काठमाडौं । ठमेलबाट स्रोत नखुलेको ५० लाख बढी रकमसहित दुई जना पक्राउ परेका छन् ।
बुधबार २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका युगिथ इब्राहिम पक्राउ परेका हुन् ।
५० लाख ५० हजार रकमसहित ठमेलको स्नोलाइन होटलबाट स्रोत नखुलेको रकमसहित उनीहरू पक्राउ परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार पचास लाख पचास हजार रुपैयाँ, ओमान रियल ४ हजार २१५.०९ र अरब दिराम ५५ सहित उनीहरूलाई नियन्त्रणमा लिएको छ ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको थापाले बताए ।