गल्फको मैदानमा ग्लोबल आइएमई, होल इन वान गर्नेलाई स्कोडा एसयूभी

काठमाडौं । ग्लोबल आइएमई बैंकले खेलकुद संस्कृतिको प्रवद्र्धन तथा विभिन्न क्षेत्रका व्यक्तिबीच आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६’ आयोजना गर्ने भएको छ ।

बैंकले मंसिर १२ र १३ गते काठमाडौंको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

प्रतियोगितामा होल इन वान गर्ने खेलाडीले आधुनिक स्कोडा एसयूभी गाडी जित्ने अवसर पाउनेछन् ।

त्यस्तै, अन्य विधाका विजेताका लागि चन्द्रागिरि हिल्स र डिसहोमका विशेष प्याकेज पुरस्कारको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

प्रतियोगिता आयोजना गर्न आइएमई रेमिट, डिसहोम, चन्द्रागिरि हिल्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, एमएडब्ल्यू तथा बाराहसिंघेको सहकार्य रहेको छ ।

बैंकका अनुसार प्रतियोगिताले गल्फ खेलको प्रवद्र्धनसँगै विभिन्न क्षेत्रका खेलप्रेमी व्यक्तिहरूबीच अर्थपूर्ण सम्बन्ध स्थापित गर्न र आपसी सहकार्यका अवसर विस्तार गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । 

बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ ।

बैंकले आधुनिक प्रविधिको प्रयोगमार्फत ग्राहक सेवा प्रदान गर्दै आएको छ । यसले सन् २०१४ मा ‘बैंक अफ द इयर’, २०१६ मा ‘बेस्ट इन्टरनेट बैंक’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको छ । 

त्यस्तै, युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५ लगायतका विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेको बैंकले जनाएको छ ।

Share News