स्थानमा फाटफुट वर्षाको संभावना देखिन्छ ।
राहुल गान्धी भारतीय काँग्रेसका अध्यक्ष पक्का
नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धी निवार्चित हुनुहुने निश्चित भएको छ । सो पदमा उम्मेदवारी उनको मात्र परेको छ । सोही कारण राहुल गान्धी नै सो पदमा निर्विरोध चयन हुनुहुने निश्चित भएको हो । हाल सोनिया गान्धी भारतीय काँग्रेसको अध्यक्ष छिन् । सोनियाले १९ वर्षदेखि काँग्रेस पार्टीको अध्यक्षको कार्यभार सम्हाल्दै आएकी छिन् । स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको भन्दै उनले पद छोड्न लागेकी हुन् । यस अघि पनि राहुल गान्धी ५ वर्षदेखि पार्टीको उपाध्यक्ष थिए । आगामी सन् २०१९ मा हुन लागेको पार्टीको महाधिवेशनमा पार्टीको अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन सोमबारसम्म रहेको थियो । सोमबार साँझसम्म उनीबाहेक कसैले उम्मेदवारी नदिएपछि राहुल गान्धी नै पार्टीको अध्यक्ष हुनुहुने निश्चित भएको बताइएको छ । सन् १९९८ बाट पार्टीको अध्यक्ष पद सम्हाल्दै आएकी सोनिया गान्धीले आफ्नो छोरा राहुललाई सो पदमा ल्याउने चाहना राखेको चर्चा भारतीय राजनीतिमा गर्ने गरिएको छ । रासस
नेशनल इन्स्योरेन्सले ल्यायो १ लाख निशुल्क बीमा सुविधा, विपदमा सक्रिय प्रहरीलाई २ लाख बीमा
काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले १ लाख रुपैयाँ बराबरको निशुल्क बिमा सुविधा ल्याएको छ । कम्पनीले आफ्नो ‘स्थापना महिना’का अवसरमा यो महिनाभर बीमा गर्ने ग्राहकलाई (मोटर, स्वास्थ्य, गृहस्थ) एक लाख रुपैयाँ बराबरको निशुल्क बीमा सुविधा ल्याएको हो । कम्पनी १११ औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा कम्पनीले जनवरी ४ सम्म स्थापना महिना मनाउने जनाएको छ । उक्त अवसरमा यो बीमा कम्पनीले सशस्त्र प्रहरी बलबाट विपद् व्यवस्थापनमा सक्रिय गोताखोरहरुलाई निशुल्क प्रतिव्यक्ति दुई लाख रुपैयाँसम्मको बिमांकको दुर्घटना बीमा गर्ने जानकारी दिएको छ । स्थापना महिनाको पहिलो साता विद्यालयमा विद्यार्थीलाई बीमा सम्बन्धी जानकारी दिनेछ । त्यस्तै स्टान्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडसँगको सहकार्यमा डिसेम्बर ९ मा ‘वाकाथन’ पनि आयोजना गर्ने भएको छ । स्थापना महिनाको दोस्रो साता निशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याउने र अपांगता भएका बालबालिकालाई खाद्यान्न वितरण गर्ने कार्यक्रम रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले आगामी दिनमा बीमाको पहुँच विस्तारका लागि विभिन्न स्थानमा थप शाखा स्थापना गर्ने तयारी गरेको छ ।
निर्वाचन विरोधी गतिविधिमा संलग्न ४० जना पक्राउ
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले आजसम्म निर्वाचन विरोधी गतिविधिमा संलग्न ४० जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए । मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले ४९ अतिसंवेदनशील, ५० संवेदनशील र ५१ मतदान केन्द्रलाई सामान्य मतदान केन्द्रका रुपमा वर्गीकरण गरी सोहीअनुरुप सुरक्षाकर्मी परिचालन गरेको प्रवक्ता खत्रीले बताए । जिल्लामा पोखरा–९ स्थित साझा वाम गठबन्धनको सम्पर्क कार्यालयमा बम विस्फोट, सोही ठाउँमा रहेको प्रदेशसभा क्षेत्र नं २ (ख) मा नेपाली काँग्रेसका उम्मेदवार विन्दुकुमार थापाको घर नजिक बम राखिएको र न्यूरोडमा प्रतिनिधिसभामा नेकपा (एमाले)का क्षेत्र नं ३ का उम्मेदवार जगत विश्वकर्माको गाडीमा आगजनीबाहेक आजसम्म स्थिति सामान्य रहेको बताइएको छ । रासस
नेपाल बङ्गलादेश बैंकको थप चार शाखा सञ्चालनमा
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा विस्तारको क्रममा आफ्नो ५१ औं, ५२ औं, ५३ औं र ५४ औं (अर्थात थप चार) शाखा संचालनमा ल्याएको छ । बैंकले जुम्लाको सिन्जाबाट, धनकुटाको भेडेटार, साङ्गुरीगढी तथा तेह्रथुमको छत्तरबाट, रसङ्खुवासभा, पाँचखपन बाट नयाँ शाखाहरुको औपचारिक शुभारम्भ गरेको छ । उक्त शाखा सुभारम्भ कार्यक्रम बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना, बैंकका नायव महाप्रबन्धक सुरेन्द्र भुषणको उपस्थिति र बैंकका संचालकहरुको सभापतित्वमा उद्घाटन गरिएको थियो । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भेडेटार, साङ्गुरीगढी परिसरमा एटिएम सेवा पनि थप गरेको जानकारी गराएका छन् । यी ४ थप शाखाहरु सहित बैंकले ५४ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ४८ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको बताएको छ ।
भोलिदेखि कुवेत-काठमाडौं-कुवेत सिधा उडान, साताको ६ दिन हुने
काठमाडौं । भोलिदेखि कुवेत-काठमाडौं-कुवेत सिधा उडान शुरु हुँदैछ । कुवेतको वातानिया एयरवेजले बिहीबारबाहेक साताको ६ दिन कुवेत-काठमाडौं प्रत्यक्ष उडान शुरु गर्न लागेको हो । उक्त विमान सेवाले यात्रुलाई प्रदान गर्ने सेवासुविधाबारे विमान कम्पनीका उच्चअधिकारीसँग मंगलबार कुवेतका लागि नेपालका राजदूत यज्ञबहादुर हमालले छलफल गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ । काठमाडौं-कुवेत सिधा उडानबाट नेपाल-कुवेत सम्बन्ध सुदृढीकरणका साथै कुवेतमा रहेका नेपाली र कुवेती नागरिकलाई नेपाल भ्रमण गर्न सहज हुने अपेक्षा गरिएको छ । रासस
ग्लोबल आईएमई बैंक र एक्सिस बैंकबीच रेमिट्यान्स कारोबार शुरु
काठमाडौं । ग्लोबल आईएमई बैंक र भारत स्थित एक्सिस बैंक बिच रेमिट्यान्स कारोबार शुरु भएको छ । उक्त व्यवसायिक कारोबार सम्बन्धि सम्झौता पत्रमा हालै दुई सुंस्था बीच हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात भारत स्थित एक्सिस बैंकका शाखाहरु मार्फत पठाएको रकम ग्लोबल आइएमई बैंकका १०८ शाखाहरु र इन्टरनेशनल मनि एक्सप्रेस (आइएमई) का ६००० भन्दा बढि तथा बेष्ट रेमिटका ४००० भन्दाबढि एजेन्ट मार्फत सजिलै प्राप्त गर्न सकिने छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । ग्लोबल आइएमई बैंकको २०७४ असोज मसान्तसम्म १ खर्ब ४ अर्ब ९४ करोड निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी रहेको छ । बैंकको हाल १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५३ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् । त्यस्तै, बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि, बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
टाइमले सार्वजनिक गर्यो ‘२०१७ का १० शक्तिशाली व्यक्ति’, ट्रम्पदेखि किम जोङसम्म बने वर्ष व्यक्ति
टुडे । टाइम म्यागजिनले सन् २०१७ का उत्कृष्ट १० वर्ष व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ । पछिल्लो वर्ष समाचारलाई प्रभावित पार्ने व्यक्तित्वहरुलाई सूचीकृत गर्दै टाइमले १० जनाको नाम सार्वजनिक गरेको हो । विश्वकै शक्तिशाली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सुचीमा परेका छन् । गत वर्ष पनि उनी यो सूचीमा पर्न सफल भएका थिए । दुई साता अघि मात्र ट्रम्पले उक्त पदावीका लागि टाइमको प्रस्ताव अस्विकार गर्ने घोषणा गरेका थिए । यद्यपी टाइमले यो कुरा झुटो भएको दाबी गरेको छ । यो म्यागजिनले अर्का उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनलाई पनि सूचिकृत गरेको छ । ट्रम्पले उनलाई ‘सानो रकेट म्यान’ को उपनाम दिएका थिए । उनले लगातारको मिसाइल परिक्षणपछि विश्वयुद्धको भय फैलिएको छ । यो सूचीमा एमेजनका सिईओ जेफ बेजोस पनि परेका छन् । यो वर्षका विश्वकै धनीको सूचीमा परेका उनले संसारमै खुद्रा कारोबारमा राज गरेका छन् । त्यस्तै ३२ वर्षे साउदी अरबका राजकुमार मोहम्मद बीन सलमान पनि यो सूचीमा परेका छन् । अर्को तर्फ चीनका राष्ट्रपति सि जिनपिङ पनि सूचीकृत भएका छन् । उनलाई चीनमा दोस्रोपटक पाँच वर्षका लागि राष्ट्रपतिको कार्यकाल दिइएको छ र कम्युनिष्ट पार्टीको विधानमा नै उनलाई मुलुकको शताब्दीकै शक्तीशाली राष्ट्रपतीका रुपमा अभिलेख गरिएको छ ।