‘धुलोमुक्त काठमाडौं’ प्राथमिकतामा, मंसिर २७ र २८ गते उपत्यकाका सडक सफा गरिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले यही मंसिर २९ गते मनाउन लागेको आफ्नो २३ औँ वार्षिकोत्सवका अवसरमा धुलोमुक्त काठमाडौं बनाउने कामलाई प्राथमिकतामा राखेको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा बसेको बैठकले मंसिर २७ र २८ गते काठमाडौंका सडकलाई सफा बनाउने अभियानका साथ धुलो उठाउने निर्णय गरिसकेको छ । कामपा, वातावरण व्यवस्थापन विभागले सो काममा समन्वय गर्ने छ । जनप्रतिनिधिको मुख्य नाराका रुपमा रहेको धुलोमुक्त काठमाडौँ अभियानलाई प्राथमिकतामा राखिएको प्रमुख शाक्यले जानकारी दिए । “काठमाडौं उपत्यकाको मुख्य समस्याका रुपमा रहेको धुलो व्यपस्थापनको काम नै ठूलो चुनौती हो, यससँगै सडकका खाल्डाखुल्डी पुर्ने काम पनि मुख्यरुपमा नै रहेको छ”, शाक्यले भने । तत्कालीन काठमाडौँ नगरपालिकालाई २०५२ साल मंसिर २९ गते कामपा घोषणा गरिएको थियो । वार्षिकोत्सवका अवसरमा वसन्तपुरबाट हरिभवन (बागदरबार)सम्म झाँकीसहित प्रभातफेरी, उत्कृष्ट करदाता सम्मान, सफाइ अभियानकर्मी सम्मान, उत्कृष्ट कर्मचारी सम्मानलगायत कार्यक्रम गरिने जनाइएको छ । रासस
बिहेका लागि गरगहना किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान पुर्याउनुहोस्
काठमाडौं । विवाहमा मेकअप र पहिरनसँगै गरगहनापनि प्राथमिकतामा पर्न थालेको छ । त्यसैले विवाहको सिजनमा सुनका गहनाको माग बढ्ने गरेको छ । भरपर्दो लगानीका साथमा सौन्दर्यका लागि पनि उपयोगी हुनेभएकाले विवाहमा सुनको आकर्षण छ । यद्यपि विवाहका लागि गहना किन्दा ध्यान पुर्याउनु अत्यन्त आवश्यक छ । गहनाको मूल्य सुनको भाउसँगै यसको शुद्धता, बनावटको शुल्क, सुनको तौल र करको आधारमा तय गरिन्छ । ज्वेलरी पसलद्वारा बताइने सुनको मूल्य त्यसको गुणमा निर्भर रहन्छ । त्यसैले कुनै गहना छनौट गर्नुपूर्व उक्त गुणस्तरको सुनको मूल्यबारे जानकारी लिनुपर्छ । आजभोली कुनै गहनमा कृत्रिम हीरा, अर्ध-मूल्यवान पत्थर तथा कृत्रिम रंगीन पत्थर जडान गरिएको पाइन्छ । गहनाको तौलमा यस्ता पत्थरहरुको पनि तौल हुन्छ । त्यसैले ज्वेलरले सुनको मूल्य र त्यसमा जडित पत्थरको भाउ अलग्गै देखाउनुपर्छ । त्यसैको आधारमा मेकिंग चार्ज र करको गणना गर्नुपर्छ । केही ज्वेलरमा गहनाको कुल तौललाई वास्तविक तौल बताउछन् र त्यसै आधारमा मूल्य निर्धारण गर्छन् । यसले गहनालाई अनावश्यक महंगो बनाउछ । मेकिंग चार्ज एउटा अर्को महत्वपूर्ण पक्ष हो । यो तपाईंको बिलमा पनि राखिएको हुन्छ । केही ज्वेलर बिलमा प्रति ग्राम सुनमा निर्धारित दरमा मेकिंग चार्ज लिन्छन् भने केही ज्वेलरले कुल तौलको निश्चित प्रतिशतका आधारमा लिन्छन् । यसले मेकिंग चार्जमा निकै ठुलो अन्तर आउछ । गहना र लगानी दुवै उद्देश्यका साथ सुन खरीद गर्दा अधिक शुद्धता हेर्नु अत्यन्त जरुरी छ । लगानी गर्ने मात्र सोचले गहना किन्नुपर्दा पत्थर जडित गहनालाई निषेध गर्नु नै बुद्धिमानी हुन्छ । किनभने न्यून गुणस्तरको पत्थरको भाउ पछि शुद्ध सुनमा पाइने मूल्यको भाउमा कसैले पनि दिदैन ।
सेयर बजारमा हरियाली, नेप्से दोहोरो अंकले बढ्दा ६७ करोडको सेयर किनबेच
काठमाडौं । दोश्रो चरणको चुनाव नजिकिँदै गर्दा सेयर बजारमा हरियाली छाएको छ । चुनावको अघिल्लो दिनको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा बुधबारको नेप्से ११.६७ अंकले उकालो लागेर १५३६.५४ अंकमा पुगेको छ । बजारमा ६७ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम मंगलबारको तुलनामा १३ करोड रुपैयाँ बढी हो । मंगलबारको बजारमा कुल ५४ करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बुधबारको बजारमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस दिन कम्पनीको ६ करोड ४० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७७८ रुपैयाँ रहेको छ । बीमा समूहको परिसूचक सबैभन्दा बढी ६८.६३ अंकले उकालो लागेको छ । त्यस्तै, हाइड्रो, होटल, माइक्रोफाइनान्स र विकास बैंकको परिसूचक क्रमशः ३२, २८, २४ र २३ अंकले उकालो लागेका छन् । बजारमा ट्रेडिङ समूहको परिसूचक सामान्य २.४५ अंकले ओरालो लागेको छ भने बाँकी समूहको परिसूच सामान्य अंकले उकालो लागेका छन् । दोहोरो अंकले बढेको बजारमा सबैभन्दा बढी छ्याँङदी हाइड्रोपावरका लगानीकर्ताले ७.५३ प्रतिशत कमाएका छन् । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०० रुपैयाँ रहेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १४ रुपैयाँ बढी हो । उता हिमालयन पावर पार्टनरका लगानीकर्ताले २.३५ प्रतिशित गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४१५ रुपैयाँ रहेको छ ।
सिद्धार्थ बैंकको थप तीन नयाँ शाखा सञ्चालनमा, शाखा सङ्ख्या ८० पुग्यो
काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो थप तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबार(आज) मात्रै नुवाकोटको बट्टार, दोलाखाको चरिकोट र बागलुङ्गको बागलुङ्ग बजारमा आफ्नो शाखा कार्यालयहरु विस्तार गरी सञ्चालनमा ल्याएको हो । उक्त नवविस्तारित शाखा कार्यालयहरु मार्फत् बैंकले सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ । साथै, यस स्थानका व्यापारी तथा सर्वसाधारण बैंकले प्रदान गर्दै आएको उच्चस्तरिय सेवाबाट लाभान्वित हुनेमा बैंक विस्वस्त रहेको छ । हालै सञ्चालनमा आएका नयाँ शाखाहरु सहित बैंकले हाल देशभर रहेका ८० शाखा, ३ एक्स्टेन्सन् काउन्टर, १०३ एटीएम, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६०० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४/०७५ को कार्तिक मसान्तसम्म बैंकले कुल निक्षेप ७८ अर्ब ४६ करोड रुपैयाँ र कर्जा लगानी ७१ अर्ब ७८ करोड रुपैयाँ परिचालन गरेको छ । सोहि अवधीमा बैंक ८६ करोड रुपैयाँ संचालन मुनाफा आर्जन गर्न सक्षम रहेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । काठमाडौं । सिद्घार्थ बैंकले आफ्नो थप तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबार(आज) नुवाकोटको बट्टार, दोलाखाको चरिकोट र बागलुङ्गको बागलुङ्ग बजारमा आफ्नो शाखा कार्यालयहरु विस्तार गरी सञ्चालनमा ल्याएको हो । उक्त नवविस्तारित शाखा कार्यालयहरु मार्फत् बैंकले सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ । साथै, यस स्थानका व्यापारी तथा सर्वसाधारण बैंकले प्रदान गर्दै आएको उच्चस्तरिय सेवाबाट लाभान्वित हुनेमा बैंक विस्वस्त रहेको छ । हालै सञ्चालनमा आएका नयाँ शाखाहरु सहित बैंकले हाल देशभर रहेका ८० शाखा, ३ एक्स्टेन्सन् काउन्टर, १०३ एटीएम, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६०० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४÷०७५ को कार्तिक मसान्तसम्म बैंकले कुल निक्षेप ७८ अर्ब ४६ करोड रुपैयाँ र कर्जा लगानी ७१ अर्ब ७८ करोड रुपैयाँ परिचालन गरेको छ । सोहि अवधीमा बैंक ८६ करोड रुपैयाँ संचालन मुनाफा आर्जन गर्न सक्षम रहेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भोलि २१ गते नगरवासीलेनै फोहोर व्यवस्थापन गर्नुपर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन सबै महानगरवासीलाई घरबाट निस्कने फोहोर आफै व्यवस्थापन गर्न आग्रह गरेको छ । निर्वाचनमा सार्वजनिक यातायातका साधन सञ्चालनमा रोक लगाइएको र कर्मचारीले पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्ने व्यवहारिक पक्षलाई ध्यानमा राखी उक्त निर्णय गरेको कामपाका सह–प्रवक्ता नवराज ढकालले जानकारी दिए । फोहोर बाक्ने गाडी सञ्चालनका लागि अनुमति भए पनि टाढा रहेका कर्मचारी आउनका लागि समस्या हुने भएकाले नियमितजसो फोहोर संकलन गर्न नसकिने कामपाले जनाएको छ । केही कर्मचारीलाई आउन सहज भए पनि सबै कर्मचारी आउन नसक्ने भएकाले सबै ठाउँको फोहोर संकलन हुन नसक्ने जनाइएको छ । नगरवासीले जथाभावी फोहोर फाल्दा मतदातालाई समेत समस्या हुने भएकाले उक्त दिन फोहोर व्यवस्थापन गर्न कामनपाले आग्रह गरेको हो । हरेक दिन कामपाबाट पाँच सय टन फोहोर संकलन हुनेगरेको छ । उक्त दिन निस्कने सबै फोहोर व्यवस्थापनका लागि कामपाले भोलिपल्टै कर्मचारी खटाउने पनि वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुँवरले बताएका छन् । रासस
माछापुच्छ्रे बैंकले पोखरामा गर्यो प्रभात फेरी कार्यक्रम
काठमाडौं । माछापुच्छ्रे बैंकले १९अाैँ वार्षिक साधारणसभाको उपलक्ष्यमा पोखराको लेक साइडमा प्रभातफेरी कार्यक्रम संचालन गरेको छ । बसुन्धरा पार्कबाट शुरु भएको उक्त कार्यक्रम हल्लनचोकबाट पुनःबसुन्धरा पार्कमापुगेर समापन भएको थियो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तिय साक्षरता अन्तर्गत बैकिङ्ग सचेतना जगाउने, बैकिङ्ग सेवाको फाइदा, सफा नोटको महत्व, डेबिटरक्रेडिट कार्डको उपयोग र यसको फाइदा इत्यादिको बारेमा विभिन्न जानकारी दिएको थियो । बैंकले आ.व. २०७४/७५को पहिलो त्रैमाससम्ममा २८ करोड ९ लाख रुपैयाँ खुदमुनाफा आर्जन गरेको छ । साथै, हाल बैंकले ६४ अर्ब ५१ करोड रुपैयाँ निक्षेप परिचालन गरी ५६ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैकले हालसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ७ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ७३ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८४ वटा एटीएमहरु संचालनमा रहेको छ ।
साऊदीका भ्रष्टाचार अरोपितलाई उन्मुक्ती दिने प्रयास, कति रकम धरौटीमा छुट्लान् राजकुमार ?
बिबिसी । साऊदी अरबमा भ्रष्टाचारको आरोपमा हिरासतमा लिइएका अधिकांश राजकुमारहरु, मन्त्री तथा व्यवासायीलाई उन्मुक्ति दिन खोजिएको छ । साऊदीका महान्यायधिवक्ता अनुसार भ्रष्टाचार निरोधक अभियानमा गिरफ्तार भएका धेरै अभियुक्तहरु माफीका लागि सरकारसँग सम्झौता गर्न तयार छन् । पछिल्लो महिनामा यो अभियान अन्तर्गत राजकुमार, मन्त्री तथा व्यापारीहरुलाई हिरासतमा लिइएको थियो । एक बयानमा ३२० मानिसहरुलाई पुछताछका लागि बोलाइएको थियो, जबकी १५० अहिले पनि हिरासतमा छन् । जसले सम्झौता गर्न मान्दैन, उसले मुद्दा झेल्नुपर्नेछ । हिरासतमा लिइएका व्यक्तिहरुको नाम सार्वजनिक गरिएको छैन । यद्यपी गत सातामात्रै राजकुमार मितब बिन अब्दुल्लाहलाई “स्वीकार्य समझौता” का आधारमा रिहा गरिएको थियो । ६ सय ४४ करोड भारतीय रुपैयाँ बराबरको धरौटी रकम बुझाएपछि उनलाई जमानत दिइएको थियो । राजकुमार मितब बिल अब्दुल्लाहलाई पनि सिंहासनको दाबेदार मानिन्छ । के होला कारबाही ? महान्यायधिवक्ताका अनुसार भ्रष्टाचार मुद्दममा अपराधीलाई “अन्तर्राष्ट्रीय स्तरमा हुने कारबाही”लाई पालना गरिनेछ । हिरासतमा लिइएका अभियुक्तलाई राजधानी रियादको एक शाही होटलमा राखिएको छ । साऊदी अरबका क्राउन प्रिंस मोहम्मद बिन सलमानले त्यो कुरालाई “हास्यास्पद” बताएर पन्छिन खोजेका छन्, जसमा उक्त अभियानलाई सत्ता हडप्ने रणनीति बताइएको थियो । के भएको थियो ? नोभेम्बरको पहिलो सातामा अरबको भ्रष्टाचार निरोधक कमेटीले ११ राजकुमारहरु, चार मन्त्री तथा दर्जनौं पूर्व मन्त्रिहरुलाई हिरासतमा लिएको थियो । त्यससमयमा साऊदी ब्रोडकास्टर अल-अरेबियाले २००९मा जेद्दाहमा आएको बाढी तथा २०१२ मा मर्स भाइरसको संक्रमण फैलिएको विषयमा जाँच नयाँ तरिकाबाट सुरु गरेको थियो। नयाँ भ्रष्टाचार निरोधक कमेटीको गठन भएको चार घण्टापछि यी व्यक्तिहरुलाई हिरासतमा लिइएको थियो । क्राउन प्रिन्स नै जाँच कमिटीको अध्यक्षमा साऊदी अरबको सरकारी समाचार एजेन्सी एसपीएका अनुसार, भ्रष्टाचार निरोधक कमेटीको अध्यक्षता क्राउन प्रिंस मोहम्मद बिन सलमानले गरिरहेका छन् । उनलाई गिरफ्तार गर्ने र यात्रामा प्रतिबन्ध लगाउनेसम्मको अधिकार छ । त्यसैबेला प्रिंस सलमानले साऊदी नेशनल गार्ड तथा ९ सेना प्रमुखहरुलाई पनि बदलेका थिए । एसपीएका अनुसार, किंग सलमानले नेशनल गार्ड मिनिस्टर प्रिंस मितेब बिन अब्दुल्लाह र नेवी कमाण्डर एडमिरल अब्दुल्लाह बिन सुल्तान बिन मोहम्मद अल-सुल्तानलाई पनि बर्खास्त गरेका छन् । आधिकारिक रूपमा तिनीहरुलाई हटाउनुपर्ने कुनै कारण नदेखिएको बताइएको छ ।
मुक्तिनाथ विकास बैंकको पुस ७ गतेदेखि बुक क्लोज, वार्षिक साधारणसभामा जाँदै
काठमाडौं । मुक्तिनाथ विकास बैंकको आगामी पुस ७ गतेदेखि १९ गतेसम्म बुक क्लोज हुने भएको छ । बैंकले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । बैंकको आगामी वार्षिक साधारणसभा पुस १९ गते हुँदै छ । उक्त सभाले सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने कम्पनी सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । सञ्चालक समितिले सेयरधनीलाई २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।