काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी स्कुटी चढेर काठमाडौंका मासु कोल्ड स्टोरेजको छड्के अनुगमनमा पुगेकी छन् ।
उनले बालाजु र सीतापाइलास्थित मासु कोल्ड स्टोरेजमा पुगेर मासुको भण्डारण, स्वच्छता र गुणस्तरको अवस्थाबारे जानकारी लिएकी हुन् ।
मन्त्री चौधरी स्कुटी चढेर अनुगमनमा निस्किएकी थिइन् । मंसिर १ गतेदेखि कार्यान्वयनमा आएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयनको अवस्था बुझ्न उनले कोल्ड स्टोरेजमा छड्के निरीक्षण गरेकी हुन् ।
अनुगमनका क्रममा उनले कोल्ड स्टोरेजमा राखिएको मासुको अवस्था, भण्डारण प्रक्रिया, सरसफाइ तथा खाद्य सुरक्षा मापदण्डको पालनाबारे निरीक्षण गरिन् ।
मासुजन्य वस्तुको उत्पादन, भण्डारण र बिक्री वितरणमा स्वच्छता तथा गुणस्तर कायम हुनुपर्नेमा जोड दिँदै मन्त्री चौधरीले उपभोक्ताले स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न ऐनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताइन् ।