रिजन ढकालले जिते ओमोडा कार

काठमाडौं । चितवन राइनोजका बलर रिजन ढकालले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कार जितेका छन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ढकाल सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै ओमोडा कार जित्न सफल भएका हुन् । उनले उत्कृष्ट बलरको अवार्ड जित्दै पल्सर मोटरसाइकलसमेत प्राप्त गरेका छन् ।

ढकालले प्रतियोगितामा आठ खेल खेल्दै सर्वाधिक १७ विकेट लिएका थिए । उनी सर्वाधिक विकेट लिने खेलाडी बन्दै गोल्डेन क्याप विजेतासमेत बने । चितवन राइनोज प्लेअफमा पुगे पनि फाइनलसम्म पुग्न सकेन । टोली प्रतियोगितामा तेस्रो भएको थियो ।

यससँगै ढकालले कार र मोटरसाइकल गरी दुई ठूला पुरस्कार हात पारेका छन् । यसअघि एनपीएलको पहिलो संस्करणमा दीपेन्द्रसिंह ऐरी र दोस्रो संस्करणमा रोहित पौडेलले कार जितेका थिए ।

Share News