जितपछि सुदूरपश्चिम रोयल्सको सन्देश- सपना देखेपछि हार मान्नु हुँदैन

काठमाडौं । तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जित्दै च्याम्पियन बनेको सुदूरपश्चिम रोयल्सले सपना पूरा गर्न हार नमानी निरन्तर प्रयास गर्नुपर्ने सन्देश दिएको छ ।

टोलीले सामाजिक सञ्जालमार्फत आफ्नो खुसी व्यक्त गर्दै हार नमानी प्राप्त गरेको जितको स्वाद नै बेग्लै हुने उल्लेख गरेको छ ।

‘सपना देखेपछि हार मान्नु हुँदैन । किनकि हार नमानी प्राप्त गरेको जितको स्वाद नै बेग्लै हुन्छ,’ टोलीले भनेको छ ।

टोलीले आफ्नो सफलतालाई ‘खेलियो, लडियो र जितियो’ भन्दै उत्सवका रूपमा प्रस्तुत गरेको छ ।

Share News