नेपालले चीनलाई भन्यो: केरुङ्-काठमाडौं-पोखरा-लुम्बिनी विद्युतिय रेलमार्ग अनुदानमा बनाइदिनुस्
काठमाडौँ । नेपालले चीनसँग यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा जनस्तरको सम्बन्ध विकासलाई उच्च प्राथमिकतामा राखेको छ । चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्केका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ‘एकक्षेत्र एकमार्ग’ (बिआरआई)अन्तर्गत सहयोगका लागि नेपालले निर्धारण गरेका प्राथमिकताका ती पाँच क्षेत्रबारे विस्तृत रुपमा चिनियाँ पक्षलाई अवगत गराएको बताए । चिनियाँ अधिकारीहरूले नेपालमा केही लगानी भइरहेको, थप लगानीका लागि प्रक्रियागत झन्झट अत्य गरी सहज वातावरण बनाउन आग्रह गरेका जानकारी दिँदै उनले थप पुँजी र उत्कृष्ट प्रविधि नेपाल भित्र्याउन तथा थालेका परियोजना समयमै सम्पन्न गर्न अनुरोध गरेको बताए । सिचुवान प्रान्तका गभर्नरसँगको भेटमा चीनसँगको नेपालको बढ्दो व्यापार घाटा कम गर्न सिचुवान प्रान्तमा नेपाली निर्यातयोग्य वस्तुहरुको सहज प्रवेशको लागि आग्रह गर्नुका साथै नेपाल र सिचुवान प्रान्तबीच राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध बढ्दै गएको तथा सिचुवान प्रान्तको आर्थिक सामथ्र्यबाट नेपालले पर्याप्त लाभ लिनसक्ने सम्भावनालाई दृष्टिगत गरी उक्त प्रान्तको राजधानी छन्दुमा नेपाल सरकारले वाणिज्यदूतावास स्थापना गर्न चाहेको बताउंदै त्यसमा सहयोग गर्न अनुरोध गरेको जानकारी मन्त्री ज्ञवालीले दिए । चीन सरकारको सहयोगमा सञ्चालित परियोजनाको प्रभावकारी कार्यान्वयनलाई सहजीकरण गर्न एउटा द्विपक्षीय समन्वय तथा कार्यान्वयन संयन्त्र स्थापना केरुङ्बाट काठमाडौँ, काठमाडौँबाट पोखरा हुँदै लुम्बिनी जोड्ने सीमा व्यापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने तथा विस्तृत परियोजना प्रतिवेदन तयारीबारेमा पनि छलफल भएको मन्त्री ज्ञवालीले जानकारी दिए । आफ्ना चिनियाँ समकक्षीसँग भएका प्रतिनिधिमण्डलस्तरीय वार्तामा सीमा नाकाको सञ्चालन तथा स्तरोन्नति, द्विपक्षीय रसुवागढी‒केरुङ र तातोपानी‒झाङमु नाकाहरुको स्तरोन्नति गर्ने र आगामी दिनमा थप नाका खोल्नुपर्ने आवश्यकतामा जोड दिँदै तातोपानी नाकालाई शीघ्र सञ्चालनका लागि आग्रह गरेको जानकारी पनि उनले दिए । द्विपक्षीय व्यापार नेपालको चीनसँगको बढ्दो व्यापार घाटा कम गर्न चीनमा नेपालको निर्यात बढाउनुपर्ने आवश्यकतामा जोड दिइयो । चीनका विदेशमन्त्री वाङले नेपाली उत्पादनलाई चीनमा राम्रो बजार पहुँचको सुविधा प्रदान गर्ने आश्वासन दिँदै चीनको खुलापन र सुधारबाट सिर्जित अवसरको फाइदा लिन आग्रह गरे । सम्म्भाव्यता अध्ययन तत्काल यसैबीच, सञ्चारकर्मीका केही जिज्ञासाका जवाफमा मन्त्री ज्ञवालीले केरुङ्बाट काठमाडौं, काठमाडौँबाट पोखरा हुँदै लुम्बिनी जोड्ने सीमा वारपार रेलमार्गको सम्भाव्यता अध्ययन तत्काल प्रारम्भ गर्न चिनियाँ पक्षसँग अनुरोध गरिएको र त्यसमा सकारात्मक जवाफ प्राप्त भएको बताए । उक्त रेलमार्ग अनुदानस्वरुप निर्माण होस् भन्ने नेपालको चाहना रहेको पनि उन जानकारी दिए । रासस
विद्युत प्राधिकरणले किन्यो विद्युतिय गाडी, के कुलमान घिसिङले चढ्लान् ?
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले महिन्द्राको ई२० प्लस विद्युतिय गाडी खरिद गरेको छ । प्राधिकरणले अग्नि इनर्जी मार्फत विद्युतिय गाडी खरिद गरेको हो । प्राधिकरणका उप प्रबन्धक राजिव शर्माले हरियाली तथा स्वच्छ भविष्यको लागि डिजेल र पेट्रोलबाट चल्ने गाडिहरुलाई निरुत्साहित गर्ने योजना अनुसार विद्युतिय सवारी खरिद गरेको बताए । नेपालमा हालसम्म ४० भन्दा बढी ई२० गाडी गैर सरकारी संस्थाहरुले प्रयोग गर्दै आएका छन् । यसलाई एक पटक पूरा चार्ज गरेपछि १४० किलोमिटरसम्म ८५ किलोमिटर प्रति घण्टाको दरमा कुद्न सक्छ । अब प्रश्न उठ्छ, लोडसेडिङ घटाएर चर्चाको शिखरमा पुगेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ई२० प्लस विद्युतिय कार चढ्लान् त ? प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार ई२० कारको मूल्य २८ लाख रुपैंयाँ परेको छ । १३ युनिट विद्युतले सो कार फुल चार्ज हुनेछ । सो कार प्राधिकरणको इञ्जिनियरिङ निर्देशनालयको आयोजना विकास विभागका अधिकारीले चढ्नेछन् । प्राधिकरणले हालसम्म रत्नपार्कमा चार्जिङ स्टेशन निर्माण गरिसकेको छ । पहिलो विद्युतिय सवारी सधान खरिद गरेको प्राधिकरणले अब त्यस्ता सवारी साधनहरुको खरिदलाई बढाउँदै लैजाने पनि प्रवक्ता अधिकारीले जानकारी दिए ।
सिटिजन्स बैंक १२ औंं बर्षमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल १२ औं बर्षमा प्रवेश गरेको छ । “योर पार्टनर फोर प्रोग्रेस“ भन्ने नारासहित २०६४ बैशाख ७ गते देखि बैंकले २० आंै वाणिज्य बैंकको रुपमा सेवा आरम्भ गरेको थियो । बैंकका अध्यक्ष डा .शंकर प्रसाद शर्माले ११ औं बसन्त पार गर्दा बैंकको शाखा सञ्जाल ६८ वटा, ६८ वटा एटिएमबाट करिब तीन लाख ३५ हजार ग्राहक रहेका छन् । बैंकले आर्थिक वर्ष २०७४।७५ को तेस्रो त्रैमासिकसम्ममा ६० अर्व २५ करोड निक्षेप संकलन गरि ५५ अर्व ८२ करोड कर्जा प्रवाह गरेको छ । .१ अर्व ९८ लाख खुद नाफा आर्जन गरेकोे छ, जुन गत वर्ष सोहि अवधिका तुलनामा क्रमस ३२.७२ प्रतिशत र १४ं.३९ प्रतिशतले बढि हो । बैंकले कर्पाेरेट सोसियल रेस्पोन्सीबीलीटी अन्तर्गत बिभिन्न संघ संस्थाहरुलाई ९० लाख सहयोग गरेको छ ।
डाक्टरमाथी अंकुशः आफनो विधा बाहेक अन्य औषधी शिफारिस गर्न नपाउने, फार्मेसीलाई डाक्टरको शिफारिश अनिवार्य
काठमाडौं । अबदेखि चिकित्सक (डाक्टर) ले आफनो विधाका बाहेक अन्य औषधी शिफारिश गर्न नपाउने भएका छन् । नेपाल मेडिकल काउन्सिलले चिकित्सकमाथि थप कडाइ गर्दै विधा बाहेकका औषधी शिफारिश गर्न नपाउने व्यवस्था गरेको हो । अब औषधीको शिफारिश गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी आफनो विधा बाहेक अन्यको औषधी शिफारिश गर्न पाउने छैनन् । यस्तै औषधी पसलले पनि डाक्टरको शिफारिश विना औषधी बेच्न नपाउने गरी थप कडाई गरिएको छ । कुनै पनि डाक्टरले नियम उलंघन गरेको पाइए कडा कार्वाही गर्ने काउन्सिलले चेतावनी दिएको छ । काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद र औषधी व्यवस्था विभागका पदाधिकारीबीच भएको संयुक्त बैठकले डाक्टर वा स्वास्थ्यकर्मीले औषधीको शिफारिश गर्दा औषधीको नाम, सेवन गर्नुपर्ने मात्रा, समय तथा अवधिको राम्रोसंग बुझिने भाषा र अक्षरमा छापेर वा लेखेर दिनुपर्ने व्यवस्था गरेको छ । औषधीको शिफारिश गर्दा पहिचान खुल्ने गरी नामथर र मेडिकल काउन्सिल दर्ता नम्बर पनि उल्लेख हुनुपर्ने छ । कुनै पनि स्वास्थ्य संस्थाले बिरामी जँचाएको अभिलेख अन्तिम पटक स्वास्थ्य परीक्षण गराएको मितिले ५ वर्षसम्म अभिलेख राख्नु पर्ने व्यवस्था गरेको छ । न्यायिक तथा अन्य निकायको आदेशमा सो विवरण उपलब्ध गराउन सक्नुपर्ने छ । यस्तै अस्पता तथा स्वास्थ केन्द्रले डाक्टरको नाम राखेर प्रचारप्रसार गर्न नपाउने भएको छ ।
विद्युत उत्पादनमा प्रगति : यो वर्ष मात्रै १९५ मेगावाट थपिदै, क्षमता बढेर १११४ मेगावाट पुग्ने
काठमाडौं । यो आर्थिक वर्षमा सार्वजनिक र निजी क्षेत्रबाट गरी १९५ मेगावाट बिजुली थप हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले शुक्रबार मात्रै तयार पारेको आउदो असारसम्म आउने आयोजनाको संशोधित प्रक्षेपणले २१ आयोजना सम्पन्न भई १९५ मेगावाट बिजुली थप हुने देखाएको हो । साउनयता १४ आयोजना सम्पन्न भई प्रणालीमा १०० मेगावाट बिजुली थप भइसकेको छ । आउदो असारसम्म थप ७ आयोजना सम्पन्न भई प्रणालीमा ९५ मेगावाट बिजुली थप हुने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । उनकाअनुसार यसमध्ये निजी क्षेत्रबाट २० आयोजना सम्पन्न भई १६५ मेगावाट विद्युत उत्पादन हुने छ । आउदो असारसम्म सम्पन्न हुनेमा अरुण कावेली पावर लिमिटेडले निर्माण गरेको २५ मेगावाटको कावेली बी, माथिल्लो मोदी इनर्जीले निर्माण गरिरहेको २० मेगावाटको मोदी, अपी पावर कम्पनीको ८ मेगावाटको माथिल्लो नौगाड, माउन्टेन नेपाल हाइडोपावरको २१.६,तल्लो हेवाखोला, रैराग हाइडोपावरको ९.९ मेगावाटको इवाखोला, विन्धवासिनी हाइडोपावरको ८.८ मेगावाटको रुदीखोला र बराही हाइडोपावरको १.५ मेगावाटको थेउलेखोला आयोजना रहेका छन् । सार्वजनिक क्षेत्रबाट ३० मेगावाटको चमेलिया आयोजना सम्पन्न भएको छ । हालसम्म निजी क्षेत्रबाट १३ आयोजना सम्पन्न भई ७० मेगावाट बिजुली थप भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । निजी क्षेत्रबाट माइभ्याली हाइड्रोपावर प्राइभेट लिमिटेडले ५.१ मेगावाटको अपरमाई सी, द्रोणाञ्चल हाइड्रोपावरले ६०० किलोवाटको ढुङेजिरी, दिब्यश्वरी हाइड्रोपावर लिमिटेडको ४ मेगावाटको सभाखोला, ४ मेगावाटको पुवाखोला १ हाइड्रोपावर, शिवानी हाइड्रोपावरले ४.९ मेगावाटको फावाखोला, माउन्ट कैलाश इनर्जी लिमिटेडको १३.६ मेगावाटको थापाखोला छन् । यस्तै मन्दाकिनी हाइड्रोपावरको ४ मेगावाटको सर्दिखोला, गज्र्याङ उपत्यका हाइड्रोपावरको २.८ मेगावाटको छ्याकेखोला, युनियन हाइड्रोपावरको ३ मेगावाटको मिदीमखोला, सिउरीभुमे माइक्रो हाइड्रको २३ किलोवाट, मोलुङ हाइड्रोपावरको ७ मेगावाटको मोलुङखोला, सिकलेस हाइड्रोपावरको १३ मेगावाटको मद्क्युखोला र हिमाल दोलखा हाइड्रोपावरको ८ मेगावाटको माइसाना क्यासकेड आयोजना रहेका छन् । निजी क्षेत्रमार्फत हालसम्म विभिन्न ७३ आयोजनाबाट ५११ मेगावाट बिजुली उत्पादन भएको छ । सार्वजनिक र निजी क्षेत्रबाट गरी हालसम्म १ हजार १९ मेगावाट बिजुली उत्पादन भएको छ । असार अन्तिमसम्म जडित क्षमता १ हजार ११४ मेगावाट पुग्ने छ । यो तापीय ऊर्जा बाहेकको हो । ५३ मेगावाटको तापीय प्लाण्ट पनि रहेका छन् । यस्तै ६०० किलोवाटको सोलार आयोजना र प्रणाली बाहिर साना तथा लघुजलविद्युतबाट २७ मेगावाट बिजुली उत्पादन भइरहेको । गत वर्ष विभिन्न १२ आयोजना सम्पन्न भई प्रणालीमा १२२ मेगावाट बिजुली थप भएको थियो । विद्युत प्राधिकरणले यो वर्ष सार्वजनिक र निजी क्षेत्रबाट गरी साढे २ सय मेगावाट बिजुली थप हुने अनुमान गरेको थियो । चालु आवमा निजी क्षेत्रबाट २०५ र विद्युत प्राधिकरणबाट ४५ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ । हाल बिजुलीको माग १ हजार २५० मेगावाट छ । भारतबाट समेत गरी १ हजार ५० मेगावाट आपूर्ति भइरहेको छ । यसमध्ये भारतको हिस्सा ४५० मेगावाट छ
जलस्रोत तथा ऊर्जाको श्वेतपत्र आउदै
काठमाडौं । सरकारले ऊर्जा तथा जलस्रोत विकासका समस्या पहिचान गर्दै भावी योजना समेटेर श्वेतपत्र ल्याउने भएको छ ।ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले श्वेतपत्र निष्कासन गर्न लागेको हो । श्वेतपत्र तयारीका लागि मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले बिहीबारदेखि काम सुरु गरेका छन् । श्वेतपत्र तयारीका लागि काम सुरु भएको नेपाल विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए । अघिल्लो सरकारले ल्याएका योजना तथा कार्यक्रमको कार्यान्वयनको समस्या तिनको समाधानका विषयमा पनि श्वेतपत्रमा समेटिने छ । यस्तै विद्युत आपूर्तिमा सुधार, चुहावट नियन्त्रण, विद्युतीकरण, ठूला जलाशय आयोजनाको पहिचान तथा निर्माणलगायत विषय श्वेतपत्रमा उल्लेख हुने छ । केही दिनभित्रै श्वेतपत्र सार्वजनिक गरिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको समग्र अर्थतन्त्रका बारेमा श्वेतपत्र जारी गरएको महिना दिनमा ऊर्जाले पनि ल्याउन लागेको हो । अर्थमन्त्री डा. खतिवडाले जारी गरेको श्वेतपत्रमा पूर्वाधार तथा ऊर्जामा निजी क्षेत्रको १० खर्ब रूपैया लगानी आवश्यक पर्ने उल्लेख छ । यसअघि ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले २०७४ साउन ३२ गते कार्यादेशसहितको श्वेतपत्र जारी गरेका थिए । जनार्दन शर्मा ऊर्जा मन्त्री हुँदा सुरु भएको ‘नेपालको पानी जनताको लगानी’ नारालाई निरन्तरता दिने भन्दै योजना ल्याएका थिए ।
सिटिजन्स बैंकको नाफा १०० करोड
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको नाफा १०० करोड पुगेको छ । २०७४ चैत मसान्तमा ८८ करोड नाफा कमाएको बैंकले २०७५ चैतमा १२ करोडले बढाएर १०० करोड पुर्याएको हो । बैंकले ५५ अर्ब निक्षेपलाई पनि बढाएर ६० अर्ब पुर्याएको छ । बैंकको खुद ब्याज आम्दानी एक अर्ब ४६ करोड पुगेको छ । बैंक राइट ब्याकबाट ४० करोड प्राप्त गरेको छ भने २४ करोड प्रोभिजन गरेको छ । बैंकको खराब कर्जा १.४६ प्रतिशत छ भने स्प्रेड दर ३.७४ प्रतिशत रहेको छ । बैंकको आधार ब्याजदर भने ११.१५ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी १६.७६ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १२९.५६ रुपैंयाँ रहेको छ ।
सिद्धार्थ बैंकले नौं महिनामा कमायो एक अर्ब २२ करोड नाफा
काठमाडौं । सिद्धार्थ बैंकले ९ महिनामा आफ्नो नाफा २८.४२ प्रतिशतले बढाएर एक अर्ब २२ करोड पुर्याएको छ । २०७४ चैत मसान्तसम्ममा ९५ करोड नाफा कमाएको बैंकले २०७५ चैतमा २५ करोड रुपैंयाँ बढाएको हो । सिद्धार्थले ७५ अर्बमा रहेको निक्षेपलाई बढाएर ८९ अर्ब पुर्याएको छ भने खुद ब्याज आम्दानी पनि एक अर्ब ८६ करोडबाट बढाएर २ अर्ब २० करोड पुर्याएको देखिन्छ । बैंकले ३८ करोेड प्रोभिजन गर्दा २६ करोड राइट ब्याक प्राप्त गरेको छ । १.७१ प्रतिशतमा रहेको खराब कर्जालाई पनि घटाएर १.३१ प्रतिशतमा झारेको छ । बैंकको स्प्रेड दर ३.६८ प्रतिशत कायम छ भने सिसिडी रेसियो ७८.१० प्रतिशत रहेको छ । बैंकको आधार ब्याजदर ११.३० प्रतिशत रहेको छ । सिद्धार्थ बैंकको प्रति सेयर आम्दानी २०.५२ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १४४.९५ रुपैंयाँ रहेको छ ।