विकासन्युज

बढी शुल्क लिने स्कुललाई कार्बाही गर्ने तयारी गर्दै विभाग

काठमाडौं । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनको क्रममा दोषी भेटिएका स्कुलहरुलाई कार्बाहीको प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ । दोषको आधारमा स्कुलहरुलाई प्रहरी प्रशासन, अदालत लगायत सम्बन्धित निकायहरुमार्फत कार्बाही अघि बढाउन लागेको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए । ‘अहिले विभागमा अनुगमन गरिएको स्कुलहरुको फाइल अनुसन्धान भइरहेको छ,’ उनले विकासन्युजलाई भने । उनको अनुसार हालसम्म विभागले दर्जनबढी निजी स्कुलहरुको अनुगमन गरिसकेको छ । ‘अनुगमनको क्रममा कतिपय स्कुलहरु नियामक निकाय शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालयहरु लगायतबाट अनुमोदन नभएको भेटिएको छ,’ उनले भने ‘त्यस्तै अधिकांश स्कुलहरुले मनपरी ढङ्गले शुल्क असुल गरिरहेको पाइएको छ ।’ विभागको अनुसार स्कुलहरुले ल्याब, भौतिक पूर्बधार, सामाजिक उत्तरदायित्व लगायत शिर्षकहरुमा लाखौं रुपैयाँसम्म शुल्क असुल्ने गरेको भेटिएको छ । बिहीबार दुई स्कुलको अनुगमन अज (बिहीबार) पनि विभागको शाखा अधिकृत पवनकुमार प्याकुरेल र निरोज घिमिरेको संयोकत्वमा गएको अनुगमनको टोलिले काठमाडौं स्थित कपन र बाफलमा रहेको स्कुलमा अनुगमन गरेको छ । अनुगमनको क्रममा कपनको ड्याफोडिल पब्लिक स्कुलले विद्यालय शुल्क निर्धारण तथा शुल्क संरचना, छात्रवृत्ति लगायत सम्बन्धमा विद्यमान शिक्षा ऐन, नियमावली, संस्थागत मापदण्ड वा निर्देशनविन शुल्क असुलेको भेटिएको छ । त्यस्तै बाफलको रुपिज इन्टरनेशनल स्कुलले लिने शुल्कका आधिकारीकता नखुलेको अनुगमन टोलिका संयोजक निरोज घिमिरेले बताए । उनका अनुसार ती दुवै स्कुलहरुलाई स्कुलले लिने शुल्क निधारण सम्बन्धमा स्पष्टिकरणसँगै आवश्यक कागजातसहित ७ दिनभित्रमा विभागमा पेश गर्न निर्देशन दिएको छ। निजी स्कुलहरुले मनपरी ढङ्गले भाडा असुल्दै आएको उजुरीको आधारमा विभागले हप्तादिनयता तिब्र गतिमा अनुगमन अगाडी बढाएको हो ।  

आइएमई लाइफ इन्स्योरेन्सको अभिमूखीकरण तालिम सम्पन्न

चितवन । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चितवनको सौराहामा शाखा तथा अभिर्कताहरुको लागि तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । यही माघ १५ देखी १७ गतेसम्म आयोजित उक्त कार्यक्रममा करिब १०० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा कम्पनीका तर्फबाट कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्याल तथा सञ्चालक समितिका सदस्य इश्वरकुमार कार्कीले उपस्थित सम्पूर्ण कर्मचारी तथा अभिर्कताहरुलाई आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न तथा व्यापार व्यावसाय वृद्धि गर्न प्रोत्साहित गरेका छन् । साथै उक्त कार्यक्रममा उपस्थित अभिकर्ता तथा कर्मचारीहरुले कम्पनीको योजना अनुसारको लक्ष्य प्राप्ती गर्न एक्यवद्धता समेत जनाएका छन् । कार्यक्रममा अभिर्कताहरुको लागि विशेष किसिमको उत्प्ररेणात्मक कार्यक्रम कम्पनीले आयोजना गरेको थियो ।

एनआईसी एशिया भिसा डेबिट/क्रेडिट कार्डको प्रयोगमा नगद फिर्ता

काठमाडौं । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रका कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरिद गर्दा क्यास ब्याक (नगद फिर्ता) हुने योजना ल्याएको छ । बैंकले फेब्रुअरीदेखि अप्रिलसम्म ३ महिनाको लागि यो योजना ल्याएको हो । यस योजना अन्तर्गत यस बैंकको भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले प्रत्येक महिना कार्डबाट गरिने पहिलो तीनवटा भुक्तानीमा १० प्रतिशत वा प्रति भुक्तानी ५०० सम्मको नगद फिर्ता प्राप्त गर्नेछन् । यस योजनाबाट बैंकको भिसा डेबिट/क्रेडिट कार्ड प्रयोग गर्ने २ लाख ४० हजारभन्दा बढी ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यसरी जाग्दैछ सरस्वती बहुमुखी क्याम्पस, बीबीएम र बीबीएले फर्काउँदैछ सान

काठमाडौं । २ बर्ष अघिसम्म विद्यार्थी नआएर सुनसान सरस्वती क्याम्पसमा यतिबेला विद्यार्थीको चाप थेगिनसक्नु छ । कुनै समय राजधानीमै कहलिएको सरस्वती क्याम्पस केहि समय पहिलो मणि बिनाको नाग जस्तै थियो । र, यतिबेला पुनः आफ्नो गुमेको शाख र पहिचान जोगाउने अभियानमा तल्लिन छ । भरिभराउ विद्यार्थी, उत्साहित प्राध्यापक, कर्मचारी र व्यवस्थित बन्दै गएका पुर्वाधारहरुले सरस्वती क्याम्पसको “कम ब्याक”लाई प्रष्टैसँग संकेत गरिरहेको देख्न सकिन्छ .क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. बालकृष्ण सुबेदी भन्छन्–केहि समय अगाडिसम्म क्याम्पसका कक्षा कोठाहरु खाली थिए, चौरमा झार मात्रै पलाएको थियो, प्राध्यापक र कर्मचारीहरु घाम तापेर दिन काट्थे तर आज समय बदलिएको छ, सरस्वती बहुमुखी क्याम्पस यतिबेला जुरुक्कै उठेको छ । अधिकांश बिषयमा विद्यार्थीको न्युन उपस्थितीले कतिपय बिषय अन्य क्याम्पसमा मर्ज गर्ने तयारी बहस पनि चलेको थियो । तर गत बर्ष क्याम्पसले बीबीएम र बीबीए विषय थप गरेपछि भने क्याम्पसमा नयाँ पहिचान नै स्थापित भएको छ । ‘बीबीएम र बीबीए थपिएपछि पुराना बिषयमा पनि विद्यार्थीको चाप बढेको छ, हामीलाई क्याम्पस सुध्रिएकोमा साह्रै खुसी छौं’, क्याम्पसका विद्यार्थी नेता शंकर गौतमले भने । बीबीएम  र बीबीएमले क्याम्पसमा त्राण थपेको उनले स्वीकार गरे ।२ बर्षअघि करिब ६ सयमा झरेको विद्यार्थी संख्या यतिबेला १ हजार ९ सय पुगेको छ ।क्याम्पसको पुर्वाधारलाई रंगरोगन गरेर चिटिक्क पारिएको छ । गेटबाट प्रवेश गर्दा सरस्वति क्याम्पसले जो कोहीलाई आकर्षित गर्छ । व्यवस्थित पार्किङ, रंगरोगन गरिएका पुर्वाधार, भलिबल कोर्ट, सानो बाटिकाले सरस्वति क्याम्पसलाई हेर्न लायक बनाएको सहजै देख्न सकिन्छ । हाल नेपाली, अग्रेँजी, समाजशास्त्र र व्यवस्थापन गरी चारवटा विषयमा स्नातकोत्तर अध्ययन गर्न पाइने सरस्वति क्याम्पसले थप केहि बिषय ल्याउने तयारी गरिरहेको छ । ‘हामीसँग पुर्वाधार पनि पर्याप्त छ र जनशक्ति पनि यथेष्ठ मात्रामा छन, हामी नयाँ बिषयमा स्नातकोत्तर सञ्चालनको तयारी गर्दैछौं, के बिषय थप्ने भनेर छलफल भैरहेको छ’, सहायक क्याम्पस प्रमुख सुवेदीले भने । आकर्षण बढ्दो तर सिट सिमित यस वर्ष बीबीएम र  बीबीएमा आवेदन दिनेहरु ३०० थिए । ति मध्य ६४/६४ जनाको मात्रै मेरिट लिस्टमा नाम निस्कियो । २ लाख ९० हजार रुपैंयाँ बीबीएम र बिबिए अध्ययनको सुविधा विद्यार्थीहरुले पाईरहेका छन् । ‘सरकारी शैक्षिक संस्था भनेका गरिबका छोराछोरीले पढ्ने ठाउँ हो, हामीसँग पुर्वाधार जनशक्ति दुबै भएकाले कोटा थप्न आग्रह गरिरहेका छौं ताकी गरिबका सन्तानले पनि उच्च शिक्षा पढ्न पाउन’, सुवेदील सुनाए । उनले क्याम्पसमा रहेका लाइब्रेरीलाई स्तरोन्नति गर्ने काम पनि अघि बढाईसकेको जानकारी दिए । विद्यार्थीहरुले सन्दर्भ पुस्तकहरुको अध्ययनका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हटाउने उनको उद्घोष छ । सरकारी शैक्षिक संस्थाहरुमा विद्यार्थीहरुको चाप घटिरहेको समयमा सरस्वति क्याम्पसले पनि पुनः कम ब्याक गरेको देख्न सकिन्छ । यसले अन्य क्याम्पसहरुलाई समेत सुधारको बाटोमा अघि बढ्न अभिप्रेरित गर्दछ ।  

साल्ट ट्रेडिङ्गले फेब्रवरीलाई ‘आयोडिन मन्थ’को रुपमा मनाउने

कठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले अँग्रेजी महिना फेब्रवरीलाई आयोडिन मन्थको रुपमा मनाउने भएको छ । नेपालमा सन् १९९८ देखि ,फेब्रवरी महिनालाई आयोडिन मन्थको रुपमा मनाउँदै आएकोमा यो वर्ष पनि निरन्तरता दिन लागेको हो । सरकारले सन् २०१८ सम्ममा ९० प्रतिशत पुर्याउने लक्ष्य लिइएकोमा २०१६ मै ९४.५ प्रतिशत पुगेको थियो । नेपाल यूनिभर्सल साल्ट आयोडिाइजेसनको सदस्य राष्ट्रको हैसियतले फेब्रवरी महिनालाई आयोडिन मन्थ घोषणा गरी महिनाभरी विभिन्न चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने भएको हो । यस कार्यक्रमबाट आयोडिनको कमिबाट हुने शारिरीक एवं मानसिक कमजोरीको सम्बन्धमा आम जनसमुदायलाई जानकारी दिने साल्टले साल्टले लक्ष्य लिएको छ । अभियानको क्रममा आयोडिन सम्बन्धी चेतनामूलक सन्देश लेखिएको झोला टी सर्ट, पम्पेल जस्ता सामाग्री वितरण गन साल्टले टोली समेत खटाउन जनाएको छ ।

स्टयाण्डर्ड चार्टड बैंक र शिखर इन्स्योरेन्सबीच बैंकएस्योरेन्स सम्झौता सम्पन्न

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लि. र स्टयाण्डर्ड चार्टड बैंक नेपाल लिमिटेडबीच बैंकएस्योरेन्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा स्ट्याण्डर्ड चार्टड बैंकका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानुस र शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले एक समारोहका बीच हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात बैंकका सेवाग्राहीहरुले सुलभ रुपमा शिखर इन्स्योरेन्सबाट अग्नि बीमा, मोटर बीमा, स्वास्थ्य बीमा, दुर्घटना बीमा, यात्रा चिकित्सा बीमा लगायत विभिन्न निर्जिवन बीमा सेवा प्राप्त गर्न सक्नेछ । शिखर इन्स्योरेन्सको विस्तारित शाखा संजालको माध्यमबाट स्टयाण्डर्ड चार्टड बैंकका ग्राहकले सुलभ रुपमा बीमा सुविधा तथा दाबी फछ्र्यौट सुविधा प्राप्त गर्न सक्ने इन्स्योरेन्सले जनाएकाे छ । सम्झौता पश्चात माघ १८(आजै) बाट नै शिखरले बैंकका ग्राहकलाई बीमा सेवा प्रदान गरिएको छ ।

क्यान्सर विरुद्धको अभियानमा टीसीएल स्मार्ट टीभी

काठमाडौं । विगत तीन वर्षदेखि भैरहेको क्यान्सर विरुद्धको जागरण साईकल र्याली अभियानमा टीसीएल स्मार्ट टीभीले पनि सम्बन्ध गाँसेको छ । विभिन्न सामाजिक कार्यक्रममा आफ्नो सहभागिता जनाउने क्रममा यसपालि पनि आफ्नो कर्पोरेट सोसियल रेसपोन्सबिलीटी अन्तर्गत क्यान्सर विरुद्धको अभियानमा सम्बन्ध गाँसेको हो । उक्त कार्यक्रममा लक्की विजेतालाई ४३ इंचको टीसीएल स्मार्ट टीभी उपहार स्वरुप हस्तान्तरण गर्ने तथा अन्य सहयोग गर्ने कम्पनीले जनाएको छ । ४३ इंच टीसीएल स्मार्ट टीभी एफएचडी रहेको छ । जसमा स्क्रिन मिररिङ (मोबाईलको स्क्रिनलाई टि.भीमा हेर्न) साथै २ जि.बी. इन्टरनल मेमोरि र एन्रोईडको विभिन्नएप (युट्युब, फेसबुक आदि) चलाउन सकिने जस्तो विशेषता रहेको छ । टिसिएल टीभीकालागि नेपालको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सि.जी. इलेक्ट्रोनिक्स रहेको छ ।

ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा नुमनाथ पौडेल नियुक्त

काठमाडौं । ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा नुमनाथ पौडेल नियुक्त भएका छन् । बैंकको हालै सम्पन्न २८९औँ सञ्चालक समितिको बैंठकले पौडेललाई कम्पनीको उक्त पदमा नियुक्त गरेको हो ।