मेगा बैकको नाफा ३९ करोड ३६ लाख, निष्क्रिय कर्जा घट्यो
काठमाडौं । मेगा बैंकले चालु आर्थिक वर्षको ६ महिनामा नाफा बढाएको छ । गत पुससम्म बैंकले ३९ करोड ३६ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ३७ करोड रुपैयाँ नाफा गरेको थियो । चालु आवमा मेगाले २ करोड रुपैयाँ मात्र नाफा बढाएको छ । बैंकले बुधबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाशिक वित्तीय विवरणअनुसार निष्क्रिय कर्जा घटेर ०.९६ प्रतिशतमा झरेको छ । गत असोजमा यस्तो कर्जा १.६७ प्रतिशत थियो । बैंकको निक्षेप लागत ७.५८, सीडी रेसियो ७९.३७, आधार ब्याजदर १०.९६ र स्प्रेड दर ३ प्रतिशत मात्र छ । प्रतिसेयर आम्दानी १०.६४ प्रतिशत रहेको बैंकले जनाएको छ । समीक्षा अवधिमा बैंकको निक्षेप बढेर ४५ अर्ब रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा निक्षेप ३७ अर्ब ९८ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानी पनि बढेर ४० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिम कर्जा लगानी ३४ अर्ब ११ करोड रुपैयाँ थियो । बैंकको संचित कोष बढेर १ अर्ब ६७ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।
आर्टिफिसिएल इन्टेलिजेन्स मोवाइल एप बनाउदै कुलप्याड, ३००० हजार अनुसन्धाकर्ता अनुसन्धान र विकासमा व्यस्त
काडमाडौं । कुलप्याडले नयाँ प्रविधिसहितको मोवाइल निर्माण गर्न ३० करोड अमेरिकी डलर लगानी थप्ने भएको छ । सो लगानीमा कम्पनीले सिलिकन भ्यालीमा नयाँ प्लान्ट राख्ने भएको छ । पावर सन भन्चर मार्फत उक्त लगानी हुन लागेको कम्पनीले जनाएको छ । कुलप्याडका सिईओ जिया चावको अनुसार कुलप्याडले आफ्नो फोकस मोबाइल फोनमा निर्माणमा मात्र नभए र ए.आई प्रविधि भएको एप्प निर्माण गर्ने छ । नयाँ एप्स हेल्थ, एजुकेशन र गेमिङमा पनि कन्द्रीत हुनेछ, जसले आर्टिफिसिएल इन्टेलिजेन्सको काम गर्नेछ । कुलप्याड मोवाईलको व्यवसाय गर्ने कम्पनी मात्र नभई आर्टिफिसिएल इन्टेलिजेन्स टेक्नोलोजिको विकासमा केन्द्रीत भएको उनले बताए । कम्पनीले ३००० हजार अनुसन्धानकर्तालाई नया प्रविधिको लागि अध्यायन र आविष्कारमा खटाएको जनाएको छ । ‘जियाङ र उनको टोलिले गरेको काममा हामी विश्वस्त छौं कि दुई वर्षभित्रमा संसारमा हाम्रो बास्तविक व्यवसाय पस्कने छौं’ कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । कुलप्याडले अहिलेसम्म १० हजार भन्दा बढी आविस्कारको प्याटेन्ट राईट सुरक्षित गरेको छ जसको प्रयोग विश्वभर उत्पादन हुने विभिन्न ब्राण्डका मोबाइलमा हुने गरेको छ । कुलप्याडले विकास गर्ने नयाँ प्रविधिले दुई वर्षमा उल्लेख्य व्यवसाय वृद्धि गर्ने किकी ग्रुपको फाउन्डर र हेड चेङ वाले बताए । कुलप्याडले नेपालीमा बजारमा आफ्नो उपस्थिति फेब्रुवरी २०१७ बाट कुलवान, मेगा २.५ डी, मेगा ३, नोट ३एस र एनएक्स१ बाट गरेको हो । जयमा इन्टरकन्टिनेटल प्रा. लि. नेपालका लागि कुलप्याड स्मार्टफोनको आधिकारिक बिक्रेता हो ।
दोस्रो पुस्ताको राडार सञ्चालनमा आउँदै
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन दोस्रो पुस्ताको राडार सञ्चालनमा ल्याउने भएको छ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा ललितपुरको भट्टेडाँडामा जडान भएको उच्च क्षमताका ‘टु जी राडार’ केही दिनभित्रै सञ्चालनमा ल्याउन लागिएको हो । प्राधिकरण, यहाँस्थित जापानी दूतावास र जाइकाको उच्चस्तरीय प्रतिनिधिमण्डलले बुधबार प्राविधिक परीक्षणको अनुगमन गर्ने तयारी गरिएको प्राधिकरणका निमित्त उपमहानिर्देशक नरेन्द्र थापाले जानकारी दिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल ६० एरोनोटिकल माइल क्षमताको राडार सञ्चालनमा रहेकामा अब १२० एरोनोटिकल माइलमा स्तरोन्नति हुनेछ । नयाँ प्रणाली जडानसँगै आकाशमा जहाज ‘होल्ड’ गर्नुपर्ने समस्याको अन्त्य हुनेछ । भट्टेडाँडाको ८ हजार २०० फिट अर्थात् २ हजार ३०० मिटर उचाइमा जडान गरिएको राडार र अन्तर्राष्ट्रि«य विमानस्थलमा जडित नयाँ प्रणालीको परीक्षण सफल भइसकेको छ । उपत्यका बाहिर उडिरहेका जहाजलाई अहिलेसम्म रेडियो सिग्नलका आधारमा सम्पर्क गरेर अवस्था थाहा पाउनुपर्ने बाध्यता रहेकामा नयाँ राडार जडानपछि हवाई यात्रा सुरक्षित बनाउन मद्दत पुग्नेछ । उक्त राडारको लागत १ अर्ब रुपैयाँ छ । नयाँ राडार जडान भएपछि काठमाडौंदेखि ४५० किलोमिटरको दूरीमा रहेका जहाजको अवस्थाबारे जानकारी लिन सकिनेछ । हाल नयाँ जडित राडारले उचाइमा उडिरहेका जहाजको अवस्थाका बारेमा पनि जानकारी लिन वा दिन सकिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए। राडार जडानपछि नेपालको बाटो प्रयोग गर्दा अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकलाई समेत सहज हुने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आवतजावत गर्ने सम्पूर्ण विमानको अवस्था जानकारी पाउन सहज हुने उनको भनाइ छ । भट्टेडाँडामा जडान गरिएको ‘इनरुट राडार’ र विमानस्थलमा जडिन गरिएको ‘टर्मिनल राडार’ले हवाई उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउने प्राधिकरणको भनाइ छ । नयाँ राडार सञ्चालनमा आएपछि देशका धेरै भूभागलाई समेटिने र उडान थप सुरक्षित हुने प्राधिकरणका निमित्त उपमहानिर्देशक थापाले बताए । अनौपचारिक रुपमा सञ्चालनमा आएको उक्त राडारको गत कात्तिक ३० गतेदेखि मंसिर ३ गतेसम्म संयुक्त राज्य अमेरिकाको ‘फेडरल एभिएसन एड्मिनिस्ट्रेसन’को जहाजले उडान गरी परीक्षण गरेको थियो । भट्टेडाँडामा जडित राडारले नेपालको पूर्वको सबै भूभाग र पश्चिममा दाङसम्मको विमानको गति, उचाइलगायतको जानकारी पाउन सकिने प्राधिकरणका निमित्त उपमहानिर्देशक थापाले जानकारी दिए । पुरानो राडारले करिब ११० किलोमिटर ९६० एरोनोटिकल माइल परसम्मको जहाजको अवस्था थाहा पाउन सकिन्थ्यो भने भट्टेडाँडामा जडान गरिएको नयाँ राडारबाट ४५० किलोमिटर २५० एरोनोटिकल माइलसम्मको जहाजको सम्पूर्ण जानकारी थाहा पाउन सकिन्छ । नयाँ राडार सञ्चालनमा आएपछि उडिरहेका जहाजबीचको दूरी घट्न जाने तथा पाँचदेखि नौ किलोमिटरको अन्तरमा राखेर विमानले उडान÷अवतरण गर्न सकिनेछ । अहिलेसम्म २० देखि २८ किलोमिटर अन्तरको दूरीमा राखेर उडान÷अवतरण गराउँदै आएको थियो । विसं २०५७ मा पहिलोपटक नेपाली आकाशलाई सुरक्षित बनाउन जापान सरकारको सहयोगमा राडार जडान गरिएको थियो । उक्त राडार पुरानो प्रविधिको भएकाले नयाँ राडार सञ्चालनमा ल्याइएको हो । थाइ एयरको जहाज रसुवाको घोप्टेभीरमा दुर्घटना भएपछि राडार जडान गरिएको थियो । रासस
मञ्जुश्री फाइनान्सले पायो हकप्रद निष्कासन अनुमति
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न स्वीकृति पाएको छ । धितोपत्र बोर्डले मञ्जुश्रीलाई १ सय बराबर ५ कित्ता हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । चुक्तापुँजी बढाउन मञ्जुश्रीले ३ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको ३ लाख ६२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ ।
३ लाख भूकम्प पीडितले घर बनाउन दोश्रो किस्ता नपाउने
काठमाडौं । ३ लाख भन्दा बढि भूकम्प पीडितले घर बनाउन दोश्रो किस्ता नपाउने भएका छन् । २०७३ पुस मसान्त अघि पहिलो किस्ता लिएका भूकम्प पीडितले २०७४ पुस मसान्त अघि दोश्रो किस्ताका लागि आवेदन दिनै पर्ने व्यवस्थाका कारण तीन लाख भन्दा बढि भूकम्प पीडित दोश्रो किस्ता पाउनबाट बञ्चित भएका हुन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणको २०७४ कात्तिक २९ गते बसेको प्रधानमन्त्री नेतृत्वको निर्देशक समिति बैठकले पुस मसान्त भित्रै दोश्रो किस्ताका लागि आवेदन नदिए प्रक्रियाबाटै बाहिरीनुपर्ने निर्णय गरेको थियो । प्राधिकरण श्रोतका अनुसार २०७३ पुस मसान्त अघि ५ लाख भन्दा बढि भूकम्प पीडितले पहिलो किस्ता रकम लिईसकेका थिए । हाल पहिलो किस्ता लिनेहरुको संख्या ६ लाख ६९ हजार ५ सय ४२ पुगेको छ । हालसम्म करिब एक लाख ५० हजार भूकम्प पीडितले मात्रै दोश्रो किस्ता लिएका छन् । करिब ५० हजार ७ सय ९८ भूकम्प पीडितले दोश्रो किस्ता पाएका छन् । दोश्रो किस्ताका लागि आवेदन दिनेहरुको संख्या जम्मा २ लाख २० हजार ३ सय ९५ रहेको छ । प्राधिकरणको सो निर्णय नसच्चिए तीन लाख भन्दा बढि भूकम्प पीडितले घर बनाउन दोश्रो किस्ता पाउने छैनन् । ‘पुननिर्माणको आफ्नै गति छ, समय सिमा पनि छ, पहिलो किस्ता लिएर घरको जग समेत नहाल्नेहरुलाई सधैभरी कुरेर बस्न सकिँदैन, त्यसैले सिमा तोकेर दोश्रो किस्ताका लागि आव्हान गरेका थियौं, सो अवधीमा धेरै प्रगति भएको छ’, प्राधिकरणका सहायक प्रवक्ता डा. भिष्म कुमार भुषालले विकासन्युजसँग भने । उनले वृद्ध वृद्धा मात्रै रहेको परिवार, अपांगता भएको परिवार र सरकारी ढिला सुस्तीका कारण दोश्रो किस्ताका लागि आवेदन दिन नपाएकाहरुका लागि भने सोच्न सकिने बताए । तर पैसा लिएर पनि घर निर्माणको कुनै काम अघि नबनाउनेहरुका लागि भने केहि गर्न नसकिने उनले बताए । ‘पैसा लिएर घर नबनाई सुतेर बस्नेहरुलाई प्राधिकरणले कुरेर बस्न सक्दैन्, यद्यपी अन्तिम पटकलाई भनेर थोरै समय थपिन पनि सक्छ, तर त्यसका लागि प्रधानमन्त्रीको अध्यक्षतामा पुनः निर्देशक समितिको बैठक बस्नु पर्छ’, प्रवक्ता भुषालले भने ।
ग्लोबल आइएमई बैंकको गुल्मीमा थप २ शाखारहित बैंकिङ्ग सेवा
काठमाडौं । ग्लोबल आइएमई बैंकले मंगलबारदेखि गुल्मीमा दुई वटा शाखा रहित बै्रकिङ सेवा सुरु गरेको छ । जिल्लको मुसीकोट नगरपालिकाको आँपचौर र भुवाचिदीमा शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो । शाखारहित बैकिङ्ग सेवाहरुको समुद्घाटन मुसीकोट नगरपालिकाको मेयर सोमनाथ सापकोटाले उद्घाटन गरेका थिए । आँपचौरमा खोलिएको सेवाको लागि स्थानिय सुमन खरेल तथा भुवाचिदीमा खोलिएको सेवाको लागि स्थानिय सागर सापकोटा व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । ग्लोबल आइएमईले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग पहुँच पु¥याउन ११३ वटा शाखा, १२७ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर सेवा सञ्चालन गरिरहेको छ । बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग, मोबाइल बैंकिंङ्ग, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टेलिया, बेलायत र भारतमा प्रतिनिधि कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
फोर्डको कारमा अधिक मूल्य निर्धारणा, तीन दिनभित्र प्रष्ट पार्न विभागको निर्देशन
काठमाडौ। फोर्डको १. ५ लिटर क्षमताको पेट्रोलबाट चल्ने इकोइकोस्पोर्ट गाडीकाे मूल्यमा कैफिएत भेटिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका शाखा अधिकृत रामेशकाजी श्रेष्ठको नेतृत्व गएको अनुगमन टोलिले फोर्डको गाडी इकोस्पोर्टमा कैफियत भेटेको हो । टोलिले मंगलबार काठमाडौं स्थित फोर्डको आधिकारीक बिक्रेता जिओ अटोमोबाइल्स प्रालि थापाथलिमा अनुगमन गरेको थियो । अनुगनको क्रममा उक्त ‘एचआर–६४६०० इञ्जीन भएको गाडीको मूल्य सूचिमा भ्याटबाहेक २२ लाख ५८ हजार रुपैयाँ रहेकोमा करबाहेक २४ लाख ८६ हजार रूपैयाँमा बिक्री गरेको फेला पारेको थियो । साथै सोही गाडीको बिक्री मूल्य २८ लाख २३ हजार रुपैयाँ राखेर ३ लाख ३६ हजार रुपैयाँ छुट दिएको पाइएको छ । ती सम्पूर्ण रकमको बारेमा सोध्दा कम्पनीले प्रष्ट पार्न नसकेपछि तीन दिनभित्र प्रष्ट लिखित जवाफ विभागमा पेश गर्न अनुगमन टोलीका संयोजक श्रेष्ठले निर्देशन दिए । ‘ग्राहकहरुको उजुरिको आधारमा पछिल्लो समय विभागले विभिन्न गाडी बिक्रेता कम्पनीहरुको अनुगमन तिब्र पारेको छ,’ उनले भने ‘यो अभियानलाई निरन्तरता दिने छौं ।’ उनले कैफियत भेटिएको गाडी कम्पनीहरुको विभिन्न चरणमा अनुसन्धान गरिने बताए । ठगि गरेको स्पष्ट प्रमाण जुटेमा सिधै प्रहरी प्रशासनमा अनुसन्धानको लागि फाइल दर्ता गराउने उनको भनाइ छ ।
अरुण फाइनान्सको सञ्चालकमा तीन जना चयन
काठमाडौं । अरुण फाइनान्स लिमिटेडको सञ्चालकमा तीन जना चयन भएका छन् । गत पुस २७ गते सम्पन्न संस्थाको २१औँ वार्षिक साधारणसभाले फाइनान्सको सञ्चालकमा अम्बिका प्रसाद पौडेल, प्रकाश तिवारी र लिलानाथ ढकाललाई चयन गरेको हो ।