जनउत्थान लघुवित्तको सीईओमा कुलमणि तिम्सिना नियुक्त

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कुलमणि तिम्सिना नियुक्त भएका छन् ।

संस्थाको सञ्चालक समितिको मंसिर ३ गते बसेको २४९औँ बैठकले तिम्सिनालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनीलाई आगामी मंसिर १६ गतेदेखि लागू हुने गरी चार वर्षका लागि करार सेवामा नियुक्त गरिएको संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएको छ ।

संस्थामा प्रमुख कार्यकारी अधिकृत पद रिक्त रहेकाले तिम्सिनालाई उक्त जिम्मेवारी दिइएको हो । 

Share News