ठमेलबाट ९ विदेशी नागरिक पक्राउ
काठमाडौं । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अश्लील क्रियाकलाप गरी हैरानी दिने नौ विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिइएको टोलीले काठमाडौं महानगरपालिका-२६ ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । ठमेल क्षेत्रमा हिँड्ने पर्यटक तथा सर्वसाधारण पुरुषलाई बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गरी दुःख दिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईद्वारा बिहीबार (आज) जारी विज्ञप्तिमा जनाइएको छ ।
अर्थमन्त्री वाग्लेलाई सुझाव- हुनेखानेको सामाजिक सुरक्षा भत्ता कटौती गर्नूस्, यो तपाईंलाई अवसर हो
काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई साहसिक निर्णय लिन सुझाव दिएका छन् । डा. महतले हुनेखाने वर्गलाई सामाजिक सुरक्षा भत्ता नदिने निर्णय गर्न अर्थमन्त्रीलाई आग्रह गरे । ‘सामाजिक सुरक्षा भत्ता हुने खानेलाई नदिऊँ,’ महतले भने, ‘यो निर्णय तपाईंले गर्नसक्नुहुन्छ । तपाईंलाई ऐतिहासिक अवसर छ, आँट गर्नुस् ।’ छलफलका क्रममा पूर्वअर्थमन्त्री महतले आफ्नो कार्यकालमा गर्न नसकेका कामहरू आँट गरेर पूरा गर्न वर्तमान अर्थमन्त्रीलाई हौसला दिए। विशेष गरी नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को अवस्थाबारे बोल्दै उनले भने, ‘नेपाल एयरलाइन्सलाई मैले निजीकरण मोडलमा चलाउन सकिनँ । गर्छु भनेको गर्न सकिन तर तपाईं गरिहाल्नुस् । नत्र यो निकै कठिन हुन्छ, अब सरकारले धान्न सक्दैन ।’ उनले खर्च बढाउने खालका अनावश्यक सरकारी संरचनाहरू तत्काल हटाउन समेत सरकारलाई सुझाव दिए । ठूला विकास निर्माणका आयोजना र ठेक्का प्रक्रियामा गम्भीर त्रुटी रहेको औंल्याउँदै डा. महतले पाँच अर्बभन्दा माथिका ठेक्कामा सिमित ठेकेदारहरूको मिलोमतो (सिन्डिकेट) देखिने गरेको दाबी गरे । यसलाई रोक्न ठूला ठेक्काहरूलाई टुक्राएर मात्रै लगाउन उनले माग गरे । त्यस्तै, पहाडी क्षेत्रमा जथाभाभी बनाइने ठूला राजमार्गमाथि प्रश्न उठाउँदै उनले भने, ‘पहाडमा ठूलो राजमार्ग बनाउने कुरालाई प्रोत्साहन नगर्नुहोस् । यो सरकार र जनताको भन्दा पनि ठेकेदारको स्वार्थमा प्रेरित देखियो ।’ यसको सट्टा पर्यटन क्षेत्रमा बाह्रै महिना चल्ने सुरक्षित सडक बनाउनुपर्नेमा उनले जोड दिए । त्यसैगरी, उनले सरकारी उद्योग र जमिनलाई सार्वजनिक–निजी साझेदारी (एएए) मोडल वा लिजमा दिनुपर्ने, निजी क्षेत्रले चलाउन नसकेको अवस्थामा उसले थपेको संरचना बाहेक सबै सम्पत्ति सरकारकै हुने गरी सम्झौता गर्नुपर्ने, अति आवश्यक क्षेत्रमा बाहेक वैदेशिक ऋण लिने प्रक्रियालाई घटाउँदै लैजाने, उत्पादन स्पष्ट रूपमा देखाएपछि मात्रै अनुदान ग्यारेन्टी गर्ने नीति लिने र आयातित कृषि उपजमा भ्याट लगाउने लगायतका पनि सुझाव दिएका थिए।
पूर्वअर्थमन्त्री महतले अर्थमन्त्री वाग्लेलाई भने- हुनेखानेको सामाजिक सुरक्षा भत्ता कटौती गर्नूस्, यो तपाईंलाई अवसर हो

ढुङ्गागिट्टी बेचौं भन्दा मैले चुटाइ खाएँ, तर अब खानी उत्खनन गर्ने आँट गर्नैपर्छ : पौडेल
काठमाडौं । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले खानी विभागले पहिचान गरेका खानी उत्खनन गरेर बेच्न आँट गर्नैपर्ने बताएका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भएको छलफलमा उनले यस्तो बताएका हुन् । खानी उत्खनन र ढुङ्गागिट्टी निर्यातका विषयमा उनले विगतको आफ्नो अनुभव स्मरण गर्दै भने, ‘खानी बेचौं, ढुङ्गागिट्टी बेचौं भन्दा चुरे बेच्न खोज्यो भनेर मैले चुटाई खानुपर्यो । तर खानी विभागले पहिचान गरेका खानी उत्खनन गरेर बेच्न आँट गर्नैपर्छ । बुढीगण्डकी जस्ता गेम चेन्जर परियोजना गीत गाएर मात्र नबसी काम थाल्न आवश्यक छ । पूर्वअर्थमन्त्री पौडेलले स्रोतको अनुमान नगरी खर्चको मात्र अनुमान गरेर बजेट बनाउने परम्परागत कमजोरी सच्याउन आग्रह गरे । ‘बलियो जनमतको सरकार र अर्थतन्त्र बुझेको अर्थमन्त्री हुनुहुन्छ, वाचापत्र पूर्ण परिपालन गर्ने अवसर छ,’ पौडेलले भने, ‘स्थानीय वा प्रदेश चुनावको चिन्ता नगरी रिफर्मका लागि बजेट ल्याउनुस्, मेरो पूर्ण सहयोग रहनेछ।
अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीको सुझाव– राजनीतिले छक्का हान्न खोज्ला, बाउन्ड्रीमै बस्नूस्
काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बजेटलाई महत्त्वाकांक्षी नबनाई यथार्थपरक राख्न सुझाव दिएका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भएको छलफलमा उनले यस्तो सुझाव दिएका हुन् । ‘अर्थमन्त्रीहरू बजेटको बाउन्ड्रीमा बस्न खोज्नुहुन्छ, तर राजनीतिले छक्का हान्न खोज्छ । तपाईं बाउन्ड्रीमै बस्नुस्,’ डा. खतिवडाले भने, ‘बजेट साढे २० खर्बको बनाए पनि खर्च १६१७ खर्ब मात्र हुने गरेकाले ठूलो राजश्व लक्ष्य नराख्नूस् । राजश्व वृद्धिको सीमा १० देखि १२ प्रतिशत मात्र राख्नूस्, १५ प्रतिशत ननघाउनूस् ।’ उनले आयकरको तल्लो स्ल्याब र मुअकको दर दुईवटा नबनाउन समेत सचेत गराए । त्यस्तै, डा. युवराज खतिवडाले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बचाउन दुई–चार जना मान्छे थुनेर मात्र नहुने बरु बलियो कूटनीतिक पहल चाहिने स्पष्ट पारे । उनले राष्ट्र बैंकसँग बलियो समन्वय गरेर वित्तीय क्षेत्र सुधार गरेमा मात्र देशमा ७ प्रतिशतको आर्थिक वृद्धि सम्भव हुने दाबी गरे ।
नेप्सेका पूर्वसीईओ सिंहको निधन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकरमान सिंहको निधन भएको छ । सिंहको गएराति आकस्मिक हृदयघातका कारण निधन भएको हो । विसं २०६४ देखि २०६८ सम्म नेप्सेको सीईओको रूपमा नेतृत्व सम्हालेका सिंह लामो समयदेखि नेपालको पूँजी बजारको विकास र आर्थिक नीति विश्लेषणमा सक्रिय रहँदै आएका थिए । सरकारले उनलाई २०७० साल असारमा ‘विशेष आर्थिक क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमासमेत नियुक्त गरेको थियो । सेजमा रहँदा उनले नेपालमा निर्यातजन्य उद्योगहरूको प्रवर्द्धन र औद्योगिक वातावरण निर्माणमा उल्लेख्य भूमिका निर्वाह गरेका थिए । सिंहले आर्थिक, वित्तीय र पुँजी बजारका समसामयिक विषयमा विश्लेषणात्मक लेखहरूसमेत लेखेका छन् ।
विद्युतमा कर नलगाउन पूर्वअर्थमन्त्री खनालको सुझाव
काठमाडौं । पूर्वअर्थमन्त्री रामेश्वर खनालले विद्युत महसुलमा मूल्य अभिवृद्धि कर (मुअ कर) नलगाउन सरकारलाई सुझाव दिएका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भएको छलफलमा उनले यस्तो धारणा राखे । खनालले ऊर्जा क्षेत्रलाई प्रोत्साहन गर्न विद्युतमा करको भार कम गर्नुपर्ने बताए । उनले उच्चस्तरीय आर्थिक सुधार कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्दै संरचनात्मक आर्थिक सुधारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे । त्यस्तै, पर्याप्त तयारी नभएका खुद्रा तथा टुक्रे आयोजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनको भनाइ छ । सीमित स्रोत र साधनलाई उत्पादनमुखी तथा उच्च प्रतिफल दिने योजनामा केन्द्रित गर्नुपर्नेमा उनले जोड दिए । खनालले आगामी बजेटलाई खर्चमुखीभन्दा परिणाममुखी बनाउनुपर्ने उल्लेख गर्दै आर्थिक अनुशासन, प्रभावकारी कार्यान्वयन र दीर्घकालीन विकासलाई केन्द्रमा राखेर बजेट ल्याउन सुझाव दिए ।