भिसा लिडरसिप कन्क्लेभमा माछापुच्छ्रे बैंक लगातार तेस्रो पटक सम्मानित

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले भिसा लिडरसिप कन्क्लेभमा एक्सिलेन्स इन इ-कमर्श एक्वायरिङ विजनेश- एशोसियट क्लायन्ट अवार्ड प्राप्त गरेको छ । पीओएस एक्वायरिङ विजनेश अन्तर्गत उत्कृष्ट कार्यसम्पादन र योगदानको कदर स्वरूप प्रदान गरिएको हो । यस सम्मानले डिजिटल भुक्तानी सेवामा माछापुच्छ्रे बैंकले हासिल गरेको उपलब्धिलाई थप उजागर गरेको छ ।

यस अवार्डसँगै भिसाबाट माछापुच्छ्रे बैंकले लगातार तेस्रो पटक सम्मान प्राप्त गरेको छ । यसअघि बैंकले सन् २०२४ मा एक्सिलेन्स इन इ-कमर्श एक्वायरिङ विजनेश र सन् २०२३ मा एक्सिलेन्स इन इ–कमर्श एक्वायरिङ – एशोसियट मेम्बर अवार्ड प्राप्त गरेको थियो ।

भिसाबाट प्राप्त यो निरन्तर सम्मानले डिजिटल भुक्तानी प्रणालीको प्रवद्र्धन, नवीन प्रविधिको अवलम्बन तथा ग्राहकलाई सहज, सुरक्षित र प्रभावकारी भुक्तानी सेवा प्रदान गर्ने माछापुच्छ्रे बैंकको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।

माछापुच्छ्रे बैंक यसअघि पनि इन्फोसिस फिनाकल इनोभेसन अवाड्र्स २०२६ अन्तर्गत म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट विधामा प्लेटिनम अवार्ड  र इन्डियन चेम्बर अफ कमर्सद्वारा आयोजित फोर्थ इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवाड्र्स २०२६  मा बेस्ट पर्फर्मेन्स अन रिस्क म्यानेजमेन्ट लगायत अन्य अन्तराष्ट्रिय पुरष्कारहरुद्वारा सम्मानित भएको छ ।

Share News