मध्यभोटेकोसी जलविद्युत ४० प्रतिशत मात्र सम्पन्न, २ वर्षभित्र सक्न निर्देशन
काठमाडौं । सरकारले निर्माणधिन १०२ मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत आयोजनाको काम २ वर्षभित्र सक्न निर्देशन दिएको छ । ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले सिन्धुपाल्चोकमा निर्माणाधीन आयोजनाको काम दुई वर्षभित्र सक्न निर्देशन दिएका हुन् । ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्षभित्र निर्माण सक्ने सुनिश्चित हुने एकीकृत समय तालिका तयार गरी सोही अनुसार सबै काम समानान्तरुपमा अगाडि बढाउन निर्देशन दिएका छन् । सचिव उपाध्याय र कार्यकारी निर्देशक घिसिङले शनिवार आयोजनाको स्थगलत निरीक्षण गरी आयोजना व्यवस्थापन, परामर्शदाता लाहमेयर इन्टरनेसनल र ठेकेदार क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्ट्रक्सन तथा एन्ड्रिज हाइड्रोसँग छलफल गरेका थिए । सन् २०१७ जुनमा निर्माण सक्ने गरी सुरु गरिएको आयोजनाको काम अहिलेसम्म ४० प्रतिशत मात्रै सकिएको छ । जुरे पहिरो, भूकम्प, बाढीपहिरो, बाँध स्थलको जग्गा समयमा उपलब्ध गराउन नसक्नु, ठेकेदारले अपेक्षाकृत रुपमा काम गर्न नसक्दा लगायतका कारणबाट आयोजनाको काममा ढिलाई भएको हो । आयोजनाको निर्माण सन् २०१९को जुनमा सक्ने लक्ष्य राखिएको छ । निर्माण तालिकाले भने अझै अन्तिमरुप पाएको छैन । प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत रहेका ऊर्जा सचिव उपाध्यायले स्थलगत निरीक्षणबाट आयोजनाको काम ठेक्का सम्झौता अनुसार हुन नसकेको देखिएको बताए । ‘कामलाई तिब्रता दिन जलशक्ति बढाउनु पर्ने देखिन्छ, ठेकेदारले व्यहोर्दे आएको नगद प्रवाहको समस्यालाई समाधान गरिदिन प्राधिकरण र आयोजनालाई पटक–पटक निर्देशन दिंदै आएका छौं’,उनले भने,‘सम्झौताअनुसार काम गरिनु पर्छ, कुनै पनि हालतमा आयोजना ढिला हुनुहुँदैन ।’ आयोजनाको बाँधस्थल, सुरुङ, विद्युत गृह लगायत सबैतिर काम भइरहेको छ । बाँधस्थल खन्न सुरु भएको छ भने विद्युत गृह रहने ठाउँ खन्ने काम सकिएको छ । ७.१ किलोमिटर मुख्य सुरुङमध्ये करिव तीन किलोमिटर खनिएको छ । विद्युत गृहमा रहने केही इलेक्ट्रोमेकानिकल उपकरण आयोजना स्थलमा ल्याइसकिएको छ । कार्यकारी निर्देशक घिसिङले आयोजनाको काम अपेक्षा अनुसार अगाडि बढ्न नसकेको बताए । उनले आयोजनाको काम अहिले सबैतर्फबाट भइरहेता पनि प्रगति सन्तोषजनक नरहेको उल्लेख गरे । ‘आयोजनाको चार वर्ष बितिसकेको छ, अब दुई वर्षभित्रमा जसरी पनि सक्नु पर्छ’,उनले भने,‘एकीकृत तालिका बनाएर सोहीअनुसार हरेक काम समानान्तररुपमा अगाढी बढाउनु होस्, अब आयोजना ढिलाई गर्नेलाई छुट दिन सकिंदैन ।’ दुई वर्षभित्र निर्माण सक्ने गरी कामदार थप गरी निर्माणलाई तिब्रता दिन, बाँधस्थलको काममा विशेष ध्यान दिन, निर्माण सामाग्रीको पर्याप्त व्यवस्था गर्न, ठेकेदारले व्यहोरिहेको नगद प्रवाहको समस्यालाई तत्काल समाधान गर्न निर्देशन दिए । घिसिङ चिलिमे कम्पनीको प्रवन्ध सञ्चालक रहेकावेला आयोजना अगाडि बढाइएको थियो । आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङसीले ठेक्का लिएको छ । इलेक्ट्रिमेकानिकलतर्फको काम भने एन्ड्रिजले गरिरहेको छ । १२ अर्ब २८ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको छ । चिलिमे कम्पनीको अगुवाईमा निर्माण भइरहेको आयोजनामा प्राधिकरण,सिन्धुपाल्चोका चार इन्भेष्टमेन्ट कम्पनीहरु, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता,सिन्धुपाल्चोकबासी, सर्वसाधारण लगायतको लगानी रहने छ । आयोजनाबाट वार्षिक वार्षिकरुपमा ५४ करोड २० लाख युनिट विद्युत उत्पादन हुने छ । आयोजनाले विद्युत बिक्रीबाट वार्षिकरुपमा दुई अर्ब ९० करोड ४३ लाख रुपैयाँ आम्दानी गर्ने छ ।
लडर्स मोबाइल गेम २०१७ को उत्कृष्ट, खेलाडीको संख्या ९० लाख
काठमाडौं । “सबैेभन्दा प्रतिस्पर्धात्मक गेम” भनेर २०१६े मा उपाधि पाएको लर्डस् मोबाइल गेमलाई २०१७ मा “उत्कृष्ट मल्टिप्लियर अनलाई गेम” को उपाधिका लागि मनोनित गरिएको छ । यो गेम गृगल प्लेमा “सम्पादकको छनोट”े को विधामा पनि परेको छ । २०१६ मा विश्वभरका ६५ लाख खेलाडीहरुले खेलेको यो गेम हाल २०१७ मा विश्वभरका खेलाडीहरु बढेर ९० लाख पुगेको छ । यसको रेट गृगल प्लेमा ४.५ रहेको छ । लर्डस् मोबाइल गेम उत्पादक कम्पनी आइ गट गेमस् हो । एप ऐनीको अनुसार “लर्डस् मोबाइल” गेमले एप स्टोर, आईओएस र गृगल प्लेमा अत्याधिक गर्सिप प्राप्त गरेको छ । गृगल प्लेमा यो गेम गर्सिप चार्टको दोस्रो स्थामा रहेको छ र तेस्रो स्थानमा सोही गेम कम्पनिको अर्को गेम “क्ल्यस अपm कल्यान” परेको छ । क्ल्यस अपm कल्यान पनि गृगल प्लेमा “सम्पादकको छनोट”को विधामा यरेको छ । ४० नायकहरु रहेको यस गेममा सबै नायकहरुको विभिन्न क्षमता , विशेषता , डिजाईन र सबैको पृष्ठभुमि भिन्न रहेको छ । यो रणनीति भिडियो गेम र व्यापक मल्टीप्लेयर अनलाइन गेम हो । यो गेम उत्पादक कम्पनी आइ गट गेमस्का अनुसार यसमा भयानाक राक्षसहरु र शक्तिशाली दुश्मनहरुको अराजकतामा रहेका विदेशी जादुई भूमिहरुलाई स्वतन्त्र गराउन आवश्यक नायकको र साथीको छनोट गर्नुहोस् अनि युदमा गई विजय प्राप्त गरी आपmनो समराज्य बनाउनुहोस् । दुश्मनहरुलाई कैद गर्नुहोस् र आपmनो समराज्य बढाउनुहोस् ।
ललितपुरमा बिट मार्दै एनसेल मेला २०७४ सम्पन्न, नयाँ प्रस्तुतिमा फोरजी थिममा आधारित गेमहरु
काठमाडौं । एनसेल प्रा.लि.ले आयोजना गरेको एनसेल मेला २०७४ शनिवार जाउलाखेल, ललितपुरमा आयोजना पश्चात बिट मारेको छ । ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हुँदै खुसियाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोड व्याण्ड सेवालङ्ग टर्म इभोलुसन/फोरजीको अनुभव प्रदान गर्न, कम्पनीले पोखरा, विराटनगर र ललितपुरमा एनसेल मेला आयोजना गरेको हो । तीनै शहरहरुमा हजारौको संख्यामा दर्शक तथा आगन्तुकहरुले सहभागिताजनाई गीत, संगीत, फोरजी थिममा आधारित गेमहरु लगायत विविध क्रियाकलावहरुबाट मनोरञ्जन लिएका छन् । एनसेल मेला पुस ८ गते पोखरामा, पुस १५ गते विराटनगरमा र पुस २९ गते ललितपुरमा आयोजना गरिएको थियो । मेलामा प्रख्यात कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुति, फोरजी थिममा आधारित विभिन्न गेमहरु, किड्स जोन, जादु र फुड स्टलहरु लगायतविविध रोचक क्रियाकलापहरु समावेश गरिएका थिए । मेलाको मुख्य आकर्षण कन्सर्ट रहेको थियो । मेलामा कलाकारहरु शिव परियार, इन्दिरा जोशी, आषिश राना (लाउरे), अनि सांगीतिक समुहहरुमाकबवेभ र द एज ब्याण्डले आफ्नो प्रस्तुतिहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । दर्शकहरुले उनीहरुको प्रस्तुतिसँगै नाच्दै झुमेका थिए । रोडिज्का विजेता समन श्रेष्ठ र उपविजेता अनिमेश शाहीको सहभागिताले मेलामाआकर्षण थपिएको थियो । “एनसेल मेला २०७४ मा उत्साहजनक रुपमा सहभागी भई मेलालाई सफल बनाउनु भएकोमा हामी हाम्रा सबै ग्राहक तथा शुभचिन्तकहरु प्रति आभारी छौं,” एनसेलका कर्पोरेट सर्भिसेज् निर्देशक प्रणय आचार्यले भने । “जुन उत्सुकताका साथ मेलामा आगन्तुकहरुले देशको २१ शहरहरुमा पुगिसकेको एनसेलको फोरजी सेवाको परिक्षण तथा अनुभव लिनु भयो यसले हामीलाई थप उर्जा दिएको छ । डिजिटल नेपालको भिजनमा योगदान पुर्याउदै अझ धेरै नेपालीहरुलाई मोवाइलब्रोडब्याण्डले ल्याउने अवसरहरुसँग जोड्न एनसेल प्रतिवद्घ छ ।” मेलामा आउने सबै उमेर समुहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखि विभिन्न कार्यक्रमहरु समावेश गरिएका थिए । बालबालिकाले ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकार्षणको मजा लिएका थिए ।
अपी पावर कम्पनीको साधारणसभा आज, २ सय प्रतिशत हकप्रद निष्कासन प्रस्ताव पारित होला ?
काठमाडौं । अपी पावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा आज १ बजे हुदैछ । साधारणसभामा २ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको २ करोड २६ लाख ८० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न प्रस्ताव पेश हुदैछ । जलविद्युत र सौर्य ऊर्जामा लगानी गर्न अपीले हकप्रद सेयर निष्कासन गर्ने भनेको छ । साधारणसभाबाट २ सय प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित भएपछि प्रक्रिया अघि बढाउने उसको तयारी छ । कम्पनीले हकप्रद सेयर मध्ये १ अर्ब रुपैयाँ सिद्धकाली पावर लिमिटेडमा र १ अर्ब २६ करोड ८० लाख रुपैयाँ १८ मेगावाट क्षमताका विभिन्न सौर्य आयोजनामा लगानी गर्ने जानकारी दिएको छ । ऊर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणले निर्धारण गरेको भन्दा कम दरमा सोलारको बिजुली खरिद गर्ने कार्यविधि ल्याएपछि अपीको सोलार योजना अलपत्र परेको छ । यसअघि ऊर्जा संकट समधान गर्न सरकारले सोलार प्रविधिबाट उत्पादन हुने बिजुली खरिद गर्ने भनेपछि २१ कम्पनीले ६१ मेगावाट बिजुली उत्पादन योजनासहित प्राधिकरणमा पीपीएका लागि निवेदन दिएका थिए । त्यसबेला प्राधिकरणले प्रतियुनिट ९ रुपैयाँ ६१ पैसा आधारदर तयार गरेको थियो । कम्पनीहरुले प्रतियुनिट ९ रुपैयाँ ४५ पैसा र ८ रुपैयाँ ३५ पैसामा बिजुली बेच्ने प्रस्ताव गरेका थिए । ऊर्जा मन्त्रालयले हालसालै तयार पारेको सोलारबाट बिजुली उत्पादन गर्ने निर्देशिकामा प्रतियुनिट ७ रुपैयाँ ३० पैसा पीपीए दर कायम गरेपछि यसलाई अघि बढाउन कानूनी समस्या भएको हो । गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर जारी गरेपछि कम्पनीको सेयर संख्या १ करोड १३ लाख ४० हजार रुपैयाँ पुग्ने छ । कम्पनीले निर्माण गर्ने विभिन्न जलविद्युत र सौर्य आयोजनामा लगानीका लागि बैंकबाट ऋण लिने अधिकार सञ्चालक समितिलाई दिनका लागि सभामा प्रस्ताव सभाले पारित गर्नेछ । कम्पनीले २ अर्ब ११ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । सेयर पुँजी बढाएर हकप्रद निष्कासन रकम बढाएको छ । अपीले हाल ८ मेगावाटको नौगाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस्तै ८.५ मेगावाटको नौगाड आयोजना निर्माण गरिरहेको छ । यस्तै ७५ मेगावाटको त्रिशुली गल्छीमा बनाउने भनेपनि बैंकले लगानी नगर्ने भनेपछि सिद्धकालीले क्षमता घटाएर २६ मेगावाटको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) लिनका लागि विद्युत विकास विभागमा निवेदन दिएको छ ।
नयाँ जीवन बीमा कम्पनीहरु सकसमा, खर्च बढी, व्यापार कम
काठमाडौं । खर्च बढी, व्यापार कम हुँदा नयाँ जीवन बीमा कम्पनी सकस बेहोरिरहेका छन् । नयाँ ९ वटा जीवन बीमा कम्पनी थपिएपछि पुराना ९ वटा कम्पनीहरु आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन् । तर, पुराना कम्पनीको जस्तो बोनस दर घोषणा गर्न पनि नपाएका, मानिसहरुलाई आकर्षित गर्ने बीमा पोलिसी ल्याउन पनि नसकेका, भरर्खरै सञ्जाल विस्तार र प्रणालीगत विकासमा काम गर्दै गरेका नयाँ बीमा कम्पनीहरुले प्रतिस्पर्धा कठिन भएको महसुश गरेका छन् । ठूलो पुँजी, खर्चिला कर्मचारी, प्रतिष्पर्धात्मक बजारका बीच व्यवसाय बढाउँनै पर्ने बाध्यताका कारण नयाँ जीवन बीमा कम्पनीका सिइओहरु दबावमा परेका हुन् । धेरै बीमा कम्पनीहरुले खर्च कटौति गर्ने उपायको रुपमा प्रमुख कार्यकारी अधिकृत नियुक्त नै गरेका छैनन् भने एक कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृतले राजीनामा दिएका छन् । स्रोतका अनुसार आईएमई लाइफमा कामु प्रमुख कार्यकारी अधिकृतको हैसियतमा काम गर्दै आएका राकेश पोखरेलले कम्पनीको चुनौति थेग्न नसकेर पदबाट राजीनामा दिएका छन् । यसै आर्थिक वर्षमा सञ्चालनमा आएका आईएमई लाइफ, युनियन लाईफ, ज्योति लाइफ, सन नेपाल लाइफ, रिलायन्स लाइफ, रिलायवल लाइफ, सिटिजन लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका उच्च व्यवस्थापन समूह चर्को दवाममा रहेर काम गरिरहेको जानकारहरुले बताएका छन् । ‘नयाँ जीवन बीमा कम्पनीका सिइओहरु व्यवसाय वृद्धि र सञ्चालकहरुको महत्वकांक्षाका कारण चिन्तित देखिनुहुन्छ, उहाँहरुले साह्रै दबाव झेल्नु परेको कुरा हामीसँग गरिरहनु भएको छ’, बीमा समिति स्रोेतले भन्यो । नयाँ कम्पनीका एक जना सिइओका अनुसार कम्पनीलाई नाफा घाटा बराबर (ब्रेक इभन)मा लैजान ३० देखि ३५ हजार पोलिसी बेच्नु पर्छ । तर अहिले नै सो मात्रामा पोलिसी बेच्न सकिने अवस्था छैन् । अधिकांश नयाँ कम्पनीले पुराना कम्पनीबाट कर्मचारी तानेका छन् । त्यसरी ल्याईएका कर्मचारीलाई न्युनतम एक तह बढुवा पनि गरिएको छ र तलब पनि पुरानोमा भन्दा बढी दिइएको छ । तर उनीहरुले तलब र पद अनुसारको जिम्मेवारी पूरा गर्न नसकिरहेको ठम्याई बीमा समितिले गरेको छ । ‘पुराना कम्पनीका कर्मचारीलाई बढी तलब र माथिल्लो पद दिएर ल्याएका छन्, तर उनीहरुले सो अनुसार काम गर्न नसकिरहेको देखिन्छ, यसले पनि कम्पनी व्यवस्थापन तनावमा परेको छ’ स्रोतले भन्यो । निर्जीवन बीमा कम्पनीका काम गरि अनुभव हासिल गरेको र जीवन बीमा कम्पनी प्रवेश गरेका कर्मचारीहरुले पनि काम गर्न कठिन भएको महसुस गरेको छन् । नयाँ कम्पनीहरुको लागि पूर्वाधार निर्माण गर्न, शाखा, अभिकर्ताहरुको नेटवर्क निर्माण गर्न, प्रणालीगत विकास गर्न केही समय लाग्ने भएकोले तत्काल नयाँ कम्पनीले अधिक बीमा गराउन नसक्ने बताउँछन् यूनिय लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण । ‘बजार ठूलो छ, यो वर्ष मात्र बजार ५० प्रतिशतले विस्तार हुन सक्छ । नयाँ कम्पनीको लागि पनि बजार प्रशस्त छ’ उनले भने–‘बीमा गर्नको लागि आवश्यक सबै प्रकारको पूर्वाधार निर्माण गर्न पनि नयाँ कम्पनीहरुको लागि केही समय लाग्छ ।’ नयाँ कम्पनीहरुको लागि आकर्षक बीमा पोलिसीहरुको विकास गर्नु पनि ठूलो चुनौति रहेको जानकारहरु बताउँछन् । बजारमा भईरहेको र पुराना कम्पनीहरुले बेचिरहेका प्रकृतिको बीमा पोलिसी बिक्री गर्न नयाँ बीमा कम्पनीहरुको लागि कठिन छन् । फरक र आकर्षक बीमा पोलिसी बनाएर ल्याउन सकिरहेका छैनन् । नयाँ कम्पनीले सञ्चालनमा आएको एक वर्षपछि मात्र नाफाको आधारमा बोनस दर घोषणा गर्न पाउने छन् । पुराना कम्पनीले पोलिसीका विभिन्न विशेषताको साथै आकर्षक बोनस दर अपिल गरिरहेका हुन्छन् । नयाँ कम्पनीका लागि यो सम्भव भएको छैन । ‘सामाजिक सुरक्षा र बचतको नाराले मात्र बीमा गराउन सकिदैन, व्यवसायिक लाभको अपिल पनि गर्नैपर्छ’ एक बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतले नाम नखोल्ने सर्तमा भने–नयाँ कम्पनीहरुले सामाजिक सुरक्षा र अनिवार्य बचतको प्रस्ताव गर्न सक्छन्, तर व्यवसायिक लाभको प्रस्ताव गर्न सक्दैनन् । नयाँ बीमा कम्पनीको लागि यो ठूलो चुनौति हो । नयाँ बीमा कम्पनीहरुको नाफा तत्कालका लागि बढ्नुको साटो घट्ने देखिएको छ । नयाँ जीवन बीमा कम्पनीहरुले २ अर्ब चुक्ता पुँजीमध्ये ७० प्रतिशत अर्थात एक अर्ब ४० करोड रुपैंयाँ बुझाउनुपर्ने थियो । सो रकममध्ये एक अर्ब २० करोड रुपैंयाँ बाणिज्य बैंकमा मुद्दति निक्षेपका रुपमा राखेर बीमा समितिलाई एयरमार्क गर्नुपर्ने थियो । बाँकी रहेको २० करोड भने चालु खातामा राखेर कार्यालय सञ्चालनमा उपयोग गर्न पाइने व्यवस्था छ । मुद्दति खातामा राखेको पैसाले राम्रो व्याज पाएकाले शुरुका त्रैमासिक वित्तीय विवरणमा नयाँ कम्पनीले नाफा गरेको देखिए पनि यो नाफा क्रमशः घट्दै जाने देखिएको छ । कम्पनीका शाखा, कर्मचारी वृद्धिसँगै सञ्चालन खर्च बढेको तुलनामा व्यापार विस्तार गर्न नसक्ने कम्पनीहरु नोक्सानमा जाने जोखिम रहेको जानकारहरु बताउँछन् ।
जेबिल्स फाइनान्सको ३ लाख ७२ हजार कित्ता हकप्रद सेयर लिलाम हुदै, माघ १४ गते बोलपत्र पेश गर्ने अन्तिम दिन
काठमाडौं । जेबिल्स फाइनान्स लिमिटेडले संस्थापक र सर्वसाधारण समूहको हकप्रद सेयर लिलाम गर्ने भएको छ । फाइनान्सले कुल ३ लाख ७२ हजार ४२७ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । जसअनुसार संस्थापक समूहतर्फ २ लाख ९८ हजार २०६ र सर्वसाधारण समूहको ७४ हजार २२० कित्ता हकप्रद सेयर बोलकबोलबाट बिक्री गर्न लागेको हो । हकप्रद खरिदका लागि माघ १४ गते बोलपत्र पेश गर्ने अन्तिम दिन तोकिएको छ । चुक्तापुँजी बढाउन जेविल्सले असोज १ गतेदेखि कात्तिक २० गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा आवेदन नपरेपछि फाइनान्सले लिलामी गर्न लागेको हो ।
सानिमामाई हाइड्रोपावरले ११५ मेगावाटका ३ जलविद्युत आयोजनामा १ अर्ब ८ करोड लगानी गर्ने
काठमाडौं । गैरआवासिय नेपालीले प्रवद्र्धन गरेको सनिमामाई हाइड्रोपावर लिमिटेडले ११५ मेगावाट क्षमताका ३ जलविद्युत आयोजना निर्माण गर्न १ अर्ब ८ करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीको शुक्रबार राजधानीमा सम्पन्न छैठौ वार्षिक साधारणसभाले ७३ मेगावाटको मध्यतमोर जलविद्युत आयोजनामा ४८ करोड, २८ मेगावाटको लोअर लिखुमा ४५ करोड र १४ मेगावाटको मैलुङखोला जलविद्युत आयोजनामा १५ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव पारित गरेको छ । मध्यतमोर र लोअर लिखुमा हकप्रद सेयर निष्कासबाट प्राप्त रकम र मैलुङखोलामा गत आर्थिक वर्षमा गरेको खुदनाफा संचित कोषमा राखेर लगानी गर्ने भएको हो । गत आवमा कम्पनीले २८ करोड ९९ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत आवमा गरेको नाफाबाट सेयरधनीले ५ प्रतिशत मात्र लाभांश पाउने अवस्था आएपछि वितरण नगरेको सानिमामाईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. सुवर्णदाश श्रेष्ठले बताए । गत आवमा गरेको नाफा नयाँ जलविद्युत आयोजना बनाउन पुनरलगानी गर्ने प्रस्ताव सभाले पारित गरेको हो । कम्पनीको पुँजी वृद्धिपछि लाभांश कम आउने भएको हो । सानिमामाईले जलविद्युत्मा थप लगानी जुटाउन भन्दै १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता हकप्रद सेयर बिक्री गरिसकेको छ । अहिले ५ प्रतिशत लाभांश भन्दा लगानीबाट दीर्धकालमा बढी प्रतिफल आउने उनको भनाई छ । कम्पनीले हकप्रद सेयर निष्कासन गरेपछि चुक्तापुँजी बढेर २ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । जलविद्युत आयोजनामा लगानी गर्नका लागि सानिमामाईले सत्प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । यस्तै सानिमा माई र सुनकोसी आयोजनाको प्रवद्र्धक सानिमा हाइड्रोपावरलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाउन सभाले सञ्चालक समितिलाई सहमति दिएको छ । दुई कम्पनी गाभिएपछि सानिमाको क्षमता अझ विस्तार हुने छ । सभाले साधारण सेयरधनीका तर्फबाट भारतकुमार पोखरेल र आशिषकुमार श्रेष्ठलाई सञ्चालकमा निर्वाचित गरेको छ । सानिमामाईले २२ मेगावाटको माई र ७ मेगावाटको माईक्यासकेड गरी २९ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । गत आवमा सानिमामाईले बिजुली बिक्री, ब्याज र विविध शिर्षकबाट गरी ८० करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको थियो । २२ मेगावाटको माई र ७ मेगावाटको माईक्यासकेड गरी २९ मेगावाट क्षमताको २ आयोजना निर्माण सम्पन्न गरेको छ । नयाँ आयोजनामा संस्थापकको ७०, आयोजना प्रभावित स्थानियबासिन्दाको १० र सर्वसाधारणको २० प्रतिशत सेयर लगानी रहेको छ । आयोजना आगामी सन् २०२२ सम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
कमिसन कटौतीका कारण नेप्सेको नाफा घट्यो
काठमाडौँ, शेयर दलाललाई दिइँदै आएको कमिसनमा व्यापक कटौती गरिएसँगै नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)को नाफा खस्किएको छ । नेप्सेले आव २०७३/७४ मा ३७ करोड २० लाख ८५ हजार रूपैयाँ खुद नाफा गरेकाे छ । आव २०७२/७३ मा नेप्सेले ४७ करोड ४९ लाख ६० हजार रूपैयाँ नाफा गरेको थियो । ब्रोकर कम्पनीलाई दिइँदै आएको कमिसनमा ३० प्रतिशतको कटौतीका कारण नेप्सेको नाफामा कमी आएको हो । नेपाल धितोपत्र बोर्डले शेयर दलाल कम्पनीलाई शेयर कारोबारबापत दिइँदै आएको कमिसनमा भारी कटौती गरेपछि नेप्सेको नाफा घटेको प्रवक्ता मुरहरि पराजुलीले जानकारी दिए । नेप्सेले गत आवमा ४६ करोड ७८ लाख २३ हजार ६७ धितोपत्र कारोबारबाट आम्दानी गरेको छ भने अघिल्लो वर्ष ६९ करोड ६१ लाख ९४ हजार रूपैयाँ आम्दानी गरेको थियो । गत आवमा १०१ वटा संगठित संस्थाले धितोपत्र निस्काशन गरी ५९ अर्ब ३९ करोड ५४ लाख रूपैयाँ बराबरको पूँजी परिचालन गरेका छन् । प्राथमिक बजारतर्फ रकमका आधारमा अघिल्लो आवको तुलनामा परिचालित रकममा करिब २१२ .६३ प्रतिशतले वृद्धि भएको छ भने पूँजी परिचालनकर्ता संगठित संस्थाको संख्यामा ८३.६४ प्रतिशतले वृद्धि भएको छ । यस्तै दोस्रो बजारमा आव २०७२/७३ मा १ खर्ब ६३ अर्ब ९५ करोड रूपैयाँ बराबरको धितोपत्रको कारोबार भएकोमा आव २०७३/७४ मा २४.९० प्रतिशतले वृद्धि भई र२ खर्ब ४ अर्ब ७९ करोड रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । परिणामस्वरुप दैनिक औषत कारोबार अघिल्लो वर्षको तुलनामा ७० करोड ३६ लाखबाट बढेर ८९ करोड तीन लाख रूपैयाँ पुगेको छ । कारोबार संख्यातर्फ आव २०७२/०७३ मा ८ लाख ३६ हजार ९०२ वटा कारोबारबाट ३० करोड २० लाख २० हजार कित्ता शेयर खरिद बिक्री भएकोमा आव २०७३/७४ मा १३ लाख ५५ हजार ५८५ कित्ता शेयर कारोबारबाट ३९ करोड ३५ लाख ३८ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । अघिल्लो आवको तुलनामा ६९.९८ प्रतिशतले वृद्धि भएको छ भने कारोबार भएको शेयर कित्तामा गणना गर्दा २९.९९ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ । घट्यो बजार पूँजीकरण आव २०७२/७३ मा १८ खर्ब ९० अर्ब रूपैयाँ रहेको नेपालको धितोपत्र बजार पूँजीकरणका १.७९ प्रतिशतले कमी आई आव २०७३/७४ मा १८ खर्ब ५६ अर्ब रूपैयाँ कायम भएको छ । आव २०७२/ ७३ मा नेप्सेमा सूचीकृत कम्पनीको संख्या २२९ रहेकोमा आव २०७३/७४ मा थप १२ कम्पनी सूचीकृत भएका छन् । यस्तै ३३ कम्पनी एक आपसमा गाभिएर तथा प्राप्ति भई उक्त संख्या २०८ कायम भएको छ । समीक्षा वर्षमा कूल १७३ कम्पनीको रु ३५ अर्ब १७ करोड बोनस शेयर र ७३ कम्पनीको ३० अर्ब ४६ करोड ४८ लाख रूपैयाँ बराबरको हकप्रद शेयर सूचीकृत गरिएको छ । परिणामस्वरुप समीक्षा वर्षको अन्त्यमा कूल १ खर्ब ३६ अर्ब ३४ करोड ६९ लाख बराबरका शेयर सूचीकृत भएका छन् । यस अवधिमा ३ अर्बको तीन वटा सामूहिक लगानी कोषको एकाइ, ५७ करोड २२ लाख बराबरको तीन कम्पनीका थप शेयर र ६२ अर्बको तीन प्रकारका सरकारी ऋणपत्रसमेत सूचीकृत भएको नेप्सेले आज सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । नेप्सेमा आव २०७२/ ७३ मा १३१ सूचीकृत कम्पनी क वर्गमा वर्गीकृत भएकोमा आव २०७३/७४ मा १११ कम्पनी क वर्गमा वर्गीकृत छन् । आव २०७२/७३ को अन्त्यमा १ हजार ७१८ दशमलव १५ पुगेको नेप्से परिसूचक समीक्षा वर्षको अन्त्यमा १ हजार ५८२ दशमलव ६७ झरेको छ । उक्त परिसूचक अघिल्लो आवको तुलनामा ७.८९ प्रतिशतले घटेको हो । पचास प्रतिशत नगद लाभांश बाँडिदै नेप्सेको ३६ औँ वार्षिक साधारणसभाले ५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदका अनुसार आजको साधारणसभाले १५ करोड लाभांश वितरण गरेको छ । जसअनुसार सरकारलाई कूल लाभांशको ५८ प्रतिशतअर्थात ८ करोड ७० लाख रूपैयाँ जानेछ । यसैगरी नेपाल राष्ट्र बैंकले कूल लाभांशको ३५ प्रतिशत अर्थात ५ करोड ३५ लाख पाउने छ भने एनआइडिसी डेभलपमेन्ट बैंकले ६ प्रतिशतअर्थात ९० लाख नाफा पाएको छ । नेप्सेमा सरकार, राष्ट्र बैंक र एनआइडिसी डेभलपमेन्ट बैंकसहित केही शेयर दलालको शेयर रहेको छ । रासस